Headlines :
गोर्खाको योगदानलाई स्मरण गराउने भ्रमण | प्रमिला राईको पुनः अर्को सुमधुर गीत सार्वजानिक | हङकङमा फरक ब्यावसायमा जम्दै नेपाली चेलीहरु | टान पोखराद्धारा डिजिटल मार्केटिङ तालिम सम्पन्न | हरि भुजेल टान पोखराको नव अध्यक्ष | टान पोखराको रजत महोत्सव सहित साधारण सभा सम्पन्न | क्यूनेट गोर्खा ट्रेलब्लेजरलाई हङकङ ट्रेल रनिङ अवार्ड | नेपाली चलचित्र 'थात्थलो'को पोष्टर सार्वजनिक | अरुण र दुधकोशीको अव्स्ट्याकल हटाए दोलालघाट र तुम्लिङटार जलयात्रा सहज | हङकङेली नेपाली संस्था र व्यक्तिहरु सम्मानित | कला संस्कृतिको संरक्षण गरौं भनी चलिचत्र निर्माण गरेको हुँ – टीका माक्खिम | गोविन्दराज भट्टराईसँगको सङ्गत | जीवन सँघर्षको लोकार्पणमा कुमार कार्कीबाट धुर्मुस-सुन्तली फाउण्डेसनालाई पाँच लाख दान | उनीहरु, जो मसँगै हिँडे | उनीहरु, जो मसँगै हिँडे - २ | नेपाली साहित्यका महारथीः डा. इन्द्रबहादुर राईको जीवनी | गोर्खा ट्रेलब्लेजर हङकङको टाईटल स्पोन्सर QNET | ‘ताराप्’ लिएर दर्शक तथा श्रोतामाझ आएका छन् - कवि तथा गीतकार हाङपाल आङ्बुहाङ | राष्ट्रिय विभूति: महागुरू फाल्गुनन्दको जीवनी | आरुषी क्रियशनमार्फत सरीता महर्जनलाई सहयोग | परदेशमा बसेर लेखी टोपल्दा | पूर्वको पर्यटकीय ग्राम भेडेटार नपुगे यात्रा अधुरो | एक हजार तामाङ काटिएको इतिहास | देवकोटा प्राय: भन्थे -- म मर्न चाहन्छु | तीज गीत “झुम्का लगाउँछु“ | विदुषी बुलु शर्माको कथा | युएईमा ससफोको दोश्रो पार्टी एकता दिवस सम्पन्न | सिक्नेचर मुभि – थिन्क पोजिटीभ ग्लोबल क्याम्पिन | मेरो पैतृक अध्यात्मको पाटो | तेह्र बर्षीय गायिका सुबिका राईको प्रथम म्युजिक भिडियो | सबिना गुरुङको चरी चिरिबिरी सार्वजानिक | आठपहरिया राई र दशैं | आमा बित्दा रुने फुर्सद छैन | मेरो भलो चिताउने साथी | मेरी यस्ती एउटी बहिनी | पहिलो प्रेमअनुभूति - राजकुमार दिक्पाल | हामीलाई एक्लै छाडी पन्नाकाजी पनि हिंडे | कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख | छापामार युवतीको डायरी | सुरेन्द्र लिम्बू परदेशीलाई अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार | ‘सगरमाथा साँझ–३’ आयोजना गरिने | सिन्के डाँडामा प्याराग्लाइडिङ उडान | विश्व साइकल यात्रीले प्याराग्लाईडिङ प्रशिक्षण लिँदै | चेतनायुक्त प्रतिपक्षीय बिचार नै ‘अस्वीकृत बिचार’ हो - डा. कविताराम श्रेष्ठ | विपि प्रतिष्ठानमा सकियो उपकुलपतिको पदावधि, आकांक्षीहरु शक्तिकेन्द्र धाउदै | ’वोझ नहोस् मेरो माया.. | माओ त्सेतुङ, सुखानीमा हत्या र म | हङकङमा नेपाली भाषा, साहित्य र संस्कृति सप्ताहको रौनक | गोयाङको सुगन्ध कृतिलाई २,०२,००२ रुपैयाको पहिचान पुरस्कार | प्रा. डा. कृष्णहरि बराल दुबाईमा सम्मानित | केशर माङयुङको नयाँ गीत ः भिडियो सार्बजनिक | तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको 'घटराज पुरस्कार' | Vote for Mira Rai | वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' | देशदेशान्तरका २०५ जनालाई-सत्यमोहन जोशी शताब्दी पदक | तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट - राकेश काफ्ले | गीतकार प्रकाश सुवेदीको ’मनका कुरा तिमीलाई सार्बजनिक | सत्यमोहन जोशी ः शताब्दी पुरुष | सिडी बिजय र मनिशाको पत्ति नमिलेको तास बजारमा | सन्जीव र नलिना पोर्तुगल आउँदै लिस्बोन | ’डढेलोभित्रका सतिसाल’ हङकङमा प्रिमियर | आठपहरिया राई र दशैं | 'सत्यमोहन जोशी शताब्दी पदक' | यूएइमा फोनिज गठन हुने | सडकबाट शिखर पुगेका ब्यक्तित्व | दार्जिलिङले के सिकायो ? अन्तत: सूधपा को हुन् ! | नौ हजार फिटबाट २३ नेपाली उडे | साहसिक हिरो सानोबाबु सुनुवारलाई सम्मान | पाँच फिट अग्लो अभिनन्दन पत्र | साउदीमा प्रवासी नेपालीले मनाए क्वाटीपूर्णे | स्याङजा समितिमा दुई लाख हिनामिना स्याङजाली कान्छासहित निष्कासि | स्वर, सङ्गीत र शब्दका शिखर : गोपाल योञ्जन | गायक सुरेश राना मगर : कुराकानी | गुरुङ तमू समाज मकाउको प्रथम अधिवेशन | मकाउमा सेतो पुतली ः भूकम्प पीडितकालागि पुननिर्माणकालागि सहयोग जुटाउँदै | महाकविका प्रिय कवि श्यामदास वैष्णव भन्छन्- | अम्बर गुरुङ नेपाली आकाशका गीत थिए | यूएइमा साकेला उँभौली-५०७६ सम्पन्न | ओ...खरबुजा...खरबुजा...! | पुण्यरश्मिलाई बीपी कोइरालाको सहयोग | आमाप्रतिको आदर ः आभा मुकारुङ | Mother Tongue Education Rights of Ethnic Minorities | सुटिङ सम्पन्न | कविता - सम्झेर पुर्खा | हङकङमा पूर्खादिवस २०१६ | फोरममा सामूहिक प्रवेश | किरात मञ्च नेपालको सङ्गठन विस्तार | धरानमा प्याराग्लाइडिङ | साइप्रसमा ग्याल्बु ल्होसार भब्य सम्पन्न तथा नयाँ कार्य समिती गठन | बुद्धिसागर बश्याल - अनलाईन वार्ता | त्रिमूर्ति निकेतनमा ११४ औं सम जयन्ती | अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई सम्मान | आफ्नोपन बिना बाँच्नुको सार छैन ।- यासेली योङहाङ | सङ्गीतका अमर साधक रत्नबहादुर खड्गी | विश्व शेर्पा संघको तदर्थ समिति गठन | तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ | समाज सेवामा अगुवा सँस्था गुदेल शेर्पा किदुग | त्रिमूर्ति निकेतनमा १३२ औं लेखनाथ जयन्ती | क्वाणटम साहित्यको व्याख्याता - डा. मधुकृष्ण श्रेष्ठ | सेप्टेम्बर १, २०१६ देखि प्राथमिक १ कक्षामा भर्ना हन गइरहेका छन् भने | आदिवासी जनजातिको निम्ति समर्पित पेम्बा गेलु शेर्पा | इजरायलमा जनमूक्ति मंचको गठन | सुनगाभा फुल्यो लेकैमा...म्युजिक भिडियो सार्वजनिक | राईलाई ‘नइ धनरूप पुरस्कार’ | राष्ट्रिय एकता खलबलाउने संविधान स्वीकार हुन सक्दैन । | बिबिसी नेपाली सेवाको एकपक्षिय प्रसारण विरुद्ध खेद प्रस्ताव पारित र नेता शेर्पाको रिहाईको माग | न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न् - देशी विदेशी दर्शकहरुको सहभागीता | एघारौं त्रिमूर्ति दिवस- ९ जना पुरस्कृत १७ ओटा कृति लोकार्पण | शेर्पा किदुक साईप्रसको प्रथम बैठक सम्पन्न | जीवनको अनुवाद र सोम लिम्बू | साईप्रसमा महिलाहरूको वर्चस्व रहेको शेर्पा किदुक गठन | सबैको गुरुमा - भारती ओख्राबो | साईप्रसमा राजनैतिक पार्टी र विध्यार्थी एकता | गीत-सङ्गीतमा लाग्नेहरूले कहिल्यै एक्लो हुनुपर्दैन ।- केन्जुमा सुब्बा | माया ठकुरी ‘नेपाली साहित्य नारी रत्न’ घोषित | “सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दियो” : डा. ओम गुरुङ | हङकङ र मकाउको सफलता पछि किम्फ अब अमेरिकाको न्यूयोर्कमा | शेर्पा संघ, यूरोपको तेश्रो महाधिवेशन सन् २०१६ को लोसारमा आयोजना हुँदै | बैँककमा जम्बो कार्यक्रम 'चुम्लुङ' सम्पन्न | १२ भाषाका ज्ञाता : हेमचन्द्र पोख्रेल | नामी तर दुखी शान्ति मास्के | कवि रण काफ्ले भारतमा पूर्वोत्तर हिन्दी एकादमीबाट सम्मानित | भयवाद दर्शनको पुस्तकलाई दुईवटा अन्तर्राष्ट्रिय अवार्ड | सावधान सरकार ! खबरदार सरकार ! | हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति-- डीबी पालुङ्वा | हङकङमा समवेदना व्यक्त गर्न मैनबत्ती प्रज्वलन कार्यक्रम | पुर्खा दिवस र थपिएका अर्थ | हङकङमा पुर्खादिवस सम्पन्न | द युनिभर्सीटी अफ हङकङमा भयवाद्का कुरा | गाउँमा के गर्न सक्छु भनेर सोची रहेको छु – गौतम सागर राई | हङकङमा पुर्खादिवसको भव्य तयारी | अबका नेपाली पुस्ताले आफ्नै जन्मथलोमै ब्यवस्थित जीवन यापन गर्न सकून् -कर्मा छिरिङ शेर्पा(बेलायत) | आफ्नै जन्मगाउँका उकाली-ओरालीले गायिका बनायो । -रत्ना बराईली(लोक-गायिका) | ‘मनभरी चोट भए पनि दर्शकसँग हाँस्नु पर्छ ।‘ - लाक्पा शेर्पा(अमोद) | आफ्नो भाषा-सँस्कृति-धर्म-भेष अँगालेर कला-कर्ममा प्रयोग गर्दा सुहाएको जस्तो लाग्छ । --बरधोज | आँसु झारेँ धेरै-धेरै केवल तिम्रैलागि--ईशा लावती लिम्बू(गीतकार) | मानध्वजको चरित्रले मलाई नै रुवाउँछ । ___ मौसम ईम्बुङ(चेसुङका लेखक-निर्देशक) | ‘गायिका नै बन्छु’ भन्ने जवाफ नदिए पनि गायिका नै बनेँ' -- आभा मुकारुङ | किम्फका उत्कृष्ट | बालकृष्ण समको सङ्क्षिप्त परिचय | शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ - जुनिता लिम्बू | निदै छैन आँखामा --गायिका जशोदा सुब्बा | संगीतकार गणेश गुरुङका बारेमा र केहि सम्झना | गायिका तायाहाङमा राईको दोस्रो एल्बम ‘तराना’ सार्वजनिक | कुशल गायक- कुशल थलङ | मलाई टिपिकल कला-सँस्कृतिप्रति रुची छ -सुमी लिम्बू(नृत्यकार/मोडल)-बर्मा, हाल: बैँकक | कलाको गला | चीनकी दीपा एवाईको योगदानबारे चर्चा | बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक | छुटेका पाइलाकी स्रष्टा-- बुलु शर्माबाट नइलाई छ लाख | हङकङमा नेपाली सप्ताह २०१४ सम्पन्न | शताब्दी पुरुषको स्वास्थ्यमा सुधार -- सरकारबाट १० लाख रुपियाँ प्रदान | अल्बम बेचेर आमाघरलाई सहयोग | त्रिमूर्ति निकेतनमा १३१ औं लेखनाथ जयन्ती | हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ - टंक सम्बाहाम्फे | सरकारले पनि डा.जोशीलाई शताब्दी पुरुषको सम्मान दिने डा.जोशीलाई १०१ ओटा अभिनन्दनपत्रहरु प्रदान | एडिबीको ऋण सम्झौता | विश्व नेपाली स्रष्टा कोश प्रकाशित गरिने | नौजनालाई नइ बाल पुरस्कार प्रदान | गरीबीले भोकै मरे फरक पर्दैन, तर सँस्कृति-सँस्कारहीन हुनु साँच्चीकै समाप्त हुनु हो --- मनोज साङसोन | ओराङफुङ जस्तै गायिका देशु सुहाङ | महाकवि देवकोटाबारे केही जानकारी | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | नौ जनालाई नइ देरुनीखपू बाल पुरस्कार | यूएइमा पत्रकारिता तालिम सम्पन्न | TEARLESS EYES_Story by Vijay Kangmang | एचके नेपाली रेडियोका कुरा | किरात राई यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन सम्पन्न- | भलिबल प्रतियोगिता सम्पन्न, स्क्याड समुह प्रथम | पारिजातको जीवनकथा | हङकङमा धरानेहरुको बृहत जमघट | अमिलो पानीपुरी र पिरो चटपटेले १ लाख ८० हजार संकलन गर्यो | नइ भूपाल दुर्गा पुरस्कारको स्थापना | सम्भावना बोकेका सर्जकहरू हुनुहुन्छ,साहित्यिक एकता भने देखिन्न- बिद्रोही साइला | यूएईमा नेपाली कल्चर शो | उत्कृष्ठ सभासद छनौट प्रक्रियाको शुभारम्भ | हङकङमा प्राथमिक विद्यालय भर्नाहुन चाहाने विधार्थीहरुकालागि | 'माई प्रोमिस' धरानमा प्रिमियर | हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् -खगेन्द्र पन्धाक | Apple Announces Apple Watch, Available in Early 2015 | भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा | डिभिजन-३ को लागि१८ जनाको नाम सार्बजनिक | सधैं अरुको भलाइँ गरिरहने सरला गुरुङको कलायात्रा | गीतसंगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली – राजु गुरुङ | धरान हङकङ मञ्च : १५ औं वार्षिक उत्सव भव्यरुपमा हङकङमा मनाउने | लोकप्रिय गिटारिष्ट यादव राई | अभाङ्गगार्ड, खलिल जिब्रान र हाम्रा नानीहरू | STORY- The Second State | गजल रचनाका प्राथमिक आधारभूत केहि तत्व र नियमहरु | मातृभाषाको विकास र चुनौतीहरु | iPhone 6 -- Apple's 2014 iPhone, debuting September 9 | टेरिया मगरको राहदानीमा समस्या ; युएईको कार्यक्रम स्थगन | हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा | Stay alert against communicable diseases in new school year | नेपाली संगीतमा ‘आरोही’ : पहिलो एकल अल्बम लिएर आए सुनिता र अनुशील | विश्व आदिवासी दिवस | के हो यो ALS र Ice Bucket Challenge? | राजेशपायल राई हङकङमाः असाह्य बालबालिकाहरुको शिक्षदीक्षाकालागि ५० हजार दिने घोषणा | मानवीय सहयोगकालागि हङकङमा मेलोडी नाइट | Philosophy of Fearism | नेपालीको सान जितू राई बने विश्वको नं. १ खेलाडी | D. B. Chitrakar | 'भारतसँग राजनीतिक तहमै समस्या समाधान गर्नुपर्छ' | Quality of life | तेरिया अव युएईमा | हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’ | नेपाली साहित्यका महारथी गणेशबहादुर प्रसाईको निधन | जोशीलाई पाँच लाख रुपियाँ सहित शताब्दी पुरुष | आदिकवि भानुभक्त आचार्यको जीवनी | २५ स्रष्टाहरूलाई ‘भानुभक्त काव्य पुस्कार’ | रक्तदाताहरुलाई रेडक्रसको सम्मान, जगतअम्बू गुरुङ सम्मानित | हङकङमा विश्व काव्य यात्रा भव्यरुपमा सम्पन्न- कवि चौधरी नेपाली विधार्थीहरुसँग | भारतीय गोर्खाहरुको विविध साँस्कृतिक कार्यक्रम | हङकङमा भव्य पूर्खादिवस | The Nepalese community in Hong Kong looks to preserve Gurkha legacy | राजा महेन्द्रको हृदयाघात र कीर्तिनिधि विष्ट | इन्टिग्रेसन, चिनियाँ भाषा अनि हाम्रा आवश्यकताहरू | विश्वभर छरिएका गोर्खाली समाधिहरु | Minorities face challenges in the classroom | बालकृष्ण समको सङ्क्षिप्त परिचय | कविहरूका पनि कवि ‘कविशिरोमणि’ लेखनाथ पौड्याल | समग्र जीबनको सांगीतिक अन्तर्मन्थन “गह” | एक विशिष्ट सांगीतिक कार्यक्रमः अम्बर गुरुङ रात्री | भूगोलमा नारायणगोपाल | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | देवकोटाको राँचीबास किन ? | देवकोटाले कहिले पागल लेखे ? | शुसिल नेवा बने मिस्टर हङकङ नेपाल २०१३ | झुक्तै नझुक्ने नेपाली शिर अर्थात् डा.वानीरा गिरी | नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान | हङकङको नेपाल | नेपाली भाषा साहित्य र डायस्पोरा | श्रीहरि, सरुभक्त र मञ्जु काँचुलीलाई त्रिमूर्ति पुरस्कार | पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलको दिक्षान्त समारोह सम्पन्न | पराजुलीत्रयको सांगीतिक कार्यक्रम हुने | विष्णुनन्द चाम्लिङ राईको गीति संग्रह ‘सम्झौता‘ | विश्व नारी रत्नः वानीरा गिरी | प्रकाश सायमी दाइसँग सात दिन | पूर्वमा पर्यटन मेला | नेपाली क्रिकेटको कुरा | स्तम्भ लेखनबाट म विदा | नयाँ वर्षमा च्याम्बरको डाइरेक्टरी | एउटा ज्यूँदो मान्छे अनङगनाथ पौडेल | जनजाति महासंघको उद्घोष– अनसन र तालाबन्दी | हङकङमा पुर्खादिवस 2013 | पहिलो दैनिक पत्रिकाको सम्पादक- गोविन्द मल्ल गोठाले | नेपालका गौरवः लैनसिंह वाङ्देल | सेवाका आदरणीय- त्रैलोक्यनाथ श्रेष्ठ | मुलुकलाई निरंकुशतर्फ धकेल्ने षड्यन्त्रः राजकुमार लेखी | पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई | महिला दिवसमा कार्यशाला गोष्ठी | ‘रोहितको आकृति’को लोकार्पण | लिम्बू भाषाको चलचित्र “केःवा कोःक्मा“ हङकङमा प्रदर्शन गरिने | नेपाली बास्केटबल टिमलाई प्रोत्साहन | सुनसरी उद्योग वाणिज्य संघमा राजेन्द्र श्रेष्ठ | महावाणिज्यदूत नियुक्ति बदर गर्न विरोधसभ | नेपाली काग्रेसको दोस्रो धरान नगर भेलामा तनाव | थापा हत्याको विरोधमा चौतारी | किरायाद्धारा यूएईमा एक महिलाको उद्धार | दुबईमा बनभोजसंगै उधौली साकेल | जाडो बढ्यो नेपालमा | धरानमा फेरि सडक उत्सव | तुवाचुङ जायजुम सहयोग समिति गठन | किराँत विभूति इमानसिंह चेम्जोङ | राजन मुकारुङसंग साक्षात्कार | हङकङमा नेपाली सप्ताह २०१२ | त्रिमूर्तिमा १२८औं लेखनाथ जयन्ती सम्पन्न | काठमाडौँ विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोह (दोस्रो कार्यक्रम) सम्पन्न | पहलमानसिंह स्वार-जीवनी | १४ अञ्चलमा विश्व नारी नेपाली साहित्य सम्मेलन गठन | शुटिङ रिपोर्टः कवि राई | अनाम सडकमाः जातीय एकताको संदेश | संघीय समाजवादी पार्टीको हङकङ तदर्थ समिति गठन | पहिलो समालोचना पुरस्कार समर्पण | धरानको खानेपानी समस्या समाधान गर्न एडिविले सहयोग गर्ने | आदिकवि भानुभक्त आचार्यको लघु जीवनी | भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद” | गायक राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा स्वीटजरल्याण्ड पछि जर्मनी र बेल्जियम आउदै | विश्वभर छरिएका गोर्खाली समाधिहरु | मायादेवी राईसँगको कुराकानी | नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक ध्रुव दत्त | गोर्खाः ईज्जत, इमान अनि प्रेष्टीज | प्रकृतिगामी --कथा | सर्वप्रिय कम्युनिष्ट ः जसुदा राई | नौकन्यालाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान | सानैमा ठूली - शारदा अधिकारी | हङकङमा महाकवि देवकोटाजयन्ती २०१२ सम्पन्न | साब्लाबुङ | तेक्वान्दो प्रतियोगितामा हङकङेली नेपाली खेलाडहरुलाई सफल्ता | नेपाली जातीय कवि -पं.धरणीधर शर्मा |
Recent Events
Most Read
Book Reviews
Philosophy of Fearism: Life is conducted, directed and controlled by the fear."1. ‘Fearism is a gift to the world from Nepali.’ Prof. Dr Tanka Prasad Neupane, Chairman, Fearism Study Centre: Baicharik Chintan, 2066 v.s. 2. ‘Fearism of Desh Subba has shake
विस्तृत समाचार
VIEW ALL
समाचार »
लेख विचार
उनीहरु, जो मसँगै हिँडे
 
 

 राजकुमार दिक्पाल ~~

पत्रपत्रिकाका पानामा  आफ्नो नाम छाप्न पाए कस्तो हुन्थ्यो होला ! रेडियोमा आफ्नो नाम गुञ्जाउन पाए, झन कस्तो हुन्थ्यो होला ! मेरो मनमा उर्लिरहेको थियो, यस्तो असामान्य तिर्खा ।
कसरी मेट्ने होला यो तिर्खा ? छटपटी लाग्थ्यो । तिर्खा मेट्न खोलासम्म धाउनका लागिबाटो देखाउने पनि कोही छैनन् । पत्रपत्रिकामा छापिएका अक्षरहरुमध्ये आफ्नो नामसँग मिल्ने ब्यञ्जनवर्ण र स्वरवर्णका अक्षरहरु ब्लेडले काट्थेँ र एउटा कागजमा टास्थेँ ।  त्यसलाई हेरेरै घण्टौ सोच्थेँ, आहा, यसरी नै मेरो नाम कुनै पत्रपत्रिकाको पानामा छापिएको दिन कस्तो हुन्छ होला !
पत्रपत्रिकाको पानामा नाम छाप्न त, खल्तीमा दाम पनि हुनुपर्छ । त्योबेला पत्रपत्रिकासम्म पुग्ने सहज माध्यम हुलाक सेवा विभाग थियो । कागज, कलम र त्यसमा शब्दहरु भर्ने सीप आफूसँग भएर मात्र भएन, आफ्ना भावहरु कोरिएका कागजलाई सुरक्षित गर्न खाम किन्न पर्यो, र त्यसलाई सम्बन्धित ठाउँसम्म पुर्याउन हुलाक टिकट पनि किन्न पर्यो । त्यसैले नामको लागि दाम पनि चाहिने भयो । त्यसो तपत्रपत्रिका पनि आफ्नो हातमा निशुल्क आउने कहाँ हो र?
म त्यो बेला चलचित्रप्रधान “कामना” मासिकको नियमित पाठक थिएँ ।
बजारमा “कामना” को नयाँ अङ्क आयो । त्यो किन्ने ८ रुपैयाँ दाम आफूसँग छैन । पर्यो फसाद ।
ठूलो छटपटीमा परेँ म । के गर्ने, कसो गर्ने ? एसएलसी दिएर बसेको समय थियो त्यो ।
म कक्षा १ देखि ३ सम्म पढेको विद्यालय भवन २०४५ सालको भूकम्पका कारण भत्किएको थियो । त्यसको पूननिर्माण हुँदै थियो । कुनै समय त्यहीँ विद्यालय भवनमा पढेर कक्षाको उत्कृष्ट विद्यार्थी दरिएको म त्यहीँ गएर काम मागेँ । एक साता मजदुरी गरेँ । पैसा बुझेँ, सरासर गएर “कामना” मासिक किनेँ । अब मसँग पत्रिका खरिदपछि बचेको प्रशस्त रकम थियो, खाम र हुलाक टिक किन्नलाई ।
यसरी पसिना चुहाएर कमाएको दामबाट मैले एउटा नाम पनि पाएँ । विजयकुमार पाण्डेको फोटो कभरमा छापिएको त्यो “कामना”को (सायद २०४६ भदौ)मा मेरो पाठक प्रतिक्रिया छापियो । खुसीले धेरै रातको मेरो निद्रा विथोलियो ।
एकलब्य अभ्यास
कलमले केही लेख्नु परे, सकेसम्म धर्साहरु नभएको कागजमा लेख्न मन लाग्छ, मलाई। सजिलोको लागि सम्झनुहोस, फोटोकपि पेपर । मलाई लाग्छ, म धर्साहरु अर्थात्, कसैको बन्धनमा रहन मन पराउदिनँ । धर्साहरु नभएको कागज भए पनि मेरा अक्षरका हरफहरु बक्र हुँदैनन् । सायद म एउटा सिधासोझा मानिस हुँ । लेख्नु पर्दा म सेतो कागजमा कालो मसीले लेख्न मन पराउँछु । सायद सप्तरङ्गी इन्द्रधनुषी स्वभाव छैन, मसँग । अर्थात् म,“ब्ल्याक एण्ड ह्वाइट” खालको मान्छे हुँ । सकेसम्म कम ढाँट्छु ।
त्यसैले त, मैले मजदुरी गरेको प्रसङ्ग माथि उल्लेख गरेँ, नढाँटिकनै ।कम ढाँट्दा मैले ब्यक्तिगत रुपमा केही घाटाहरु ब्यहोरेको पनि छु । यसमा मलाई कुनै पछुतो छैन, न छ मसँग कुनै हीनतावोध ।
कुनै पनि बन्धन मेरा लागि सुपाच्य नभए पनि, जिविका चलाउन कसैको स्वामित्व वा नेतृत्वमा रहेको संस्थामा आत्मअनुशासित भएर पसिना बेच्न जानु त छँदै थियो । लाग्यो, जिविकाका लागि पत्रकार वा प्राध्यापक भइयो भने स्वतन्त्र रुपमा जीवन बिताउन सकिन्छ । मैले दुवै अभ्यास गरेँ, २२ वर्ष पत्रकारिता गरेँ, अनि ८ वर्ष कलेज पढाएँ । (यी दुवै पेशामा लाग्दा कति स्वतन्त्र भइने रहेछ भन्ने अनुभूति कुनै समय लेखौँला ।)
अन्ततःमैले लिएको पेशागत लक्ष्य पुरा गरेरै छोडेँ ।
धनकुटा, मेरो जन्मभूमी । त्यहीँ ठाउँको समाचार सम्प्रेषण गर्दै म पत्रकारितामा होमिएँ । तर यो अभ्यासमा मैले कसैलाई गुरु थापिनँ । त्यसमा गुरु थाप्न योग्य मानिस नपाएर पनि हुनसक्छ वा मेरो आफ्नै स्वभाव पनि यसमा जिम्मेवार हुनसक्छ ।
केही साप्ताहिक अखबारहरुमा सानोतिनो समाचार छापिन थाले मेरो बाइलाइनसहित । तर मलाई अलि ठूलो स्पेश चाहिएको थियो । सायद ममा पत्रकारिताको रहर मात्र होइन, पेशागत इच्छाशक्तिको ऊर्जा पनि बढिरहेको थियो ।
त्यो बेला म जिल्ला विकास समिति, धनकुटामा करार सेवामा जागिर पाएको थिएँ । प्रजातन्त्र पुनस्थापनापछि निर्वाचित तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको “कृपा”बाट धनकुटा सदरमुकाममा रहेका क्षेत्रीय कार्यालयहरु धमाधम उनकै गृहनगर विराटनगर सार्न थालियो । अनि भयो, धनकुटा बेहुली अन्माएर पठाएको आगनजस्तै ।
पछि सञ्चयकोषको एउटा सामान्य शाखा धनकुटामा दिइयो, गिरिजाबाबुको अर्का “कृपा”बाट । त्यो कार्यालय पनि बडो तामझामका साथ धनकुटालाई “उपहार” प्रदत्त गरियो । उपहार बोकेर आइपुगे, तत्कालिन अर्थ राज्यमन्त्री महेश आचार्य ।
सञ्चयकोष कार्यालयको उद्घाटन र धनकुटा सदरमुकामको तत्कालिन अवस्थाबारे केही लेखेर “कान्तिपुर” दैनिकमा पठाएँ, हुलाकबाट । छापिए छापियोस, नछापिए नछापियोस । त्यो अखबारले मलाई भब्य स्थान दिइहाल्यो । तेस्रो पृष्ठको मुख्य समाचार भएर त्यो छापिएपछि गम्भीर बनेँ म । लाग्यो, मेरो पत्रकारिताको पेशागत सुरुआत भयो अब । दुई महिना जति भएको थियो,  जिल्ला विकास समिति, धनकुटामा जागिर सुरु गरेको । त्यसपछि त त्यो जागि छाडि पनि हालेँ ।
मलाई पत्रकारिताका लागि उत्प्रेरित गर्ने चाहिँ अग्रज नेता तत्कालिन जिविस सभापति धर्मराज पौड्याल हुनुहुन्छ । तर सिकाउने कोही थिएनन् । यद्यपी म अखबारको प्रत्येक अक्षर र शब्दहरुलाई चामल केलाएझैँ केलाउथेँ । सम्पादित भएर आएका समाचारहरुको गम्भीरपूर्वक अध्ययन गर्थेँ। त्यहीँ अध्ययनको सिकाइलाई प्रयोगमा ढाल्थेँ । अनि समाचार सङ्कलन र लेखनमा जुट्थेँ । “कान्तिपुर”मा ती समाचार छापिएर आउँथे । २०५०को असारमा “कान्तिपुर”ले काठमाडौंमा  जिल्ला समाचारदाताहरुको भेला बोलायो । त्यहाँ अग्रजहरुले भने, “तिमी फिचर राम्रो लेख्छौ ।”मैले जवाफमा यति मात्र भनेँ,“हजुर, हजुर !”
पहिलोपटक “फिचर” शब्द सुनेको थिएँ । फिचर भनेको चाहिँ के हो, थाहापत्तो छैन । त्यो शब्द फिचर शब्द सुनेको डेढ वर्षपछि धरानमा मैले आधारभूत पत्रकारिता तालिम लिएँ । त्यतिखेर पो प्रशिक्षक गोकुल पोखरेलहरुले बताएपछि“फिचर”बारे बुझेँ । नबुझिकनै लेखिएछ, हार्ड न्यूज, सफ्ट न्यूज अनि फिचर । हा...हा...हा...!
मेरो पेशागत इच्छाशक्ति र त्यसले ममा भरेको ऊर्जाका कारण अक्षरहरुमा दौडने मेरा आँखा र आँखा हुँदै मष्तिष्कमा पुगेका भावहरु मेरा गुरु रहेछन् ।
एकलब्य अभ्यासबाट सुरु भएको मेरो संस्थागत पत्रकारिता जीवनले २२ वर्षपछि विश्राम लिएको छ । अहिले म स्वतन्त्र लेखनमा छु ।
आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेको मान्छेको गुरु नै छैनन् र ?मैले स्नातकोत्तर गर्दा मलाई रामकृष्ण रेग्मी, श्रीरामसिंह बस्नेत, डा. कुन्दन अर्याल र डा. सुरेश आचार्यहरुले पढाउनुभयो । पत्रकारिता शिक्षाको उहाँहरु गुरु हुनुहुन्छ, तर पत्रकारिता अभ्यासमा चाहिँ म “एकलब्य” नै हुँ । सुरुआती पत्रकारितामा यात्रामा म एक्लो थिएँ । पछिसहयात्रीहरु बटुलेँ ।

बसको छतमा जो भेटिए
२०५१ सालको मध्यावधि चुनावको समय थियो । त्यो बेला म धरानमा थिएँ । उम्मेदवारहरुको उम्मेदवारी दर्तासम्बन्धी रिपोर्टिङ गर्न जानुपर्ने भयो, इनरुवा । एमाले उम्मेदवरा लिला श्रेष्ठ सुब्बालाई साथ दिने कार्यकर्ता चढेको बसको छतमा चढेँ, मित्र जीवन भट्टराईका साथ । बसको छतमा जीवनजीले एक जना युवकलाई कोट्याएर भन्नुभयो,“ल, तिमीलाई काम लाग्ने मान्छे हुनुहुन्छ । उहाँको नाम हो राजकुमार दिक्पाल ।”
ती नवयुवकले मलाई एकछिन मलाई छक्क परेर हेरे । अनि जम्ला हात गरे,“नमस्कार दाई ।” पछि ती भाई मकहाँ धाउन थाले । सोचेँ, यी भाईलाई म आफूजस्तै बनाउँछु । तर बीचमा आउन छाडे ।अहिलेजस्तो सहज सञ्चार साधन थिएन । कुनै बेला आउँथे, तर अलि निराश थिए देखिन्थे । पछि बुझियो, उनी त्यसबेला असफल प्रेमका कारण तनावमा रहेछन् ।
विस्तारै सामान्य अवस्थामा फर्कदै गए ती भाई । उनलाई मैले काठमाडौंबाट निस्कने एउटा साप्ताहिक अखबारका लागि सिफारिस गरिदिएँ । उनको बाइलाइनमा धमाधम समाचार छापिन थाल्यो । उज्यालै अनुहारका ती भाईको अनुहारमा त्यो अखबार आउने दिन थप उज्यालो भरिन्थ्यो । उनको अनुहारको उज्यालो मेरो अनुहारमा पनि ठोकिन्थ्यो । आहा, कस्तो मज्जा !
छापापत्रकारिताबाट करिअर सुरु गरेका ती भाई पछि रेडियोतिर अग्रसर भए । उनैको अग्रसरतामा धरानमा एक एफएम स्थापना भयो । अहिले पनि त्यो एफएम बजिरहेकै छ । म आफू श्रमजिवीका श्रमजिवी,उनी त मालिक पत्रकार पो भए । उनी अर्थात्  जसकुमार राई
 

आफ्नो मत व्यक्त गर्नुहोस्
You can contact us using the following form.
The fields marked by (*) are necessary.
*
*
अन्य समाचार...

How to listen HK Nepali Radio ?

For iPhone User

Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or  Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS

For Android  Users

We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps

Subscribe Our Channel
Latest Comments