धरान / यहाँस्थित कोशी अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी मिङ्मार लामाको निर्देशनमा पत्रकार लीलानाथ घिमिरेमाथि साङ्घातिक आक्रमण भएको भन्दै सुनसरी पत्रकार महासंघले दोस्रो चरणको संघर्षका कार्यक्रम मङ्गलबार सार्वजनिक गरेको छ ।
धरान /दिवङ्गत आफन्तहरुको सम्झना तथा उनीहरुको आत्मशान्तिका लागि बुधबार गाईजात्रा पर्व मनाइँदै छ ।
धरान / पत्रकार लीलानाथ घिमिरेमाथि भएको साङ्घातिक आक्रमणमा संलग्न अभियूक्तहरुलाई कानुनी दायरामा ल्याउन सुनसरी पत्रकार महासंघले अधिकारकर्मी संघ-संस्था र कानुन व्यवसायीहरुसँग परामर्श थालेको छ ।
प्रदीप मेन्याङ्बो / धरान- संचारकर्मीहरुलाई खासै महत्व नदिने भनेर धरानमा आएको बेलै चिनिएका कोशी अंचल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मिङ्मार लामा विरुद्ध संचारकर्मीहरु खनिएका छन् ।
धरान हङकङ मञ्चको आयोजनामा सुनसरी जिल्लाको क्षेत्र नम्बर १ का सभासद् किरण राईको उपस्थितिमा धरानको चौतर्फि विकासमा सहयोग पुर्याउने उद्देश्यले सभासद्को स्वागत तथा सम्मान सहित एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । हिमालयन रेष्टुरेण्ट वानचाइमा १४ अगष्ट साँझ आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा धरानेहरु उपस्थित भएका थिए ।
काठमाडौं- पुस्तक पढ्नकै लागि तपाईंले अब छुट्टै समय निकालिरहनु पर्दैन । फर्सदी भएर ओछ्यान वा टेबुल नै खोजिरहनु पर्दैन । प्रविधिले विकास गरेका विद्युतीय समग्री आइपोड, पेन ड्राइभ, एमपी थ्री, सीडी प्लेयर, घरको डेस्कटप वा ल्यापटप भए तपाईं कथा सुनेर पनि आनन्द लिन सक्नुहुनेछ ।
धरान-११ की साङ्केन राईका आफन्तले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् । साङ्केनलाई अपहरण गर्नेहरुले विभिन्न बहाना बनाएर कारवाहीबाट उम्किन खोजेको उनीहरुको आरोप छ । उनीहरुले बिहीबार पत्रकार सम्मेलन गरी अपहरणकारीलाई छुटाउन जातीय मुद्दा अघि सारिएको जिकिर गरे ।
बाबुराम सुवेदी
धरान-११ की १९ वर्षीया साङ्केन राईलाई अपहरण गरी जबर्जस्ती नक्कली विवाह गरेको आरोपमा धरान-११ का सृजन रसाइली उनका दाजु सुमन अपहरितकै सानीआमा विमला राईलगायत अन्य दुई सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ ।
तपाईँ युवती हुनुहुन्छ अनि चिटिक्क परेर घर बाहिर कुनै पनि काममा निक्लँदै हुनुहुन्छ सावधान रहनुहोस् किनकि तपाईँ जनुसुकैबेला अपहरणमा पर्न सक्नुहुन्छ, राजधानीमा यस्तो गिरोह पत्ता लागेको छ कि जुन गिरोहको नजरमा तपाइर्ँ पर्नुभयो भने तपाईँको जीवन बर्बादीमा मात्र हैन सिङ्गो समाज नै अप्ठ्यारोमा पर्नसक्छ ।
प्राय ठूलठूला कर्न्र्सटहरु मात्र आयोजना हुने युनलङ थिएटरमा जुलाई १३, २०१० का दिन खचाखच नेपालीहरुको उपस्थितिमा भानुजयन्ती सम्पन्न भयो ।आफ्नो भाषा, साहित्य र संस्कृतिको सम्वृद्धिसँगै नेपाली समाज बसाऔँ भन्ने अभियोजना बोकेर हरेक वर्ष आयोजना हुँदै आएको भानुजयन्ती यसपालि पनि बृहतरुपम सम्पन्न भएको थियो ।