Headlines :
देवकोटा प्राय: भन्थे -- म मर्न चाहन्छु | तीज गीत “झुम्का लगाउँछु“ | विदुषी बुलु शर्माको कथा | युएईमा ससफोको दोश्रो पार्टी एकता दिवस सम्पन्न | सिक्नेचर मुभि – थिन्क पोजिटीभ ग्लोबल क्याम्पिन | मेरो पैतृक अध्यात्मको पाटो | तेह्र बर्षीय गायिका सुबिका राईको प्रथम म्युजिक भिडियो | सबिना गुरुङको चरी चिरिबिरी सार्वजानिक | आठपहरिया राई र दशैं | आमा बित्दा रुने फुर्सद छैन | मेरो भलो चिताउने साथी | मेरी यस्ती एउटी बहिनी | पहिलो प्रेमअनुभूति - राजकुमार दिक्पाल | हामीलाई एक्लै छाडी पन्नाकाजी पनि हिंडे | कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख | छापामार युवतीको डायरी | सुरेन्द्र लिम्बू परदेशीलाई अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार | ‘सगरमाथा साँझ–३’ आयोजना गरिने | विश्व साइकल यात्रीले प्याराग्लाईडिङ प्रशिक्षण लिँदै | चेतनायुक्त प्रतिपक्षीय बिचार नै ‘अस्वीकृत बिचार’ हो - डा. कविताराम श्रेष्ठ | विपि प्रतिष्ठानमा सकियो उपकुलपतिको पदावधि, आकांक्षीहरु शक्तिकेन्द्र धाउदै | ’वोझ नहोस् मेरो माया.. | हङकङमा नेपाली भाषा, साहित्य र संस्कृति सप्ताहको रौनक | माओ त्सेतुङ, सुखानीमा हत्या र म | गोयाङको सुगन्ध कृतिलाई २,०२,००२ रुपैयाको पहिचान पुरस्कार | प्रा. डा. कृष्णहरि बराल दुबाईमा सम्मानित | केशर माङयुङको नयाँ गीत ः भिडियो सार्बजनिक | तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको 'घटराज पुरस्कार' | Vote for Mira Rai | वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' | देशदेशान्तरका २०५ जनालाई-सत्यमोहन जोशी शताब्दी पदक | तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट - राकेश काफ्ले | गीतकार प्रकाश सुवेदीको ’मनका कुरा तिमीलाई सार्बजनिक | सत्यमोहन जोशी ः शताब्दी पुरुष | सिडी बिजय र मनिशाको पत्ति नमिलेको तास बजारमा | सन्जीव र नलिना पोर्तुगल आउँदै लिस्बोन | ’डढेलोभित्रका सतिसाल’ हङकङमा प्रिमियर | आठपहरिया राई र दशैं | 'सत्यमोहन जोशी शताब्दी पदक' | यूएइमा फोनिज गठन हुने | सडकबाट शिखर पुगेका ब्यक्तित्व | दार्जिलिङले के सिकायो ? अन्तत: सूधपा को हुन् ! | नौ हजार फिटबाट २३ नेपाली उडे | साहसिक हिरो सानोबाबु सुनुवारलाई सम्मान | पाँच फिट अग्लो अभिनन्दन पत्र | साउदीमा प्रवासी नेपालीले मनाए क्वाटीपूर्णे | स्याङजा समितिमा दुई लाख हिनामिना स्याङजाली कान्छासहित निष्कासि | स्वर, सङ्गीत र शब्दका शिखर : गोपाल योञ्जन | गायक सुरेश राना मगर : कुराकानी | गुरुङ तमू समाज मकाउको प्रथम अधिवेशन | मकाउमा सेतो पुतली ः भूकम्प पीडितकालागि पुननिर्माणकालागि सहयोग जुटाउँदै | महाकविका प्रिय कवि श्यामदास वैष्णव भन्छन्- | अम्बर गुरुङ नेपाली आकाशका गीत थिए | यूएइमा साकेला उँभौली-५०७६ सम्पन्न | ओ...खरबुजा...खरबुजा...! | पुण्यरश्मिलाई बीपी कोइरालाको सहयोग | आमाप्रतिको आदर ः आभा मुकारुङ | Mother Tongue Education Rights of Ethnic Minorities | सुटिङ सम्पन्न | कविता - सम्झेर पुर्खा | हङकङमा पूर्खादिवस २०१६ | फोरममा सामूहिक प्रवेश | किरात मञ्च नेपालको सङ्गठन विस्तार | धरानमा प्याराग्लाइडिङ | साइप्रसमा ग्याल्बु ल्होसार भब्य सम्पन्न तथा नयाँ कार्य समिती गठन | बुद्धिसागर बश्याल - अनलाईन वार्ता | त्रिमूर्ति निकेतनमा ११४ औं सम जयन्ती | अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई सम्मान | आफ्नोपन बिना बाँच्नुको सार छैन ।- यासेली योङहाङ | सङ्गीतका अमर साधक रत्नबहादुर खड्गी | विश्व शेर्पा संघको तदर्थ समिति गठन | तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ | समाज सेवामा अगुवा सँस्था गुदेल शेर्पा किदुग | त्रिमूर्ति निकेतनमा १३२ औं लेखनाथ जयन्ती | क्वाणटम साहित्यको व्याख्याता - डा. मधुकृष्ण श्रेष्ठ | सेप्टेम्बर १, २०१६ देखि प्राथमिक १ कक्षामा भर्ना हन गइरहेका छन् भने | आदिवासी जनजातिको निम्ति समर्पित पेम्बा गेलु शेर्पा | इजरायलमा जनमूक्ति मंचको गठन | सुनगाभा फुल्यो लेकैमा...म्युजिक भिडियो सार्वजनिक | राईलाई ‘नइ धनरूप पुरस्कार’ | राष्ट्रिय एकता खलबलाउने संविधान स्वीकार हुन सक्दैन । | बिबिसी नेपाली सेवाको एकपक्षिय प्रसारण विरुद्ध खेद प्रस्ताव पारित र नेता शेर्पाको रिहाईको माग | एघारौं त्रिमूर्ति दिवस- ९ जना पुरस्कृत १७ ओटा कृति लोकार्पण | न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न् - देशी विदेशी दर्शकहरुको सहभागीता | शेर्पा किदुक साईप्रसको प्रथम बैठक सम्पन्न | जीवनको अनुवाद र सोम लिम्बू | साईप्रसमा महिलाहरूको वर्चस्व रहेको शेर्पा किदुक गठन | सबैको गुरुमा - भारती ओख्राबो | साईप्रसमा राजनैतिक पार्टी र विध्यार्थी एकता | माया ठकुरी ‘नेपाली साहित्य नारी रत्न’ घोषित | गीत-सङ्गीतमा लाग्नेहरूले कहिल्यै एक्लो हुनुपर्दैन ।- केन्जुमा सुब्बा | “सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दियो” : डा. ओम गुरुङ | हङकङ र मकाउको सफलता पछि किम्फ अब अमेरिकाको न्यूयोर्कमा | बैँककमा जम्बो कार्यक्रम 'चुम्लुङ' सम्पन्न | शेर्पा संघ, यूरोपको तेश्रो महाधिवेशन सन् २०१६ को लोसारमा आयोजना हुँदै | १२ भाषाका ज्ञाता : हेमचन्द्र पोख्रेल | नामी तर दुखी शान्ति मास्के | कवि रण काफ्ले भारतमा पूर्वोत्तर हिन्दी एकादमीबाट सम्मानित | भयवाद दर्शनको पुस्तकलाई दुईवटा अन्तर्राष्ट्रिय अवार्ड | सावधान सरकार ! खबरदार सरकार ! | हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति-- डीबी पालुङ्वा | हङकङमा समवेदना व्यक्त गर्न मैनबत्ती प्रज्वलन कार्यक्रम | पुर्खा दिवस र थपिएका अर्थ | हङकङमा पुर्खादिवस सम्पन्न | द युनिभर्सीटी अफ हङकङमा भयवाद्का कुरा | गाउँमा के गर्न सक्छु भनेर सोची रहेको छु – गौतम सागर राई | हङकङमा पुर्खादिवसको भव्य तयारी | अबका नेपाली पुस्ताले आफ्नै जन्मथलोमै ब्यवस्थित जीवन यापन गर्न सकून् -कर्मा छिरिङ शेर्पा(बेलायत) | आफ्नै जन्मगाउँका उकाली-ओरालीले गायिका बनायो । -रत्ना बराईली(लोक-गायिका) | ‘मनभरी चोट भए पनि दर्शकसँग हाँस्नु पर्छ ।‘ - लाक्पा शेर्पा(अमोद) | आफ्नो भाषा-सँस्कृति-धर्म-भेष अँगालेर कला-कर्ममा प्रयोग गर्दा सुहाएको जस्तो लाग्छ । --बरधोज | आँसु झारेँ धेरै-धेरै केवल तिम्रैलागि--ईशा लावती लिम्बू(गीतकार) | मानध्वजको चरित्रले मलाई नै रुवाउँछ । ___ मौसम ईम्बुङ(चेसुङका लेखक-निर्देशक) | ‘गायिका नै बन्छु’ भन्ने जवाफ नदिए पनि गायिका नै बनेँ' -- आभा मुकारुङ | किम्फका उत्कृष्ट | बालकृष्ण समको सङ्क्षिप्त परिचय | शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ - जुनिता लिम्बू | संगीतकार गणेश गुरुङका बारेमा र केहि सम्झना | निदै छैन आँखामा --गायिका जशोदा सुब्बा | गायिका तायाहाङमा राईको दोस्रो एल्बम ‘तराना’ सार्वजनिक | कुशल गायक- कुशल थलङ | मलाई टिपिकल कला-सँस्कृतिप्रति रुची छ -सुमी लिम्बू(नृत्यकार/मोडल)-बर्मा, हाल: बैँकक | कलाको गला | चीनकी दीपा एवाईको योगदानबारे चर्चा | छुटेका पाइलाकी स्रष्टा-- बुलु शर्माबाट नइलाई छ लाख | बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक | हङकङमा नेपाली सप्ताह २०१४ सम्पन्न | अल्बम बेचेर आमाघरलाई सहयोग | शताब्दी पुरुषको स्वास्थ्यमा सुधार -- सरकारबाट १० लाख रुपियाँ प्रदान | त्रिमूर्ति निकेतनमा १३१ औं लेखनाथ जयन्ती | हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ - टंक सम्बाहाम्फे | सरकारले पनि डा.जोशीलाई शताब्दी पुरुषको सम्मान दिने डा.जोशीलाई १०१ ओटा अभिनन्दनपत्रहरु प्रदान | विश्व नेपाली स्रष्टा कोश प्रकाशित गरिने | एडिबीको ऋण सम्झौता | नौजनालाई नइ बाल पुरस्कार प्रदान | गरीबीले भोकै मरे फरक पर्दैन, तर सँस्कृति-सँस्कारहीन हुनु साँच्चीकै समाप्त हुनु हो --- मनोज साङसोन | ओराङफुङ जस्तै गायिका देशु सुहाङ | महाकवि देवकोटाबारे केही जानकारी | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | नौ जनालाई नइ देरुनीखपू बाल पुरस्कार | यूएइमा पत्रकारिता तालिम सम्पन्न | TEARLESS EYES_Story by Vijay Kangmang | एचके नेपाली रेडियोका कुरा | भलिबल प्रतियोगिता सम्पन्न, स्क्याड समुह प्रथम | किरात राई यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन सम्पन्न- | पारिजातको जीवनकथा | अमिलो पानीपुरी र पिरो चटपटेले १ लाख ८० हजार संकलन गर्यो | हङकङमा धरानेहरुको बृहत जमघट | नइ भूपाल दुर्गा पुरस्कारको स्थापना | सम्भावना बोकेका सर्जकहरू हुनुहुन्छ,साहित्यिक एकता भने देखिन्न- बिद्रोही साइला | यूएईमा नेपाली कल्चर शो | उत्कृष्ठ सभासद छनौट प्रक्रियाको शुभारम्भ | हङकङमा प्राथमिक विद्यालय भर्नाहुन चाहाने विधार्थीहरुकालागि | 'माई प्रोमिस' धरानमा प्रिमियर | हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् -खगेन्द्र पन्धाक | Apple Announces Apple Watch, Available in Early 2015 | भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा | डिभिजन-३ को लागि१८ जनाको नाम सार्बजनिक | सधैं अरुको भलाइँ गरिरहने सरला गुरुङको कलायात्रा | गीतसंगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली – राजु गुरुङ | धरान हङकङ मञ्च : १५ औं वार्षिक उत्सव भव्यरुपमा हङकङमा मनाउने | लोकप्रिय गिटारिष्ट यादव राई | STORY- The Second State | गजल रचनाका प्राथमिक आधारभूत केहि तत्व र नियमहरु | अभाङ्गगार्ड, खलिल जिब्रान र हाम्रा नानीहरू | मातृभाषाको विकास र चुनौतीहरु | iPhone 6 -- Apple's 2014 iPhone, debuting September 9 | टेरिया मगरको राहदानीमा समस्या ; युएईको कार्यक्रम स्थगन | हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा | Stay alert against communicable diseases in new school year | विश्व आदिवासी दिवस | नेपाली संगीतमा ‘आरोही’ : पहिलो एकल अल्बम लिएर आए सुनिता र अनुशील | के हो यो ALS र Ice Bucket Challenge? | राजेशपायल राई हङकङमाः असाह्य बालबालिकाहरुको शिक्षदीक्षाकालागि ५० हजार दिने घोषणा | मानवीय सहयोगकालागि हङकङमा मेलोडी नाइट | Philosophy of Fearism | नेपालीको सान जितू राई बने विश्वको नं. १ खेलाडी | D. B. Chitrakar | 'भारतसँग राजनीतिक तहमै समस्या समाधान गर्नुपर्छ' | Quality of life | तेरिया अव युएईमा | हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’ | नेपाली साहित्यका महारथी गणेशबहादुर प्रसाईको निधन | जोशीलाई पाँच लाख रुपियाँ सहित शताब्दी पुरुष | आदिकवि भानुभक्त आचार्यको जीवनी | २५ स्रष्टाहरूलाई ‘भानुभक्त काव्य पुस्कार’ | रक्तदाताहरुलाई रेडक्रसको सम्मान, जगतअम्बू गुरुङ सम्मानित | भारतीय गोर्खाहरुको विविध साँस्कृतिक कार्यक्रम | हङकङमा विश्व काव्य यात्रा भव्यरुपमा सम्पन्न- कवि चौधरी नेपाली विधार्थीहरुसँग | हङकङमा भव्य पूर्खादिवस | The Nepalese community in Hong Kong looks to preserve Gurkha legacy | राजा महेन्द्रको हृदयाघात र कीर्तिनिधि विष्ट | इन्टिग्रेसन, चिनियाँ भाषा अनि हाम्रा आवश्यकताहरू | विश्वभर छरिएका गोर्खाली समाधिहरु | Minorities face challenges in the classroom | बालकृष्ण समको सङ्क्षिप्त परिचय | कविहरूका पनि कवि ‘कविशिरोमणि’ लेखनाथ पौड्याल | समग्र जीबनको सांगीतिक अन्तर्मन्थन “गह” | एक विशिष्ट सांगीतिक कार्यक्रमः अम्बर गुरुङ रात्री | भूगोलमा नारायणगोपाल | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | देवकोटाको राँचीबास किन ? | देवकोटाले कहिले पागल लेखे ? | शुसिल नेवा बने मिस्टर हङकङ नेपाल २०१३ | झुक्तै नझुक्ने नेपाली शिर अर्थात् डा.वानीरा गिरी | नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान | हङकङको नेपाल | नेपाली भाषा साहित्य र डायस्पोरा | श्रीहरि, सरुभक्त र मञ्जु काँचुलीलाई त्रिमूर्ति पुरस्कार | पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलको दिक्षान्त समारोह सम्पन्न | पराजुलीत्रयको सांगीतिक कार्यक्रम हुने | विष्णुनन्द चाम्लिङ राईको गीति संग्रह ‘सम्झौता‘ | विश्व नारी रत्नः वानीरा गिरी | प्रकाश सायमी दाइसँग सात दिन | पूर्वमा पर्यटन मेला | नेपाली क्रिकेटको कुरा | स्तम्भ लेखनबाट म विदा | नयाँ वर्षमा च्याम्बरको डाइरेक्टरी | एउटा ज्यूँदो मान्छे अनङगनाथ पौडेल | जनजाति महासंघको उद्घोष– अनसन र तालाबन्दी | हङकङमा पुर्खादिवस 2013 | नेपालका गौरवः लैनसिंह वाङ्देल | पहिलो दैनिक पत्रिकाको सम्पादक- गोविन्द मल्ल गोठाले | सेवाका आदरणीय- त्रैलोक्यनाथ श्रेष्ठ | मुलुकलाई निरंकुशतर्फ धकेल्ने षड्यन्त्रः राजकुमार लेखी | पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई | महिला दिवसमा कार्यशाला गोष्ठी | ‘रोहितको आकृति’को लोकार्पण | लिम्बू भाषाको चलचित्र “केःवा कोःक्मा“ हङकङमा प्रदर्शन गरिने | नेपाली बास्केटबल टिमलाई प्रोत्साहन | सुनसरी उद्योग वाणिज्य संघमा राजेन्द्र श्रेष्ठ | महावाणिज्यदूत नियुक्ति बदर गर्न विरोधसभ | नेपाली काग्रेसको दोस्रो धरान नगर भेलामा तनाव | थापा हत्याको विरोधमा चौतारी | किरायाद्धारा यूएईमा एक महिलाको उद्धार | दुबईमा बनभोजसंगै उधौली साकेल | जाडो बढ्यो नेपालमा | धरानमा फेरि सडक उत्सव | तुवाचुङ जायजुम सहयोग समिति गठन | किराँत विभूति इमानसिंह चेम्जोङ | राजन मुकारुङसंग साक्षात्कार | हङकङमा नेपाली सप्ताह २०१२ | त्रिमूर्तिमा १२८औं लेखनाथ जयन्ती सम्पन्न | काठमाडौँ विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोह (दोस्रो कार्यक्रम) सम्पन्न | पहलमानसिंह स्वार-जीवनी | १४ अञ्चलमा विश्व नारी नेपाली साहित्य सम्मेलन गठन | शुटिङ रिपोर्टः कवि राई | अनाम सडकमाः जातीय एकताको संदेश | संघीय समाजवादी पार्टीको हङकङ तदर्थ समिति गठन | पहिलो समालोचना पुरस्कार समर्पण | आदिकवि भानुभक्त आचार्यको लघु जीवनी | धरानको खानेपानी समस्या समाधान गर्न एडिविले सहयोग गर्ने | भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद” | गायक राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा स्वीटजरल्याण्ड पछि जर्मनी र बेल्जियम आउदै | मायादेवी राईसँगको कुराकानी | नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक ध्रुव दत्त | विश्वभर छरिएका गोर्खाली समाधिहरु | सर्वप्रिय कम्युनिष्ट ः जसुदा राई | प्रकृतिगामी --कथा | गोर्खाः ईज्जत, इमान अनि प्रेष्टीज | नौकन्यालाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान | सानैमा ठूली - शारदा अधिकारी | हङकङमा महाकवि देवकोटाजयन्ती २०१२ सम्पन्न | साब्लाबुङ | तेक्वान्दो प्रतियोगितामा हङकङेली नेपाली खेलाडहरुलाई सफल्ता | नेपाली जातीय कवि -पं.धरणीधर शर्मा |
Recent Events
Most Read
Book Reviews
Philosophy of Fearism: Life is conducted, directed and controlled by the fear."1. ‘Fearism is a gift to the world from Nepali.’ Prof. Dr Tanka Prasad Neupane, Chairman, Fearism Study Centre: Baicharik Chintan, 2066 v.s. 2. ‘Fearism of Desh Subba has shake
विस्तृत समाचार
VIEW ALL
समाचार »
लेख विचार
हङकङको नेपाल

