एचकेनेपाल डट कम-
विगत पाँच वर्षदेखि सञ्चालन हुदै आएको ट्यालेन्ट हण्ट प्रतियोगिताको दुबै शीर्ष उपाधि फिलिपिनोको पोल्टामा पुगेको छ। हङकङको नेपाली समुदायबीच अत्यन्त चर्चित प्रतियोगिता यस वर्षदेखि अन्तर्राष्ट्रिय स्तरमा रूपान्तरण भएपछि नेपाली युवक युवतीहरू पछाडि परेका हुन्।
At least eight Hong Kong tourists have been killed and seven others injured after a gunman held a tour group captive for 11 hours aboard a bus in the centre of Manila.
प्रहरीको गोलीद्वारा मृत्युवरण गरेका दिलबहादुर लिम्बूको पत्नी सोनी राईले आफू र आफ्नो परिवारलाई कोरनोर्स कोर्टले न्याय दिलाउन नसके पछि हाइकोर्टमा पुनरावेदन गर्ने भएकी छिन् । जोर्डनमा २३ तारिख सोमबारका दिन एक पत्रकार सम्मेलन गरी लिगल एडबाट मुद्धाकालागि सहयोग हुने पक्का भएपछि मुद्धा दर्ता प्रक्रियामा गइसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
हङकङमा रहेका भारतीय भूपू गोर्खा सैनिकहरु संगठित हुने क्रममा रहेका छन् । भातृत्व विकास र आपासी सहयोग सद्भाव वृद्धिकालागि हङकङमा भारतीय गोर्खा भूतपूर्व सैनिक समाज स्थापनाकालागि अगष्ट २२ तारिख जोर्डनमा एक भेलाको आयोजना गरे ।
हङकङको सबैभन्दा जेठो नेपाली संस्था सुदूरपूर्वी प्रवासी नेपाली संघ (फियोना) हङकङको एघारैा अधिवशे न ४ बुँदे कायतक्रम पारित गर्दै गत १५ अगष्ट आइतबार सम्पन्न भयो ।
वेलायती नेपाली युवा कवि मिजास तेम्बे यति बेला हङकङको भ्रमणमा हुनुहुन्छ । उहाँको उपस्थितिमा हङकङेली नेपाली लेखक साहित्यकारहरुले उहाँको नव कृति कविता संग्रह अर्थ अवतरणमाथि १३ अगष्टका दिन जोर्डमा अवस्थित डीएमपी सेन्टरमा एक अन्तरक्रिया कार्यक्रममा चर्चा परिचर्चा गरे ।
अल्पसंख्यक जातिका लागि सेवा गरे वापत हङकङ सरकारद्वारा 'मेडल अफ अनर'बाट सम्मानित हुन लागेका हङकङ एकिकृत नेपाली समाज (हिन्स)का अध्यक्ष बुद्धिबहादुर थापाले समाजसेवाका नाममा व्यापार गरिरहेको र्सार्वजनिक भएको छ ।
किरात याक्थुङ चुम्लुङ हङकङको आयोजनामा गत जुलाई २५ तारिखका दिन चुम्लुङको नयाँ कार्यसमिति तथा पुरानो कार्यसमिति बीच बुझ बुझारथ एवं कार्यभार हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो ।
सन् २०१० जुलाई २१ तारीख बुधवारका दिन हङकङस्थित हेनरी जी ल्योङ कम्युनिटी हलमा सञ्चालित साहित्यिक कन्सर्टमा कवियत्री केवल गंगा गुरुङको कविता संग्रह "कविता केवल गंगा गुरुङका" को विमोचन प्राज्ञ तथा वरिष्ठ समालोचक ,उत्तरआधुनिक साहित्य लेखनका ब्याख्याता प्रा.डा.गोविन्दराज भट्टरार्इको वाहुलीबाट भयो ।
काठमाडौँ /यसैसाता हङकङमा आयोजना हुने पहिलो एसियाली च्याम्पियनसिपमा नेपालले भाग लिने भएको छ । राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष मीनकृष्ण महर्जनले प्रतियोगितामा भाग लिने नौ सदस्यीय टोलीलाई आज बिदाइ गर्नुभयो ।