Headlines :
राष्ट्रिय विभूति: महागुरू फाल्गुनन्दको जीवनी | आरुषी क्रियशनमार्फत सरीता महर्जनलाई सहयोग | परदेशमा बसेर लेखी टोपल्दा | पूर्वको पर्यटकीय ग्राम भेडेटार नपुगे यात्रा अधुरो | एक हजार तामाङ काटिएको इतिहास | देवकोटा प्राय: भन्थे -- म मर्न चाहन्छु | तीज गीत “झुम्का लगाउँछु“ | विदुषी बुलु शर्माको कथा | युएईमा ससफोको दोश्रो पार्टी एकता दिवस सम्पन्न | सिक्नेचर मुभि – थिन्क पोजिटीभ ग्लोबल क्याम्पिन | मेरो पैतृक अध्यात्मको पाटो | तेह्र बर्षीय गायिका सुबिका राईको प्रथम म्युजिक भिडियो | सबिना गुरुङको चरी चिरिबिरी सार्वजानिक | आठपहरिया राई र दशैं | आमा बित्दा रुने फुर्सद छैन | मेरो भलो चिताउने साथी | मेरी यस्ती एउटी बहिनी | पहिलो प्रेमअनुभूति - राजकुमार दिक्पाल | हामीलाई एक्लै छाडी पन्नाकाजी पनि हिंडे | कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख | छापामार युवतीको डायरी | सुरेन्द्र लिम्बू परदेशीलाई अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार | ‘सगरमाथा साँझ–३’ आयोजना गरिने | विश्व साइकल यात्रीले प्याराग्लाईडिङ प्रशिक्षण लिँदै | चेतनायुक्त प्रतिपक्षीय बिचार नै ‘अस्वीकृत बिचार’ हो - डा. कविताराम श्रेष्ठ | विपि प्रतिष्ठानमा सकियो उपकुलपतिको पदावधि, आकांक्षीहरु शक्तिकेन्द्र धाउदै | ’वोझ नहोस् मेरो माया.. | हङकङमा नेपाली भाषा, साहित्य र संस्कृति सप्ताहको रौनक | माओ त्सेतुङ, सुखानीमा हत्या र म | गोयाङको सुगन्ध कृतिलाई २,०२,००२ रुपैयाको पहिचान पुरस्कार | प्रा. डा. कृष्णहरि बराल दुबाईमा सम्मानित | केशर माङयुङको नयाँ गीत ः भिडियो सार्बजनिक | तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको 'घटराज पुरस्कार' | Vote for Mira Rai | वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' | देशदेशान्तरका २०५ जनालाई-सत्यमोहन जोशी शताब्दी पदक | तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट - राकेश काफ्ले | गीतकार प्रकाश सुवेदीको ’मनका कुरा तिमीलाई सार्बजनिक | सत्यमोहन जोशी ः शताब्दी पुरुष | सिडी बिजय र मनिशाको पत्ति नमिलेको तास बजारमा | सन्जीव र नलिना पोर्तुगल आउँदै लिस्बोन | ’डढेलोभित्रका सतिसाल’ हङकङमा प्रिमियर | आठपहरिया राई र दशैं | 'सत्यमोहन जोशी शताब्दी पदक' | यूएइमा फोनिज गठन हुने | सडकबाट शिखर पुगेका ब्यक्तित्व | दार्जिलिङले के सिकायो ? अन्तत: सूधपा को हुन् ! | नौ हजार फिटबाट २३ नेपाली उडे | साहसिक हिरो सानोबाबु सुनुवारलाई सम्मान | पाँच फिट अग्लो अभिनन्दन पत्र | साउदीमा प्रवासी नेपालीले मनाए क्वाटीपूर्णे | स्याङजा समितिमा दुई लाख हिनामिना स्याङजाली कान्छासहित निष्कासि | स्वर, सङ्गीत र शब्दका शिखर : गोपाल योञ्जन | गायक सुरेश राना मगर : कुराकानी | गुरुङ तमू समाज मकाउको प्रथम अधिवेशन | मकाउमा सेतो पुतली ः भूकम्प पीडितकालागि पुननिर्माणकालागि सहयोग जुटाउँदै | महाकविका प्रिय कवि श्यामदास वैष्णव भन्छन्- | अम्बर गुरुङ नेपाली आकाशका गीत थिए | ओ...खरबुजा...खरबुजा...! | यूएइमा साकेला उँभौली-५०७६ सम्पन्न | पुण्यरश्मिलाई बीपी कोइरालाको सहयोग | आमाप्रतिको आदर ः आभा मुकारुङ | Mother Tongue Education Rights of Ethnic Minorities | सुटिङ सम्पन्न | कविता - सम्झेर पुर्खा | हङकङमा पूर्खादिवस २०१६ | फोरममा सामूहिक प्रवेश | किरात मञ्च नेपालको सङ्गठन विस्तार | धरानमा प्याराग्लाइडिङ | साइप्रसमा ग्याल्बु ल्होसार भब्य सम्पन्न तथा नयाँ कार्य समिती गठन | बुद्धिसागर बश्याल - अनलाईन वार्ता | त्रिमूर्ति निकेतनमा ११४ औं सम जयन्ती | अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई सम्मान | आफ्नोपन बिना बाँच्नुको सार छैन ।- यासेली योङहाङ | सङ्गीतका अमर साधक रत्नबहादुर खड्गी | विश्व शेर्पा संघको तदर्थ समिति गठन | तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ | समाज सेवामा अगुवा सँस्था गुदेल शेर्पा किदुग | त्रिमूर्ति निकेतनमा १३२ औं लेखनाथ जयन्ती | क्वाणटम साहित्यको व्याख्याता - डा. मधुकृष्ण श्रेष्ठ | सेप्टेम्बर १, २०१६ देखि प्राथमिक १ कक्षामा भर्ना हन गइरहेका छन् भने | आदिवासी जनजातिको निम्ति समर्पित पेम्बा गेलु शेर्पा | इजरायलमा जनमूक्ति मंचको गठन | सुनगाभा फुल्यो लेकैमा...म्युजिक भिडियो सार्वजनिक | राईलाई ‘नइ धनरूप पुरस्कार’ | राष्ट्रिय एकता खलबलाउने संविधान स्वीकार हुन सक्दैन । | बिबिसी नेपाली सेवाको एकपक्षिय प्रसारण विरुद्ध खेद प्रस्ताव पारित र नेता शेर्पाको रिहाईको माग | एघारौं त्रिमूर्ति दिवस- ९ जना पुरस्कृत १७ ओटा कृति लोकार्पण | न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न् - देशी विदेशी दर्शकहरुको सहभागीता | शेर्पा किदुक साईप्रसको प्रथम बैठक सम्पन्न | जीवनको अनुवाद र सोम लिम्बू | साईप्रसमा महिलाहरूको वर्चस्व रहेको शेर्पा किदुक गठन | सबैको गुरुमा - भारती ओख्राबो | साईप्रसमा राजनैतिक पार्टी र विध्यार्थी एकता | गीत-सङ्गीतमा लाग्नेहरूले कहिल्यै एक्लो हुनुपर्दैन ।- केन्जुमा सुब्बा | माया ठकुरी ‘नेपाली साहित्य नारी रत्न’ घोषित | “सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दियो” : डा. ओम गुरुङ | हङकङ र मकाउको सफलता पछि किम्फ अब अमेरिकाको न्यूयोर्कमा | बैँककमा जम्बो कार्यक्रम 'चुम्लुङ' सम्पन्न | शेर्पा संघ, यूरोपको तेश्रो महाधिवेशन सन् २०१६ को लोसारमा आयोजना हुँदै | नामी तर दुखी शान्ति मास्के | १२ भाषाका ज्ञाता : हेमचन्द्र पोख्रेल | कवि रण काफ्ले भारतमा पूर्वोत्तर हिन्दी एकादमीबाट सम्मानित | भयवाद दर्शनको पुस्तकलाई दुईवटा अन्तर्राष्ट्रिय अवार्ड | सावधान सरकार ! खबरदार सरकार ! | हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति-- डीबी पालुङ्वा | हङकङमा समवेदना व्यक्त गर्न मैनबत्ती प्रज्वलन कार्यक्रम | पुर्खा दिवस र थपिएका अर्थ | हङकङमा पुर्खादिवस सम्पन्न | द युनिभर्सीटी अफ हङकङमा भयवाद्का कुरा | गाउँमा के गर्न सक्छु भनेर सोची रहेको छु – गौतम सागर राई | हङकङमा पुर्खादिवसको भव्य तयारी | अबका नेपाली पुस्ताले आफ्नै जन्मथलोमै ब्यवस्थित जीवन यापन गर्न सकून् -कर्मा छिरिङ शेर्पा(बेलायत) | आफ्नै जन्मगाउँका उकाली-ओरालीले गायिका बनायो । -रत्ना बराईली(लोक-गायिका) | ‘मनभरी चोट भए पनि दर्शकसँग हाँस्नु पर्छ ।‘ - लाक्पा शेर्पा(अमोद) | आफ्नो भाषा-सँस्कृति-धर्म-भेष अँगालेर कला-कर्ममा प्रयोग गर्दा सुहाएको जस्तो लाग्छ । --बरधोज | आँसु झारेँ धेरै-धेरै केवल तिम्रैलागि--ईशा लावती लिम्बू(गीतकार) | मानध्वजको चरित्रले मलाई नै रुवाउँछ । ___ मौसम ईम्बुङ(चेसुङका लेखक-निर्देशक) | ‘गायिका नै बन्छु’ भन्ने जवाफ नदिए पनि गायिका नै बनेँ' -- आभा मुकारुङ | किम्फका उत्कृष्ट | बालकृष्ण समको सङ्क्षिप्त परिचय | शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ - जुनिता लिम्बू | संगीतकार गणेश गुरुङका बारेमा र केहि सम्झना | निदै छैन आँखामा --गायिका जशोदा सुब्बा | गायिका तायाहाङमा राईको दोस्रो एल्बम ‘तराना’ सार्वजनिक | कुशल गायक- कुशल थलङ | मलाई टिपिकल कला-सँस्कृतिप्रति रुची छ -सुमी लिम्बू(नृत्यकार/मोडल)-बर्मा, हाल: बैँकक | कलाको गला | चीनकी दीपा एवाईको योगदानबारे चर्चा | बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक | छुटेका पाइलाकी स्रष्टा-- बुलु शर्माबाट नइलाई छ लाख | हङकङमा नेपाली सप्ताह २०१४ सम्पन्न | अल्बम बेचेर आमाघरलाई सहयोग | शताब्दी पुरुषको स्वास्थ्यमा सुधार -- सरकारबाट १० लाख रुपियाँ प्रदान | त्रिमूर्ति निकेतनमा १३१ औं लेखनाथ जयन्ती | हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ - टंक सम्बाहाम्फे | सरकारले पनि डा.जोशीलाई शताब्दी पुरुषको सम्मान दिने डा.जोशीलाई १०१ ओटा अभिनन्दनपत्रहरु प्रदान | एडिबीको ऋण सम्झौता | विश्व नेपाली स्रष्टा कोश प्रकाशित गरिने | नौजनालाई नइ बाल पुरस्कार प्रदान | गरीबीले भोकै मरे फरक पर्दैन, तर सँस्कृति-सँस्कारहीन हुनु साँच्चीकै समाप्त हुनु हो --- मनोज साङसोन | ओराङफुङ जस्तै गायिका देशु सुहाङ | महाकवि देवकोटाबारे केही जानकारी | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | नौ जनालाई नइ देरुनीखपू बाल पुरस्कार | यूएइमा पत्रकारिता तालिम सम्पन्न | एचके नेपाली रेडियोका कुरा | TEARLESS EYES_Story by Vijay Kangmang | किरात राई यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन सम्पन्न- | भलिबल प्रतियोगिता सम्पन्न, स्क्याड समुह प्रथम | पारिजातको जीवनकथा | हङकङमा धरानेहरुको बृहत जमघट | अमिलो पानीपुरी र पिरो चटपटेले १ लाख ८० हजार संकलन गर्यो | नइ भूपाल दुर्गा पुरस्कारको स्थापना | सम्भावना बोकेका सर्जकहरू हुनुहुन्छ,साहित्यिक एकता भने देखिन्न- बिद्रोही साइला | यूएईमा नेपाली कल्चर शो | उत्कृष्ठ सभासद छनौट प्रक्रियाको शुभारम्भ | हङकङमा प्राथमिक विद्यालय भर्नाहुन चाहाने विधार्थीहरुकालागि | 'माई प्रोमिस' धरानमा प्रिमियर | हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् -खगेन्द्र पन्धाक | भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा | डिभिजन-३ को लागि१८ जनाको नाम सार्बजनिक | Apple Announces Apple Watch, Available in Early 2015 | सधैं अरुको भलाइँ गरिरहने सरला गुरुङको कलायात्रा | गीतसंगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली – राजु गुरुङ | लोकप्रिय गिटारिष्ट यादव राई | धरान हङकङ मञ्च : १५ औं वार्षिक उत्सव भव्यरुपमा हङकङमा मनाउने | STORY- The Second State | गजल रचनाका प्राथमिक आधारभूत केहि तत्व र नियमहरु | अभाङ्गगार्ड, खलिल जिब्रान र हाम्रा नानीहरू | मातृभाषाको विकास र चुनौतीहरु | iPhone 6 -- Apple's 2014 iPhone, debuting September 9 | टेरिया मगरको राहदानीमा समस्या ; युएईको कार्यक्रम स्थगन | हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा | Stay alert against communicable diseases in new school year | विश्व आदिवासी दिवस | नेपाली संगीतमा ‘आरोही’ : पहिलो एकल अल्बम लिएर आए सुनिता र अनुशील | के हो यो ALS र Ice Bucket Challenge? | राजेशपायल राई हङकङमाः असाह्य बालबालिकाहरुको शिक्षदीक्षाकालागि ५० हजार दिने घोषणा | मानवीय सहयोगकालागि हङकङमा मेलोडी नाइट | Philosophy of Fearism | नेपालीको सान जितू राई बने विश्वको नं. १ खेलाडी | D. B. Chitrakar | Quality of life | 'भारतसँग राजनीतिक तहमै समस्या समाधान गर्नुपर्छ' | तेरिया अव युएईमा | हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’ | नेपाली साहित्यका महारथी गणेशबहादुर प्रसाईको निधन | जोशीलाई पाँच लाख रुपियाँ सहित शताब्दी पुरुष | आदिकवि भानुभक्त आचार्यको जीवनी | २५ स्रष्टाहरूलाई ‘भानुभक्त काव्य पुस्कार’ | रक्तदाताहरुलाई रेडक्रसको सम्मान, जगतअम्बू गुरुङ सम्मानित | भारतीय गोर्खाहरुको विविध साँस्कृतिक कार्यक्रम | हङकङमा विश्व काव्य यात्रा भव्यरुपमा सम्पन्न- कवि चौधरी नेपाली विधार्थीहरुसँग | हङकङमा भव्य पूर्खादिवस | The Nepalese community in Hong Kong looks to preserve Gurkha legacy | राजा महेन्द्रको हृदयाघात र कीर्तिनिधि विष्ट | इन्टिग्रेसन, चिनियाँ भाषा अनि हाम्रा आवश्यकताहरू | विश्वभर छरिएका गोर्खाली समाधिहरु | Minorities face challenges in the classroom | बालकृष्ण समको सङ्क्षिप्त परिचय | कविहरूका पनि कवि ‘कविशिरोमणि’ लेखनाथ पौड्याल | समग्र जीबनको सांगीतिक अन्तर्मन्थन “गह” | एक विशिष्ट सांगीतिक कार्यक्रमः अम्बर गुरुङ रात्री | भूगोलमा नारायणगोपाल | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | देवकोटाको राँचीबास किन ? | देवकोटाले कहिले पागल लेखे ? | शुसिल नेवा बने मिस्टर हङकङ नेपाल २०१३ | झुक्तै नझुक्ने नेपाली शिर अर्थात् डा.वानीरा गिरी | नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान | हङकङको नेपाल | नेपाली भाषा साहित्य र डायस्पोरा | श्रीहरि, सरुभक्त र मञ्जु काँचुलीलाई त्रिमूर्ति पुरस्कार | पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलको दिक्षान्त समारोह सम्पन्न | पराजुलीत्रयको सांगीतिक कार्यक्रम हुने | विष्णुनन्द चाम्लिङ राईको गीति संग्रह ‘सम्झौता‘ | विश्व नारी रत्नः वानीरा गिरी | प्रकाश सायमी दाइसँग सात दिन | नेपाली क्रिकेटको कुरा | पूर्वमा पर्यटन मेला | स्तम्भ लेखनबाट म विदा | नयाँ वर्षमा च्याम्बरको डाइरेक्टरी | एउटा ज्यूँदो मान्छे अनङगनाथ पौडेल | जनजाति महासंघको उद्घोष– अनसन र तालाबन्दी | हङकङमा पुर्खादिवस 2013 | नेपालका गौरवः लैनसिंह वाङ्देल | पहिलो दैनिक पत्रिकाको सम्पादक- गोविन्द मल्ल गोठाले | सेवाका आदरणीय- त्रैलोक्यनाथ श्रेष्ठ | मुलुकलाई निरंकुशतर्फ धकेल्ने षड्यन्त्रः राजकुमार लेखी | पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई | महिला दिवसमा कार्यशाला गोष्ठी | ‘रोहितको आकृति’को लोकार्पण | लिम्बू भाषाको चलचित्र “केःवा कोःक्मा“ हङकङमा प्रदर्शन गरिने | नेपाली बास्केटबल टिमलाई प्रोत्साहन | सुनसरी उद्योग वाणिज्य संघमा राजेन्द्र श्रेष्ठ | महावाणिज्यदूत नियुक्ति बदर गर्न विरोधसभ | नेपाली काग्रेसको दोस्रो धरान नगर भेलामा तनाव | थापा हत्याको विरोधमा चौतारी | किरायाद्धारा यूएईमा एक महिलाको उद्धार | दुबईमा बनभोजसंगै उधौली साकेल | जाडो बढ्यो नेपालमा | धरानमा फेरि सडक उत्सव | तुवाचुङ जायजुम सहयोग समिति गठन | किराँत विभूति इमानसिंह चेम्जोङ | राजन मुकारुङसंग साक्षात्कार | हङकङमा नेपाली सप्ताह २०१२ | त्रिमूर्तिमा १२८औं लेखनाथ जयन्ती सम्पन्न | काठमाडौँ विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोह (दोस्रो कार्यक्रम) सम्पन्न | पहलमानसिंह स्वार-जीवनी | १४ अञ्चलमा विश्व नारी नेपाली साहित्य सम्मेलन गठन | शुटिङ रिपोर्टः कवि राई | अनाम सडकमाः जातीय एकताको संदेश | संघीय समाजवादी पार्टीको हङकङ तदर्थ समिति गठन | पहिलो समालोचना पुरस्कार समर्पण | धरानको खानेपानी समस्या समाधान गर्न एडिविले सहयोग गर्ने | आदिकवि भानुभक्त आचार्यको लघु जीवनी | भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद” | गायक राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा स्वीटजरल्याण्ड पछि जर्मनी र बेल्जियम आउदै | मायादेवी राईसँगको कुराकानी | विश्वभर छरिएका गोर्खाली समाधिहरु | नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक ध्रुव दत्त | गोर्खाः ईज्जत, इमान अनि प्रेष्टीज | प्रकृतिगामी --कथा | सर्वप्रिय कम्युनिष्ट ः जसुदा राई | नौकन्यालाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान | सानैमा ठूली - शारदा अधिकारी | हङकङमा महाकवि देवकोटाजयन्ती २०१२ सम्पन्न | साब्लाबुङ | तेक्वान्दो प्रतियोगितामा हङकङेली नेपाली खेलाडहरुलाई सफल्ता | नेपाली जातीय कवि -पं.धरणीधर शर्मा |
Recent Events
Most Read
Book Reviews
Philosophy of Fearism: Life is conducted, directed and controlled by the fear."1. ‘Fearism is a gift to the world from Nepali.’ Prof. Dr Tanka Prasad Neupane, Chairman, Fearism Study Centre: Baicharik Chintan, 2066 v.s. 2. ‘Fearism of Desh Subba has shake
विस्तृत समाचार
VIEW ALL
समाचार »
साहित्य र साहित्यकार
देवकोटाको राँचीबास किन ?

