जनवरी 20, 2018 हङकङममा आयोजना हुने नयाँ च्यारिटी रेस QNET Gurkha Trailblazer 2018 ट्रेलरेसलाई प्रसिद्ध एसियन डाइरेक्ट सेलिङ कम्पनी QNET ले टाईटल स्पोन्सर गरी सहयोग प्रदान गरेको छ ।
िवश्वमा शान्ति स्थापनार्थ विश्व युद्धहरूमा आफ्नो ज्यान गुमाएका नेपाली सिपाहीहरू (गोर्खालीहरूको) सम्मानमा QNET Gurkha Trailblazer अल्ट्रा ट्रेलरेस हङकङको उत्तरपूर्वी न्यू टेरिटोरिजमा 12 किलोमिटर र 26 किलोमिटरका दुईवटा दुरीमा प्रतियोगिता सम्पन्न हुनेछ । एक प्रेस विज्ञप्ति मार्फत QNET का अध्यक्षा Mr. Richard Zinkiewicz ले भन्नुभयो - "च्यारिटी रेसमा शीर्षक (टाईटल) स्पोन्सर घोषणा गर्न पाउँदा हामी उत्साहित भएकाछौं । यो प्रायोजन हाम्रो स्वतन्त्र जीवनयापन अभियान (Absolute Living campaign) सँग पूर्ण रूपमा सम्बद्ध छ ।"
"QNET स्वीकार गर्दछौं की तपाईंले आफ्नोलागि लिनुपर्ने आधारभूत निर्णयहरू मध्ये एउटा निर्णय भनेको आफ्नो स्वास्थ्य तन्दुरुस्तीको बारेमा ख्याल गर्ने नै हो । तसर्थ यस्ता दौडहरू मार्फत आफ्नो शारीरिक स्वास्थ्यलाई पूर्ण सक्रियतामा ख्याल गर्नाले अझ धेरै सन्तुलित जीवनशैली िजउन सकिन्छ ।" Mr. Zinkiewicz भनाई थियो की - “QNET को स्वतन्त्र जीवनयापन अवधारणा दौडमा भाग लिई सबैभन्दा पहिला रेखा पार गर्ने भन्दा पनि जीवन प्रतिको उत्साह र स्वास्थ्य तथा तन्दुरुस्तीमा अग्रसर हुने दृष्टिकोणको िवकास होस् भन्ने कुरामा बढी केन्द्रित रहेको छ । उत्साहले नै QNET लाई सफलताको यति ठूलो उचाईमा पुर्याएको छ ।"
हालैका वर्षहरूमा यस खेलले आफ्नो लोकप्रियतालाई बढाउँदै गएकोमा Gurkha Trailblazer ले संसारभरका धावकहरूलाई आकर्षण गर्दै यो हङकङको ट्रेल क्यालेण्डरमा लोकप्रिय हुने आयोजकहरूको अपेक्षा छ । उहाँहरूले नेपाली हिल रेसिङ च्याम्पियन मिरा राईलाई पनि यस कार्यक्रममा सहभागी हुन निमन्त्रणा गर्नुभएको छ ।
गोर्खा ट्रेलब्लेजरबाट प्राप्त हुने सबै आम्दानी बाल कल्याण योजना (Child Welfare Scheme, CWS) मा जानेछ र उक्त योजनाले QNET द्वारा प्रायोजन गरिने दौडबाट प्राप्त हुने आम्दानीलाई नेपालका विद्यालयहरू सुधार गर्नमा प्रयोग गर्नेछ भनी Mr. Zinkiewicz ले जानकारी गराउनुभयो ।
"यस कार्यक्रमले हङकङमा भएका हाई स्कूल डिप्लोमा छात्रवृत्तिमा नेपाली युवाहरूलाई आर्थिक रूपमा सहायता गर्नेछ । यसले गोर्खालीको इतिहासलाई संरक्षण र प्रवर्द्धन गर्न पनि मद्दत गर्नेछ" भनी उहाँले थप्नुभयो ।
Gurkha Trailblazer च्यारिटी दौडलाई गोर्खाली इतिहासलाई प्रवर्द्धन गर्न – विश्व र हङकङको लागि आफूहरूले गरेको योगदान तथा बलिदानलाई सम्झिनका लागि सुरु गरिएको हो । यसले बहादुरहरू मध्ये पनि सबैभन्दा बहादुरलाई सम्मान गर्छ । अहिलेसम्म विभिन्न राष्ट्रका लगभग 3५८ जना सहभागीहरूले QNET Gurkha Trailblazer दौडमा सहभागी हुन दर्ता गराइसकेका छन् ।
QNET को बारेमा केही कुरा
प्रसिद्ध एसियन डाइरेक्ट सेलिङ कम्पनीको रूपमा, QNET ले 100 भन्दा धेरै राष्ट्रहरूमा स्वतन्त्र प्रतिनिधिहरू (Independent Representatives, IRs) भनिने आफ्ना वितरकहरूबाट आफ्नो इ-कमर्स मार्फत विभिन्न उत्पादनहरू उपलब्ध गराउँछ । कम्पनीका विश्वभर विभिन्न राष्ट्रहरूका स्थानीय सञ्चालन वा फ्रैन्चाइजीहरू बाहेक 25 वटा राष्ट्रहरूमा कार्यालय तथा एजेन्सीहरू र 50 भन्दा बढी स्टोकिस्टहरू छन् ।
QNET संयुक्त अरब इमिरेट्स, मलेशिया, सिङ्गापुर, फिलिपिन्स र इन्डिनेशियाको डाइरेक्ट सेलिङ एसोसियसन्सका साथसाथै हङकङ फुड एसोसियसन्स, हेल्थ सप्लिमेन्टस् इन्डस्ट्री अफ सिङ्गापुर लगायत अन्य धेरैको सदस्य रहेको छ ।
खेलकूदको उर्जाले भरिपूर्ण कर्मशक्ति, उत्साह र सामूहिक कार्यले QNET लाई प्रतिबिम्बित गर्छ भन्ने कम्पनीको दृढ विश्वासले गर्दा QNET फुटबल (म्यान्चेस्टर सिटी फुटबल क्लबको डाइरेक्ट सेलिङ पार्टनर), तेकवान्दो, रग्बी लगायत धेरै खेलकूदहरूको प्रायोजनहरूमा पनि सक्रिय छ । थप जानकारीका लागि, कृपया QNET को वेबसाइट www.qnet.net मा जानुहोस् ।
जारी गर्ने:
QNET Public Relations
Units G-L 21/F MG Tower.
133 Hoi Bun Road, Kwun Tong.
Hong Kong
सम्पर्क – Ms. Rita Suttarno
+852 97808239
rita.suttarno@qigroup.com
For iPhone User
Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS
We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps