अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायलको आयोजनामा सेप्टेम्बर ४ शनिबार साँझ १४५ औ मोती जयन्ती भव्यताका साथ मनाइयो सोही अवसरमा कवियित्री दीप्स शाह को कबिता संग्रह "आगो" को बिमोचन च्याप्टरका अध्यक्ष र कवियित्री स्वयले सयुँक्त रूपमा विमोचन गरिएको थियो । उक्त कार्यक्रममा इजरायलमा रहनु भएका अन्य थुप्रै साहित्य अनुरागी तथा साहित्यलाई माया गर्ने साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।
गीतकार, गायक तथा युवा संगीतकार चोक गुरुङ्गको एकल संगीत रहेको नवीनतम गीति एल्बम प्रकटमाथि एक बृहत अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ । ब्रुनाईको सेरिया स्थित एक सभाकक्षमा सेप्टेम्बर महिनाको पाँच तारिख आईतवारका दिन उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
काठमाडौं । २०६७ भदौ १८ ।
वाम्बुले राई साहित्य प्रकाशनले 'लिब्जु-भुम्जु पुरस्कार-२०६६' कवि भुवन गर्भा र्राई 'आँसु'लाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कार वाम्बुले राई भाषाको 'लिब्जु-भुम्जु' त्रिभाषीय त्रैमासिक पत्रिकामा वर्षरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिदैआएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएन) हङकङले रमाइलो मेलासहित एनआरएन दिवस भव्यरूपले मनाइने भएको छ। संघद्वारा जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा आयोजित जानकारी सभामा अक्टोबर १० तारिख काउलुन पार्क पियाजामा दिनभर रमाइलो मेलासहित एनआरएन दिवस मनाउने संघले जानकारी दिएको हो।
हङकङ कनेक्शन रेडियो कार्यक्रमको तेश्रो श्रृङखलालाई यहाँ राखेका छौं । कार्यक्रमकालागि विश्वका विभिन्न क्षेत्रहरुबाट प्रतिक्रियाहरु इमेलमार्फत प्राप्त भइरहेका छन् । तपाईहरु मध्ये धेरैले कार्यक्रमलाई प्रशंसा र नेपालभरिकालागि हुने खालको कार्यक्रम बनाउनु पर्यो भनेर अनुरोध गर्नु भएको रहेछ । हामी यसलाई बृहत बनाउँदै अझ धेरै प्रकारका कार्यक्रमहरु उत्पादन गर्दै लैजाने क्रममा रहेका छौं । यस अंकमा ३० अगष्टकादिन प्रशारण भएको कार्यक्रमलाई राखेका छौं ।
हाम्रो ठेगाना हो This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it कार्यक्रम सुन्न तलको बटन दबाउँनुस् ।
Download Embed Embed this video on your site
एचकेनेपाल डट कम-
विगत पाँच वर्षदेखि सञ्चालन हुदै आएको ट्यालेन्ट हण्ट प्रतियोगिताको दुबै शीर्ष उपाधि फिलिपिनोको पोल्टामा पुगेको छ। हङकङको नेपाली समुदायबीच अत्यन्त चर्चित प्रतियोगिता यस वर्षदेखि अन्तर्राष्ट्रिय स्तरमा रूपान्तरण भएपछि नेपाली युवक युवतीहरू पछाडि परेका हुन्।
नेपाली संगीत क्षेत्रको र्सवाधिक ठूलो एवार्ड समारोह टुवोर्ग इमेज एवार्डको १२ आ संस्करणको मनोनयन सूची आयोजक इमेज ग्रुप अफ कम्पनीले पत्रकार सम्मेलन गरी र्सार्वजनिक गरेको छ । साधारण समूहतर्फ६ वटा, विशेष समूहतर्फ१० वटा र म्यूजिक भिडियोतर्फ ५ वटा गरी २१ वटा विधातर्फो मनोनयन सूचिमा प्रत्येक विधामा ५ वटा मनोनयनमा राखिएको छ । यसपालिको मनोनयनमा र्सवाधिक तीन विधामा गायक राजेशपायल राई र गायिका सिने गुरुङ परेका छन् ।
मिस नेपालको यो वर्षको छनौटका लागि देशभरका १८ जना सुन्दरी काठमाडौं आएका छन् । उनीहरु भदौ १६ गते काठमाडौंमा हुने भव्य कार्यक्रममा आफ्नो क्षमता देखाएर मिस नेपालको ताज आफ्नो शिरमा लगाउने सुरसारमा छन् ।
किरात राई यायोक्खा हङकङको आयोजनामा यलम्बर नाईट तेश्रो ३१ जनवरीका दिन याउ मा ते कम्युनिटी हलमा सम्पन्न भयो । कार्यक्रममा गायिका विष्णु चेम्जोङ, श्रेया सोताङ र नवीन राईले आफ्ना गीतहरु प्रस्तुत गरेका थिए । नेपालबाट आएका कलाकारहरुले मात्र सहभागीता जनाएको यलम्बर नाइट तेश्रो कार्यक्रमलाई दुइ भागमा संचालन गरेका थिए ।
तपाईहरुको लेख विचारहरु यहाँ प्रकाशित भएका छन् । तपाईसँग पनि केही सामाग्री भएमा आलोपालोलाई पठाउन सक्नु हुनेछ ।
हङकङ कनेक्सन एक सुन्ने पत्रिका हो । हङकङबाट उत्पादन गरिएको यस कार्यक्रमलाई विजयपुर एफएम ९८.८ बाट हरेक १५ दिनमा प्रशारण हुन्छ । साथै अनलाईनका श्रोताकालागि एचकेनेपाल डटकम र आलोपालो डटकमबाट समेत सुन्न सकिने छ । प्रतिक्रियाकोलागि हाम्रो इमेल ठेगाना हो । hkcradio@gmail.com
त्यसबेलै कानुन मन्त्रालयका सहसचिव कमलशालिक घिमिरेको संयोजकत्वमा गठित छानविन समिति अहिलेसम्म के गरेर बसेको छ अथवा त्यसले कस्तो प्रतिवेदन दियो खोज्न जरुरी छ किनकी दुर्इ वर्ष अघि नै युनिटीलार्इ कार्वाही…
MORE