--नरेन्द्रराज प्रसाई
--(एक)
महाकवि देवकोटा पटकपटक विविध किसिमका बिमारीले थला पर्दैे गए । उनको जीवनमा मानसिक तनाव पनि अर्को बिमारी भएर थपियो । मानसिक तनावले घेर्न थालेपछि उनी चिच्च्याउने, कराउने र नर्भस हुने गर्थे । त्यसपछि उनी सुरविहीन भएर हिँड्न थाले । उनको मानसिक स्थिति दिनप्रतिदिन असजिलो अवस्थामा गइरहेको थियो । उनी बेसुरा अवस्थामा प्रायः घर छाडेर बाहिर जाने गर्थे । उनको त्यस स्थितिका बारे चूडामणि बन्धुले लेखेका छन् “घरका मान्छेहरूले उनलाई बौलाहा भनेको र त्यस्तै व्यवहार गरेको महाकविले धेरै पटक अनुभव गरेका थिए ।” देवकोटाको यस विषयमा धेरैको धेरै निष्कर्ष पनि आयो । यसै प्रसङ्गमा गोविन्द भट्टले चाहिँ उनका बारे लेखे, “देख्ता लापरवाह,सनकी, आत्मकेन्द्रित र लहडी भए पनि देवकोटा भित्रबाट चौबीसै घण्टा जागृत, सक्रिय र राष्ट्रिय औ अन्तर्राष्ट्रिय समस्याहरूबाट सचेत हुनुहुन्थ्यो ।”

देवकोटा दिनप्रतिदिन आपैmँभित्र हराउने गर्थे । उनको मगज कहाँ छ उनी आपैmँ चाल पाउँदैनथे । उनको असामान्य अवस्थाबारे उनकी पत्नी मनदेवी देवकोटाले भनेकी थिइन्, “एकपल्टको कुरा हो, हाम्रो छोरो सिकिस्त थियो । म बिरामी छोरालाई लिएर अर्कै कोठामा बसेकी थिएँ । उहाँ निदाउनुभएकाले ओछ्यानको झुल टम्म मिलाई ढोका ढप्काएर म छोराको हेरविचारमा लागेकी थिएँ । त्यस बखत उहाँ भख्खर बिरामीबाट उठ्नुभएकाले ज्यादै कमजोर हुनुहुन्थ्यो र हिँड्दा पनि हुर्रिनुहुन्थ्यो । एक छिनपछि बिरामी छोरालाई सुची गर्न उठाउँदा मैले कुन्नि के शङ्का लागेर हो उहाँको कोठामा चियाएर हेरेँ । झुल जस्ताको तस्तै टम्म लागेकै थियो तर उहाँ त्यसभित्र हुनुहुन्थेन । उहाँलाई त्यसरी नदेख्दा मैले जहानपरिवारलाई पनि उठाएँ र हामी सबैले उहाँलाई धुइँधुइँती खोज्न थाल्यौँ । उहाँ सरासर त्यहाँबाट हुर्रिंदै चूडाप्रसादजीको घरको ढोकानिर पुगेर त्यसै टुक्रुक्क बसिरहनुभएको रहेछ । पछि हामी सबैले उहाँलाई समाती घर लिएर आयौँ । त्यस्तो बिरामी मानिसलाई पनि हेरचाह नगरेर त्यसै छोड्ने भनी मानिसले मलाई गाली पनि गरे । हुन त म  अखण्ड होसियारीमा बस्थेँ । तैपनि त्यो दिन के भो के भो म झुक्किएँ ।”
देवकोटा कहिलेकाहीँ आपैmँभित्र हराउने गर्थे । त्यति बेला देवकोटालाई केहीले छोपे जस्तो, उनीभित्र केही धुन चढे जस्तो र उनीसँग होसै नभए जस्तो देखिन्थे । गणेशकवि पं.श्यामदास वैष्णवका अनुसार त्यति बेला देवकोटाको मुख पनि कालोनिलो देखिन्थ्यो । अनि थुथुथुथु गर्दै “यो समस्त ब्रह्माण्डलाई नै क्वाराम्म चपाऊँ जस्तो लाग्छ” भन्नुहुन्थ्यो । वास्तवमा देवकोटाको चेतना बेलाबेलामा असामान्य स्थितिमा परिणत हुन्थ्यो । कतिसम्म भने उनले एक पटक सुरेन्द्रबहादुर शाहालाई भनेका थिए, ‘‘यो टाउको गह«ुङ्गो भयो । त्यो अगाडिको पर्खालमा हानेर यो टाउको पट्ट फुटालूँजस्तो लाग्छ ।’’ उनको यस्तै मनस्थितिका बारे नित्यराज पाण्डेले पनि लेखेका छन्— ‘‘धोबीधाराको आफ्नो जन्मगृहको कुमारीस्थानको धारामा आएर ‘यही पानीले पहिले मेरो दिल ठन्डा पारेको थियो’ भनेर कपालमा पानी हालेर मगज ठण्डा पार्थे ।’’ देवकोटा आफू प्रतिकूल वातावरणमा भएको पनि महसुस गर्थे । तर पनि उनी आफ्नो भावना आफ्नो मन बुझ्नेसँग खन्याउन छाड्दैन थिए । यसै परिवेशमा उनले एक दिन बालकृष्ण समलाई पनि भनेका थिए ‘‘समजी ! मलाई कहिलेकहिले यो आकाश आफ्नै खप्परमा खसेको जस्तो लाग्छ ।’’ वास्तवमा देवकोटा ब्रह्माण्डलाई नै आफ्नो मगजमा राख्न खोज्थे । अथवा भनौँ उनी अनेक विचारमा उडेर आफ्नो दिमागमा थपमाथि थप भारी थुपार्थे । त्यसैले कहिलेकाहीँ उनी असहज हुन्थे । त्यति बेला उनको मस्तिष्क असन्तुलित भएको चर्चा सर्वत्र पैmलिएको थियो । देवकोटासँग ट्युसन पढ्न जानेमध्ये एक जना तेजबहादुर प्रसाईले भनेका छन्, “देवकोटालाई प्रायःले पागल भन्थे; तर म उहाँसँग पढ्न जान थालेपछि उहाँको विचारबाट प्रभावित भएँ । उहाँ समाजको परिवर्तनका लागि क्रान्तिका अग्रदूत र अद्वितीय विद्वान् नै हुनुहुन्थ्यो । हामी नेपालीका लागि देवकोटा त्यति बेलै गौरवशाली मानिनुहुन्थ्यो ।”
देवकोटा एकपल्ट १२ बजे राति नै उठेर बाहिर लागे । यो कुरा थाहा पाएपछि त्यस रात उनका भान्जा कोमलनाथ पौड्याल र भाइ गोपीमाधव उनलाई खोज्न हिँडे । देवकोटालाई उनीहरूले रानीपोखरीको छेउछाउमा भेटे । तर त्यसै बेला पुलिसले यी तीनै भाइलाई रानीपोखरीको डिलमा समात्यो र तत्कालै थाना पु¥यायो । त्यति बेला पुलिसचौकीमा उनीहरूलाई भूइँमा राखियो । त्यस घडी तीनै जना जाडोले लुगलुग कामिरहेका थिए । यसै प्रसङ्गको कुरा गर्दै देवकोटाका भान्जा कोमलनाथ पौड्यालले भने “प्रहरीलाई हामीले पैसा दिन्छौँ, एउटा सुकुल त देओे भन्यौँ । तर पुलिसले दिएनन् र उल्टै हामीलाई झपार्दै भने, ‘कुन रण्डीकोठीबाट आयौ ? तिमीहरूलाई चाहियो सुकुल !” त्यस बेला यी तीन भाइले पनि अरू कैदीसँगै गाँजा खाएर उक्त रात कटाएका थिए । भोलिपल्ट देवकोटाका जेठा दाजु लेखनाथले श्री ३ जुद्धशमशेरका अङ्गरक्षकलाई चिठी लेखेर यी तीन भाइलाई थुनाबाट छुटाएका थिए । देवकोटाले त्यस रात एउटा धोती मात्र लगाएका थिए । यसै प्रसङ्गलाई लिएर देवकोटाकी पत्नी मनदेवी भन्छिन् “कति बिन्तीभाउ गर्दा पनि निकै रात बितेको हुँदा पुलिसहरूले उहाँलाई छोडेनन् ।’’
हुन त देवकोटा १९९० सालतिर नै पहिलोपल्ट मानसिक आघातका सिकार भएका थिए । त्यस बेला उनी पटनामा बीएल पढेताका नै बिरामी भएका थिए । यसै प्रसङ्गमा उनकी भतिजी मिट्ठू अर्यालले भनिन्, ‘‘मेरा साइँला बाको पटनामा पढ्दै गर्दा मानसिक असन्तुलन हुन थाल्यो भन्ने खबर आयो । त्यो खबर पाउनासाथ मेरा बुबा (लेखनाथ देवकोटा) आफैँ पटना जानुभयो । त्यति बेला मेरा साइँला बाको बीएलको परीक्षा नजिकै आउँदै थियो । मेरा बुबा परीक्षा नसकिन्जेल त्यहीँ साइँला बाकै हेरचाह गरेर बस्नुभयो र परीक्षा सक्नेबित्तिकै उहाँले साइँला बालाई लिएर नेपाल आउनुभयो ।’’
देवकोटाका बुबाआमाको एकपछि अर्काको लगातार निधन हुनाले उनको मानसिक तनावमा झन् तनावमाथि तनाव थपिन गयो । त्यस बेला पनि उनलाई जोगाउन घरपरिवारलाई निक्कै गाहारो भएको थियो ।
देवकोटा १९९३–९४ सालतिर बम्बै गएका थिए । त्यसैताक त्यहाँबाट उनी कोलकातामा गीत रेकर्ड गर्न पनि पुगेका थिए । त्यहाँ हिन्दू र मुसलमानको रक्तपातपूर्ण युद्ध देखेर देवकोटा तर्सेका थिए । त्यस घटनाले उनको मन र मस्तिष्कमा अर्को ठूलो चोट परेको थियो । त्यस चोटको नतीजा उनले त्यहाँ जुत्ता सिउने एउटा सार्कीमाथि प्रस्तुत गरे । कुरा के भो भने, उनी र उनका भाइ मित्रनाथ एक समय कोलकाताको एउटा बाटोमा हिँड्दै थिए । त्यहाँ बाटामा थोत्रा जुत्ता सिउँदै गरेको सार्कीलाई देवकोटाले पनि आफ्नो फाटेको जुत्ता सिउन दिए । जुत्ता सिउने क्रममा देवकोटा र सार्कीको सुमधुर वार्तालाप भइरहेको थियो । तर केही समयपछि सामान्य प्रसङ्गैमा देवकोटा सार्कीमाथि खनिन पुगे । त्यसपछि देवकोटा र जुत्ता सिउने सार्कीमाझ हात हालाहाल भयो । त्यस घडी त्यो झगडालाई साम्य पार्न उनका भाइ मित्रनाथले निक्कै पसिना काढ्नुपरेको थियो ।
देवकोटा कोलकाता गएका बेला  मित्रनाथ देवकोटा त्यहीँको सेन्ट जेबियर्स कलेजमा अध्ययन गर्दै थिए । उनले त्यसै बेलादेखि नै आफ्नो दाजुको मानसिक सन्तुलन गुमेको बेहोरा चाल पाएका थिए । खास गरेर जुत्ता सिउने सार्कीेसँग देवकोटाले कुटाकुट गरेको घटनापछि देवकोटाको मगज ठीक ठाउँमा नभएको अडकल काटियो । अनि उनलाई चाँडोभन्दा चाँडो नेपाल फर्काउनुपर्ने निष्कर्ष निकालियो ।
त्यतिखेर देवकोटाका भाइ मित्रनाथले उनलाई डो¥याएर वीरगन्ज ल्याइपु¥याए । उनको त्यस यात्रामा उदयलाल श्रेष्ठले पनि गतिलो साथ दिएका थिए । त्यस अवस्थामा देवकोटालाई कोलकाताबाट वीरगन्जसम्म ल्याउन पनि साह«ै कठिन भएको थियो । वीरगन्ज आएपछि त्यहाँ उनलाई थाम्न नै कठिन भयो । अनि केही सीप नलागेपछि उदयलाल श्रेष्ठले देवकोटाका घरमा आकाशवाणी गरे । त्यसको बेहोरा थियो— “लक्ष्मीप्रसादको मगज ठीक छैन, तुरुन्तै लिन आउनू ।” त्यो आकाशवाणी पढेपछि देवकोटाका भाइ मधुसूदन रातारात काठमाडौँबाट वीरगन्ज पुगे । त्यहाँ देवकोटाले आफ्ना भाइ मधुसूदनलाई भेट्नेबित्तिकै “जेहाद (धर्मयुद्ध) र हलाल (छाला कढाइ) भनेको के हो भाइ ?” भनेर सोधेका थिए ।
काठमाडौं भित्रिएपछि देवकोटाको दिमागले आधा काम गर्न थाल्यो । तैपनि उनी बराबर नर्भस हुन्थे, आत्तिन्थे र तर्सन्थे । अनेक झारपूmक र धामीझाँक्रीले पनि निको पार्न नसकेपछि उनलाई राँची लाने कुरामा घरपरिवारको सहमति भएको थियो । तर त्यस बेला तुरुन्तै पैसा जुटाउन नसकेपछि एक वर्षजतिको समय सरसल्लाहमा बितेको थियो । अनि उनी मानसिक चिन्ता निवारण गर्ने उद्देश्यले राँची पु¥याइएका थिए । देवकोटाको राँचीयात्राको सम्पूर्ण खर्च मृगेन्द्रशमशेर र ब्रह्मशमशेर जबराले बेहोरेका थिए ।
देवकोटालाई पागल भए भन्ने विश्वासमा भारतको राँची पु¥याएपछि १९९५ साल पुस २० गते राँची नर्सिङ होममा भर्ना गरियो । उनलाई भर्ना गरिएपछि लेफ्टिनेन्ट कर्णेल डा.बर्कले हिलले देवकोटालाई खुशी पार्न उनलाई लिएर जानेहरूलाई “तिमीहरूलाई पो यस अस्पतालमा राख्नुपर्ला जस्तो छ” भनेको कुरा पछि मधुसूदन देवकोटाले आफ्ना भान्जा केशवचन्द्र गौतमलाई बताएका थिए । देवकोटा १९९६ साल जेठ २५ गतेसम्म १५५ दिन राँची नर्सिङ होममा बसे । त्यस बेला उनलाई त्यहाँ उपचार गर्ने अमेरिकन मानसिक रोगविशेषज्ञ डा. बर्कले हिल विश्वका सातौँ मनोवैज्ञानिकका रूपमा चिनिन्थे । उनले देवकोटालाई महात्मा बुझेर खूबै आदर पनि गरेर भने “देवकोटा जस्तो मान्छे नेपालमा जन्मने नै होइन; उनी त्यहाँ जन्मेर नै पागलको गन्तीमा आए । उनी नेपालमा जन्मनु भूगोलको गल्ती ९न्भयनचबउजथअब िःष्कतबपभ० हो ।”
देवकोटासँग राँची जाने उनका काहिँला भाइ मधुसूदन देवकोटा थिए । केही समयपछि उनका अन्तरे भाइ मित्रनाथ देवकोटा पनि उनको सेवा, सुसार र सहयोग गर्न राँची पुगे । देवकोटाका भाइका अनुसार राँचीमा एकपटक देवकोटा एक सेर गोलभेडा लिई हराएका र बेलुका आपैmँ आएका थिए ।
देवकोटा राँचीबाट काठमाडौँ फर्कने तरखरमा वीरगन्ज आइपुगे । त्यहाँ उनीहरू केशवराज पिँडालीका डेरामा बसे । त्यस बखत पिँडाली वारलेसको जागिरेका रूपमा वीरगन्जमै कार्यरत थिए । पिँडाली र देवकोटामाझ नाता पनि थियो । देवकोटाकी पत्नी मनदेवी पिँडालीकी मामाकी छोरी थिइन् । साथै देवकोटा र पिँडालीको बीच आत्मीयताको सम्बन्ध पनि थियो । पिँडाली देवकोटाका मन परेका साला पनि हुनाले वीरगन्जमा पिँडालीलाई भेट्नेबित्तिकै देवकोटाले आफ्नो मन पिँडालीसमक्ष खन्याएका थिए, “म मेरो मानसिक रोग निदान गर्न राँची गएको थिएँ, निको भएर आएँ ।” त्यस बेला पिँडालीलाई उनले स्वर्ग र नर्क अनि पाप र धर्मको बारेमा पनि धाराप्रवाह प्रवचन दिएका थिए । पिँडालीकी पत्नी राज शर्माका अनुसार देवकोटा त्यहाँ एक हप्ता बसेका थिए । त्यतिखेर पिँडालीका आवासमा देवकोटालाई भेट्नेको कुँडुलो लागेको थियो । उनले वीरगन्ज बस्ता पनि आफ्नो काव्यिक यात्रा यथावत् राखेका थिए । सो समय उनी मानसिक तनावबाट आफू ढुक्क भएको ठान्थे । त्यसैले काठमाडौँ आएर पनि उनले चिनेजानेका सबैका घरघरमा गएर गर्वसाथ भन्ने गरे, “राँचीबाट म निको भएर आएँ नि !”
देवकोटा आपूmलाई राँची पु¥याएकोमा त्यति सन्तुष्ट थिएनन् । उदाहरणका लागि भन्ने हो भने त्यस बेलाको प्रसङ्गमा उनले जनकलाल शर्मालाई भनेका थिए, “भान्जा ! म पागल होइन । म गरिबचाहिँ हुँ ।” देवकोटाले शर्मालाई अझ थप भनेका थिए “तपाईंलाई थाहा छ, त्यस समय म आर्थिक सङ्कटमा थिएँ । मलाई जताततै लघुताभासको बोध हुन्थ्यो । म आपूmलाई संसारमा सबभन्दा सानो प्राणी ठान्दथेँ । अरूलाई म पहाडजस्तो देख्तथेँ । आर्थिक कारणले गर्दा मेरो इच्छा कतै पनि पूरा हुन्नथ्यो । त्यस समय मेरो मनको बह कसैले बुझेन । म चौबीसै घण्टा यस्तै चिन्तामा रुमल्लिएर बस्थेँ । त्यसै कारण त कुरै नबुझी उल्लूहरूले सिल्ली भनेर मलाई राँचीतिर डो¥याएर हिँडे ।” देवकोटाले ‘पागल’ कवितामा उल्लेख गरेको विषयलाई अङ्गीकार गरेर भन्ने हो भने एकपटक उनलाई कहीँकतै ठिङ्गुरामा हालेर पनि राखिएको थियो ।
(दुई)
देवकोटाको मन असन्तुलित नभए पनि मस्तिष्क असन्तुलित नै थियो । उदाहरणका लागि भन्ने हो भने उनका भाइ मधुसूदन देवकोटाले १९९७ सालमा भवानी भिक्षुलाई भनेका थिए, “दाइको मानसिक अवस्था अलि ठीक छैन ।” त्यसपछि भिक्षुले देवकोटासँग जिज्ञासा राखेका थिए, “कविजी ! तपाईं अहिले अस्वस्थ हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंलाई केको व्यथा छ ?” त्यसको प्रत्युत्तरमा देवकोटा बोलेका थिए “कहिलेकाहीँ मेरो मनमा वज्रको प्रवेश हुन्छ । सारा संसारलाई च्यातेर चकनाचूर पारिदिने मेरो प्रबल इच्छा हुन्छ । तर संसार मभन्दा धेरै दृढ छ, चाम्रिएको छ, के गर्नु ?” एकपटक परिचय गर्ने क्रममा मदनमणि दीक्षित २००४ सालतिर देवकोटालाई भेट्न उनका घरमा पुगेका थिए । त्यस बेला उनले दीक्षितलाई भने, “मदनमणि ! भेडो बन्ने मन छ ?” दीक्षितले “मलाई भेडाको मासुसमेत मन पर्दैन” भन्ने प्रत्युत्तर देवकोटालाई दिए । त्यसपछि देवकोटाले फेरि भने, “भेडाको मासु नखाऊ तर भेडो बन, सबैले तिम्रो मासु खानेछन् । मलाई त भेडो बन्न मन लागिरहेछ अचेल ।” देवकोटाले ‘प्रभुजी ! मलाई भेडो बनाऊ !’ भन्ने कविता दीक्षितलाई भेट्नुभन्दा केही दिनअघि मात्र लेखेका थिए ।
देवकोटा २००५ सालमा कोलकाता जाँदा पनि उनको व्यवहार धेरै असन्तुलित थियो । त्यति बेला देवकोटा कोलकाताको पार्कसर्कसको स्लामक्यासलमा रामहरि जोशी र जयनारायण गिरीको डेरामा साँगी लागेका थिए । त्यति बेला जोशी आफ्नो बेतको खाटमा देवकोटालाई सुताएर आपूm भूइँमा ओछ्यान लगाएर सुत्थे । त्यहाँ जोशीसँग भूइँमा सुत्नेहरूमा ईश्वर बराल, जयनारायण गिरी र नारायणप्रसाद भट्टराई पनि थिए । एक रात सबै जना सुतिरहेको बेला राति अकस्मात् देवकोटा जुरुक्कै उठे र कराउँदै झ्यालतिर लागे । अनि तीन तलाको त्यो झ्यालबाट उनले हामफाल्न खोजे ।  त्यति बेला थाहा पाएर बराल र भट्टराईले समाएर देवकोटालाई ओछ्यानमा राखे । अनि त्यति बेला देवकोटाले लामो सुस्केरामा भने, ‘‘क्ष् धबलत तय कभभ न्यम । क्ष् धबलत तय मष्भ। (अर्थात् म ईश्वरलाई हेर्न चाहन्छु । म मर्न चाहन्छु ।)” त्यसपछि उनले आफ्ना दुवै हातले टाउकोमा छिट्टोछिट्टो मुड्की हान्न थाले र केही बेरमा उनी ओछ्यानमै लडे । उनी भोलिपल्टको बिहान फेरि सधैँ झैँ सामान्य अवस्थामा देखिएका थिए ।
देवकोटाको कोलकाताको बसाइमा उनी प्रायः एकान्त खोजेर बस्न पुग्थे र झोक्राइरहन्थे । उनी समारोहस्थलमा होस् या ट्राममा बसेको बेला होस् आँखा झिमझिम गरेर अङ्ग्रेजीमा बरबराइरहन्थे । उनी मान्छेका माझमा हुँदा पनि हराएका जस्ता देखिन्थे । रामहरि जोशीका अनुसार त्यति बेलै नेपालबाट उनका जेठा ज्वाइँ कोलकाता पुगेका थिए । त्यस घडी देवकोटाले आफ्ना ज्वाइँ कल्याणनाथ रेग्मीका खुट्टा ढोगे र ग्वाँग्वाँ रुन थाले । त्यति बेला उनले आफ्ना छोरा कृष्णप्रसादलाई सम्झेर भनेका थिए, ‘‘मेरो कृष्ण म¥यो । म ठूलो अपराधी हुँ, मैल

आफ्नो मत व्यक्त गर्नुहोस्
You can contact us using the following form.
The fields marked by (*) are necessary.
*
*
अन्य समाचार...

How to listen HK Nepali Radio ?

For iPhone User

Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or  Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS

For Android  Users

We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps

Subscribe Our Channel
Latest Comments