- भवानी बराल
    एक साँझ अचानक मलाई मायानगरी हङकङका पत्रकार किसन राइले १९ औ आदिवासी दिवसमा हङ्कङ बोलाउने निर्णय भएको जानकारी दिए । निम्तो स्वीकार गर्दै आवश्यक कागजात पठाएँ । अध्यागमन अनुमति र यात्री टिकट आयो । अगस्त ८ का दिन बेलुका ७ बजे हङकङ पुगेँ ।

नेपाली आदिवासी जनजाति महासंघ हङकङले गैरआदिवासी जनजाति व्यक्तिलाई प्रमुख अतिथिको  औपचारिक निम्तो गर्नु आश्चर्यको विषय हुने नै भयो ।  व्यक्तिगत रुपमा यो नौलो घटना थिएन । यसअघि सन् २०११ को अन्त्यमा नेपाली आदिवासी जनजाति महासंघ अष्ट्रेलियाको निम्तो मान्न म गैसकेको हो  । तर त्यो कार्यक्रममा प्रमुख भूमिका थिएन । हङकङमा भने मलाई प्रमुख अतिथि स्वीकार गरिएको नौलो घटना थियो । यसर्थ यसका विषयमा थुप्रै तर्कतरङ्गहरु आए ।
    
हङकङ आदिवासी महासंघको यो निर्णयको सामाजिक सञ्जालहरुमा अनेक नकारात्मक, सकारात्मक टिकाटिप्पणीहरु थिए । केहि जनजाति समुदायका व्यक्तिहरुले आदिवासी जनजातिको कार्यक्रममा गैरआदिवासी जनजातिलाई प्रमुख अतिथि बनाएकोमा तितो पोखेका थिए । उल्टै आदिवासी जनजाति अभियानकर्ताले नै प्रत्युत्तर खापिदिएकाले मैले मुख बाउनु परेन । केहि सिमित तर अपरिचित जनजाति मुलका व्यक्तिले मन कुढाएका थिए । तिनलाई पनि आयोजकहरु र शुभचिन्तकहरुले नै सञ्जालमा सम्झाएकोले मैले जवाफतलव गरिन । मैले चिनेका नेपालमै बस्ने एकजना जनजाति मुलका तर आदिवासी जनजातिको कुरा भजाएर ‘गोरखधन्दा’ चलाउने व्यक्तिलाइ भने यो निर्णयले खपीनसक्नु रिस उठेको रहेछ । उनको टिप्पणीमा प्रस्टीकरण दिने जरुरी मैले ठानिन । दुई साताको हङकङ बसाई मेरो निम्ति राजनैतिक जिवनकै महत्वपूर्ण दिनहरु भए । परिवर्तनको पक्षधर व्यक्ति, संघ संस्थाहरुसंग छलफल भयो । आदिवासी जनजातिहरु महासंघको मञ्चबाट प्रमुख मन्तव्य राख्नु महत्वपूर्ण विषय थियो ।
अगस्त १० विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालको राष्ट्रियताको सन्दर्भमा बृहतु चर्चा गरेँ । राष्ट्र, राज्य र संघीय संरचना नेपालको सन्दर्भमा राजनैतिक विज्ञान र समाजशास्त्रीय ढंगले विवेचना गरियो । राजनैतिक विज्ञान र समाजशास्त्रीय सिद्धान्त अनुसार राष्ट्रको परिभाषा बमोजिम राज्यको नयाँ रचना गर्नु अपरिहार्य रहेको संघीयताको आधार त्यहि हुने कुरा राखेँ । नेपालको आधारभूत अन्तरविरोधको विश्लेषण गर्दै र अन्तरविरोधको हल संघीय संरचनामार्फत संश्लेषण गर्ने विषय प्रस्तुत गरियो । राष्ट्रले राज्यको निर्माण गर्छन न कि राज्यले । राज्य र राष्ट्र अलग कुरा हुन । राष्ट्र आत्मपरक एवम् अमर हुन्छ । राज्य बस्तुपरक एवम् अन्तरिम हुन्छ । यो विज्ञानसम्मत सत्यलाई स्थापित गराउने काम केहि हदसम्म भयो भन्ने लागेको छ । यसरी राज्य र राष्ट्रको कपडछान विश्लेषण पछि कार्यक्रम अर्थपूर्ण भयो ।
‘पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान, र संविधानसभाबाट संविधान’ राजनैतिक दलहरु यस्तो लोकप्रिय कुरा गर्छन । तर, पहिचान भित्र धेरै अर्थ नेपाली राष्ट्रिय राजनीतिमा लगाईने गरिन्छ । बहु, मिश्रित पनि पहिचानको अर्थमा आउँछ । यसर्थ दलहरु लाजबेगर पहिचान सहितको संघीयता भन्न अप्ठ्यारो मान्दैनन् । कार्यक्रममा यी विषय पनि प्राथमिकतासाथ उठ्यो । पहिचान सहितको संघीयताका आधार प्रस्ट हुनुपर्ने विषय अनुमोदित भयो । इतिहास, पहिचान र अधिकारको आधारमा राज्यको नयाँ रचना हुनुपर्ने नेपालको विशिष्ठता रहेको प्रस्ट पारियो । साम्यवादी र पूँजीवादी वा लोकतन्त्रवादी दर्शनको आधारमा राज्यको निर्माण गर्ने आधार विश्वका उदाहरणले प्रस्ट पारेकोमा मतक्यैता पाइयो ।

लिम्बुवानको राजनैतिक मेला ः

हङकङ पुगेपछि मलाई हङकङ लिम्बुवानमय भएको पाएँ । नेपालमा भएका लिम्बुवानजन्य संगठनभन्दा धेरै संगठन त्यहाँ क्रियाशील थिए । लिम्बुवानजन्य संगठनका अन्तरक्रियात्मक कार्यक्रममा लिम्बुवानको इत्तिवृत्ति चर्चा भयो । स्वतन्त्र लिम्बुवान मोर्चाका अध्यक्ष दिल पालुडवाले राखेको अन्तरक्रियात्मक कार्यक्रमको मेलो एमाओवादी समर्थित लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हुँदै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको कार्यक्रममा लिम्बुवानको राजनैतिक विकासका सन्दर्भहरुसम्म छलफलको मेलो स¥यो । लिम्बुवानी संगठनको उत्साह कम थिएन । लिम्बुवानको प्रस्तावित अन्तरिम राजनैतिक रुपरेखा, लिम्बुवानको उपयोगिता सिद्ध गर्न संविधानसभा निर्वाचन अगावै लिम्बुवान सुनिश्चित हुनुपर्ने विषयको बहस भयो ।
    संघीय समाजवादी पार्टी हङकङले राखेको कार्यक्रम पनि निकै समसामयिक थियो । उसले आयोजना गरेको अन्तरक्रियामा राष्ट्रहरुको आधारमा संघीयता निर्माण गर्ने विषयले नै प्राथमिकता पायो । राष्ट्रहरुको विषयमा राजनैतिक तथा समाजशास्त्रीय समिक्षा गरियो । ओमराज सम्वाहाङफे र किसन राईले कार्यक्रमको अध्यक्षता र विषय प्रवेश गराएको कार्यक्रममा प्रतिनिधिमुलक उपस्थिति थियो । जिज्ञासुले भरिएको कार्यक्रम उपयोगी रहेको भेलाले ठहर गरेको थियो ।

सम्मानै सम्मान ः
नेपाली पन र नेपाली मन भएका हङकङगेली सामाजिक संगठनको स्वागत–सत्कारको परम्परा मन पर्ने थियो ।  केबल एउटा क्रियासिल पत्रकारलाई यत्रो सम्मान दिनु औपचारिकता वा मोलाहिजा पुरा गर्न मात्र अवश्य थिएन ।
हङकङ प्रवासमा रहेर राष्ट्रिय पूँजीको विकासमा तल्लिन पौरखीहरु जय निङलेखु, मदन जवेगु, जिवन मेन्याङवो, ओमराज सम्वाहाम्फे, एलिन लिम्वू, वद्रीप्रसाद सेनेहाङ., दिपेन्द्र गुरुङ, अशोककुमार बोखिम, डिबी लिबाङ, विश्वनाथ घिसिङ, शुक्र वान्तवा आदि साथीहरुले समाजिक राजनैतिक क्षेत्रमा मेरो योगदानको उच्च मुल्यांकन गर्दै लगाउनु भएको ऋण तिर्न सकुँला न सकुँला । उहाँहरुले दिनुभएको धन्यवादपत्रमा उत्पीडित जनजाति, अन्य सिमान्तकृत समुदायको सामाजिक तथा राजनैतिक अधिकार प्राप्तिको दिशामा मेरो भूमिकालाई ‘असाधारण’ को सज्ञा दिनु भएको छ । जुन विचारले मलाई अरु उत्साहित बनायो । यसैसन्दर्भमा उहाँहरुले प्रदान गर्नु भएको उपहारले मलाई मुलबाटोमा हिँडन झक्झक्याई रहनेछ ।
जोर्डनस्थित याक एण्ड यति होटलमा किरात याक्थुङ चुम्ुलुङ हङकङ प्रवास समितिले आयोजना गरेको सम्मान कार्यक्रम उच्च कोटीको थियो । लिम्बुवानको सवाल, उपयोगिता र सान्दर्भिकता सम्वन्धमा लिम्बुवानजन्य संगठनका प्रतिनिधिले विषय उठान गरेपछि एकल प्रवचन गरेँ । कियाचु हङकङका अध्यक्ष त्रिभूवन लुङफुङवाको सभापतित्वमा सम्पन्न सो कर्यक्रममा लिम्बूू जातिको लोकपरम्परा अनुसार मलाई उपहारै उपहारले सम्मान गरिएको थियो । मेरो पेशालाई भरथेग गर्ने उपहारले मलाई गम्भीर बनायो । लिम्बू जातिको पाउनापाछालाई गर्ने सम्मानको लिम्बुवानी झल्को कियाचु हङ्कङ्को सम्मानमा थियो ।
हङ्कङ् नेपाली महासंघले यस्तै गम्भीर सम्मान मलाई दियो । महासंघको वार्षिकोत्सवमा आयोजित रात्री भोजसहितको कार्यक्रममा मेरो उपस्थितिको उच्च मूल्यांकन गर्दै मूल्यवान उपहारसहित स्वागत गरियो । हङ्कङ् नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर सदस्य रिता गुरुड, नन्द चडसु, हेम लिम्बूलगायत साथीहरुको मुक्त कण्ठले आभार प्रकट गर्दछु ।
मेरो कर्म क्षेत्र धरान (विजयपुर) रहेकोले धरान हङकङ मञ्चले आयोजना गरेको यस्तै सम्मानित रात्री भोजमा उपस्थिति जनाएँ । धरानको विकासमा चिन्तित धराने हङ्कङ्वासीहरुलाई धरानमा लगानी वढाउन मैले अनुरोध गरँे । धरानवासीका प्रतिनिधिमूलक उपस्थिति रहेको यो कार्यक्रमलाई मैले उपलब्धिको रुपमा ठानेको छु ।
        
घुमघाम ः
हङकङको ऐतिहासिक, प्राकृतिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराउने सहृदयी साथीहरु प्रशंसित छन् । पँुजिवादी तथा उपभोक्तावादी समाजका आफ्नै दैनिकी हुन्छन् । उपभोक्तावादी तथा पँुजीवादी समाजमा मानिसहरु मेसीन झैं तल्लिन रहनु तिनीहरुको नियती हो । बटम अन भएपछि जसरी मेसीन रोकिन्न त्यसरीनै पुँजिवादी उपभोक्तावादी समाजका मानवहरुको हालत त्यहि हो । पुँजिवादी समाजमा आँखा झिमिक्क पार्दा सर्बस्व हुनसक्छ । आँखा खोलेर राख्दा सर्बस्व प्राप्त हुनसक्छ । यस्तो मेशीनी दिनचर्यालाई थाँति राख्दै आफ्नै जनजातीय परम्परालाई सम्पन्न गर्न हङकङगेली नेपालीले कुनै कसर बाँकी राख्नु भएन । यसक्रममा म आएको दिनदेखि नै साथ दिनु हुने आदिवासी युवा महासंघका उपाध्यक्ष आदरणीय भाई यलम्बर तुम्बापोलाई चाहेर पनि बिर्सन सक्तिन । ओमराज सम्बाहाम्फे यस्तै अर्का पात्र हुन जसलाई म सदा सम्झीरहन्छु । महासंघ अध्यक्ष एम. वी थापा, भक्त दुरा, भूपेन्द्र चेम्जोङ, किसन राई, अम्बु गुरुङ, देवराज रार्इृ र इन्द्र वनेम सहज सम्झनामा रहनेछन् ।
‘हजार बुद्ध’ जाँदा आादरणीय दाजु भगत सुब्बाले देखाएको स्नेह भुल्न सक्तिन । उहाँको परिवारिक स्नेह मेरा निम्ति सम्झनामा हिम नदी झैं अविरल बगी रहनेछ । धरानवासी प्रेम सुब्बाको सपरिवार एवम् इन्द्र सुब्बा सरसंग हङकङ सिटी टावरमा घुमेको पारिवारिक रमाइलो र टावरको संग्राहलयमा रहेका महान चिनिया नेता तथा विश्वका अन्य नेताको मुर्तिसंग खिचिएको फोटो संझनाका छहरा हुन । धरानका भाइहरु शिव सुब्बा, किशोर श्रेष्ठ एवं परिवार तथा हिमायती सांगितिक समूहसंगको रात्री भोज र रमाइलोको आफ्नै अपनत्व छ । यो नित्तान्त पारिवारिक रमाइलो मैले हङकङमा पुगेर पनि जस्ताको तस्तै पाएँ ।
धरानवासी हडकडका स्थापित व्यापारी शशीमदन राई र मसंग धरानमा अत्यन्त आत्मिय रहेका भाई सन्तोष राईसंगको ओसीयन पार्कको घुमघाम मेरो मानसपटलमामा रहिरहनेछ । सन्तोष भाइसंगको पारिवारिक जमघटको आफ्नै पन छ । यस्तै भूवन लिङदेन भाइको सत्कार र विदाइ मेरा निम्ति प्रैमको चिनारी हो ।
आफ्नो व्यस्त समयलाई थाँति राख्दै कियाचु हडकडका अध्यक्ष त्रिभुवन लुङफुङवाले हङकङको वरीपरी घुमाउनु भयो, आफ्नै सवारी साधनमा । यसरीनै हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगरले आफ्नै सवारी साधनमा वेलायतकालीन उपनिवेश अन्तरगतको झल्को दिने स्थान र डाँडापखेरा दृशयावलोकन गराए । धरानका सेतारीयो कराते डो जाङका स्थापित खेलाडी तथा मेरो सहपाठी हेम पुनसंग ‘बिग बुद्ध’ घुमेको प्रसंग पनि भुलिनसक्नु पहेली हो ।

पत्रकारिताका अन्तरंग ः

नेपाली पत्रकारिताको वारेका धेर–थोर चर्चा गर्नै मौका नेपाल पत्रकार संघ हङकङले जुरायो । विधुतीय र छापामाध्यममा कार्यरत पत्रकारहरुले हङकङलेली नेपाली पत्रकारिताको जानकारी गराए । हङहङका पत्रकारहरु देवराज राई, अम्वू गुरुड., टंक सुब्बा, देवमान तुम्वाहाङफे लगायतका पत्रकारहरुसंग भलाकुसारी गरियो । हङकङ नेपाली महासंघको कार्यालयमा कृष्ण लावतीहरुले मेरो विचारलाई चलचैत्रिक क्यामरामा कैद गरेको क्षण राजनैतिक महत्वको थियो । मध्यरातको समयमासमेत साहित्यकार तथा पत्रकार टंक सम्बाहाम्फेले देउमान तुम्बाहाङफेको स्टुडियोमा मेरो विचारलाई विद्युतीय भण्डारन गरेको समय झल्झली सम्झन्छु । कार्यक्रम स्थलमै मेरो विचारलाई प्रक्षेपण गर्न हङ्कङ्गेली नेपाली पत्रकारको सक्रियतालाई दिल खोलेर प्रशंसा गर्न चाहान्छु । यो मामिलामा सदैव सक्रिय टंक सम्वाहाम्फे, अम्बु गुरुङ, देवराज राइ, देउमान तुम्बाहाङफेलाई प्रगती एवम् निरन्तरताको शुभकामना नदिइ रहनसक्तिन ।

रहलपहल ः

जोर्डनका फुलबारी क्लब, कंगन रेष्टुराँ, पल्पसा क्याफेको हङ्कङ्गेली नेपाली राजनीतिको चौतारो नै रहेछ । फुलबारीका नन्द चङ्सु, पल्पसाका इस्बो जी, कंगनका केबलपुरे किसान पुत्र, लिरामुमोका अध्यक्ष रविन लिङ्देन, विश्व जवेगु वैनीको परिवार, संलिरापका जहरमान लिम्बू, वैनी पर्शा हुक्पा चोङबाङको परिवार, मित्रहरु भूपेन्द्र चेम्जोङ, कर्ण सुब्बा, नविन सुब्बा, डिबी पालुङवा, कलाकार रमेश सिङ्गक र मौसम भाइ मैले सम्झिरहने पात्रहरु हुन् । पुँजीवादी उपभोक्तवादी समाजले मरुन्जेल जोत्दा पनि नथाकी मातृभूमिप्रति देखाएको ममताप्रति म हङकङगेली जनजातिको भावनाको कदर गर्न चाहान्छु । मेरो राजनैतिक भ्रमणलाई अहोरात्र साथ दिने यलम्बर तुम्बापो भाई सम्झिरहने पात्र हुन । मेरो दैनिक डायरी अभिलेख गर्ने बानी छैन । धेरै शुभचिन्तकको नाम छुटाएको हुनसक्छु । मैले घटनालाई महत्व दिएर लेख्ने गरेको छु । घटनाको महत्वका आधारमा आलेख तैयार गर्दा नेपथ्यका सहयोगी छुटाएको हुनसक्छु । नोगेन, सेवारो ।

bhawanibaral@gmail.com

 

आफ्नो मत व्यक्त गर्नुहोस्
You can contact us using the following form.
The fields marked by (*) are necessary.
*
*
अन्य समाचार...

How to listen HK Nepali Radio ?

For iPhone User

Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or  Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS

For Android  Users

We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps

Subscribe Our Channel
Latest Comments