- देवराज राई
Photo by: Jagat Ambu Gurung
हङकङका युवा नेपाली कलाकारहरुले नेपालमा शिक्षामा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरेको ह्युमन नेचर फाउण्डेशन नेपाल (एचएनएफएन) हङकङको आयोजनामा १७ अगष्ट २०१४ का दिन हेनरी जी लेउङ याउ मा तेई कम्युनिटी सेन्टरमा एक भव्य सांगीतिक कार्यक्रम प्रस्तुत गरे ।
नेपालका चर्चित कलाकारहरु राजेश पायल राई, सुरेश कुमार क्षेत्री, अविनाश घिसिङ, भरत सिटौला लगायतका कलाकारहरु नेपालबाट आएका थिए । विशेषगरी एचएनएफएन नेपालका अध्यक्ष अविनाश घिशिङले नेपाली टोलीको नेतृत्व गरेका थिए । हङकङेली नेपाली कालकारहरुको पनि वेजोड प्रस्तुति रहेको कार्यक्रममा राज तामाङ, गणेश न्यौपाने, विनोद मेखू राई, ईन्द्रदेव राईको प्रस्तुति रहेको थियो । स्थानीय नृत्यकारहरुले कन्टेम्पोररी हिपहप डान्सहरु प्रस्तुत गरेका थिए ।
नेपालमा मानवीय सहयोग गर्ने उद्देश्यले आयोजना भएको मेलोडी नाईटमा अन्य कार्यक्रमहरु भन्दा पृथक नरहेको दर्शकहरुको गुनासो रहेको थियो । नेपालका विपन्न, गरिब तथा अनाथ विधार्थीहरुकालागि शिक्षामा सहयोग गर्ने उद्देश्यले आयोजना भएको कार्यक्रम स्थलमा कुनै त्यस्तो आर्थिक संकलन गरिएन । राजेश पायल राईले भने स्वयंले ५० हजार पारिश्रमिक फिर्तादिने वचन दिएका थिए ।
एचएनएफएनले यस अघि समेत नेपालमा साठीहजार रुपैया बराबरको अध्ययन सामाग्रीहरु विद्यालयमा वितरण गरिएका जानकारी दिएको थियो । कार्यक्रमको संचलन प्रदीप मालबुलले गरेका थिए । कार्यक्रम सफल बनाउन अन्तिम राई, राज तामाङ, गणेश न्यौपाने, विनोद मेखू, रीत गुरुङ लगायतका व्यक्तिहरुले आफ्नो शीप र समय खर्चेका थिए ।
For iPhone User
Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS
We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps