Headlines :
आरुषी क्रियशनमार्फत सरीता महर्जनलाई सहयोग | परदेशमा बसेर लेखी टोपल्दा | पूर्वको पर्यटकीय ग्राम भेडेटार नपुगे यात्रा अधुरो | एक हजार तामाङ काटिएको इतिहास | देवकोटा प्राय: भन्थे -- म मर्न चाहन्छु | तीज गीत “झुम्का लगाउँछु“ | विदुषी बुलु शर्माको कथा | युएईमा ससफोको दोश्रो पार्टी एकता दिवस सम्पन्न | सिक्नेचर मुभि – थिन्क पोजिटीभ ग्लोबल क्याम्पिन | मेरो पैतृक अध्यात्मको पाटो | तेह्र बर्षीय गायिका सुबिका राईको प्रथम म्युजिक भिडियो | सबिना गुरुङको चरी चिरिबिरी सार्वजानिक | आठपहरिया राई र दशैं | आमा बित्दा रुने फुर्सद छैन | मेरो भलो चिताउने साथी | मेरी यस्ती एउटी बहिनी | पहिलो प्रेमअनुभूति - राजकुमार दिक्पाल | हामीलाई एक्लै छाडी पन्नाकाजी पनि हिंडे | कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख | छापामार युवतीको डायरी | सुरेन्द्र लिम्बू परदेशीलाई अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार | ‘सगरमाथा साँझ–३’ आयोजना गरिने | विश्व साइकल यात्रीले प्याराग्लाईडिङ प्रशिक्षण लिँदै | चेतनायुक्त प्रतिपक्षीय बिचार नै ‘अस्वीकृत बिचार’ हो - डा. कविताराम श्रेष्ठ | विपि प्रतिष्ठानमा सकियो उपकुलपतिको पदावधि, आकांक्षीहरु शक्तिकेन्द्र धाउदै | ’वोझ नहोस् मेरो माया.. | माओ त्सेतुङ, सुखानीमा हत्या र म | हङकङमा नेपाली भाषा, साहित्य र संस्कृति सप्ताहको रौनक | गोयाङको सुगन्ध कृतिलाई २,०२,००२ रुपैयाको पहिचान पुरस्कार | प्रा. डा. कृष्णहरि बराल दुबाईमा सम्मानित | केशर माङयुङको नयाँ गीत ः भिडियो सार्बजनिक | तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको 'घटराज पुरस्कार' | Vote for Mira Rai | वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' | देशदेशान्तरका २०५ जनालाई-सत्यमोहन जोशी शताब्दी पदक | तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट - राकेश काफ्ले | गीतकार प्रकाश सुवेदीको ’मनका कुरा तिमीलाई सार्बजनिक | सत्यमोहन जोशी ः शताब्दी पुरुष | सिडी बिजय र मनिशाको पत्ति नमिलेको तास बजारमा | सन्जीव र नलिना पोर्तुगल आउँदै लिस्बोन | ’डढेलोभित्रका सतिसाल’ हङकङमा प्रिमियर | आठपहरिया राई र दशैं | 'सत्यमोहन जोशी शताब्दी पदक' | यूएइमा फोनिज गठन हुने | दार्जिलिङले के सिकायो ? अन्तत: सूधपा को हुन् ! | सडकबाट शिखर पुगेका ब्यक्तित्व | नौ हजार फिटबाट २३ नेपाली उडे | साहसिक हिरो सानोबाबु सुनुवारलाई सम्मान | पाँच फिट अग्लो अभिनन्दन पत्र | साउदीमा प्रवासी नेपालीले मनाए क्वाटीपूर्णे | स्याङजा समितिमा दुई लाख हिनामिना स्याङजाली कान्छासहित निष्कासि | स्वर, सङ्गीत र शब्दका शिखर : गोपाल योञ्जन | गायक सुरेश राना मगर : कुराकानी | गुरुङ तमू समाज मकाउको प्रथम अधिवेशन | मकाउमा सेतो पुतली ः भूकम्प पीडितकालागि पुननिर्माणकालागि सहयोग जुटाउँदै | महाकविका प्रिय कवि श्यामदास वैष्णव भन्छन्- | अम्बर गुरुङ नेपाली आकाशका गीत थिए | पुण्यरश्मिलाई बीपी कोइरालाको सहयोग | ओ...खरबुजा...खरबुजा...! | यूएइमा साकेला उँभौली-५०७६ सम्पन्न | आमाप्रतिको आदर ः आभा मुकारुङ | Mother Tongue Education Rights of Ethnic Minorities | सुटिङ सम्पन्न | कविता - सम्झेर पुर्खा | हङकङमा पूर्खादिवस २०१६ | फोरममा सामूहिक प्रवेश | किरात मञ्च नेपालको सङ्गठन विस्तार | धरानमा प्याराग्लाइडिङ | साइप्रसमा ग्याल्बु ल्होसार भब्य सम्पन्न तथा नयाँ कार्य समिती गठन | बुद्धिसागर बश्याल - अनलाईन वार्ता | त्रिमूर्ति निकेतनमा ११४ औं सम जयन्ती | अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई सम्मान | आफ्नोपन बिना बाँच्नुको सार छैन ।- यासेली योङहाङ | सङ्गीतका अमर साधक रत्नबहादुर खड्गी | विश्व शेर्पा संघको तदर्थ समिति गठन | तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ | समाज सेवामा अगुवा सँस्था गुदेल शेर्पा किदुग | त्रिमूर्ति निकेतनमा १३२ औं लेखनाथ जयन्ती | सेप्टेम्बर १, २०१६ देखि प्राथमिक १ कक्षामा भर्ना हन गइरहेका छन् भने | क्वाणटम साहित्यको व्याख्याता - डा. मधुकृष्ण श्रेष्ठ | आदिवासी जनजातिको निम्ति समर्पित पेम्बा गेलु शेर्पा | इजरायलमा जनमूक्ति मंचको गठन | सुनगाभा फुल्यो लेकैमा...म्युजिक भिडियो सार्वजनिक | राईलाई ‘नइ धनरूप पुरस्कार’ | राष्ट्रिय एकता खलबलाउने संविधान स्वीकार हुन सक्दैन । | बिबिसी नेपाली सेवाको एकपक्षिय प्रसारण विरुद्ध खेद प्रस्ताव पारित र नेता शेर्पाको रिहाईको माग | न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न् - देशी विदेशी दर्शकहरुको सहभागीता | एघारौं त्रिमूर्ति दिवस- ९ जना पुरस्कृत १७ ओटा कृति लोकार्पण | शेर्पा किदुक साईप्रसको प्रथम बैठक सम्पन्न | जीवनको अनुवाद र सोम लिम्बू | साईप्रसमा महिलाहरूको वर्चस्व रहेको शेर्पा किदुक गठन | सबैको गुरुमा - भारती ओख्राबो | साईप्रसमा राजनैतिक पार्टी र विध्यार्थी एकता | माया ठकुरी ‘नेपाली साहित्य नारी रत्न’ घोषित | गीत-सङ्गीतमा लाग्नेहरूले कहिल्यै एक्लो हुनुपर्दैन ।- केन्जुमा सुब्बा | “सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दियो” : डा. ओम गुरुङ | हङकङ र मकाउको सफलता पछि किम्फ अब अमेरिकाको न्यूयोर्कमा | बैँककमा जम्बो कार्यक्रम 'चुम्लुङ' सम्पन्न | शेर्पा संघ, यूरोपको तेश्रो महाधिवेशन सन् २०१६ को लोसारमा आयोजना हुँदै | नामी तर दुखी शान्ति मास्के | १२ भाषाका ज्ञाता : हेमचन्द्र पोख्रेल | कवि रण काफ्ले भारतमा पूर्वोत्तर हिन्दी एकादमीबाट सम्मानित | भयवाद दर्शनको पुस्तकलाई दुईवटा अन्तर्राष्ट्रिय अवार्ड | सावधान सरकार ! खबरदार सरकार ! | हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति-- डीबी पालुङ्वा | हङकङमा समवेदना व्यक्त गर्न मैनबत्ती प्रज्वलन कार्यक्रम | पुर्खा दिवस र थपिएका अर्थ | हङकङमा पुर्खादिवस सम्पन्न | द युनिभर्सीटी अफ हङकङमा भयवाद्का कुरा | गाउँमा के गर्न सक्छु भनेर सोची रहेको छु – गौतम सागर राई | हङकङमा पुर्खादिवसको भव्य तयारी | अबका नेपाली पुस्ताले आफ्नै जन्मथलोमै ब्यवस्थित जीवन यापन गर्न सकून् -कर्मा छिरिङ शेर्पा(बेलायत) | आफ्नै जन्मगाउँका उकाली-ओरालीले गायिका बनायो । -रत्ना बराईली(लोक-गायिका) | ‘मनभरी चोट भए पनि दर्शकसँग हाँस्नु पर्छ ।‘ - लाक्पा शेर्पा(अमोद) | आफ्नो भाषा-सँस्कृति-धर्म-भेष अँगालेर कला-कर्ममा प्रयोग गर्दा सुहाएको जस्तो लाग्छ । --बरधोज | आँसु झारेँ धेरै-धेरै केवल तिम्रैलागि--ईशा लावती लिम्बू(गीतकार) | मानध्वजको चरित्रले मलाई नै रुवाउँछ । ___ मौसम ईम्बुङ(चेसुङका लेखक-निर्देशक) | ‘गायिका नै बन्छु’ भन्ने जवाफ नदिए पनि गायिका नै बनेँ' -- आभा मुकारुङ | किम्फका उत्कृष्ट | बालकृष्ण समको सङ्क्षिप्त परिचय | शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ - जुनिता लिम्बू | संगीतकार गणेश गुरुङका बारेमा र केहि सम्झना | निदै छैन आँखामा --गायिका जशोदा सुब्बा | गायिका तायाहाङमा राईको दोस्रो एल्बम ‘तराना’ सार्वजनिक | कुशल गायक- कुशल थलङ | कलाको गला | मलाई टिपिकल कला-सँस्कृतिप्रति रुची छ -सुमी लिम्बू(नृत्यकार/मोडल)-बर्मा, हाल: बैँकक | चीनकी दीपा एवाईको योगदानबारे चर्चा | बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक | छुटेका पाइलाकी स्रष्टा-- बुलु शर्माबाट नइलाई छ लाख | हङकङमा नेपाली सप्ताह २०१४ सम्पन्न | अल्बम बेचेर आमाघरलाई सहयोग | शताब्दी पुरुषको स्वास्थ्यमा सुधार -- सरकारबाट १० लाख रुपियाँ प्रदान | त्रिमूर्ति निकेतनमा १३१ औं लेखनाथ जयन्ती | हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ - टंक सम्बाहाम्फे | सरकारले पनि डा.जोशीलाई शताब्दी पुरुषको सम्मान दिने डा.जोशीलाई १०१ ओटा अभिनन्दनपत्रहरु प्रदान | एडिबीको ऋण सम्झौता | विश्व नेपाली स्रष्टा कोश प्रकाशित गरिने | नौजनालाई नइ बाल पुरस्कार प्रदान | गरीबीले भोकै मरे फरक पर्दैन, तर सँस्कृति-सँस्कारहीन हुनु साँच्चीकै समाप्त हुनु हो --- मनोज साङसोन | ओराङफुङ जस्तै गायिका देशु सुहाङ | महाकवि देवकोटाबारे केही जानकारी | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | नौ जनालाई नइ देरुनीखपू बाल पुरस्कार | यूएइमा पत्रकारिता तालिम सम्पन्न | एचके नेपाली रेडियोका कुरा | TEARLESS EYES_Story by Vijay Kangmang | किरात राई यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन सम्पन्न- | भलिबल प्रतियोगिता सम्पन्न, स्क्याड समुह प्रथम | पारिजातको जीवनकथा | अमिलो पानीपुरी र पिरो चटपटेले १ लाख ८० हजार संकलन गर्यो | हङकङमा धरानेहरुको बृहत जमघट | नइ भूपाल दुर्गा पुरस्कारको स्थापना | सम्भावना बोकेका सर्जकहरू हुनुहुन्छ,साहित्यिक एकता भने देखिन्न- बिद्रोही साइला | यूएईमा नेपाली कल्चर शो | उत्कृष्ठ सभासद छनौट प्रक्रियाको शुभारम्भ | हङकङमा प्राथमिक विद्यालय भर्नाहुन चाहाने विधार्थीहरुकालागि | 'माई प्रोमिस' धरानमा प्रिमियर | भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा | Apple Announces Apple Watch, Available in Early 2015 | हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् -खगेन्द्र पन्धाक | डिभिजन-३ को लागि१८ जनाको नाम सार्बजनिक | सधैं अरुको भलाइँ गरिरहने सरला गुरुङको कलायात्रा | गीतसंगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली – राजु गुरुङ | धरान हङकङ मञ्च : १५ औं वार्षिक उत्सव भव्यरुपमा हङकङमा मनाउने | लोकप्रिय गिटारिष्ट यादव राई | गजल रचनाका प्राथमिक आधारभूत केहि तत्व र नियमहरु | STORY- The Second State | अभाङ्गगार्ड, खलिल जिब्रान र हाम्रा नानीहरू | टेरिया मगरको राहदानीमा समस्या ; युएईको कार्यक्रम स्थगन | iPhone 6 -- Apple's 2014 iPhone, debuting September 9 | मातृभाषाको विकास र चुनौतीहरु | हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा | Stay alert against communicable diseases in new school year | विश्व आदिवासी दिवस | नेपाली संगीतमा ‘आरोही’ : पहिलो एकल अल्बम लिएर आए सुनिता र अनुशील | के हो यो ALS र Ice Bucket Challenge? | राजेशपायल राई हङकङमाः असाह्य बालबालिकाहरुको शिक्षदीक्षाकालागि ५० हजार दिने घोषणा | मानवीय सहयोगकालागि हङकङमा मेलोडी नाइट | Philosophy of Fearism | नेपालीको सान जितू राई बने विश्वको नं. १ खेलाडी | D. B. Chitrakar | Quality of life | 'भारतसँग राजनीतिक तहमै समस्या समाधान गर्नुपर्छ' | तेरिया अव युएईमा | हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’ | नेपाली साहित्यका महारथी गणेशबहादुर प्रसाईको निधन | जोशीलाई पाँच लाख रुपियाँ सहित शताब्दी पुरुष | आदिकवि भानुभक्त आचार्यको जीवनी | २५ स्रष्टाहरूलाई ‘भानुभक्त काव्य पुस्कार’ | रक्तदाताहरुलाई रेडक्रसको सम्मान, जगतअम्बू गुरुङ सम्मानित | हङकङमा विश्व काव्य यात्रा भव्यरुपमा सम्पन्न- कवि चौधरी नेपाली विधार्थीहरुसँग | भारतीय गोर्खाहरुको विविध साँस्कृतिक कार्यक्रम | हङकङमा भव्य पूर्खादिवस | The Nepalese community in Hong Kong looks to preserve Gurkha legacy | राजा महेन्द्रको हृदयाघात र कीर्तिनिधि विष्ट | इन्टिग्रेसन, चिनियाँ भाषा अनि हाम्रा आवश्यकताहरू | विश्वभर छरिएका गोर्खाली समाधिहरु | Minorities face challenges in the classroom | बालकृष्ण समको सङ्क्षिप्त परिचय | कविहरूका पनि कवि ‘कविशिरोमणि’ लेखनाथ पौड्याल | समग्र जीबनको सांगीतिक अन्तर्मन्थन “गह” | एक विशिष्ट सांगीतिक कार्यक्रमः अम्बर गुरुङ रात्री | भूगोलमा नारायणगोपाल | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | देवकोटाको राँचीबास किन ? | देवकोटाले कहिले पागल लेखे ? | शुसिल नेवा बने मिस्टर हङकङ नेपाल २०१३ | झुक्तै नझुक्ने नेपाली शिर अर्थात् डा.वानीरा गिरी | नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान | हङकङको नेपाल | नेपाली भाषा साहित्य र डायस्पोरा | श्रीहरि, सरुभक्त र मञ्जु काँचुलीलाई त्रिमूर्ति पुरस्कार | पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलको दिक्षान्त समारोह सम्पन्न | पराजुलीत्रयको सांगीतिक कार्यक्रम हुने | विष्णुनन्द चाम्लिङ राईको गीति संग्रह ‘सम्झौता‘ | विश्व नारी रत्नः वानीरा गिरी | प्रकाश सायमी दाइसँग सात दिन | पूर्वमा पर्यटन मेला | नेपाली क्रिकेटको कुरा | स्तम्भ लेखनबाट म विदा | नयाँ वर्षमा च्याम्बरको डाइरेक्टरी | एउटा ज्यूँदो मान्छे अनङगनाथ पौडेल | जनजाति महासंघको उद्घोष– अनसन र तालाबन्दी | हङकङमा पुर्खादिवस 2013 | पहिलो दैनिक पत्रिकाको सम्पादक- गोविन्द मल्ल गोठाले | नेपालका गौरवः लैनसिंह वाङ्देल | सेवाका आदरणीय- त्रैलोक्यनाथ श्रेष्ठ | मुलुकलाई निरंकुशतर्फ धकेल्ने षड्यन्त्रः राजकुमार लेखी | पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई | महिला दिवसमा कार्यशाला गोष्ठी | ‘रोहितको आकृति’को लोकार्पण | लिम्बू भाषाको चलचित्र “केःवा कोःक्मा“ हङकङमा प्रदर्शन गरिने | नेपाली बास्केटबल टिमलाई प्रोत्साहन | सुनसरी उद्योग वाणिज्य संघमा राजेन्द्र श्रेष्ठ | महावाणिज्यदूत नियुक्ति बदर गर्न विरोधसभ | नेपाली काग्रेसको दोस्रो धरान नगर भेलामा तनाव | थापा हत्याको विरोधमा चौतारी | किरायाद्धारा यूएईमा एक महिलाको उद्धार | दुबईमा बनभोजसंगै उधौली साकेल | जाडो बढ्यो नेपालमा | धरानमा फेरि सडक उत्सव | तुवाचुङ जायजुम सहयोग समिति गठन | किराँत विभूति इमानसिंह चेम्जोङ | राजन मुकारुङसंग साक्षात्कार | हङकङमा नेपाली सप्ताह २०१२ | त्रिमूर्तिमा १२८औं लेखनाथ जयन्ती सम्पन्न | काठमाडौँ विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोह (दोस्रो कार्यक्रम) सम्पन्न | पहलमानसिंह स्वार-जीवनी | १४ अञ्चलमा विश्व नारी नेपाली साहित्य सम्मेलन गठन | शुटिङ रिपोर्टः कवि राई | अनाम सडकमाः जातीय एकताको संदेश | संघीय समाजवादी पार्टीको हङकङ तदर्थ समिति गठन | पहिलो समालोचना पुरस्कार समर्पण | धरानको खानेपानी समस्या समाधान गर्न एडिविले सहयोग गर्ने | आदिकवि भानुभक्त आचार्यको लघु जीवनी | भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद” | गायक राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा स्वीटजरल्याण्ड पछि जर्मनी र बेल्जियम आउदै | विश्वभर छरिएका गोर्खाली समाधिहरु | मायादेवी राईसँगको कुराकानी | नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक ध्रुव दत्त | गोर्खाः ईज्जत, इमान अनि प्रेष्टीज | प्रकृतिगामी --कथा | सर्वप्रिय कम्युनिष्ट ः जसुदा राई | नौकन्यालाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान | सानैमा ठूली - शारदा अधिकारी | हङकङमा महाकवि देवकोटाजयन्ती २०१२ सम्पन्न | साब्लाबुङ | तेक्वान्दो प्रतियोगितामा हङकङेली नेपाली खेलाडहरुलाई सफल्ता | नेपाली जातीय कवि -पं.धरणीधर शर्मा |
Recent Events
Most Read
Book Reviews
Philosophy of Fearism: Life is conducted, directed and controlled by the fear."1. ‘Fearism is a gift to the world from Nepali.’ Prof. Dr Tanka Prasad Neupane, Chairman, Fearism Study Centre: Baicharik Chintan, 2066 v.s. 2. ‘Fearism of Desh Subba has shake
विस्तृत समाचार
VIEW ALL
समाचार »
जीवनी
स्वर, सङ्गीत र शब्दका शिखर : गोपाल योञ्जन

-- नरेन्द्रराज प्रसाई
मेरो टोपी कैलाशको शिरजस्तो
मेरो टोपी हिमाली भीरजस्तो
कहिले पनि झुक्न नजान्ने
कहिले पनि लुक्न नमान्ने
मेरो टोपी नेपाली वीरजस्तो ।
(स्वर, सङ्गीत र शब्द : गोपाल योञ्जन)

गोपाल योञ्जन नै त्यस्ता महान् प्रतिभा हुन् जसले राष्ट्रिय गीत लेखेर, ती गीतको सङ्गीत गरेर र ती गीतहरूलाई आफ्नै स्वरले पृथ्वीको फेदीबाट २९००२ फिटको उचाइसम्म पुर्‍याएका थिए । गोपाल योञ्जनका राष्ट्रिय गीतका शब्दहरू जति परिपक्व छन्, उनका गीतका भावहरू पनि त्यति नै नेपाली माटोसँग टम्मै मिलेका छन् र उनीद्वारा सिर्जना भएका गीत जति स्तरीय छन् त्यति नै जीवन्त, शाश्वत र ओजिला पनि छन् । उनका राष्ट्रिय गीतमा राष्ट्रको एउटा सिङ्गो मुटु भेटिन्छ, नेपाल र नेपालीको स्वाभिमान भेटिन्छ र समस्त नेपाली जातिको नै एउटा बलियो स्तम्भ भेटिन्छ । विशिष्टि कोटिको गीत लेख्ने, उच्च स्तरीय गीतसङ्गीत गर्ने र त्यसरी आफ्नो स्वरलाई जनहृदय मार्फत देशदेशान्तरमा पुर्‍याउने कलाकार नै गोपाल योञ्जन एउटा थिए । त्यसैले उनी मरेर पनि यस माटोमा जिउँदा भए । वास्तवमा नेपाली भाषा, नेपाली सङ्गीत र नेपाली स्वरहरूमा गोपाल योञ्जन अमर भए; उनी नअस्ताउने तारा भए । उनी नेपाली साङ्गीतिक आकाशमा अनन्तसम्म चम्किरहनेछन् । उनले आफ्नो भौतिक चोलाचाहिँ २०५४ साल जेठ ७ गतेका दिन त्यागेका थिए ।
 

गोपाल योञ्जन भारतको दार्जीलिङको ओकाइटी टी एस्टेटमा जन्मेका थिए । अनि यिनको जन्म संवत् २००० सालको जनैपूणिर्माका दिन भएको थियो । डा.बुद्धिमान योञ्जन र छेकुडोल्माका एउटी छोरी प्रतिमा र एउटा छोरा गोपाल थिए । गोपाल योञ्जन १० महिनाको हुँदा उनका बुबा स्वर्गीय भएका थिए । उनी दुक्खैले लड्दै गए, बढ्दै गए र पढ्दै गए । उनीप्रति उनकी आमाको अथाह वात्सल्य गाँसिएको थियो । आफ्ना सुपुत्र गोपाललाई डाक्टर पढाउने उनकी आमाको ठूलो अभिलाषा थियो । परिणामस्वरूप गोपाल योञ्जनलाई स्थानीय सेन्ट जोसेफ कलेजमा भर्ना गरियो । तर उनी जीवविज्ञान विषय लिएर पढ्न असमर्थ भए । यस क्रममा उनले आफ्ना गुरुसँग पनि झगडा गरे । त्यसपछि उनी सरासर घरमा गएर आफ्नी आमाका खुट्टा समाएर घोप्टो परे "आमा ! मलाई मैले जानेको विषय नै पढाऊ; म कुनै हालतमा डाक्टर बन्न सक्तिनँ ।" त्सपछि गोपाल योञ्जनको विषयमा परिवर्तन आयो । त्यसै वर्षदेखि उनी दार्जीलिङको लोक मनोरञ्जनमा बाँसुरी वादकको पदमा जागीर खान थाले । त्यसपछि उनी सङ्गीतमा क्रमशः निर्लिप्त हुन लागे । उनका रचना, सङ्गीत र स्वरको शिल्पले दार्जीलिङ नै हराभरा हुन थाल्यो । दार्जीलिङका बासिन्दाहरूले गोपाल योञ्जन भनेको को रहेछ भनेर खोज्न थाले । उनको प्रतिभाका कारण सारा दार्जीलिङ उल्टेर गोपाल योञ्जनलाई स्याबासी दिन थाल्यो । त्यही प्रारम्भिक स्याबासी, घन्यवाद र बधाई खप्टिँदै जाँदा गोपाल योञ्जन भविष्यमा नेपाली साङ्गीतिक आकाशका एउटा प्रतिनिधि व्यक्तित्वमा रूपान्तरित भए । त्यसैले उनले आफ्नो सीप कञ्चनजङ्घातिर उकाल्दै हिँड्न थाले :
 

बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरामा यो रगत मेरो
पहाडमा जन्मी टाकुरामा खेल्ने
यो झुक्तै नझुक्ने नेपालको छोरो ।
(स्वर, सङ्गीत र शब्द : गोपाल योञ्जन)

 

हुन त गोपाल योञ्जनलाई इन्जिनियरिङ पढ्न जलपाइगुडी पनि पुर्‍याइएको थियो । तर त्यस विषयमा पनि उनको चाहना शून्य थियो । यसै बीच उनको नगेन्द्र थापासँग सङ्गत भइसकेको थियो । नगेन्द्र थापाकै प्रेरणाले उनी नेपाल पस्ने तरखरमा लागे ।

गोपाल योञ्जन आफ्नो देश खोज्दै २४ वर्षको उमेरमा नेपाल पसेका थिए । नेपाल भित्रिएको तीन वर्षबित्ता नबित्तै अर्थात् २०२७ सालमा यिनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा एम.ए. समुत्तीर्ण गरे । बनारसबाट यिनले भारतीय शास्त्रीय सङ्गीतमा स्नातक पनि गरेका थिए । नेपाल आएपछि चाहिँ उनको जराले नेपालकै माटो चुम्यो । उनले यहीँ बस्ने निधो गरे । उनी यहीँका नागरिक बने । उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्राध्यापन पेसामा पनि संलग्न भए ।

गोपाल योञ्जन सानैदेखि मुरली बजाउँथे । किशोर अवस्थामा टेकेपछि उनी बाँसुरीमा रम्न थाले । हुँदाहुँदै उनी बाँसुरीबाट जस्तो पनि गीतको भाका फुक्न सक्थे । त्यसपछि उनी अरूअरू बाजागाजामा पनि तल्लीन भए । गोपाल योञ्जन जुनजुन बाजा छुन्थे तीती बाजामा उनी पारङ्गत हुन्थे । उनले बजाएको बाजा सबैले मन पराउँथे । गीतसङ्गीत र स्वरकै कुरा गर्ने हो भने आफू छ कक्षामा पढ्दा उनले आफैँ गीत लेखी, सङ्गीत गरी मञ्चमा उभिएर दर्शक सामु गाएका थिए ।

सङ्गीतमा गोपाल योञ्जनको आफ्नै वैयक्तिक रुचि भए तापनि उनले नानीदुलाल मुखर्जीसँग शास्त्रीय सङ्गीतको ज्ञान लिएका थिए । साथै उनले पाश्चात्य सङ्गीतको अध्ययनचाहिँ स्टयान्र्डवर्गसँग प्राप्त गरेका थिए । बाँसुरी सिक्ने अभिप्रायले यी आर्ट एकेडेमी सङ्गीत विद्यालयमा पनि पुगे । तर त्यहाँ कुशल प्रशिक्षक नभेटेपछि उनले कक्षालाई निरन्तरता दिन सकेनन् । त्यसपछि आफ्नै खुबीले यिनले साङ्गीतिक ज्ञान ग्रहण गरी धुरी चढे ।
 

आफ्नो कला, जाँगर र समर्पणका कारणले गोपाल योञ्जन नेपाली आधुनिक सङ्गीतजगत्का वीर बलभद्र भएर निस्के । उनको नेपालप्रतिको झुकाव, लगाव र चिन्तन एउटा अभूतपूर्व योगदान हुन पुग्यो । वास्तवमा उनी भारतमा जन्मे पनि उनका पुर्खा नेपाली थिए । त्यसैले नेपालप्रतिको भक्तिभावना गोपाल योञ्जनका नसानसामा बग्ने रगत थियो । उनले आफ्नो त्यही हृदयको झर्ना गीतिशब्द, साङ्गीतिक धून र गायनकलाबाट प्रस्तुत गरिरहे :

हो, धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई
शिर ठाडो पारी नेपाली भन्ने म नै हुँ भन्नलाई
होइन भने नेपाली नभन, वीरको छोरा नातीमा नगन ।
(स्वर, सङ्गीत र शब्द : गोपाल योञ्जन)

गोपाल योञ्जनले आफैले लेखेका गीत, सङ्गीत गरेका धून र गाएका आवाजहरूको सङ्ख्या एक हजार नाघेको देखिन्छ । गोपाल योञ्जनका गीतहरूमा राष्ट्रिय गीतचाहिँ नेपाली परिवेशमा मौलाएर नै गयो । बालगीतमा पनि यिनको प्रशस्तै योगदान भेटिन्छ । यिनका आधुनिक गीतिरचना र सङ्गीत पनि उत्कृष्टताका नमुना मानिन्छन् । खास गरी नारायणगोपालले गाएका गीतहरूमा गोपाल योञ्जनका सङ्गीत र रचना उल्लेखनीय छन् । गोपाल योञ्जनले नेपाली गीतमा अत्यधिक प्रशंसा भेटे । वास्तवमा उनले नेपाली आधुनिक सङ्गीतमा विशेष ख्याति कमाएका थिए । उनले सिन्दूर, कान्छी, बदलिँदो आकाश लगायत बाह्रवटा नेपाली चलचित्रमा उत्कृष्ट सङ्गीत प्रदान गरेका थिए । साथै उनले थुप्रै नाटक, गीतिनाटक र नृत्यनाटिकाहरूमा पनि सङ्गीत प्रदान गरे ।

गोपाल योञ्जन जनप्रिय गीतकार मात्र थिएनन्, विशिष्ट सङ्गीतकार मात्र थिएनन् र सफल गायक मात्र पनि थिएनन्  । उनले सङ्गीतविषयक 'सङ्गीताञ्जलि' र 'गीतमञ्जरी' नामक दुई वटा ओजपूर्णका ग्रन्थ पनि नेपाली भाषा साहित्यका मन्दिरमा चढाएका थिए । साथै उनले 'बागीना' को पनि सम्पादन गरेका थिए ।

२०२५ सालमा गोपाल योञ्जनको विवाह कालिम्पोङकी रेन्छिनसँग भएको थियो । यिनीहरूले आफ्नो बिहेचाहिँ काठमाडौँमा गरेका थिए । यी दम्पतिबाट दुई भाइ छोरा निर्माण र अहिंसा तथा एउटी छोरी सृजना जन्मे । यिनका छोरा, छोरीहरू सङ्गीत शिक्षक, ग्राफिक डिजाइनर र सञ्चारमा आबद्ध भए ।

गोपाल योञ्जनले आफ्नो सङ्गीत रचना र स्वरमा कुशलता देखाए । वास्तवमा उनको सङ्गीत अत्यन्तै मीठो मानिन्थ्यो । उनी आफैँले रचना गरेका र उनीद्वारा सङ्गीतबद्ध भएका गीतहरू चाहिँ आनुपातिक रूपमा बढी जीवन्त रहेका पाइन्छन् :

देशले रगत मागे मलाई बलि चढाऊ
रुँदिनन् मेरी आमा ऊ नेपालकी छोरी ।
(स्वर, सङ्गीत र शब्द : गोपाल योञ्जन)

नारायणगोपालले गोपाल योञ्जनको प्रसिद्धि ईश्वरवल्लभबाट सुनेका थिए । त्यसैले नारायणगोपाल गोपाल योञ्जनलाई भेट्न दार्जीलिङ पुगे । आफ्ना मनपर्ने गायकलाई आफ्ना घरमा भेट्ता त्यतिखेर गोपाल योञ्जनको छाती नेपालजत्तिकै तन्केको थियो । त्यसपछि यिनीहरूको अटुट रूपमा मिलन भइरहृयो ।

नारायणगोपाल र गोपाल योञ्जनको मित्रताले विकसित रूप लिएको ईश्वरवल्लभले देखे । परिणामस्वरूप उनले यी दुवै गोपालसमक्ष मीत लगाउने प्रस्ताव राखे र ईश्वरवल्लभको पहलमा दार्जीलिङकै महाङ्कालमन्दिरमा गोपाल र नारायणको मितेरी गाँसियो । अनि त्यसपछि गोपाल योञ्जन आफ्ना मित्र नारायणगोपालको ढिपी र नगेन्द्र थापाको हौसलाले नेपाल आएका थिए । यस घटनाले नेपाली सङ्गीतजगत्मा अत्यन्तै ठूलो उपलब्धि हासिल भयो । एकताका जुनसुकै गीतमा गोपाल योञ्जनकै शब्द र सङ्गीत हुन्थ्यो र ती गीतहरूमा नारायणगोपालकै स्वर हुनु पर्थ्यो । त्यसपछि बीचमा नगेन्द्र थापाको उपस्थितिले नेपाली गीति आकाशमा झनै बढोत्तरी भएको थियो । त्यस बेलाका यी तीन व्यक्तित्वका रचना, सङ्गीत र स्वरले नेपाली गाउँ, बेसी, सहर, बजार हल्लाएका थिए । यी त्रिवेणीको राप, चाप र रौनकले पृथ्वीकै सेरोफेरो लाएको थियो । यिनीहरूको एकअर्काप्रति टाँस्सिएको चुम्बकीय भावनामा पनि कुनै बेला हुरी आएको थियो । नारायणगोपालको इहलीला समाप्त हुनुभन्दा केही वर्षअघिदेखि खास गरेर दुई गोपालहरूका मनमा बादल लागेको थियो । केही वर्षम्म यिनीहरू एकअर्कासँगको सर्म्पर्कबाट परपरै थिए ।

गोपाल योञ्जन चाहे समूहमा बसून् , चाहे एकान्तमा एक्लै बसून् उनी प्रतिभाले ओतप्रोत कलाकार थिए । उनको सुन्दर, शान्त र विशाल साङ्गीतिक भावनाले नेपाली राष्ट्रिय गीतहरूको भण्डारलाई अत्यन्तै समृद्ध तुल्याएको छ । नेपालभित्र नै जन्मेर, नेपालभित्र नै पौरख गरेर अनि नेपालकै नुन खाएर नेपालकै धाक लगाउने प्रायः सम्पूर्ण गीतकारलाई, सङ्गीतकारलाई र गायकलाई उनी एक्लैले आफ्नो साधनाद्वारा पछारेका थिए ।

गोपाल योञ्जनको योगदानको कदरस्वरूप उनी सुप्रबल गोरखादक्षिण बाहुबाट विभूषित भएका थिए । साथै उनले रेडियो नेपाल र शाही नेपाल चलचित्र संस्थानबाट उत्कृष्ट सङ्गीतकारको सम्मान पनि पाए । उनको सङ्गीतप्रतिको उचाइका कारण उनी छिन्नलता गीत पुरस्कारबाट पनि सम्मानित भए । उनले नेपाल तथा भारतबाट अनगिन्ती साङ्गीतिक सम्मान र पुरस्कारहरू पनि पाए । त्रिभुवन विश्वविद्यालय अर्न्तर्गत पद्मकन्या क्याम्पसले उनको शेषपछि गोपाल योञ्जन पुरस्कारको स्थापना गर्‍यो । सो पुरस्कार पाउने प्रथम गायिका निकेतिका प्रसाई थिइन्  ।

गोपाल योञ्जनको साङ्गीतिक यात्रा अनन्त देखिन्छ । उनी सङ्गीतका एउटा महाविद्यालय थिए । उनी आधुनिक गीतका एउटा अब्बल दर्जाका कलाकार थिए । त्यसमा पनि उनको राष्ट्रिय भावनाका एकएक शब्दहरू, धूनहरू र स्वरहरूले नेपाली राष्ट्रियताको उत्साहलाई सगरमाथाको टुप्पामा पुर्‍याएको पाइन्छ :

नेपाली हुन पूर्व जन्मको कमाइले पुग्दैन
पूर्खाको पौरख, श्रम र आशिष मात्रले पुग्दैन
नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ
पराया मुटु दौराको फेरले छोपेर पुग्दैन ।

(स्वर, सङ्गीत र शब्द : गोपाल योञ्जन)

 

आफ्नो मत व्यक्त गर्नुहोस्
You can contact us using the following form.
The fields marked by (*) are necessary.
*
*
अन्य समाचार...

How to listen HK Nepali Radio ?

For iPhone User

Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or  Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS

For Android  Users

We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps

Subscribe Our Channel
Latest Comments