---- मुम्चे राई----
नेपाली आदिवासी जनजाति महाँसंघ यूएईको आयोजनामा सेप्टेम्बर १८ र १९ तारिख विभिन्न ठाउँमा बृहत नेपाली साँस्कृतिक कार्यक्रम सहित २० औं विश्व आदिवासी भव्यरुपमा मनाइयो । पहिलो दिन आवुदावीको अलनाडा हाइस्कुलमा र दोश्रो दिन शेख रसिद आडिटोरियम आयोजना गरिएको थियो ।
जीटीभी इण्डियन च्यानलको रियालीटी शो डीआईडी लिटल मास्टर सिजन ३ विजेता नेपालकी छोरी तेरिया फौजा मगरको सम्मान गर्न आयोजना गरिएको कार्यक्रम २९ अगष्टमा आयोजना गर्ने मिति तय भएको थियो । तेरियाकै पासपोर्ट र भिसामा समस्या आएका कारण कार्यक्रमको मिति परिवर्तन गरिएको थियो ।
इभेन्ट लिगल पाटनर साइ इभेन्टसको ब्यानरमा नेपाली कल्चरल शो कार्यक्रम, नेपाल आदिवासी जनजाति महासंघ यूएइका वर्तमान अध्यक्ष डेरराज लमतमु गुरुङको सभापतित्वा र रिगल ग्रूपका प्रमुख वासु स्रोफ 'दादाजी'का प्रमुख आतिथ्यमा सञ्चालन गरिएको यस कार्यक्रमका अन्य अतिथिहरूमा-साइ इभेन्टस बाट मेनेजिङ डाइरेक्टर- नविन नरवानी, जितिभीका प्रमुख- मिस प्रेमा सेट्टी, नेफिन यूएइ का संस्थापक अध्यक्ष यम तमु, एनआरएन मिडिलिस् कोअर्डिनेटर-चन्द्र रोकाह, नेपाली समाज यूएइका अध्यक्ष ज्ञानेन्द्र कार्की लगायत महासंघमा आबद्ध दशै वटा संस्थाका प्रमुख र प्रतिनिधिहरू रहेका थिए ।
प्रमुख अतिथिको बाहुल्यबाट दिप प्रज्वलन र नेपाली राष्ट्रिय गान सँगै उद्घाटन गरिएको यस कार्यक्रममा विभिन्न जात जातिहरूको भेष भूषा प्रदर्शनीले कार्यक्रमको सोभामा महत् पूर्ण भूमिका निर्वाह ग-यो । अतिथि कलाकार डिआइडि लिटिल मास्टार सिजन-3 को विजयीता नेपालकी छोरी तेरिया फौजा मगर र नेपाली चलचित्र 'नोभेम्बर रैन' कि चर्चित नायिका छुल्थिम डोलमा गुरुङ को विभिन्न सानदार प्रस्तुतिहरू सँगै स्थानीय कलाकारहरूको प्रस्तुति पनि अति नै अब्बल रह्यो । पहिचान जन्य संस्कृतिक झाँकी प्रदर्शनीमा थारू समुदायबाट- झुम्रा, नेवापुछ बाट- लाखे, मगर समाज बाट- सोरठी, कियाचु बाट- च्याब्रूङ, र किराया बाट- साकेला प्रस्तुत गरिएका थिए । यसै कार्यक्रमको अवसरमा अतिथि कलाकार द्वय तेरिया फौजा मगर र छुल्थिम डोलमा गुरुङलार्इ सम्मान गर्दै साथमा महासंघमा आवद्द रहेर संस्थालार्इ अमूल्या योगदान पू-याउनु हुने अन्य ब्यक्तिहरूलार्इ पनि सम्मान गरियो ।
यसै अवसरमा प्रमुख अतिथिको तर्फबाट शुभकामना मन्तव्य राख्ने क्रममा रिगल ग्रूपका प्रमुख वासु श्रफले यूएइमा रहेका नेपाली समुदायले गर्ने कुनै पनि पहिचान झल्कने सांस्कृतिक कार्यक्रम गर्दा शेख रशिद अडिटोरियम हल निःशुल्क रूपमा उपलब्ध गरि दिने प्रतिबद्धताको घोषणा गर्नु भयो । एक शो बराबर ३००००/- दिराम लाग्ने सो हल यूएइमा रहेका नेपाली समुदायले निःशुल्क पाउन आफैमा गर्वको विषय हो । ग्राउमि,यूएइ
For iPhone User
Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS
We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps