--- प्रदीप मेन्याङ्बो
शप्तकोशी नदीमा बार्षिक २० करोड रुपैया भन्दा बढीको वासको घाना वग्ने गरेको धेरैलाई पत्यार नलाग्न सक्छ । ती बांस वगेपनि सुनसरीको चतरासम्म मात्र वगाउने गरिएको छ । उदयपुरको घारे, धनकुटाको छिन्ताङ, भोजपुरको अख्वाटार, हसनपुर, हलुदेटार, उदपयुरको मैनामैनी, मैयुटार, हिन्दुला, भोजपुरको दुम्बाना खोटाङबाट ती बांसका घानाहरु सुनसरीको चतरा नजिकै रहेको तेह्र आरडी र मसानघाटसम्ममात्र ल्याइपु¥याएपछि डिपो गर्ने गरिएको छ ।
एकैपटक धेरै बांस एकपसमा चोयाले बांधेर मान्द्रोजस्तो चौडा र नडुव्ने बनाएपछि शप्तकोशीमा सरदर एक देखि दुइदिन समय लगाएर हेलाउदै ल्याउदा ‘एडभेन्चर’ व्याबसाय गरेको अनुभव गर्दै आएका छन् बांसका व्यापारीहरु ।
बांस ढुवानी गर्न सडक र यातायातको पहुच नपुगेका क्षेत्रमा सवैभन्दा बढी गुणस्तरीय बांस पाइने भएकाले व्यापारीहरुले ती क्षेत्रवाट जोखिम मोलेर सप्तकोशी नदीमा वास हेलाउदै नदीलाई ढुवानी गर्ने माध्यम बनाएका छन् । व्यापारीहरुका अनुसार बार्षिक पाच लाख घाना बांस दुइदिनसम्म कोशीमा हलाउदै चतरा ल्याउने गरिएको छ । पहाडमै प्रतिघाना सयरुपैया भन्दा बढी पर्छ । सुनसरी, मोरङ, झापा र काठमाडौं पुग्दा ती बांस प्रतिघाना तीन सय रुपैया पुग्छ ।
बांसका व्यापारीहरुका अनुसार चतरासम्म ल्याइपु¥याएका ती बांसलाई किनारमा डिपो गरेपछि ट्रकमा लोड गरेर झापा, मोरङ, सुनसरीदेखि काठमाडौ पु¥याइने गरेको छ । शप्तकोशी आसपासका पहाडी जिल्लाहरु भोजपुर, उदयपुर, धनकुटा र खोटाङबाट बांसका स्थानीय व्यापारीले नदीमा जोखिम मोलेर ती बांसका घाना हेलाउदै ल्याउने गरेका छन् ।
शप्तकोशी किनारमा पहाडका बांस डिपो गरेर मालवाहक ट्रकमा लोड गरिरहेका व्यापारी पुण्य प्रसाद गौतमले भने, ‘सडक र यातायात नभएको ठाउबाट जोखिम मोलेर कोशी नदिलाई जल पारवहनको माध्यम बनाएर बांस ल्याउने गरेका छौं ।’ उनले शप्तकोशीमा दैनिक १५ सय देखि २ हजार घाना वांस ल्याउन सप्तकोशी नदीलाई जल पारवहन माध्यम बनाउन बाध्य भएको बताए ।
बांस व्यापार हुने मुख्य सिजन पुस माघ महिना भएपनि कार्तिक देखि जेठसम्म आठ महिना वासंको व्यापार हुने गर्दछ । मुख्य सिजनको महिनामा दैनिक ५ हजार देखि १० हजार घानासम्म दैनिक वांस सप्तकोशी नदीको माध्यमवाट आईपुग्ने गरेको मुख्य व्याबासायी मिनकुमार कार्कीले बताए । उनले भने, ‘सवैलाई बांस नै चाहिन्छ । तर राम्रो बांस भने दुर्गम जिल्लामा पाइन्छ । दुइदिनको समय लगाएर शप्तकोशी नदिमा हेलाउदै ल्याएको बांस नै विभिन्न प्रयोजनकालागि अरुले किन्ने गरेका छन् ।’
उदपुरको मैनामैनी ७ बस्ने व्याबसायी खड्गबहादुर चौहानले रात परेपछि नदिकिनारमा किला गाडेर नवगोस भनेर डोरीले बांधेर त्यहि नजिकैको ठाउमा बास बस्ने र दिनमा ¥याफ्टिङ खेले जस्तै नदिसंगै हेलिदै ज्यानको बाजी लगाएर बांस ल्याउनु परेको बताए । उनले भने, ‘जोखिम मोलेर त ल्याइन्छ नि । निकासी कर भनेर प्रतिघाना ३ रुपैया दरले रकम असूल्छ जिविका ठेकेदार ।’ उनले निकासी कर महंगो भएको बताए ।
For iPhone User
Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS
We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps