~ -खगेन्द्र पन्धाक लिम्बू ~
दोस्रो विश्वयुद्धका एक नेपाली लडाकू । विश्वका अनेक देशमा युद्ध लडेर १२ वटा मेडल पाएका एक लाहुरे । अनेक युद्ध लडेर बाँची जो बिना पेन्सन फर्किएपछि आफ्ना छोरा र गाउँलेहरूलाई लाहुरेका दुखद कथा सुनाउँथे । लाहुरे नहुन अरुलाई सल्लाह दिन्थे । उनै बुद्धिरथ योङहाङ लिम्बूका छोरा यासेली योङहाङ आफ्नै बुवाको कथा र कुरोबाट प्रभावित भई लाहुरे हुने सपनाबाट सधैं टाढा बसे । तर उनका धेरै जसो साथीहरू लाहुरे भए । बिदेश हानिए । तर उनी बिदेश नगई नेपालमा नै बसे । बुवाको कहानीबाट उनको कलिलो मस्तिष्कमा बसेको बोधता अन्तत: सत्य भयो कि ‘अरुको दास भएर बाँचियो कहिल्यै उठ्न सकिन्न । आफ्नोपनले बाँच्नु नै जीवन हो ।‘ भन्ने उनले सानैमा बुझे । पछि उमेर र मानसिक परिपक्वतासँग आफ्नोपनका बारेमा उनले धेरै बुझ्न थाले । आफ्नो भाषा, सँस्कृति, माटो, ईतिहास र पहिचानबिना आफ्नोपन नहुने उनले बुझे । यै बुझाईबाट निरन्तर लिम्बू भाषा, कला, सँस्कृति, साहित्य र समाजको बिकासको निमित्त लागिरहेका यासेली योङ्हाङ लिम्बू तथा सम्पूर्ण किरातहरूकै गर्बिला स्तम्भ भएका छन् ।
गाउँघरबाट नै आफ्नो कला यात्रा शुरु गरेका यासेलीले दुखिया, गाईने आदि नाटक आफ्नै गाउँमा लेखेर, निर्देशन र अभिनय गरेर शुरु गरेका थिए । नाटक लेखन, निर्देशन, अभिनय मात्र हैन, लिम्बू तथा नेपाली गीत लेखन, लोकगीत सङ्कल र गायन समेत गर्ने यासेली योङ्हाङ भहूप्रतिभाशाली कलाकार हुन् । तेसो त डेनमार्कबाट अभिनय सिकेर आएका यासेलीले लिम्बू तथा नेपाली चलचित्रमा पनि आफ्नो कला देखाईसकेका छन् । लगभग ७ दर्जन जति नाटक त आफैले लेखन-निर्देशन गरिसकेका छन् । लगभग २०० भन्दा धेरै उनका लिम्बू गीतहरू रेकर्ड भएका छन् । लिम्बू गीत लेखनमा यासेली योङहाङ एक्ला नक्षत्र भने पनि फरक पर्दैन कि यासेली योङहाङको नाम निकाल्ने हो भने लिम्बू गीत लेखनमा पूरै खडेरी लाग्न सक्छ ।-भनेर धेरैले भन्ने गर्दछन् ।
भरखरै मात्र ईजरायल र हङकङमा साँस्कृतिक कार्यक्रममा ऐतिहासिक प्रस्तुति सकेर फर्किएका यासेली योङहाङले भारत, भुटान, दक्षिण कोरिया आदि देशहरूमा पनि साँस्कृतिक कार्यक्रम गरिसकेका छन् । किरात मीथक र मुन्धुमका ज्ञाता यासेलीले लेख्ने प्राय: गीत-नाटकहरू चेतना प्रदान गर्ने जुझारू खालका हुने गर्दछन् । चुम्लुङ केन्द्रीय महाधिवेशनबाट सचिवालय सदस्यको रुपमा मनोनित भईसकेका यासेलीको जन्म आमा मनरानी बेघा लिम्बूको कोखमा २०३० साल भदौ ४ गते नागी, पाँचथरमा भएको हो । सुनुहाङ योङहाङको स्वरमा ‘सिक्कुमाङ..भन्ने गीत २०४८ सालमा रेकर्ड भएको उनको प्रथम गीत हो । ‘आनी साक्थिम’ मा पहिलो चोटी उनले गीत गाएका हुन् । ‘सहिदकी आमा’- २०५० सालमा उनले अभिनय गरेको पहिलो चलचित्र हो । नुमाफूङ, चेसुङ, केवाकोक्मा आदिमा उनको जोडदार अभिनय रहेको छ । चेसुङमा उनले काष्टिङ कला समेत प्रदान गरेका छन् । गीतलाई भाषा अनुवाद समेत गर्ने यासेलीले ‘मासेमी’ बलिहाङ, मुन्धुम आदि आफैँले लेखेर-गाएर प्रकाशित गरिसकेका छन् । अटल तुम्बापोको ‘मिक्तोक’मा यासेली योङ्हाङको शब्द,मञ्जु सम्बाहाम्फेको ‘सेप्माङ’ तथा ललिता पतङ्वाको ‘मालाजे’मा उनको सङ्गीत रहेको छ ।
टेली चलचित्र ‘कोप्चे डाँडा, दलन आदिमा समेत काम गरिसकेका यासेलीले बलफ् लिव नेपाली चलचित्रमा पनि काम गरेका छन् ।
साह्रै शालीन, मृदुलभाषी र मिलनशार यासेलीले योङहाङका सबै कार्यहरूको एक-एक टिपोट गर्न यो छोटो लेखमा सम्भव छैन । उनलाई हाक्पारे स्रोताहरूले आफ्ना ‘ठूला आदर्श हाक्पारे गायक’को रुपमा सम्मान गर्ने गर्दछन् । जस्तो सुकै चरित्रमा पनि राम्रो अभिनय गर्ने यासेली योङहाङले प्राय: हाँस्य तथा ठेट सँस्कृति परक कार्यक्रमहरू मञ्चमा प्रस्तुत गरेको देख्न पाइन्छ ।
मुन्धुम, लिम्बू सँस्कृति र ईतिहास तथा भाषाका ज्ञाता यासेली कला सँस्कृति र लोक साहित्यको सेवा गर्दै काठमाडौ र आफ्नै गाउँमा सरोवर बस्ने गर्दछन् । जहिले पनि सकरात्मक पक्षको बढावामा जाँगरिला तथा कला सँस्कृतिको संरक्षण-सम्वर्धनमा मरिमेट्ने यासेली योहाङ ‘आफ्नोपन बिना बाँच्नु सार छैन ।‘ भन्दछन् । सधैं ‘सकेसम्म गर्दै जाउँ !’ भन्ने यासेली योङहाङ साँच्चै नै बौद्धिक र प्राज्ञिक लाग्दछन् ।
For iPhone User
Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS
We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps