Headlines :
राष्ट्रिय विभूति: महागुरू फाल्गुनन्दको जीवनी | आरुषी क्रियशनमार्फत सरीता महर्जनलाई सहयोग | परदेशमा बसेर लेखी टोपल्दा | पूर्वको पर्यटकीय ग्राम भेडेटार नपुगे यात्रा अधुरो | एक हजार तामाङ काटिएको इतिहास | देवकोटा प्राय: भन्थे -- म मर्न चाहन्छु | तीज गीत “झुम्का लगाउँछु“ | विदुषी बुलु शर्माको कथा | युएईमा ससफोको दोश्रो पार्टी एकता दिवस सम्पन्न | सिक्नेचर मुभि – थिन्क पोजिटीभ ग्लोबल क्याम्पिन | मेरो पैतृक अध्यात्मको पाटो | तेह्र बर्षीय गायिका सुबिका राईको प्रथम म्युजिक भिडियो | सबिना गुरुङको चरी चिरिबिरी सार्वजानिक | आठपहरिया राई र दशैं | आमा बित्दा रुने फुर्सद छैन | मेरो भलो चिताउने साथी | मेरी यस्ती एउटी बहिनी | पहिलो प्रेमअनुभूति - राजकुमार दिक्पाल | हामीलाई एक्लै छाडी पन्नाकाजी पनि हिंडे | कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख | छापामार युवतीको डायरी | सुरेन्द्र लिम्बू परदेशीलाई अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार | ‘सगरमाथा साँझ–३’ आयोजना गरिने | विश्व साइकल यात्रीले प्याराग्लाईडिङ प्रशिक्षण लिँदै | चेतनायुक्त प्रतिपक्षीय बिचार नै ‘अस्वीकृत बिचार’ हो - डा. कविताराम श्रेष्ठ | विपि प्रतिष्ठानमा सकियो उपकुलपतिको पदावधि, आकांक्षीहरु शक्तिकेन्द्र धाउदै | ’वोझ नहोस् मेरो माया.. | माओ त्सेतुङ, सुखानीमा हत्या र म | हङकङमा नेपाली भाषा, साहित्य र संस्कृति सप्ताहको रौनक | गोयाङको सुगन्ध कृतिलाई २,०२,००२ रुपैयाको पहिचान पुरस्कार | प्रा. डा. कृष्णहरि बराल दुबाईमा सम्मानित | केशर माङयुङको नयाँ गीत ः भिडियो सार्बजनिक | तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको 'घटराज पुरस्कार' | Vote for Mira Rai | वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' | गीतकार प्रकाश सुवेदीको ’मनका कुरा तिमीलाई सार्बजनिक | देशदेशान्तरका २०५ जनालाई-सत्यमोहन जोशी शताब्दी पदक | तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट - राकेश काफ्ले | सत्यमोहन जोशी ः शताब्दी पुरुष | सिडी बिजय र मनिशाको पत्ति नमिलेको तास बजारमा | सन्जीव र नलिना पोर्तुगल आउँदै लिस्बोन | ’डढेलोभित्रका सतिसाल’ हङकङमा प्रिमियर | आठपहरिया राई र दशैं | 'सत्यमोहन जोशी शताब्दी पदक' | यूएइमा फोनिज गठन हुने | दार्जिलिङले के सिकायो ? अन्तत: सूधपा को हुन् ! | सडकबाट शिखर पुगेका ब्यक्तित्व | नौ हजार फिटबाट २३ नेपाली उडे | साहसिक हिरो सानोबाबु सुनुवारलाई सम्मान | पाँच फिट अग्लो अभिनन्दन पत्र | साउदीमा प्रवासी नेपालीले मनाए क्वाटीपूर्णे | स्याङजा समितिमा दुई लाख हिनामिना स्याङजाली कान्छासहित निष्कासि | स्वर, सङ्गीत र शब्दका शिखर : गोपाल योञ्जन | गायक सुरेश राना मगर : कुराकानी | गुरुङ तमू समाज मकाउको प्रथम अधिवेशन | मकाउमा सेतो पुतली ः भूकम्प पीडितकालागि पुननिर्माणकालागि सहयोग जुटाउँदै | महाकविका प्रिय कवि श्यामदास वैष्णव भन्छन्- | अम्बर गुरुङ नेपाली आकाशका गीत थिए | ओ...खरबुजा...खरबुजा...! | पुण्यरश्मिलाई बीपी कोइरालाको सहयोग | यूएइमा साकेला उँभौली-५०७६ सम्पन्न | आमाप्रतिको आदर ः आभा मुकारुङ | Mother Tongue Education Rights of Ethnic Minorities | सुटिङ सम्पन्न | कविता - सम्झेर पुर्खा | हङकङमा पूर्खादिवस २०१६ | फोरममा सामूहिक प्रवेश | किरात मञ्च नेपालको सङ्गठन विस्तार | धरानमा प्याराग्लाइडिङ | साइप्रसमा ग्याल्बु ल्होसार भब्य सम्पन्न तथा नयाँ कार्य समिती गठन | बुद्धिसागर बश्याल - अनलाईन वार्ता | त्रिमूर्ति निकेतनमा ११४ औं सम जयन्ती | अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई सम्मान | आफ्नोपन बिना बाँच्नुको सार छैन ।- यासेली योङहाङ | सङ्गीतका अमर साधक रत्नबहादुर खड्गी | विश्व शेर्पा संघको तदर्थ समिति गठन | तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ | समाज सेवामा अगुवा सँस्था गुदेल शेर्पा किदुग | त्रिमूर्ति निकेतनमा १३२ औं लेखनाथ जयन्ती | सेप्टेम्बर १, २०१६ देखि प्राथमिक १ कक्षामा भर्ना हन गइरहेका छन् भने | क्वाणटम साहित्यको व्याख्याता - डा. मधुकृष्ण श्रेष्ठ | आदिवासी जनजातिको निम्ति समर्पित पेम्बा गेलु शेर्पा | इजरायलमा जनमूक्ति मंचको गठन | सुनगाभा फुल्यो लेकैमा...म्युजिक भिडियो सार्वजनिक | राईलाई ‘नइ धनरूप पुरस्कार’ | राष्ट्रिय एकता खलबलाउने संविधान स्वीकार हुन सक्दैन । | बिबिसी नेपाली सेवाको एकपक्षिय प्रसारण विरुद्ध खेद प्रस्ताव पारित र नेता शेर्पाको रिहाईको माग | न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न् - देशी विदेशी दर्शकहरुको सहभागीता | एघारौं त्रिमूर्ति दिवस- ९ जना पुरस्कृत १७ ओटा कृति लोकार्पण | शेर्पा किदुक साईप्रसको प्रथम बैठक सम्पन्न | जीवनको अनुवाद र सोम लिम्बू | साईप्रसमा महिलाहरूको वर्चस्व रहेको शेर्पा किदुक गठन | सबैको गुरुमा - भारती ओख्राबो | साईप्रसमा राजनैतिक पार्टी र विध्यार्थी एकता | गीत-सङ्गीतमा लाग्नेहरूले कहिल्यै एक्लो हुनुपर्दैन ।- केन्जुमा सुब्बा | माया ठकुरी ‘नेपाली साहित्य नारी रत्न’ घोषित | “सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दियो” : डा. ओम गुरुङ | हङकङ र मकाउको सफलता पछि किम्फ अब अमेरिकाको न्यूयोर्कमा | शेर्पा संघ, यूरोपको तेश्रो महाधिवेशन सन् २०१६ को लोसारमा आयोजना हुँदै | बैँककमा जम्बो कार्यक्रम 'चुम्लुङ' सम्पन्न | १२ भाषाका ज्ञाता : हेमचन्द्र पोख्रेल | नामी तर दुखी शान्ति मास्के | कवि रण काफ्ले भारतमा पूर्वोत्तर हिन्दी एकादमीबाट सम्मानित | भयवाद दर्शनको पुस्तकलाई दुईवटा अन्तर्राष्ट्रिय अवार्ड | सावधान सरकार ! खबरदार सरकार ! | हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति-- डीबी पालुङ्वा | हङकङमा समवेदना व्यक्त गर्न मैनबत्ती प्रज्वलन कार्यक्रम | पुर्खा दिवस र थपिएका अर्थ | हङकङमा पुर्खादिवस सम्पन्न | गाउँमा के गर्न सक्छु भनेर सोची रहेको छु – गौतम सागर राई | द युनिभर्सीटी अफ हङकङमा भयवाद्का कुरा | हङकङमा पुर्खादिवसको भव्य तयारी | अबका नेपाली पुस्ताले आफ्नै जन्मथलोमै ब्यवस्थित जीवन यापन गर्न सकून् -कर्मा छिरिङ शेर्पा(बेलायत) | आफ्नै जन्मगाउँका उकाली-ओरालीले गायिका बनायो । -रत्ना बराईली(लोक-गायिका) | ‘मनभरी चोट भए पनि दर्शकसँग हाँस्नु पर्छ ।‘ - लाक्पा शेर्पा(अमोद) | आफ्नो भाषा-सँस्कृति-धर्म-भेष अँगालेर कला-कर्ममा प्रयोग गर्दा सुहाएको जस्तो लाग्छ । --बरधोज | आँसु झारेँ धेरै-धेरै केवल तिम्रैलागि--ईशा लावती लिम्बू(गीतकार) | मानध्वजको चरित्रले मलाई नै रुवाउँछ । ___ मौसम ईम्बुङ(चेसुङका लेखक-निर्देशक) | ‘गायिका नै बन्छु’ भन्ने जवाफ नदिए पनि गायिका नै बनेँ' -- आभा मुकारुङ | किम्फका उत्कृष्ट | बालकृष्ण समको सङ्क्षिप्त परिचय | शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ - जुनिता लिम्बू | संगीतकार गणेश गुरुङका बारेमा र केहि सम्झना | निदै छैन आँखामा --गायिका जशोदा सुब्बा | गायिका तायाहाङमा राईको दोस्रो एल्बम ‘तराना’ सार्वजनिक | कुशल गायक- कुशल थलङ | कलाको गला | मलाई टिपिकल कला-सँस्कृतिप्रति रुची छ -सुमी लिम्बू(नृत्यकार/मोडल)-बर्मा, हाल: बैँकक | चीनकी दीपा एवाईको योगदानबारे चर्चा | बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक | छुटेका पाइलाकी स्रष्टा-- बुलु शर्माबाट नइलाई छ लाख | हङकङमा नेपाली सप्ताह २०१४ सम्पन्न | अल्बम बेचेर आमाघरलाई सहयोग | शताब्दी पुरुषको स्वास्थ्यमा सुधार -- सरकारबाट १० लाख रुपियाँ प्रदान | त्रिमूर्ति निकेतनमा १३१ औं लेखनाथ जयन्ती | हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ - टंक सम्बाहाम्फे | सरकारले पनि डा.जोशीलाई शताब्दी पुरुषको सम्मान दिने डा.जोशीलाई १०१ ओटा अभिनन्दनपत्रहरु प्रदान | विश्व नेपाली स्रष्टा कोश प्रकाशित गरिने | एडिबीको ऋण सम्झौता | नौजनालाई नइ बाल पुरस्कार प्रदान | गरीबीले भोकै मरे फरक पर्दैन, तर सँस्कृति-सँस्कारहीन हुनु साँच्चीकै समाप्त हुनु हो --- मनोज साङसोन | ओराङफुङ जस्तै गायिका देशु सुहाङ | महाकवि देवकोटाबारे केही जानकारी | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | नौ जनालाई नइ देरुनीखपू बाल पुरस्कार | यूएइमा पत्रकारिता तालिम सम्पन्न | TEARLESS EYES_Story by Vijay Kangmang | एचके नेपाली रेडियोका कुरा | भलिबल प्रतियोगिता सम्पन्न, स्क्याड समुह प्रथम | किरात राई यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन सम्पन्न- | पारिजातको जीवनकथा | अमिलो पानीपुरी र पिरो चटपटेले १ लाख ८० हजार संकलन गर्यो | हङकङमा धरानेहरुको बृहत जमघट | नइ भूपाल दुर्गा पुरस्कारको स्थापना | सम्भावना बोकेका सर्जकहरू हुनुहुन्छ,साहित्यिक एकता भने देखिन्न- बिद्रोही साइला | यूएईमा नेपाली कल्चर शो | उत्कृष्ठ सभासद छनौट प्रक्रियाको शुभारम्भ | हङकङमा प्राथमिक विद्यालय भर्नाहुन चाहाने विधार्थीहरुकालागि | 'माई प्रोमिस' धरानमा प्रिमियर | Apple Announces Apple Watch, Available in Early 2015 | हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् -खगेन्द्र पन्धाक | भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा | डिभिजन-३ को लागि१८ जनाको नाम सार्बजनिक | सधैं अरुको भलाइँ गरिरहने सरला गुरुङको कलायात्रा | गीतसंगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली – राजु गुरुङ | धरान हङकङ मञ्च : १५ औं वार्षिक उत्सव भव्यरुपमा हङकङमा मनाउने | लोकप्रिय गिटारिष्ट यादव राई | गजल रचनाका प्राथमिक आधारभूत केहि तत्व र नियमहरु | अभाङ्गगार्ड, खलिल जिब्रान र हाम्रा नानीहरू | STORY- The Second State | iPhone 6 -- Apple's 2014 iPhone, debuting September 9 | मातृभाषाको विकास र चुनौतीहरु | टेरिया मगरको राहदानीमा समस्या ; युएईको कार्यक्रम स्थगन | हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा | Stay alert against communicable diseases in new school year | नेपाली संगीतमा ‘आरोही’ : पहिलो एकल अल्बम लिएर आए सुनिता र अनुशील | विश्व आदिवासी दिवस | के हो यो ALS र Ice Bucket Challenge? | मानवीय सहयोगकालागि हङकङमा मेलोडी नाइट | राजेशपायल राई हङकङमाः असाह्य बालबालिकाहरुको शिक्षदीक्षाकालागि ५० हजार दिने घोषणा | Philosophy of Fearism | नेपालीको सान जितू राई बने विश्वको नं. १ खेलाडी | D. B. Chitrakar | Quality of life | 'भारतसँग राजनीतिक तहमै समस्या समाधान गर्नुपर्छ' | तेरिया अव युएईमा | हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’ | नेपाली साहित्यका महारथी गणेशबहादुर प्रसाईको निधन | जोशीलाई पाँच लाख रुपियाँ सहित शताब्दी पुरुष | आदिकवि भानुभक्त आचार्यको जीवनी | २५ स्रष्टाहरूलाई ‘भानुभक्त काव्य पुस्कार’ | रक्तदाताहरुलाई रेडक्रसको सम्मान, जगतअम्बू गुरुङ सम्मानित | हङकङमा विश्व काव्य यात्रा भव्यरुपमा सम्पन्न- कवि चौधरी नेपाली विधार्थीहरुसँग | भारतीय गोर्खाहरुको विविध साँस्कृतिक कार्यक्रम | हङकङमा भव्य पूर्खादिवस | The Nepalese community in Hong Kong looks to preserve Gurkha legacy | राजा महेन्द्रको हृदयाघात र कीर्तिनिधि विष्ट | इन्टिग्रेसन, चिनियाँ भाषा अनि हाम्रा आवश्यकताहरू | विश्वभर छरिएका गोर्खाली समाधिहरु | Minorities face challenges in the classroom | बालकृष्ण समको सङ्क्षिप्त परिचय | कविहरूका पनि कवि ‘कविशिरोमणि’ लेखनाथ पौड्याल | समग्र जीबनको सांगीतिक अन्तर्मन्थन “गह” | एक विशिष्ट सांगीतिक कार्यक्रमः अम्बर गुरुङ रात्री | भूगोलमा नारायणगोपाल | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | देवकोटाले कहिले पागल लेखे ? | देवकोटाको राँचीबास किन ? | शुसिल नेवा बने मिस्टर हङकङ नेपाल २०१३ | झुक्तै नझुक्ने नेपाली शिर अर्थात् डा.वानीरा गिरी | नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान | हङकङको नेपाल | नेपाली भाषा साहित्य र डायस्पोरा | श्रीहरि, सरुभक्त र मञ्जु काँचुलीलाई त्रिमूर्ति पुरस्कार | पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलको दिक्षान्त समारोह सम्पन्न | पराजुलीत्रयको सांगीतिक कार्यक्रम हुने | विष्णुनन्द चाम्लिङ राईको गीति संग्रह ‘सम्झौता‘ | विश्व नारी रत्नः वानीरा गिरी | प्रकाश सायमी दाइसँग सात दिन | पूर्वमा पर्यटन मेला | नेपाली क्रिकेटको कुरा | स्तम्भ लेखनबाट म विदा | नयाँ वर्षमा च्याम्बरको डाइरेक्टरी | एउटा ज्यूँदो मान्छे अनङगनाथ पौडेल | जनजाति महासंघको उद्घोष– अनसन र तालाबन्दी | हङकङमा पुर्खादिवस 2013 | नेपालका गौरवः लैनसिंह वाङ्देल | पहिलो दैनिक पत्रिकाको सम्पादक- गोविन्द मल्ल गोठाले | सेवाका आदरणीय- त्रैलोक्यनाथ श्रेष्ठ | मुलुकलाई निरंकुशतर्फ धकेल्ने षड्यन्त्रः राजकुमार लेखी | पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई | महिला दिवसमा कार्यशाला गोष्ठी | ‘रोहितको आकृति’को लोकार्पण | लिम्बू भाषाको चलचित्र “केःवा कोःक्मा“ हङकङमा प्रदर्शन गरिने | नेपाली बास्केटबल टिमलाई प्रोत्साहन | सुनसरी उद्योग वाणिज्य संघमा राजेन्द्र श्रेष्ठ | महावाणिज्यदूत नियुक्ति बदर गर्न विरोधसभ | नेपाली काग्रेसको दोस्रो धरान नगर भेलामा तनाव | थापा हत्याको विरोधमा चौतारी | किरायाद्धारा यूएईमा एक महिलाको उद्धार | दुबईमा बनभोजसंगै उधौली साकेल | जाडो बढ्यो नेपालमा | धरानमा फेरि सडक उत्सव | तुवाचुङ जायजुम सहयोग समिति गठन | किराँत विभूति इमानसिंह चेम्जोङ | राजन मुकारुङसंग साक्षात्कार | त्रिमूर्तिमा १२८औं लेखनाथ जयन्ती सम्पन्न | हङकङमा नेपाली सप्ताह २०१२ | काठमाडौँ विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोह (दोस्रो कार्यक्रम) सम्पन्न | पहलमानसिंह स्वार-जीवनी | १४ अञ्चलमा विश्व नारी नेपाली साहित्य सम्मेलन गठन | शुटिङ रिपोर्टः कवि राई | अनाम सडकमाः जातीय एकताको संदेश | संघीय समाजवादी पार्टीको हङकङ तदर्थ समिति गठन | पहिलो समालोचना पुरस्कार समर्पण | धरानको खानेपानी समस्या समाधान गर्न एडिविले सहयोग गर्ने | आदिकवि भानुभक्त आचार्यको लघु जीवनी | गायक राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा स्वीटजरल्याण्ड पछि जर्मनी र बेल्जियम आउदै | भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद” | विश्वभर छरिएका गोर्खाली समाधिहरु | नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक ध्रुव दत्त | मायादेवी राईसँगको कुराकानी | सर्वप्रिय कम्युनिष्ट ः जसुदा राई | गोर्खाः ईज्जत, इमान अनि प्रेष्टीज | प्रकृतिगामी --कथा | नौकन्यालाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान | सानैमा ठूली - शारदा अधिकारी | हङकङमा महाकवि देवकोटाजयन्ती २०१२ सम्पन्न | साब्लाबुङ | तेक्वान्दो प्रतियोगितामा हङकङेली नेपाली खेलाडहरुलाई सफल्ता | नेपाली जातीय कवि -पं.धरणीधर शर्मा |
Recent Events
Most Read
Book Reviews
Philosophy of Fearism: Life is conducted, directed and controlled by the fear."1. ‘Fearism is a gift to the world from Nepali.’ Prof. Dr Tanka Prasad Neupane, Chairman, Fearism Study Centre: Baicharik Chintan, 2066 v.s. 2. ‘Fearism of Desh Subba has shake
विस्तृत समाचार
VIEW ALL
समाचार »
कला र कलाकार
भूगोलमा नारायणगोपाल


नरेन्द्रराज प्रसाई
एउटा मान्छेको मायाले कति फरक पर्द छ जिन्दगीमा    
एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा ।
(स्वर ः नारायणगोपाल, सङ्गीत ः दीपक जङ्गम, शब्द ः चाँदनी शाह)

नारायणगोपालले गाएका प्रायः प्रत्येक गीतले जनजनको ह्दयको ढुकढुकीलाई छुने गर्छन् । नेपाली गीतिसंसारमा नारायणगोपाल नै एउटा भाग्यमानी गायक हुन् जो नेपालका प्रत्येक गाउँबेसी, पहाडकन्दरा र तराईका घरघरमा सुपरिचित, श्रद्धेय र प्रिय छन् ।
नारायणगोपाल प्रसिद्ध सितारवादक आशागोपाल गुरुवाचार्य तथा रामदेवी गुरुवाचार्यका सुपुत्रका रूपमा काठमाडौँको किलागलमा १९९६ साल असोज १८ गते बुधबारका दिन जन्मेका थिए ।

नारायणगोपालले सानैदेखि सङ्गीतमा रुचि राखे । आफ्ना बाबु सङ्गीतका साधक भएको हुँदा नारायणगोपाललाई सानैदेखि सङ्गीतमा पिङ मच्चाउने वातावरण पैदा भएको थियो । त्यसै वातावरणमा नारायणगोपालको सङ्गीतप्रतिको मोह, परिश्रम र लगनशीलता हुर्कंदै , झागिदै र मौलाउँदै जान थाल्यो । उनी शास्त्रीय सङ्गीतमा आराधनागर्दै जान थाले । त्यसपछि उनले क्रमशः शास्त्रीय र आधुनिक सङ्गीतमा सँगसँगै पाइला चाल्न थाले । परिणामस्वरूप उनले सर्व प्रथम रेडियो नेपालको स्टुडियोमा २०१७ सालमा एउटा आधुनिक गीत रेकर्डिङ गराए ः

स्वर्गकी रानी मायाकी खानी नजाऊ तर्केर
लाजै नमानी रिसाउने बानी छाडी आऊ फर्केर ।
(स्वर र सङ्गीत ः नारायणगोपाल, शब्द ः रत्नशमशेर थापा)

नारायणगोपाल नेपाली आधुनिक गायनका महेश्वर थिए, उनी आधुनिक नेपाली गायनका शिखर थिए र उनी भूगोल सबैभन्दा मीठो नेपाली गीत गाउने साधक थिए । उनले जीवनको सम्पूर्ण भाग नेपाली सङ्गीतको उत्थान, विकास र समृद्धिमा चढाएका थिए । उनले नेपाली आधुनिक गीतलाई देशदेशान्तरमा पुर्याएका थिए । संसारमा जहाँजहाँ नेपाली बस्छन् त्यहाँत्यहाँका नेपालीले नारायणगोपालका मधुर, कर्णप्रिय र सुमधुर स्वर सुन्ने गर्छन् । उनी नेपाली स्वरका एउटा प्रतिनिधि गायक थिए, सर्वाधिक लोकप्रिय गायक थिए र ओजस्वी स्वरलहरीका गायक थिए । उनको स्वरमा जादु हुन्थ्यो । त्यसैले उनले गाएपछि जुनसुकै गीत पनि उच्चकोटिको हुन्थ्यो । वास्तवमा उनी शब्द चुनीचुनी गीत गाउँथे । उनी गीत गाउँदा जनभाका गाउँथे । त्यसै ले उनका गीत श्रोताहरूले अत्यधिक मन पराए ः

आँखा छोपी नरोऊ भनी भन्नुपया’ छ
मुटुमाथि ढुङ् गा राखी हाँस्नुपया’ छ ।
(स्वर र सङ्गीत ः नारायणगोपाल, शब्द ः कालीप्रसाद रिजाल)

नारायणगोपाल एउटा संवेदनशील सङ्गीतकार पनि थिए । उनले आफ्ना सङ्गीतमा पनि गीत गाए । केही वरिष्ठ गायकहरूले पनि उनीद्वारा सङ्गीतबद्ध गीत गाएका थिए । त्यतिमात्र होइन उनी सङ्गीतबारे लेखरचनाको निर्माण पनि गर्थे । उनले ‘बागीना’ (बाजा, गीत, नाच) त्रैमासिक पत्रिकाको पनि सम्पादन गरे । साथै उनी प्रशासनमा पनि रहे । अथवा भनौँ उनी सांस्कृतिक संस्थानका महाप्रबन्धक पनि भए । उनले त्रिभुवन विश्वविद्यालयअन्तर्ग तको नेपाल ललितकला क्याम्पसमा सङ् गीतविषयमा प्राध्यापन पनि गरे । तर उनी चाहिँ स्नातक परीक्षा मात्र उत्तीर्ण थिए । ‘‘पढेर भन्दा परेर जानिन्छ’’ भन्ने लोकोक्तिका उनी पनि एउटा नमुना थिए । त्यसैले उनले शैक्षिक प्रमाणपत्रको भन्दा व्यावहारिकतामा आधारित ओजपूर्ण काम गरे । उनी आफ्नो श्रुतिमधुर स्वरका कारणले ‘स्वरसम्राट् ’मा रूपान्तरित भए । नेपाली संसारमा उनको स्वर एउटा अपरिहार्य आविष्कार बन्यो । यही सुमधुर स्वरबाट उनी नेपाली सङ्गीतमा अमर भएः

आजै र राति के देखेँ सपना मै मरिगएको
बतासबिना हाँगाको पूmल भै झरिगएको ।
(स्वर ः नारायणगोपाल, सङ्गीत नातिकाजी, शब्द ः माधव घिमिरे)

नारायणगोपाल नेपाली माटोमा एउटा होनहार प्रतिभा थिए । उनका लागि देशदेशान्तरका नेपाली पनि एउटै थिए । उनी जातीयतालाई समेत नेपालीत्वमा ट्याप्पै बाँध्ने हिम्मती पुरुष थिए । त्यसै ले उनले दार्जीलिङकी पेमला लामासँग प्रेमविवाह गरे । एउटा कट्टर नेवार परिवारमा हुर्केका नारायणगोपाले २०२६ सालमा पेमला लामासँग हार्दि कताका साथ लगनगाँठो कसेका थिए ।
नेपाली साङ्गीतिक आकाशमा नारायणगोपाल एउटा अद्वितीय व्यक्तित्व थिए । उनी प्रस्ट व्यवहारका लखपति थिए । उनी मनमा कुरा लुकाउँदैनथे, भन्नुपर्ने कुरा प्याच्चै भनिदिन्थे । उनी नेपाल र नेपालीत्वप्रति सारै गर्व मान्थे । उनी राष्ट्रभाषा, राष्ट्रिय पोसाक र राष्ट्रिय नीतिका कट्टर पक्षपाती थिए । उनी अशिष्ट र छोटो प्रवृत्तिका मान्छेलाई पटक्कै पन पराउँदै नथे । उनी स्वयं सह्दयी, मिलनसार र सृजनशील व्यक्ति थिए । उनी गायनका एउटा आदर्श प्रतिमूर्ति थिए । त्यति मात्र होइन उनी आफ्नै सङ्गीतमा भाका मिलाई मिलाई गीत गाउने सफल गायक थिए ः

दुइटा पूmल देउरालीमा साथै राख्यौ ं जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिँड्यौ ं जस्तो लाग्छ ।
(स्वर र सङ्गीत ः नारायणगोपाल, शब्द ः ईश्वरवल्लभ)

नारायणगोपालले २०२३ सालको प्रतियोगितात्मक आधुनिक सङ्गीतसम्मेलनमा सर्वोत्कृष्ट सङ्गीतकारको पुरस्कार प्राप्त गरेका थिए । राजा महेन्द्रबाट उनले २०२४ सालमा गायनमा सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेका थिए । अनि यो क्षण उनको जीवनको एउटा चिरस्मरणीय सुखद घटना थियो । साथै उनी नेपाली सङ्गीत र स्वरका माध्यमबाट उत्कृष्टताको चुचुरोमा पुगेवापत रत्न रेकर्डिङ पुरस्कार, इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, जगदम्बाश्री पुरस्कार, छिन्नलता गीत पुरस्कार, प्रबल गोरखादक्षिणबाहु र विख्यात त्रिशक्तिपट्टबाट सम्मानित र विभूषित भए ।

नारायणगोपालले गायनका सिलसिलामा नेपालका विभिन्न जिल्लाहरूका अतिरिक्त भारत, बङ्गलादेश, बर्मा , चीन, थाइल्यान्ड, हङकङ, सोभियतसङ्घ, उत्तर कोरिया र जर्मनी आदि मुलुकहरूको पनि भ्रमण गरेका थिए । उनी केवल गायक मात्र भएर देशविदेश घुमेनन् । उनी एउटा उच्च बौद्धिक व्यक्तित्व पनि थिए । उनी मुलुकको राजनीतिक, सामाजिक र आर्थिक पक्षको पनि गहिरो अध्ययन, विश्लेषण र चिन्तन गर्ने गर्थे  ।

वास्तवमा नारायणगोपालले आफ्नो योग्यताले नै गीतका सारा पारखीलाई रिझाएका थिए । आफ्नो मीठो स्वर प्रस्तुत गरेर नै यी सबै का आफन्त भएका थिए । त्यसैले यिनले पनि आफ्ना श्रोताहरूलाई धूमधाम मन पराए । यिनले ठूलालाई मन पराए, सानालाई मन पराए र आफ्नी प्रेयसीलाई झनै मन पराए ः

चिनारी हाम्रो धेरै पुरानो रहे झै ं लाग्दछ
नदेखे पनि भेट सधैँसधै ं भए झै ं लाग्दछ ।
(स्वर ः नारायणगोपाल, सङ्गीत ः कर्म योञ्जन, शब्द ः नगेन्द्र थापा)

नारायणगोपालले रेडियोमा मात्र गीत गाएनन् । उनले नेपालका विभिन्न ठाउँहरूका सङ्गीतप्रेमीहरूका माझमा उभिएर पनि गीत गाए र विदेशमा रहेका नेपालीहरूका सामुन्ने पुगेर पनि गीत गाए । उनले जीवनमा थुप्रै आधुनिक गीत गाए थोरै लोकगीत र केही नेवारी गीत पनि गाए । तर उनले जति गीत गाए अत्यन्तै राम्राराम्रा मात्र गाए । उनी गीत गाएर यस धर्तीका अविस्मरणीय प्रतिभा बने । उनको नेपाली सङ्गीतप्रतिको लगावले गर्दा उनी नेपाली सङ्गीतका विभूति बने ।

नारायणगोपालको सम्मानमा लुनकरणदास गङ्गादेवी चौधरी साहित्य कला मन्दिरबाट नाराणगोपाल पुरस्कारको स्थापना भयो । साथै उनको शेषपछि राष्ट्रिय युवा सेवा कोषबाट पनि उनका नाउँमा नारायणगोपाल युवा पुरस्कार स्थापित भयो । साथै नेपाल सरकारबाट उनको चित्र अङ्कित हुलाक टिकटको पनि निर्माण भयो ।

नारायणगोपाल अत्यन्तै हक्की, झ्वाँक्की र स्वाभिमानी थिए । उनी प्रस्ट व्यवहारका धनी थिए । उनका मनमा, मस्तिष्कमा र व्यवहारमा नेपालको गहिरो छापा लागेको थियो । उनका लागि यो नेपाल नै विश्व थियो । उनले नेपाली भाषामा करिब एक सय पच्चीसवटा गीत गाए । गीत गाउँदागाउँदै नारायणगोपालले २०४७ साल मङ्सिर १९ गते आफ्नो जीवनलाई परलोक पु¥याए । तर उनी यस जगत्मा सधैँ श्रद्धेय, माननीय र चिरञ्जीवी छन् । उनी यही नेपाली माटोमा सधैँ बोलिरहेका छन्, उनी यही नेपाली धरातलमा सधैँ बाँचिरहेका छन् र उनी यही नेपाली साङ्गीतिक बगैँचामा स्वरसम्राट् भएर नै सधैँ गुञ्जिरहेका छन् ः

यो सम्झिने मन छ म बिर्सू ं कसोरी
तिमी नै भनिदेऊ ए ! जाने निठुरी ?
(स्वर र सङ्गीत ः नारायणगोपाल, शब्द ः दिनेश अधिकारी)

आफ्नो मत व्यक्त गर्नुहोस्
You can contact us using the following form.
The fields marked by (*) are necessary.
*
*
अन्य समाचार...

How to listen HK Nepali Radio ?

For iPhone User

Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or  Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS

For Android  Users

We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps

Subscribe Our Channel
Latest Comments