‘मिडियाले गर्दा बोल्नेको मात्र पीठो बिक्छ’_ कुशल थलङ ताप्लेजुङको धेरै विकट नाङ्खोल्याङ गाउँलाई देख्दा यो नेपाली सुगम सङ्गीतकोलागि सुगम र उर्वरा भूमि पनि हो भन्ने सायदैले सोच्न सक्दो हुन् । तर यै गाउँमा असोजको रमाईलो मौसमसँग २०४० सालमा जन्मिएका कुशल गायक कुशल थलङले भने मान्छेले परिकल्पना नगरेको कुरा प्रमाणित गर्दै गएका छन् । नेपाली सुगम सङ्गीतमा गायन मार्फत लोकपृयता कमाउँदै नेपाली गीत-सङ्गीतमा सेवा प्रदान गरिरहेका छन् । यति मात्र हैन, गायक कञ्चन थलङ र गायिका प्रकृती थलङ पनि उनका सहोदर भाई बहिनी हुन् । उनीहरू पनि यै गाउँमा जन्मिएका हुन् । ताप्लेजुङका पुराना गायक तथा साहित्यकार केन्द्रबिक्रम थलङका छोरा-छोरी हुन् तीनैजना ।
ए नि हौ लुङ्ङा, सिन्दुर भर्नु एउटा कुरा..., धरान घण्टाघर, मर्नु न बाँच्नु, मेरो माया झुटो भयो, ऋतु राम्रो बसन्तले, सेक्मुरी फुल्यो, यो जिन्दगी, सलल काबेली, पल-पल, पिरतीको हाम्रो यात्रा.. आदि धेरै चर्चित गीतहरू स्रोतालाई दिई सकेका थलङ् अभिनयमा पनि सकृय हुन थालेका छन् । लिम्बू भाषाको ‘हेलुक्वा’ चलचित्र तथा आफ्नै ४ वटा म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् । बाह्य रुपमा आकर्षक, ब्यवहारिक, शालीन र शिष्ट कुशल थलङलाई चलचित्रमा अफर आईरहेको बताउँछन् । ‘गायक रुपमा अगाडी आएकोले गायनलाई नै प्राथमिकता दिन्छु’-उनी थप्छन् । हुन पनि कुशल थलङ् देश-बिदेशका स्टेजहरूमा ब्यस्त छन् र फुटकर गायनमा ब्यस्त छन् ।
आफ्नै बुवा तथा काकाहरू कला-सङ्गीतमा एकदमै रुची राख्ने हुनाले उनीहरूकै प्रभावको कारण गीत-सङ्गीतमा बिस्तारै झुकाव बढेको बताउँछन् । गायनको शुरुवात मै नेपाल टेलिभिजनको चर्चित ‘ब्राईटर तिम्रो सुर मेरो गीत’ बाट चर्चा कमाएका थलङले अनेक सँघ-सँस्थाहरूबाट सम्मान र पुरस्कारहरू पाएका छन् । स्कूले जीवनदेखि नै गायनमा लागेका कुशल थलङले लिम्बू, खस, नेवारी, चलचित्र, लोक, लोक-आधुनिक, आधुनिक आदि गरेर लगभग २०० भन्दा ज्यादा गीतहरूमा स्वराङ्कन गरिसकेका छन् । कुशल थलङ पनि राजेश पायल जस्तै भर्सटायल चर्चित गायक हुन् ।
‘परिवारको श्रेय, सहयोग र समर्थनले नै एकै घरका तीनैजना दाजु-भाई-बहिनी सङ्गीतमा लाग्न सम्भव भएको हो’- कुशल जानकारी दिन्छन् । भाई कञ्चन थलङ लिम्बुवान आईडल हुन भने बहिनी प्रकृती थलङ पूर्वाञ्चल राईजिङ स्टारका विजेता हुन् । ‘उनीहरू आफैँ बुझ्ने र आफ्नो क्यारियर निर्माण गर्ने भईसकेको छन् ।‘-उनी थप्छन् ।
‘साथ’, ‘साथ-२’,’संयोग’ आदि उहाँका चर्चित सोलो एल्बमहरू हुन् । स्टेज कार्यक्रममा युवा फ्यान-स्रोता-दर्शकबाट घेरिने कुशल थलङ सेलिब्रेटी कलाकार हुन् । आफूले चलचित्रमा गाएको ‘मायाको बारीमा..’ गीत आफूलाई निकै मन पर्ने बताउँछन् । मिडियाका कारण बोल्नेको मात्र पीठो बिक्ने बताउँछन् तर सङ्गीतको स्तरियता र मर्म बुझेर मिडियाले गीतहरू बजाउनु पर्छ भन्ने धारणा राख्छन् । गायन-अभिनयबाट नै समाज र राष्ट्रको सेवा गर्ने उनको लक्ष छ ।
For iPhone User
Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS
We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps