Headlines :
मेरो पैतृक अध्यात्मको पाटो | तेह्र बर्षीय गायिका सुबिका राईको प्रथम म्युजिक भिडियो | सबिना गुरुङको चरी चिरिबिरी सार्वजानिक | आठपहरिया राई र दशैं | आमा बित्दा रुने फुर्सद छैन | मेरो भलो चिताउने साथी | मेरी यस्ती एउटी बहिनी | पहिलो प्रेमअनुभूति - राजकुमार दिक्पाल | हामीलाई एक्लै छाडी पन्नाकाजी पनि हिंडे | कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख | छापामार युवतीको डायरी | सुरेन्द्र लिम्बू परदेशीलाई अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार | ‘सगरमाथा साँझ–३’ आयोजना गरिने | विश्व साइकल यात्रीले प्याराग्लाईडिङ प्रशिक्षण लिँदै | चेतनायुक्त प्रतिपक्षीय बिचार नै ‘अस्वीकृत बिचार’ हो - डा. कविताराम श्रेष्ठ | विपि प्रतिष्ठानमा सकियो उपकुलपतिको पदावधि, आकांक्षीहरु शक्तिकेन्द्र धाउदै | ’वोझ नहोस् मेरो माया.. | माओ त्सेतुङ, सुखानीमा हत्या र म | हङकङमा नेपाली भाषा, साहित्य र संस्कृति सप्ताहको रौनक | गोयाङको सुगन्ध कृतिलाई २,०२,००२ रुपैयाको पहिचान पुरस्कार | प्रा. डा. कृष्णहरि बराल दुबाईमा सम्मानित | केशर माङयुङको नयाँ गीत ः भिडियो सार्बजनिक | तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको 'घटराज पुरस्कार' | Vote for Mira Rai | वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' | तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट - राकेश काफ्ले | देशदेशान्तरका २०५ जनालाई-सत्यमोहन जोशी शताब्दी पदक | गीतकार प्रकाश सुवेदीको ’मनका कुरा तिमीलाई सार्बजनिक | सत्यमोहन जोशी ः शताब्दी पुरुष | सिडी बिजय र मनिशाको पत्ति नमिलेको तास बजारमा | सन्जीव र नलिना पोर्तुगल आउँदै लिस्बोन | ’डढेलोभित्रका सतिसाल’ हङकङमा प्रिमियर | आठपहरिया राई र दशैं | 'सत्यमोहन जोशी शताब्दी पदक' | यूएइमा फोनिज गठन हुने | सडकबाट शिखर पुगेका ब्यक्तित्व | दार्जिलिङले के सिकायो ? अन्तत: सूधपा को हुन् ! | नौ हजार फिटबाट २३ नेपाली उडे | साहसिक हिरो सानोबाबु सुनुवारलाई सम्मान | पाँच फिट अग्लो अभिनन्दन पत्र | साउदीमा प्रवासी नेपालीले मनाए क्वाटीपूर्णे | स्याङजा समितिमा दुई लाख हिनामिना स्याङजाली कान्छासहित निष्कासि | स्वर, सङ्गीत र शब्दका शिखर : गोपाल योञ्जन | गायक सुरेश राना मगर : कुराकानी | गुरुङ तमू समाज मकाउको प्रथम अधिवेशन | मकाउमा सेतो पुतली ः भूकम्प पीडितकालागि पुननिर्माणकालागि सहयोग जुटाउँदै | महाकविका प्रिय कवि श्यामदास वैष्णव भन्छन्- | अम्बर गुरुङ नेपाली आकाशका गीत थिए | ओ...खरबुजा...खरबुजा...! | पुण्यरश्मिलाई बीपी कोइरालाको सहयोग | यूएइमा साकेला उँभौली-५०७६ सम्पन्न | आमाप्रतिको आदर ः आभा मुकारुङ | Mother Tongue Education Rights of Ethnic Minorities | सुटिङ सम्पन्न | कविता - सम्झेर पुर्खा | हङकङमा पूर्खादिवस २०१६ | फोरममा सामूहिक प्रवेश | किरात मञ्च नेपालको सङ्गठन विस्तार | धरानमा प्याराग्लाइडिङ | साइप्रसमा ग्याल्बु ल्होसार भब्य सम्पन्न तथा नयाँ कार्य समिती गठन | बुद्धिसागर बश्याल - अनलाईन वार्ता | त्रिमूर्ति निकेतनमा ११४ औं सम जयन्ती | अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई सम्मान | आफ्नोपन बिना बाँच्नुको सार छैन ।- यासेली योङहाङ | सङ्गीतका अमर साधक रत्नबहादुर खड्गी | विश्व शेर्पा संघको तदर्थ समिति गठन | तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ | समाज सेवामा अगुवा सँस्था गुदेल शेर्पा किदुग | त्रिमूर्ति निकेतनमा १३२ औं लेखनाथ जयन्ती | क्वाणटम साहित्यको व्याख्याता - डा. मधुकृष्ण श्रेष्ठ | सेप्टेम्बर १, २०१६ देखि प्राथमिक १ कक्षामा भर्ना हन गइरहेका छन् भने | आदिवासी जनजातिको निम्ति समर्पित पेम्बा गेलु शेर्पा | इजरायलमा जनमूक्ति मंचको गठन | सुनगाभा फुल्यो लेकैमा...म्युजिक भिडियो सार्वजनिक | राईलाई ‘नइ धनरूप पुरस्कार’ | राष्ट्रिय एकता खलबलाउने संविधान स्वीकार हुन सक्दैन । | बिबिसी नेपाली सेवाको एकपक्षिय प्रसारण विरुद्ध खेद प्रस्ताव पारित र नेता शेर्पाको रिहाईको माग | न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न् - देशी विदेशी दर्शकहरुको सहभागीता | एघारौं त्रिमूर्ति दिवस- ९ जना पुरस्कृत १७ ओटा कृति लोकार्पण | शेर्पा किदुक साईप्रसको प्रथम बैठक सम्पन्न | जीवनको अनुवाद र सोम लिम्बू | साईप्रसमा महिलाहरूको वर्चस्व रहेको शेर्पा किदुक गठन | सबैको गुरुमा - भारती ओख्राबो | साईप्रसमा राजनैतिक पार्टी र विध्यार्थी एकता | माया ठकुरी ‘नेपाली साहित्य नारी रत्न’ घोषित | गीत-सङ्गीतमा लाग्नेहरूले कहिल्यै एक्लो हुनुपर्दैन ।- केन्जुमा सुब्बा | “सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दियो” : डा. ओम गुरुङ | हङकङ र मकाउको सफलता पछि किम्फ अब अमेरिकाको न्यूयोर्कमा | बैँककमा जम्बो कार्यक्रम 'चुम्लुङ' सम्पन्न | शेर्पा संघ, यूरोपको तेश्रो महाधिवेशन सन् २०१६ को लोसारमा आयोजना हुँदै | १२ भाषाका ज्ञाता : हेमचन्द्र पोख्रेल | नामी तर दुखी शान्ति मास्के | कवि रण काफ्ले भारतमा पूर्वोत्तर हिन्दी एकादमीबाट सम्मानित | भयवाद दर्शनको पुस्तकलाई दुईवटा अन्तर्राष्ट्रिय अवार्ड | सावधान सरकार ! खबरदार सरकार ! | हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति-- डीबी पालुङ्वा | हङकङमा समवेदना व्यक्त गर्न मैनबत्ती प्रज्वलन कार्यक्रम | पुर्खा दिवस र थपिएका अर्थ | हङकङमा पुर्खादिवस सम्पन्न | गाउँमा के गर्न सक्छु भनेर सोची रहेको छु – गौतम सागर राई | द युनिभर्सीटी अफ हङकङमा भयवाद्का कुरा | हङकङमा पुर्खादिवसको भव्य तयारी | अबका नेपाली पुस्ताले आफ्नै जन्मथलोमै ब्यवस्थित जीवन यापन गर्न सकून् -कर्मा छिरिङ शेर्पा(बेलायत) | आफ्नै जन्मगाउँका उकाली-ओरालीले गायिका बनायो । -रत्ना बराईली(लोक-गायिका) | ‘मनभरी चोट भए पनि दर्शकसँग हाँस्नु पर्छ ।‘ - लाक्पा शेर्पा(अमोद) | आफ्नो भाषा-सँस्कृति-धर्म-भेष अँगालेर कला-कर्ममा प्रयोग गर्दा सुहाएको जस्तो लाग्छ । --बरधोज | आँसु झारेँ धेरै-धेरै केवल तिम्रैलागि--ईशा लावती लिम्बू(गीतकार) | मानध्वजको चरित्रले मलाई नै रुवाउँछ । ___ मौसम ईम्बुङ(चेसुङका लेखक-निर्देशक) | ‘गायिका नै बन्छु’ भन्ने जवाफ नदिए पनि गायिका नै बनेँ' -- आभा मुकारुङ | किम्फका उत्कृष्ट | बालकृष्ण समको सङ्क्षिप्त परिचय | शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ - जुनिता लिम्बू | संगीतकार गणेश गुरुङका बारेमा र केहि सम्झना | निदै छैन आँखामा --गायिका जशोदा सुब्बा | गायिका तायाहाङमा राईको दोस्रो एल्बम ‘तराना’ सार्वजनिक | कुशल गायक- कुशल थलङ | कलाको गला | मलाई टिपिकल कला-सँस्कृतिप्रति रुची छ -सुमी लिम्बू(नृत्यकार/मोडल)-बर्मा, हाल: बैँकक | चीनकी दीपा एवाईको योगदानबारे चर्चा | बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक | छुटेका पाइलाकी स्रष्टा-- बुलु शर्माबाट नइलाई छ लाख | हङकङमा नेपाली सप्ताह २०१४ सम्पन्न | अल्बम बेचेर आमाघरलाई सहयोग | शताब्दी पुरुषको स्वास्थ्यमा सुधार -- सरकारबाट १० लाख रुपियाँ प्रदान | त्रिमूर्ति निकेतनमा १३१ औं लेखनाथ जयन्ती | हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ - टंक सम्बाहाम्फे | सरकारले पनि डा.जोशीलाई शताब्दी पुरुषको सम्मान दिने डा.जोशीलाई १०१ ओटा अभिनन्दनपत्रहरु प्रदान | एडिबीको ऋण सम्झौता | विश्व नेपाली स्रष्टा कोश प्रकाशित गरिने | नौजनालाई नइ बाल पुरस्कार प्रदान | गरीबीले भोकै मरे फरक पर्दैन, तर सँस्कृति-सँस्कारहीन हुनु साँच्चीकै समाप्त हुनु हो --- मनोज साङसोन | ओराङफुङ जस्तै गायिका देशु सुहाङ | महाकवि देवकोटाबारे केही जानकारी | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | नौ जनालाई नइ देरुनीखपू बाल पुरस्कार | यूएइमा पत्रकारिता तालिम सम्पन्न | TEARLESS EYES_Story by Vijay Kangmang | एचके नेपाली रेडियोका कुरा | किरात राई यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन सम्पन्न- | भलिबल प्रतियोगिता सम्पन्न, स्क्याड समुह प्रथम | पारिजातको जीवनकथा | अमिलो पानीपुरी र पिरो चटपटेले १ लाख ८० हजार संकलन गर्यो | हङकङमा धरानेहरुको बृहत जमघट | नइ भूपाल दुर्गा पुरस्कारको स्थापना | सम्भावना बोकेका सर्जकहरू हुनुहुन्छ,साहित्यिक एकता भने देखिन्न- बिद्रोही साइला | यूएईमा नेपाली कल्चर शो | उत्कृष्ठ सभासद छनौट प्रक्रियाको शुभारम्भ | हङकङमा प्राथमिक विद्यालय भर्नाहुन चाहाने विधार्थीहरुकालागि | 'माई प्रोमिस' धरानमा प्रिमियर | डिभिजन-३ को लागि१८ जनाको नाम सार्बजनिक | भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा | Apple Announces Apple Watch, Available in Early 2015 | हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् -खगेन्द्र पन्धाक | सधैं अरुको भलाइँ गरिरहने सरला गुरुङको कलायात्रा | गीतसंगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली – राजु गुरुङ | धरान हङकङ मञ्च : १५ औं वार्षिक उत्सव भव्यरुपमा हङकङमा मनाउने | लोकप्रिय गिटारिष्ट यादव राई | गजल रचनाका प्राथमिक आधारभूत केहि तत्व र नियमहरु | अभाङ्गगार्ड, खलिल जिब्रान र हाम्रा नानीहरू | STORY- The Second State | iPhone 6 -- Apple's 2014 iPhone, debuting September 9 | टेरिया मगरको राहदानीमा समस्या ; युएईको कार्यक्रम स्थगन | मातृभाषाको विकास र चुनौतीहरु | हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा | Stay alert against communicable diseases in new school year | विश्व आदिवासी दिवस | नेपाली संगीतमा ‘आरोही’ : पहिलो एकल अल्बम लिएर आए सुनिता र अनुशील | के हो यो ALS र Ice Bucket Challenge? | मानवीय सहयोगकालागि हङकङमा मेलोडी नाइट | राजेशपायल राई हङकङमाः असाह्य बालबालिकाहरुको शिक्षदीक्षाकालागि ५० हजार दिने घोषणा | Philosophy of Fearism | नेपालीको सान जितू राई बने विश्वको नं. १ खेलाडी | D. B. Chitrakar | Quality of life | 'भारतसँग राजनीतिक तहमै समस्या समाधान गर्नुपर्छ' | तेरिया अव युएईमा | हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’ | नेपाली साहित्यका महारथी गणेशबहादुर प्रसाईको निधन | जोशीलाई पाँच लाख रुपियाँ सहित शताब्दी पुरुष | आदिकवि भानुभक्त आचार्यको जीवनी | २५ स्रष्टाहरूलाई ‘भानुभक्त काव्य पुस्कार’ | रक्तदाताहरुलाई रेडक्रसको सम्मान, जगतअम्बू गुरुङ सम्मानित | भारतीय गोर्खाहरुको विविध साँस्कृतिक कार्यक्रम | हङकङमा विश्व काव्य यात्रा भव्यरुपमा सम्पन्न- कवि चौधरी नेपाली विधार्थीहरुसँग | हङकङमा भव्य पूर्खादिवस | The Nepalese community in Hong Kong looks to preserve Gurkha legacy | राजा महेन्द्रको हृदयाघात र कीर्तिनिधि विष्ट | इन्टिग्रेसन, चिनियाँ भाषा अनि हाम्रा आवश्यकताहरू | विश्वभर छरिएका गोर्खाली समाधिहरु | Minorities face challenges in the classroom | बालकृष्ण समको सङ्क्षिप्त परिचय | कविहरूका पनि कवि ‘कविशिरोमणि’ लेखनाथ पौड्याल | समग्र जीबनको सांगीतिक अन्तर्मन्थन “गह” | एक विशिष्ट सांगीतिक कार्यक्रमः अम्बर गुरुङ रात्री | भूगोलमा नारायणगोपाल | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | देवकोटाको राँचीबास किन ? | देवकोटाले कहिले पागल लेखे ? | शुसिल नेवा बने मिस्टर हङकङ नेपाल २०१३ | झुक्तै नझुक्ने नेपाली शिर अर्थात् डा.वानीरा गिरी | नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान | हङकङको नेपाल | नेपाली भाषा साहित्य र डायस्पोरा | श्रीहरि, सरुभक्त र मञ्जु काँचुलीलाई त्रिमूर्ति पुरस्कार | पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलको दिक्षान्त समारोह सम्पन्न | पराजुलीत्रयको सांगीतिक कार्यक्रम हुने | विष्णुनन्द चाम्लिङ राईको गीति संग्रह ‘सम्झौता‘ | विश्व नारी रत्नः वानीरा गिरी | प्रकाश सायमी दाइसँग सात दिन | पूर्वमा पर्यटन मेला | नेपाली क्रिकेटको कुरा | स्तम्भ लेखनबाट म विदा | नयाँ वर्षमा च्याम्बरको डाइरेक्टरी | एउटा ज्यूँदो मान्छे अनङगनाथ पौडेल | जनजाति महासंघको उद्घोष– अनसन र तालाबन्दी | हङकङमा पुर्खादिवस 2013 | पहिलो दैनिक पत्रिकाको सम्पादक- गोविन्द मल्ल गोठाले | नेपालका गौरवः लैनसिंह वाङ्देल | सेवाका आदरणीय- त्रैलोक्यनाथ श्रेष्ठ | मुलुकलाई निरंकुशतर्फ धकेल्ने षड्यन्त्रः राजकुमार लेखी | पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई | महिला दिवसमा कार्यशाला गोष्ठी | ‘रोहितको आकृति’को लोकार्पण | लिम्बू भाषाको चलचित्र “केःवा कोःक्मा“ हङकङमा प्रदर्शन गरिने | नेपाली बास्केटबल टिमलाई प्रोत्साहन | सुनसरी उद्योग वाणिज्य संघमा राजेन्द्र श्रेष्ठ | महावाणिज्यदूत नियुक्ति बदर गर्न विरोधसभ | नेपाली काग्रेसको दोस्रो धरान नगर भेलामा तनाव | थापा हत्याको विरोधमा चौतारी | दुबईमा बनभोजसंगै उधौली साकेल | किरायाद्धारा यूएईमा एक महिलाको उद्धार | जाडो बढ्यो नेपालमा | धरानमा फेरि सडक उत्सव | तुवाचुङ जायजुम सहयोग समिति गठन | किराँत विभूति इमानसिंह चेम्जोङ | राजन मुकारुङसंग साक्षात्कार | हङकङमा नेपाली सप्ताह २०१२ | त्रिमूर्तिमा १२८औं लेखनाथ जयन्ती सम्पन्न | काठमाडौँ विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोह (दोस्रो कार्यक्रम) सम्पन्न | पहलमानसिंह स्वार-जीवनी | १४ अञ्चलमा विश्व नारी नेपाली साहित्य सम्मेलन गठन | शुटिङ रिपोर्टः कवि राई | अनाम सडकमाः जातीय एकताको संदेश | संघीय समाजवादी पार्टीको हङकङ तदर्थ समिति गठन | पहिलो समालोचना पुरस्कार समर्पण | धरानको खानेपानी समस्या समाधान गर्न एडिविले सहयोग गर्ने | आदिकवि भानुभक्त आचार्यको लघु जीवनी | भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद” | गायक राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा स्वीटजरल्याण्ड पछि जर्मनी र बेल्जियम आउदै | विश्वभर छरिएका गोर्खाली समाधिहरु | नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक ध्रुव दत्त | मायादेवी राईसँगको कुराकानी | गोर्खाः ईज्जत, इमान अनि प्रेष्टीज | प्रकृतिगामी --कथा | सर्वप्रिय कम्युनिष्ट ः जसुदा राई | नौकन्यालाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान | सानैमा ठूली - शारदा अधिकारी | हङकङमा महाकवि देवकोटाजयन्ती २०१२ सम्पन्न | साब्लाबुङ | तेक्वान्दो प्रतियोगितामा हङकङेली नेपाली खेलाडहरुलाई सफल्ता | नेपाली जातीय कवि -पं.धरणीधर शर्मा |
Recent Events
Most Read
Book Reviews
Philosophy of Fearism: Life is conducted, directed and controlled by the fear."1. ‘Fearism is a gift to the world from Nepali.’ Prof. Dr Tanka Prasad Neupane, Chairman, Fearism Study Centre: Baicharik Chintan, 2066 v.s. 2. ‘Fearism of Desh Subba has shake
विस्तृत समाचार
VIEW ALL
समाचार »
शिक्षा
इन्टिग्रेसन, चिनियाँ भाषा अनि हाम्रा आवश्यकताहरू

–देवराज राई
कार्यकारी प्रमुख सीवाई ल्योङले पोलिसी एड्रेसमा भनेका छन्– साउथ एशियन इथनिक माइनोरीटीजहरू ६० हजार छन्, पछिल्लो दशकमा ५० प्रतिशत बृद्धि भएर गएका छन् । किटानीका साथ हामी र हाम्रा नानीहरूलाई डिस एडभान्टेज समूहमा राखेर सहयोग गर्ने नाममा हाम्रो नाडी छाम्ने काम भएको छ । हामीलाई अपांग, असक्षम वर्गमा राखेर इन्टिग्रेसनको नाममा चिनियाँ भाषालाई कारक मान्नु कतिसम्म जायज छ ? के हो त वास्तविक समस्या ? यस बारेमा विभिन्न चर्चा–परिचर्चा भइरहेका छन् । हाम्रो प्रश्न छ– किन साउथ एशियन मात्र ? ईष्ट एशियन अनि यूरोपियन पनि त छन् । उनीहरूले अंग्रेजी पढ्दा इन्टिग्रेसन भयो ? हामीले पढ्दा डिस एडभान्टेज ?
    सन् १९९७ सालमा हङकङ चीनमा हस्तान्तरण भए लगत्तै धेरै माध्यमिक विद्यालयहरूमा पठन–पाठनको माध्यम चिनियाँ भाषामा परिवर्तन भयो । बेलायतको उपनिवेशपछि हङकङको भविष्य के हुने हो ? धेरै स्थानीयहरू ढुक्क हुन सकेनन् । विश्वविद्यालयमा विधार्थीहरूको भर्ना कम हुन गयो । अंग्रेजी भाषामा दख्खल कम भएको कारण अन्ततः सय अधिक माध्यमिक विद्यालयहरू अंग्रेजी माध्यममा फर्र्किए । स्कुल बेस मेडियम अफ इन्सट्रक्सनलाई शिक्षा विभागले सहज बनाइदियो । हस्तान्तरणपछि भएको आर्थिक मन्दी र २००३ सालमा भएको सार्स रोगको महामारीका कारण यहाँको बाल जन्मदर न्यून भयो । स्थानीय चिनियाँका बच्चा जन्मेनन्, हाम्रा विधार्थी संख्या बढ्यो । सरकारले न्यूनतम विधार्थी भर्ना मानदण्ड तयार गरेको कारण सन् २००१–२००७ सालबीचमा न्यू टेरीटोरीज क्षेत्रका अधिकांश भिलेज स्कुलहरू विधार्थीहरूको अभावमा सदाका लागि बन्द भए ।  केही विद्यालयहरू एकअर्कामा समाहित भए अनि फेरि बन्द भए ।

विद्यालयहरूमा एनसीएस विधार्थीहरू
    नन चाइनिज स्पिकिङ (एनसीएस) विद्यार्थीलाई भर्नाका लागि सरकारी विद्यालयहरूले ठूलै योजना बनाए । विभिन्न प्रलोभन देखाएर न्यूनतम विद्यार्थीहरूका कारण बन्द हुन लागेका विद्यालयहरूमा उनीहरुलाई भर्ना गरियो ।  अहिले पनि न्यू टेरीटोरिजका अधिकांश माध्यमिक विद्यालयहरू विद्यार्थी अभावको कारण बन्द हुने अवस्थामा छन् । ती विद्यालयहरूमा एनसीएस विद्यार्थीलाई भर्ना लिने अनि २०१६ सालसम्म जसोतसो बाँचिरहने हिसाबकिताबमा लागेका छन् माध्यमिक विद्यालयहरू । किनभने २०१६ सालपछि प्राथमिक तहबाट धेरै विधार्थीहरू माध्यमिक विद्यालयमा प्रवेश गर्नेछन् । त्यतिबेला ती विद्यालयहरूलाई हाम्रा नानीहरूको आवश्यकता पर्ने छैन । जब एनसीएस विद्यार्थीहरू जम्मा हुन थाले, ती विद्यालयहरूमा बाइलिइङ्ग्योल टिचिङ प्रारम्भ भयो । अंग्रेजी भाषामा दक्षता नभएका धेरै शिक्षकहरू विस्तारै पाखा लागे । एनसीएस अभिभावकहरूको संलग्नता बढेपछि ती विद्यालयहरूमा विधिवत अंग्रेजी भाषाका पाठ्यक्रमहरूले प्रवेश पाए । हाम्रो संख्या बृद्धिसँगै जातीय अल्पसंख्यकको मातृभाषा, साहित्य, संस्कृतिहरूका आधारभूत ज्ञानहरू लिने क्रम प्रारम्भ भयो ।

डेजिग्नेटेड विद्यालय र सेग्रीगेसनका कुरा
    एनसीएस विद्यार्थीहरुको अधिक संख्या भएका विद्यालयहरूलाई शिक्षा विभागले २००६–२००७ शैक्षिक शत्रदेखि डेजिग्नेटेड स्कुल भनी नामाकरण गरिदियो, प्रति स्कुल ३  लाख डलर र २०१२ सालमा आएर ६ लाख डलर प्रति स्कूल बजेट निकासा गरिदियो । एनएसी (न्यूली अराइभ्ड चिल्ड्रेन) विधार्थीहरूको इमोसनल निड्सका लागि सहयोग गर्न जातीय अल्पसंख्यक शिक्षक, कर्मचारी विद्यालयहरूले भर्ना ग¥यो । यो क्रमसँगै धेरै विद्यालयहरूमा चिनियाँ, नेपाली, पाकिस्तानी विधार्थीहरूसँगै अध्ययन गर्न पाए । केही विद्यालयहरूमा अंग्रेजी माध्यममा अध्ययन गर्न नसकेका चिनियाँ विधार्थीहरूका लागि चिनियाँ माध्यममा पढाइ भइरहेको छ । सन् १९९० अघिदेखि नै अल्पसंख्यक विधार्थीहरूलाई भर्ना लिइरहेका विद्यालयहरू, जो आफू बसेको स्थान भन्दा धेरै टाढा थिए, मा गइरहनु पर्ने एक प्रकारको झन्झट समाप्त भयो । आफू वरपर रहेका डेजिग्नेटेड विद्यालयहरूमा उच्च मनोबलका साथ हाम्रा नानीहरूले चिनियाँभाषा लगायतका विषयहरू पढ्न पाएका थिए ।
    डेजिग्नेटेड विद्यालयहरू पछि निर्धारण गरिएको होइन । जुन विद्यालयहरूमा एनसीएस विधार्थीहरूको संख्या बढ्नुमा कुनै करकाप थिएन । अभिभावकहरूको नीजि विचार र विद्यालयप्रतिको भरोसाका कारण उनीहरू अंग्रेजी माध्यमको विद्यालयहरू, जहाँ निशुल्क पढाइ हुन्छ, को माग गरिरहेको अवस्थामा थियो । चिनियाँ भाषामा टेलरमेड करिकुलमहरू ईडीबीको सहयोगमा निर्माण भएर पढाउन थालियो । धेरै विधार्थीहरूको चिनियाँ भाषा यसर्थ पनि राम्रो भएर गएको थियो ।
    धेरैले इन्टरनेशनल विद्यालयहरूमा पढाउन सक्ने अवस्था थिएन जसका कारण आफूलाई पायक पर्ने विद्यालयहरू खोज्नु, अनि विद्यालय स्वयंले पनि विद्यालयमा एनसीएस विधार्थीहरू राखेर भए पनि विद्यालय चलाउनु पर्ने वाध्यता थियो । जसका कारण धेरै विद्यालयहरूमा जब एनसीएस विद्यार्थीहरु पढ्न थाले ती विद्यालयहरूमा स्थानीय चिनियाँ समूदायले आफ्ना नानीहरू राख्न छाडे । अर्थात भनौं हाम्रा नानीहरूसँग घूलमिल हुनु चाहेनन् । उनीहरूले विकल्प रोजे । के यो तीतो यथार्थ होइन र ? के यो जातीय भेदभाव होइन र ?
    शैक्षिक सत्र २००६÷७ मा डेजिग्नेटेड प्रारम्भ हँुदा मात्र १५ विद्यालहरू थिए । २०१२÷१३ मा आइपुग्दा २० प्राथमिक र १० माध्यमिक विद्यालयहरूमा एनसीएस विधार्थीहरूको उपस्थिति बढेर गयो । जहाँ उनीहरू मल्टीकल्चर एजुकेशनलाई प्राथमिकता दिन थाले । शिक्षा विभागले धेरै नजीकबाट एनसीएस विद्यार्थीहरुलाई हेर्ने र खोतल्ने काम ग¥यो । तथापि माध्यमिक तहबाट ड्रप आउटको क्रम रोकिएन, रोकिएको छैन ? यसको सुक्ष्म अध्ययन आवश्यकता भएकोबेला समान अवसर आयोग (ईओसी)को दबाबमा शिक्षा विभागले डेजिगनेटेड विद्यालयहरू खारेज गर्न दबाब दियो । ईओसीलाई युनिसन नामक गैह्र सरकारी संस्थाले ब्याकअप ग¥यो । युनिसनलाई केही अवसरवादीहरूले साथ दिए ।
    अन्ततः शैक्षिक सत्र २०१३÷१४ देखि ईडीबीले विद्यालयहरूलाई समेत थाहै नदिई डेजीगनेटेड नाम हटाइदियो । २०१४÷१५ को शैक्षिक शत्रदेखि सेन्ट्रल एलोकेशनका लागि जब फारम भर्ने समय आयो तब अभिभावकहरूलाई सन् १९८० सालभन्दा अगाडिदेखि एनसीएस विधार्थीहरूलाई भर्ना गरिरहेको विद्यालयहरूलाई मात्र सप्लीमेन्ट्री स्कूल भनी अभिभावकहरूलाई भ्रम फैलाउने काम गरेको छ । माध्यमिक विद्यालयको फारममा पनि यो समस्या पक्कै आउने छ ।  
    इन्टिग्रेशन भनेको एसिमिलेशन होइन । समाहित भइजानु होइन । विभिन्न बिल अफ राईट्सहरूले पनि हामीलाई साथ दिएको छ । चौतर्फी विकासमा विद्याथीर्ले ज्ञान पाउनु उसको नैसर्गिक अधिकार हो । यस कारण अंगेजी माध्ययममा पढाइ हुनुलाई सेग्रीगेशन मान्ने ? यो नितान्त अभिभावकहरूको रोजाइको कुरा हो । मेन स्ट्रीममा भर्ना गर्न चाहेको भए यहाँका ब्याण्ड १ अंग्रेजी माध्यमका विद्यालयहरूमा हाम्रा नानीहरूलाई किन भर्ना लिइन्न ? के हाम्रा नानीहरू उनीहरू भन्दा कमजोर छन र ? किन हाम्रा नानीहरू जो ब्याण्ड ३ विद्यालयहरूमा पठाउन खोजिएको छ ?

के चिनियाँ भाषा जान्नु इन्टिग्रेशन हो ?
    शैक्षिक शत्र २०११÷१२ मा फर्मी वङको युनिसनले केही पाकिस्तानीहरूलाई जम्मा गरेर चिनियाँ भाषा नजानेको कारण आफूहरूले काम नपाएको भन्दै हल्लीखल्ली ग¥यो । यतिका वर्ष पढेर पनि चिनियाँ भाषा सिक्न नसक्नुको कारण विद्यालयलाई दोष दिइयो । फर्मी वङलाई थाहा भएन– इन्टिग्रेशनको मूख्य कारक तत्व के हो भनेर ? सम्पूर्ण दोष चिनियाँ भाषालाई दिइयो ।
    जबरजस्त चिनियाँभाषा पढाउन विद्यालय स्तरमा मात्र होइन – यहाँका सबै गैह्र सरकारी संस्थाहरूलाई समेत धेरे रकमहरू निकासा गरी दिए । ती एनजीओहरूले हाम्रो नाममा आएको बजेट निकासा गरी, खान, बस्न, हात धून, हिड्न सबै सिकाए । हामीलाई हाम्रा पोशाकहरू प्रदर्शन गर्न लगाए । हाम्रो कमि कजोरीहरूमा उनीहरूले मौकाको फाइदा उठाउँदै चिनियाँबन्न खूबै सिकाए, सिकाइरहेका छन् । फेरि पनि समस्या त त्यही छ ।
    हामी हङकङको बासिन्दा, उनीहरूले कहिल्यै सम्झेका छैनन् । हाम्रो पृष्ठभूमि र योगदान कही कतै उल्लेख छैन । हामीलाई हङकङको आधारभूत कानुन प्रदत्त मौलिक अधिकार प्रयोग गर्न दिन चाहिरहेका छैनन् । हरेक दिन प्रत्यक्ष–अप्रत्यक्ष भेदभावको कारण चिनियाँ भाषा होइन । ग्रासरुटमा चिनियाँ भाषाले महत्व राख्छ तर यो इन्टिग्रेसन नहुनुको प्रमुख कारण होइन । अस्तित्व स्वीकार नहुनु चाँहि प्रमुख कारण हो ।

यूनिसन, संचारमाध्यम र इन्टिग्रेसन
    हङकङमा जातीय अल्पसंख्यकको मूख्य समस्याहरूलाई अन्ततिर मोड्दै मूल समाजमा इन्टिग्रेसन नहुनुको कारण युनिसनले चिनियाँ भाषालाई मानेको छ । हाम्रो प्रश्न छ– जातीय अल्पसंख्यकको सरोकारवालाहरू, यस बारेमा दक्ष व्यक्तिहरूसँग छलफल नगरी युनिसनले झारो टार्ने काम किन गरिरहेको छ ?
    संचारमाध्यमको कुरा गर्ने हो भने यहाँको मूलधारका संचारमाध्यमहरूले हामीलाई कहिल्यै पनि साथ दिएको छैन । हङकङको जातीय अल्पसंख्यकहरूको योगदान, उनीहरूले पाएको सफलता कहिल्यै पनि संचार माध्यममा अटाउँदैनन् । यी संचारमाध्यमहरूले साउथ एशियन इथनिक माइनोरीटीजहरूलाई नकरात्मक कोणबाट प्रोजेक्शन गरी मूलधारसँग ठूलो ग्याप सृजना गरेको छ । हामीहरू स्थानीय नजरमा ड्रगिष्ट, फाइटर बनेका छौं । तल्लो स्तरको काम गर्नेमा कहलिएका छौं । हाम्रा पितापुर्खाहरूले हङकङको लिगेसी निर्माणमा दिएको योगदान न त संचारमाध्यममा छन् न त युनिसनलाई थाहा नै छ । जबसम्म जातीय अल्पसंख्यकहरू पनि हङकङका बासिन्दाहरू हुन्, उनीहरू पनि हङकङको एक भाग हुन् उनीहरूको भाषा, संस्कृतिहरू हङकङका हुन् भनी सरकारले संरक्षणका लागि पहल गर्दैन तबसम्म इन्टिग्रेसन हुन्न ।

किन विधार्थीहरू माध्यमिक तहबाट ड्रपआउट भइरहेका छन् ?  
    हामीसँग उपलब्ध भएका विविध तथ्याङ्कलाई हेर्दा एनसीएस विद्यार्थीहरू धेरै दूव्र्यसनी छन्, ती मध्ये नेपालीहरू अलि बढी । सुन्दा दुःख अनि अचम्म लाग्छ नेपालीहरूका लागि, यो नमिठो यथार्थ हो । माध्यमिक विद्यालयबाट किन यति धेरै ड्रपआउट भइरहेका छन् ?
    मैले प्राथमिक तहमा पढाएको तर माध्यमिक विद्यालयबाट बीचैमा अध्ययन छाडेका १० जना विधार्थीहरूमा हालै नमूना सर्वेक्षण गरेको थिएँ । उनीहरू मध्ये ३ जनाले ड्रपआउट हुनुमा परिवारको कारण बताए, ७ जनाले विद्यालयका शिक्षकको कारण बताए । यसकारण हामी भन्न सक्छौ हाम्रो विधार्थीहरूलाई वर्तमान अवस्थाको पाठ्यक्रमले समेट्न सकेको छैन । यहाँको विद्यालयप्रति हाम्रा नानीहरू सुरक्षित महशुश गर्न सकिरहेका छैनन् । चिनियाँ समूदायका शिक्षकहरूले हाम्रा नानीहरूको सेन्टीमेण्ट बुझ्न सकेका छैन । मोनोटोनस भइरहेको छ अध्ययन–अध्यापन ।
    एनसीएस विद्यार्थीहरूको यो समस्याप्रति हामीले केही विद्वानहरूसँग छलफल चलायौं । उनीहरू भन्छन्– विधार्थीहरू ड्रपआउट हुनुको प्रमुख कारण यहाँको करीकुलम र चिनियाँ पर्सिप्सन बोकेका शिक्षक शिक्षिकाहरू । धेरैले इन्टिग्रेसनका लागि सिंगापूरमाजस्तै मल्टीकल्चर एजुकेशन करीकुलम ठीक हुन्छ भनिरहेका छन् । किन हामीलाई जबरजस्त चिनियाँ भाषा लाद्न खोजिएको छ ?

भाषा सिक्नु र ज्ञान लिनु फरक कुरा
    मेरो लेख चिनियाँ भाषाको विरुद्धमा होइन । म पनि चिनियाँ भाषा अहिले सिकिरहेको छु । भाषाको ज्ञानले मानिसको पहँुचलाई बृहत्तर बनाउँछ । स्थानीय भाषा सिक्नुमा कुनै विमति होइन । गएको १० वर्ष एनसीएस विद्यार्थीहरूको संगतमा उनीहरूलाई मैले कहिल्यै पनि भनेको छैन कि चिनियाँ भाषा नसिकौं ।
    हरेक दिनजसो हुने विधार्थी र शिक्षाकर्मीसँगको सेमिनार, बैठक र कक्षाहरूमा मैले चिनियाँ भाषा पढाउने तरिकामा प्रश्न गरेको छु । शिक्षा विभाग र विद्यालयले उपलब्ध गराएको तालिमहरूमा भनेको छु । भाषा सिक्नु र ज्ञान लिनु फरक कुरा हो ।
    पछिल्लो वर्षको तथ्याङ्कलाई हेर्ने हो भने एचकेसीई होस वा एचकेडएसीई, ०.५ प्रतिशत एनसीएस विधार्थीहरूमात्र उत्तीर्ण भइरहेको तथ्य हामीसँग छ । ईडीबीसँग पनि छ तर उनीहरू किन पास भइरहेका छैनन् प्रति चासो छैन । हाम्रा विधार्थीहरू किन ड्रपआउट भइरहेका छन् भन्ने कुरामा चासो छैन । उनीहरू त केबल जुन लेभलबाट छाडोस् मतलब भएन, केवल चिनियाँ भाषा जानोस् भन्ने मात्र छ ।  ०.५ प्रतिशत भित्र हामी नेपाली कतिमा पर्छौ ?
    एचकेडएसई परीक्षामा हाम्रो परिणाम शून्य भने होइन । सैक्षिकसत्र २०१२÷१३ मा २४ अधिक नेपाली विधार्थीहरूले परीक्षा उत्तीर्ण गरी विश्वविद्यालयहरूमा स्थान सुरक्षित गरेका छन् । ती सबै विधार्थीहरू इङलीस स्ट्रीमका विद्यालयबाट गएका विधार्थीहरू थिए । जो विधार्थीहरू मेन स्ट्रीमबाट थिए उनीहरू परीक्षामा अनुत्तीर्ण रहे । हामीले बुझ्नु पर्ने कुरा के हो भने– हाम्रो उद्देश्य भनेको यहाँको विश्वविद्यालयहरूमा हाम्रा नानीहरू पुगेर उच्च शिक्षा हासिल गरोस भन्ने हो । ग्लोबल सिटिजन बनुन् भन्ने हो । नत्र त स्नातक, स्नात्तकोत्तर नेपालमा पढी आई यहाँ फोहर सफा गर्नुजस्तै हो । अध्ययनलाई सम्मान गरौ भन्ने हो ।
    यदि कसैले चिनियाँ भाषाको कारण नानीहरू विश्वविद्यालयमा पुगेका छैनन् भन्छ भने म उनीहरूलाई गएको वर्ष उत्तीर्ण भएको विधार्थीहरूको जीसीएससी परीक्षामा सबैले पाएको ए अथवा ए स्टार देखाउन सक्छु । हाम्रो समस्या गणित, लिबरल स्टडीज, साइन्स विषयहरू हुन किनभने माध्यमिक विद्यालयहरूमा ती विषय राम्ररी पढाउन जान्ने शिक्षकहरूको अभाव छ । अंग्रेजी माध्यममा पढाउँदा त हाम्रो हालत ०.५ प्रतिशतमा छ भने चिनियाँ माध्यममा पढाएमा कसो होला ?
    हङकङ विश्व सहर हो, हाम्रो पनि हो । यसको सवल र दूर्वल पक्षहरूमा हाम्रो संलग्नता हुनु जरुरी हुन्छ । हो यहाँको मूलधार ९५ प्रतिशत एकै किसिमको छ । हाम्रो आवाजहरू सानो सुनिन्छ । के हामी कमजोर छौ भन्दैमा सबै कुरा त्याग्ने हो । हङकङको वासिन्दा भएका कारण हामीलाई पनि उत्तीकै अधिकारहरू कानुनले प्रदान गरेको छ । हामी सबै मिलेर हङकङको उन्नतिका लागि काम गर्नु पर्छ ।
    एक अभिभावक वा समाजको अगुवा भएका कारण हामीले भविष्य, समुदायको भविष्यप्रति सरोकार राख्न अति आवश्यक छैन र ? हामीले बोल्ने भाषा, साहित्य संस्कृतिहरू संरक्षण गरिदेऊ भन्ने हाम्रो कर्तव्य होइन र ? हामी र हाम्रा नानीहरूलाई कस्तो शिक्षादीक्षा आवश्यक छ भन्ने कुरा निक्र्योल गर्ने अधिकार हाम्रो होइन र ? चिनियाँ भाषा सिक्ने बहानामा हामीले हाम्रो परिचय नै समाप्त गर्नु त भएन नि ! कामका लागि भाषा सिक्ने हो भने पुतोङ्वा हाम्रा नानीहरूलाई सिकाउ न ।
    हामीले विद्यालय र अभिभावक स्तरमा छलफल प्रारम्भ गरौं र यसलाई सामाजिक रुपमा उठान गरौ । अन्य समूदाय जस्तै पाकिस्तानी, इण्डियन, फिलिपिनो समूदायसँग पनि चर्चा गरौं । यहाँ कुनै तर्क वा वादविवाद गर्नका लागि यो लेख लेखिएको होइन । यो हाम्रो साझा सवाल हो । हङकङको उन्नति प्रगतिमा हाम्रो प्रत्यक्ष संलग्नता छ । हार्मोनियस सोसाईटी निर्माण गर्न हामी सबैको कर्तव्य हो । हामी

आफ्नो मत व्यक्त गर्नुहोस्
You can contact us using the following form.
The fields marked by (*) are necessary.
*
*
अन्य समाचार...

How to listen HK Nepali Radio ?

For iPhone User

Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or  Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS

For Android  Users

We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps

Subscribe Our Channel
Latest Comments