दिनेश गजमेर , धरान । दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याको विरोधमा प्रेस चौतारी नेपाल सुनसरीले आज शुक्रबार विरोध रयाली निकालेको छ । ईटहरी नगर पालिकाको मुख्य बजार परिक्रमा गरेको सो र्याली मुख्य चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
पत्रकार थापाको हत्यारालाई कारवाही गर , प्रधानमन्त्री बाबुराम भट्टराई मुर्दाबाद , प्रेस स्वतन्त्रता कायम गर जस्ता नाराहरुले ईटहरी चोक घन्किएको थियो । सुनसरी जिल्लाका प्रेस चौतारी संग आबद्ध पत्रकार साथै अन्य संघ संगठन संग आबद्ध रहेका पत्रकारहरुको उपस्थिति रहेको थियो । कोण सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ सुनसरी जिल्लाका सभापति केशव घिमिरेले थापाका हत्यारालाई पक्राउ गर्दा शान्ति प्रक्रिया भड्किने भनि प्रधानमन्त्रि भट्टराईले दिएको अभिव्यक्ति प्रति खण्डन गरेका छन् । घिमिरेले यदी त्यसो हो भने हत्यारालाई जोगाउने शान्ति हामी पत्रकारलाई नचाहिने बताएकाछन् । जनविद्रोहको नाउँमा पत्रकार मारिनु दुर्भाग्यपुर्ण रहेको उनको भनाई थियो । पत्रकारहरु कुनै पनि युद्धको पक्षधर नरहने भएकाले थापाको हत्यारालाई कारवाहीको विकल्प नरहेको उनको दाबी छ ।
हत्यारालाई उम्काउन प्रधानमन्त्रीले पत्रकारहरु बिच फाटो ल्याउन खोजेको प्रेस चौतारीका पुर्वाञ्चल क्षेत्रिय सचिव भिम राई ज्वालाले आरोप लगाएका छन् । राईले सम्पुर्ण पेशाकर्मी पत्रकारहरुलाई आफनो पेशाको रक्षार्थ राजनिति बाट टाढा रहन पनि आग्रह गरेका छन् । आज एउटा लाई खाने बाघले भोलि हामी सबैलाई खान्छ तसर्थ एक जुट भई थापाका हत्यारालाई कारवाहीको दायरामा ल्याउन पहल गर्न समेत अनुरोध गरेका छन् ।
कोण सभामा नेपाल प्रेस युनियन । क्रान्तिकारी पत्रकार महासंघ सुनसरी , क्रान्तिकारी पत्रकार संघ , नेपाल जेसिज ईटहरी लगायतका प्रतिनिधि वक्ताहरुले पत्रकार थापाको हत्यारालाई कारवाही गराउनु पर्नेमा ऐक्यबद्धता जाहेर गरेका थिए ।
पत्रकार थापालाई ८ वर्ष अघि गाउँको पानीको समस्या मिलाउने भन्दै तत्कालिन माओवादी कार्यकर्ताले अपहरण गरि ०६१ साल साउन २७ गते जिउँदै जमिन मुनी गाडि हत्या गरेका थिए । हत्याराहरुले आरोप स्वीकार गरि पश्चाताप गर्ने भने पनि प्रधानमन्त्री लगायत माओवादी पार्टीले प्रकरण छुपाउन कोशीष गरिरहेका छन् । शान्ति प्रक्रिया विथालिने भन्दै हत्याराको बयान रोक्ने काम भईरहेको छ । यसैका विरुद्ध अहिले नेपाल भरिनै विरोधका कार्यक्रमहरु भईरहेका छन् ।
For iPhone User
Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS
We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps