सुनसरी / अहिले मुलुक लगामबिनाको घोडाजस्तै भएको छ । पढेलेखेका नेताहरुले देशको भविष्य बिगारे । रातमा पनि मलाई देशकै चिन्ताले सताउँछ देशको भविष्य के होला भनेर । धरानमा फलफूलको व्यापार गर्दैआएकी ६५ वर्षिया होमकुमारी बर्देवाले आफनो मनभित्रको चिन्ताको पाको यसरी फुकाउँइन कि उनको कुरा सुनिरहेका ओरिपरिका मानिसहरु पनि स्तब्ध भए ।
धनकुटा / आन्तरिम संविधानमा महिला अधिकारका बिषयमा १ सय ३८ वटा विभेदकारी प्रावधान छन् । यसलाई नहटाए महिलाविरुद्ध भेदभाव कायम रहनेछ । 'अधिवक्ता हिमा बस्नेतले राजनीतिक दलहरुको सहमतिबाट बनेको र लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ल्याइएको अन्तरिम संविधान २०६३ मा राज्यको हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता गराउनु पर्ने उल्लेख गरिए पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो गरिन् ।
उनले भनिन् -राजनैतिक दलहरुमा महिलाहरु निर्णयक तहमा नभएकाले अधिकारहरु कार्यन्वयन गराउन समस्या भएको छ । निर्णायक तहमा महिलालाई राख्नु पर्ने संवैधानिक व्यवस्था भएमात्र महिलाहरुका अधिकार कार्यान्वयन गराउन सकिन्छ । महिलालाई निर्णायक तहमा नल्याएसम्म जति कराए पनि महिलाहरुको समस्या जस्ताकोतस्तै रहन्छ ।'
युग एक्काईशौं शताब्दिमा प्रवेश गरिसकेको छ । नयाँ संविधान बन्ने तयारीमा छ । मुलुक गणतन्त्रमयी भईसकेको छ तर महिला अधिकार भित्र मानव अधिकारले छुन नसकेको स्थिती छ । अझै पनि युगौंदेखी मानि आएको छाउपडी प्रथा जिवीतै छ ।
चिम्ट्याइलो माटोरुपी बालकलाई कुन ढंगले, कस्ता औजारको माध्यमबाट कस्तो कौशलको प्रयोग गरी चाहेको स्वरुपमा ढाल्ने भन्ने हामीमा नै निहित छ । त्यसका लागि अनुकूल वातावरणको सिर्जना पनि कालीगढरुपी अभिभावकमा नै भर पर्दछ । यसका लागि रमाइलो, हार्दिकतापूर्ण, रचनात्मक र शान्त पारिवारिक वातावरणको सिर्जना गर्नुपर्दछ ।
नेपाल एक पर्यटकीय मुलुक हो । यहाँको पर्यटीय विकास अझै अग्रगतिमा ल्याउनका निम्ति सन् २०११ लाई पर्यटन वर्षो रुपमा मनाउने निर्यण सरकारले गरेकेा छ । यसअघि सन् १९९८ लाई नेपाल भ्रमण वर्षघोषणा गरिएको थियो । त्यसको पनि आशय पर्यटक भित्र.याउने किसिमकै थियो । आउँदो वर्षदेशले लाखौ" पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।पर्यटन वर्षमनाउने भन्ने कुराको उद्घोष गर्दैमा आन्तरिक पर्यटकको चहलपहल हुँदैन र वाह्य पर्यटक पनि आउँछन् भन्ने कुनै ग्यारेन्टी छैन ।
- जोफिन इब्राहिम / कराँची -आई.पी.एस्./एन्.पी.आई.) - पाकिस्तानमा महिलामाथि हुने यौनिक दुर्व्यवहारका विरुद्धमा विधेयक पारित हुने अन्तिम चरणमा पुग्दै गर्दा यसका विरुद्धमा पुरुष राजनीतिज्ञ र रुढीवादी समूहले यो कार्य गैर-इस्लामी र महिलालाई भड्काउने भएको बताएका छन् । महिला विरुद्ध हुने यौनजन्य प्रताडनाका सम्बन्धमा पहिलो कानुनी व्यवस्थाको रूपमा फौजदारी कानुन संशोधन ऐन, २०१० मा राष्ट्रपति आसिफ अलि जर्दारीले जनवरी २९ मा हस्ताक्षर गरिसकेका छन् । नागरिक समाज, महिला
डडेल्धुरा िजल्लाका सबै विद्यालयमा अहिले जाडो विदा छ । विद्यार्थीका निम्ति घुमफिर गर्ने यो सुनौलो अवसर हो तर गरिब परिवारका यहाँका विद्यार्थीहरु कामको खोजीमा छन् । कोही जिल्लाकै सदरमुकाममा र कोही भारततर्फ जान थालेका छन् । कलिलो उमेरका यी विद्यार्थीहरु घरगाउँमा देखिएको खाद्यान्न संकट टार्न अभिभावकको साथ लागेर भारततर्फ जान थालेका छन् ।
विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति बाराक ओबामा गत २००९ सेप्टेम्बर ८ तारिखमा एर्लि¨टन भर्जिनिया अवस्थित वेकफिल्ड हाइ स्कूलमा भेला भएका विद्यार्थीलाई आफ्नो विद्यार्थी जीवनकालका तीता-मिठा अनुभव सुनाउन उपस्थित थिए । भेलामा सबैतिरका किन्डरगार्डेनदेखि १२ कक्षासम्मका विद्यार्थी थिए ।
सिराहा जिल्लाको चन्द्रअयोध्यापुर-१ चौहर्बाको मुसहरटोल फोहोर डङगुरमा बसेको छ । यहाँका बालबालिकाहरु फोहोरका टुक्रा हानाहान गरेर खेल्छन् । यस्तो दृष्य यहाँ दिनहु देख्न पाइन्छ । यहँका अभिभावकहरु बालबालिकालाई फोहरमा खेल्नु हुदैन भनेर बताऊँदैनन् । उनीहरु खेल हेरेर दङ्ग पर्छन् । यहाँ ३५ घर दलित बसोबास गर्छन् । यहाँका तीनदेखि १० बर्षम्मका ७२ बालबालिका विद्यालय जाँदैनन, फोहरमै खेलेर दिन बिताउँछन् । यो संख्या स्कूल जाने उमेरका बालबालिकाको आधा जति हो ।
फिदिमको पर्वतीय क्षेत्रका बालबालिकाहरुको विहानभरिको समय बाँदरको पछि पछि कुद्दैमा बित्छ । उनीहरु बेलुकाको समयमा पनि पढ्न पाउँदैनन् । विद्यालय पनि समयमै जान पाऊँदैनन् । उनीहरुको बालकाल पठनपाठनमा भन्दा बढी बाँदर खेद्नमा बित्ने गर्छ । यस क्षेत्रका भिराला पाखामा जुनेलो, मस्याम, कोदो, लालचन र गहुँको बाली लगाईन्छ । यिनै बालीका उत्पादनले वर्षरिको गर्जो टार्नु पर्छ । तर बचाउन सके मात्र । बाली लगाए देखि नउठाएसम्म दिनभरि खेती कुरेर बसिएन भने सबै अन्न बाँदरको खाना बन्छ र भोकमरीको चपेटामा परिन्छ । किनभने यो भेग बाँदरहरुको झुण्ड बस्ने क्षेत्र पनि हो ।