- सुमन जवेगू / धरान
विकाशन्मुख नेपाल जस्ता मुलुकहरुमा गरिबीको कारणले क्रोनिक रोग- मृगौला रोग , डाइवेटिस , हाइपरटेन्शन र ह्रदयघात जस्ता समस्याहरुबाट ८० प्रतिशत मानिसहरुको मृत्यु हुन सक्ने एक तथ्याक र्सार्वजानिक भएको पाइन्छ । यस्ता समस्याहरुले प्रारम्भिक चरणमा खासै कुनै लक्षणहरु देखाउदैन । जब लक्षणहरु देखा पर्छ , यो अवस्था सम्म आइपुग्दा, उपचारको लागि धेरै ढिलो हुन् पनि सक्छ । तर रोकथामको उपया समयमा अपनाएमा सजिलै उपचार गर्न सकिने छ । त्यसैले रोग लागेर निको हुनु भन्दा यसको रोकथाम गर्नु नै उtmम हुने प्रचलित भनाईलाई व्यवहारमा आत्मासाथ गर्दैछन् -प्रा. डा. सञ्जीव कुमार शर्मा ।
-देबेन्द्र कार्की
घाम पश्चिमतिर ढल्कँदै गर्दा सप्तरी हर्दिया-७ कमलपुरका कृर्षकहरुलाई तरकारीको पोको मिलाउन हतारो हुने गरेको छ । आफ्नै करेशाबारीमा मेहनेतले उत्पमदा गरेका बेमौसमी तरकारी नजिकको हाट बजारमा विकि्र गर्न जान उनीहरुलाई हतारो हुने गरेको हो ।
सुनसरी / अहिले मुलुक लगामबिनाको घोडाजस्तै भएको छ । पढेलेखेका नेताहरुले देशको भविष्य बिगारे । रातमा पनि मलाई देशकै चिन्ताले सताउँछ देशको भविष्य के होला भनेर । धरानमा फलफूलको व्यापार गर्दैआएकी ६५ वर्षिया होमकुमारी बर्देवाले आफनो मनभित्रको चिन्ताको पाको यसरी फुकाउँइन कि उनको कुरा सुनिरहेका ओरिपरिका मानिसहरु पनि स्तब्ध भए ।
नेपाली गीत-सङ्गीतमा ख्याती आर्जन गरेर हङकङ आएका धेरै सङ्गीतकर्मीहरुले सारेगामा छाड्न सकेका छैनन्, बरु नया पुस्ता जन्माउँदै, सिर्जनामा लाग्दै प्रवासमै नेपाली सङ्गीतको झण्डा गाडिरहेकाछन् । हङकङबाट अनुशील र देवराज राईको रिपोर्ट
बादलुको घुम्टोले इलाम बजार छोपिन्दा
मैले सबलाई विर्सेर, तिमीलाई सम्झिदा....
जुलाई ४ तारिखकादिन धरान हङकङ मञ्चको छैटौ अधिवेशनले बुद्धिमान सुनुवारको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । नयाँ कार्य समितिको उपाध्यक्षमा मधुकुमार राई, सचिव पदमा चन्द्र लिम्बू, सहसचिव पदमा दिपक रसाइँली र कोषाध्यक्षमा कृष्णवहादुर लिम्बू रहेका छन् ।
धनकुटा / आन्तरिम संविधानमा महिला अधिकारका बिषयमा १ सय ३८ वटा विभेदकारी प्रावधान छन् । यसलाई नहटाए महिलाविरुद्ध भेदभाव कायम रहनेछ । 'अधिवक्ता हिमा बस्नेतले राजनीतिक दलहरुको सहमतिबाट बनेको र लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ल्याइएको अन्तरिम संविधान २०६३ मा राज्यको हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता गराउनु पर्ने उल्लेख गरिए पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो गरिन् ।
उनले भनिन् -राजनैतिक दलहरुमा महिलाहरु निर्णयक तहमा नभएकाले अधिकारहरु कार्यन्वयन गराउन समस्या भएको छ । निर्णायक तहमा महिलालाई राख्नु पर्ने संवैधानिक व्यवस्था भएमात्र महिलाहरुका अधिकार कार्यान्वयन गराउन सकिन्छ । महिलालाई निर्णायक तहमा नल्याएसम्म जति कराए पनि महिलाहरुको समस्या जस्ताकोतस्तै रहन्छ ।'
युग एक्काईशौं शताब्दिमा प्रवेश गरिसकेको छ । नयाँ संविधान बन्ने तयारीमा छ । मुलुक गणतन्त्रमयी भईसकेको छ तर महिला अधिकार भित्र मानव अधिकारले छुन नसकेको स्थिती छ । अझै पनि युगौंदेखी मानि आएको छाउपडी प्रथा जिवीतै छ ।
देवराज राई । तस्बिरः जगत अम्बु गुरूङ
जन्मको आधारमा कर्मभूमि बनाउन हङकङ आएका नेपालीलाई पनि यस फुटबल मेलाले पागलसरी तुल्याएको छ । आठ घन्टादेखि १२ घण्टासम्मको कामकको व्यस्तता अनि त्यसपछि फुर्सदमा निक्लेको समयमा उनीहरु रेष्टुराँ, पब, बारहरुमा फुटबलको प्रत्यक्ष प्रशारण हेर्न पुगिरहेका छन् । यसै फुटबलको पागलपनले गर्दा उनीहरु एकाबिहानै रातै आँखा बोकेर काममा कुद्दै गरेका भेटिन थालेका छन् ।
धरानमा जन्मिएर अमेरिकामा बस्दै आएका नेपालीहरुको संस्था धरान-अमेरिका समाजले यहाँस्थित सरस्वती बाल आश्रमलाई आर्थिक सहयोग जुटाएको छ ।आलोपालो डटकमका सम्पादक एव ब्लाष्ट टाइम्स दैनिकका सहसम्पादक देबेन्द्र कार्कीको संयोजनमा मंगलबार एक कार्यक्रमको आयोजना गरी पत्रकार महासंघ सुनसरीका अध्यक्ष राजेश विद्रोहीले आश्रम साचालक समितिका अध्यक्ष तीर्थ राईलाई २० हजार एक सय रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।