-समदर्शी काइँला
सामान्य बहुरङ्गवादीय समालोचनाको सिद्धान्तबापत हामीले प्रतिसमालोचनाको सिद्धान्त अघि सारेका छौं। यौटा सृजनाभित्र धेरै विधाहरुको सम्मिश्रण हुने भएकाले यसलाई प्रतिविधाको न्वारान पनि गर्यौं। प्रतिविधाको शल्यक्रिया प्रतिसमालोचना सिद्धान्तले गर्नुपर्छ, हाम्रो जिकिर। यौटा उत्तरआधुनिक कविताभित्र गीत, निबन्ध,संवाद,कथा आदि जम्मै एक ठाउँमा भेलिएका छन्- लाई अब खाली कविता विधामा राखेर हेर्दा अधकल्चो हुन्छ नै।
स्रष्टालाई निश्चित क्षेत्रमा सीमावद्ध गर्न सकिन्न तर उत्कृष्ट काम गर्ने स्रष्टाको जन्मथलो कहा" भन्नेबारे पनि उत्तिकै चासो रहन्छ । प्रसङ्ग काभ्रेली साहित्य र सहित्यकारबारेको हो । नेपाली साहित्यमा योगदान पुर्याउने काभ्रेली स्रष्टाको खोजबिन गरी साहित्यिक कृति तथा विभिन्न विधाका प्रतिभाहरूको बारेमा खोजमुलक पुस्तक प्रकाशित भएको छ । 'काभ्रेली नेपाली साहित्यको रुपरेखा' नामक विजय सापकोटाद्वारा लिखित पुस्तक काभ्रेली साहित्य सामाजले प्रकाशित गरेको हो ।
- रक्ष राई
सन २०१० जुलाई १० को साँझ इकान्तिपुर डटकम वेवसाइटमा साप्ताहिक पत्रिका 'नेपाल' मा प्रकाशित कवि श्रवण मुकारुङको नविन काव्य कृति 'विसे नगर्चीको बयान' माथि 'कविको हातबाट टाक्सिएका कविता' शीर्षकको समालोचक हरि अधिकारीज्यूबाट गरिएको समीक्षा अध्ययन गर्ने अवसर प्राप्त भयो, जतिखेर हामी नवचेतनाका आग्रहको अनुच्छेद १० लेख्न गइरहेका थियौं । यो लेख्न किन जरुरी भने उक्त समीक्षाले नवचेतना आग्रहको अनुच्छेद १०-स्पष्ट हुन आग्रह गर्यो ।

म सागर
म वायू
म आँधी
म ढुंगा-माटो
म नदि-नाला
म प्रकृति हुँ !
म धर्ती हुँ !
म सिङ्गो पृथ्वी हुँ !
यो समय हो,
मेरो प्रतिकुलताको
त्यसैले म चुपचाप बस्दैछु l
आफ्नो विशेषता बोकेर
अक्षांश परिक्रमा गर्दैछु
बैचारिक गुरुत्वाकर्षण,
उल्का-पिण्डहरुले
ध्रुवीय पोलहरुमा
कही कतै ठक्कर दिदैछ,
तै पनि म चुपचाप छु l
उग्र ओजन तहको मुनि
थिचिएर पनि घुम्दैछु,
अत्यास लाग्दो मान्छेका
बुटका चापहरु छातीमा
अमिट गडेका छन् l
मृत्यु-गीतका ध्वनिप्रदुषणले
मेरो मस्तिष्क चिथोरींदैछ l
बेमेल सपनाका प्रतिच्छायाँहरु
स्वीकारेर आफ्नो प्रेमी आकाश
हेरिरहन बाध्य छु, चुपचाप छु l
किनकी,
यो मेरो प्रतिकुल समय हो l
मेरो भू-गर्भमा चेतनाको ताप बढेर
अनुकुल समयको म्याग्मा बन्दैछ l
ज्वालामुखी भएर बिष्फोट हुँदा
कुन दिन प्रलय हुन्छ?...तर हुन्छ l
जब प्रयल हुन्छ l
आकाश फाट्छ l
सागरमा छाल उर्लिन्छ l
परै देखि आँधी बहन्छ l
त्यहाँ बाढी-पैह्रो जान्छ l
नदी-नालाहरु उर्लिन्छन् l
त्यसबेला,,,,
प्राकृतिक प्रकोप सहनु पर्छ l
भूमण्डलको प्रदुषणले थिचिएको धर्ती
एक दिन प्रलय त हुन्छ-हुन्छ l
किनकि
म सागर
म वायू
म आँधी
म ढुंगा-माटो
म नदि-नाला
म प्रकृति हुँ !
म धर्ती हुँ !
म सिङ्गो पृथ्वी हुँ !
२५ साउन २०६७

आँशु रोकी वेदनाको, घाउ टाल्छु अब !
चेतनाको मूलबाटोमा, पाउ चाल्छु अब !
अन्यायले थिचिएको,पसिनाको न्याय
खोज्नलाई मैले पनि, दाउ फाल्छु अब !
असमान मोल भयो, मान्छे-मान्छे बीच
साफा नाफा बराबरी, भाउ हाल्छु अब !
रुयो वस्ती अध्याँरोमा, हराएर दिन
संघर्षको अगेनामा, नाउ बाल्छु अब !
सहेकै हो थिचोमिचो, पुस्तौं पुस्ता देखि
जरैबाट ज्यादतीको, माउ ढाल्छु अब !