सार्थक जनसंगीत प्रतिष्ठान नेपालका लागि हङकङ हिमायतीले यसको निर्माण गरेको डकुमेण्ट्री फिल्म ’डढेलोभित्रका सतिसाल’को प्रिमीयर ७ कार्तिक साँझमा हङकङको युनलङ थिएटरमा भएको छ ।
यो फिल्म ५ दशक अघिदेखि देश र जनतामा गीत–संगीतको माध्यमबाट सामाजिक, राजनैतिक चेतना छर्न सक्रिय रामेश र उनीजस्तै श्रष्टाहरुको सागीतिक जीवन यात्रामाथि बनेको हो । यो फिल्मले बन्द समाजमा चेतनाको बिगुल फुक्ने राल्फा, संकल्प, आस्था परिवार र रामेशहरुको जीवन–संघर्ष र संगीतहरुलाई लिपीबद्ध गरेको छ ।
जनताका गायक रामेशको ५५ वर्ष लामो गायन यात्रा तथा जीवनको आरोह–अवरोहसँगै नेपाली सार्थक जनसंगीतका सर्जक तथा जानकारहरूको अनुभव समेत समेटिएको फिल्मको निर्देशन फिल्मकर्मी प्रणय लिम्बू र पत्रकार डम्बरकृष्ण श्रेष्ठ (अनुशील)ले संयुक्त रुपमा गरेका हुन् । रेड क्यामरा प्रयोग गरिएको वृत्तचित्रको छायाङ्कन बाबुराम नेपालीले गरेका छन् भने सम्पादन सन्तोषी नेपालले गरेकीछिन् ।
फिल्मको प्रर्दशनीसँगै हङकङ हिमायतीले युग गायक रामेशलाई हङकङवासीका तर्फबाट र फिल्मका निर्देशक डम्बरकृष्ण श्रेष्ठलाई सम्मान गरिएकोे थियो । हङकङ हिमायतीका अध्यक्ष शिव सुब्बाले सम्मान पत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा रामेशले जनता नै देशका मालिक भएकाले देश बनाउँन जनता अघि सर्नु पर्ने र भ्रष्ट नेताहरु विरुद्ध खबरदारी गरिरहनु पर्ने बताए । संसारभर छरिएर रहेका नेपालीहरुले आप्mनो कमाई पठाएर देशलाई जोगाईरहेको बताउँदै उनले हङकङवासीको प्रयासले जनताका लागी आफुले गरेको प्रयास फिल्मका रुपमा लिपीबछ हुन भाएकोमा खुशी ब्यक्त गरे ।
फिल्म निर्माण गर्नमा महत्वपूर्ण भुमिका खेलेका हङकङका ईन्द्र वनेम ’डढेलोभित्रका सतिसाल’ले नेपाली जनताकोलागि जीवन समर्पण गर्ने रामेश लगायतका सर्जहकरुलाई नयाँ पुस्तामा परिचित गराउँने बताए । पञ्चायतकाल, २०३६, २०४६, २०५२ पछि र २०६२÷२०६३ का राजनैतिक परिवर्तनहरुमा महत्वूर्ण योगदान दिने रामेश जस्ता श्रष्टालाई आज राज्यबाटै उपेक्षित बन्ने अवस्था आएको देखेर यो फिल्म निर्माण गरेको उनले बताए । पहलिो प्रर्दशनपछि हङकङका दर्शकले राम्रो प्रतिक्रिया दिएकाछन् । साँगीतिक फिल्म र २००७ सालदेखि २०७३ सम्मका मुख्य राजनैतिक घटनाक्रमहरुसँगै सामाजिक राजनैतिक परिवर्तनका दृष्यहरुल् बाँधेर राखेका हलबाट निस्केका दर्शकहरुले बताए ।
हरेक राजनैतिक आन्दोलन र सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने जनसंगीतको पाटोको ईतिहासलाई नयाँ पिढीमा उजागार गर्ने उदेश्यले तयार गरिएको यो फिल्म करिब दुई घण्टाको रहेको छ । रामेशलाई केन्द्रविन्दुमा राखेर बनाईएको वृत्तचित्रमा जनसंगीतमा लाग्नु भएका रायन, मञ्जुल, राल्फा समुहका सदस्यह सहित स्वतन्त्र र पार्टीमा आवद्ध भएका कलाकार, गीतकार, संगीतकार, लेखक, विश्लेषक, नेताहरुको अनुभव समेथिएको छ ।
वृत्तचित्रको हङकङ प्रिमीयरपछि नेपालका प्रमुख सहर र डायस्पोरासँगै बिभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टीभलहरुमा प्रर्दशन गरिने योजना छ । देश विदेशमा हुने च्यारीटी शो र प्रर्दशनीबाट संकलित रकम सार्थक जनसंगीत प्रतिष्ठानको कोषमा जम्मागरी यस्तै सार्थक संगीतको संरक्षण र प्रर्वद्धनमा खर्च गरिने छ ।
गाँऊ गाँऊबाट ऊठ..., एक जुगमा एक दिन, एकचोटी आउँछ..., आऊ मिलाऊ हाम्रा हातहरू..., संघर्ष हो जीवन..., देश जनताको नाम हो..., रोक्ने कोहो दुरदर्शी बिचारका धारा..., सुनको बिहान..., मेरो प्यारो ओखलढुङ्गा..., गाई त बाँध्यौ ढुङ्ग्रोमा मोई छैन..., कोई त भने जहाजमा हरर... जस्ता सार्थक गीतहरू गाउने जनताका गायक तथा संगीत सर्जक रामेशको संघर्ष, निष्ठा र जीवनको विविध पक्ष वृत्तचित्रमा समेटिएको छ । बलिदान फिल्मका गायक–संगीतकार, पटकथा संवाद लेखक समेत रहेका ७३ वर्षिय रामेशका जन संगीत, बाल संगीत तथा नारी जागरणका सयौं गीतहरु जनमनमा छाएकाछन् । वृत्तचित्रले उनका बहुआयमीक संगीत–गायनलाई उजागार गर्नेछ ।
फिल्मका निर्देशक मध्येका श्रेष्ठले पञ्चायतकालमा नेपाली साहित्य र संगीतलाई नयाँ दिशा दिने “राल्फा समुह” र पार्टीहरु भुमिगत रहेको त्यो समयमा जनता जगाउँन देश यात्रामा हिडेका रामेश–मञ्जुलहरुको कथा भोलीको पुस्ताको लागि पनि बुझ्न सहज होस भनेर यो वृत्तचित्र तयार गरेको बताए ।
For iPhone User
Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS
We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps