मृत्यु सबैभन्दा ठूलो शल्यकि्रया हो सामान्य शल्यकि्रयामा शरीरको कुनै भाग काटिन्छ तर मृत्युमा यो जड शरीरबाट चेतनालाई खिचेर बाहिर निकालिन्छ । हरेक शल्यकि्रयामा पीडा हुन्छ । त्यस कारण चिकित्सकले शल्यकि्रयापूर्व हरेक बिरामीलाई एनेस्थेसिया दिई बेहोस पार्छन् ।
गोर्खा भर्ती परम्परा अपि्रल २४ १८१५ को दिन प्रारम्भ भएको थियो जुनबेला अर्कोतिर एङ्लो-नेपाल युद्ध पनि जारी थियो ।वास्तवमा बेलायती सैनिक अधिकृतहरु काठमाडौं उपत्यकाका अन्तिम मल्ल राजा जयप्रकाश मल्ललाई सहयोग गर्न कप्तान किनलक नॆतृत्वको सैनिक टुकडीसँग लड्दा गोर्खा हरुले देखाएको बहादुरीबाट नै अत्यन्त प्रभावित भएका थिए । त्यो युद्धमा गोर्खाहरुले किनलकको सैनिक टुकडीको ठृ्लो संख्यालाई हताहत पार्नुका साथै अपराजेय ठानिएको बेलायती सेनालाई पराजयको तितो अनुभव चखाएका थिए ।
हालसालै धरानमा भएको एउटा सांगीतिक कार्यक्रममा म र मेरो मित्र शैलेन्द्र अधिकारी दीप श्रेष्ठको गीत सुन्नकै लागि भनेर उपस्थिति भएका थियौं । हामी भने दीप श्रेष्ठको प्रस्तुतीलाई व्यग्रताका साथ पर्खिरहेको थियो । कार्यक्रम आफनै तालमा चल्दै थियो । यहि क्रममा दीप श्रेष्ठ आफनो प्रस्तुतिको क्रममा स्टेजमा टप्लक्क झूल्किन्छ ।
शप्तकोशीमा उच्चबांध निर्माणका लागि भइरहेको विस्तृत अध्ययन कार्य रोक्नु पर्ने भन्दै तीन दर्जन संघ संस्था र स्थानीय सरोकारवालाहरुले माग गरेका छन् । उनीहरुले उच्चबांध निर्माणले नेपाललाई शतप्रतिशत फाइदा पुग्ने नदेखिए सम्म काम रोक्न दवाव दिन थालेका छन् । ती मध्ये कतिपयले बुझेर त कतिपयले नबुझेर विरोधका लागि विरोध मात्र गरेका छन् ।
गगन नेपाली, अल्जेरिया
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
पूर्वाञ्चलको नै सुन्दर नगरी धरान, जनसहभागिताको अर्को पर्यायवाची पनि हो, त्यसैले त जनसहभागिताको शहर हो नि धरान, शहरको कुना कुनासम फिजिएको कालोपत्रे सडक, भानुचोकमा ठडिएको घन्टाघर, विभिन्न वडा समिति कार्यालय, चिहानघारी बाट मनोरम पार्कमा परिणत भएका पार्कहरुले जनसहभागिताको नै उदाहरण बोकी रहेको छ |
-आई.पी.एस्./ एन्.पी.आई.) सफाई पाएको अन्तिम कागजात हिलोमैलो पानीमा फ्याँकेर २६ वर्षिय सरर्जियो टुलुटुलु मरुभूमितर्फ हेर्दछन् । सानो बच्चा र जीवनका अधिकांश दिनहरू बिताएको एरिजोनाबाट हालैमात्र मेक्सिको फर्काइएका सरर्जियो भन्छन्, 'मैले त्यहीं र्फकनु पर्दछ, त्यो मेरो घर हो ।' अमेरिकी सरकारी कागजात अपर्याप्त भएपछि अन्य आप्रवासी झैं सरर्जियोले पनि चालकको अनुमतिपत्र प्राप्त गर्न सकेनन् । नक्कली परिचयपत्रको प्रयोग गरेको
काठमाडौंको हनुमानढोका पशुपतिनाथ पाटन भक्तपुर नक्साल भगवतीबहाल ज्ञानेश्वरको ढुङ्गेधारानजिकका मन्दिरहरुलगायत उपत्यकाभित्रका अनेकानेक मन्दिरहरुका टुँडाल र बाहिरी भित्तामा लैङ्गिक आकर्षण उक्साउने मूर्ति किन बनाइए यो प्रश्न धेरै मनमा उठ्ने गर्छ । यी चित्र मन्दिरमा बनेका हुँदा धार्मिक आस्थाले भरिएका हामी विरोध गर्ने हिम्मत जुटाउँदैनौं तर मनको कुनामा मन्दिरजस्तो पवित्र ठाउँमा यस्तो दृश्य किन प्रश्न उठिरहेकै हुन्छ ।
विजयकुमार-
'सत्यको खोजी' हामीजस्ता अधिकांश पत्रकार र नेपाली समाजका कथित विश्लेषकहरूको मूल विषय प्रायः रहेन। विरोधका नाममा असभ्य गालीगलौज अथवा समन्वय/समझदारी गर्ने गराउने आवरणमा सत्यसँग सानो-ठूलो सम्झौता गरेर आ-आफ्नो दालभात उद्योगको निरन्तरता हाम्रो चारित्रिक विशेषता बनेको छ।
नेपाली समालोचक र दर्शनका विद्यार्थीबीच भर्खरै चर्चामा आएका भयवादी दर्शनका प्रतिपादक देश सुब्बा हङकङको व्यस्त भीड छिचोल्दै साँझतिर काममा जान्छन् । अनि १२ घण्टाको ड्युटी सकेपछि बिहान ८ बजे र्फकन्छन् । उनी र्फकदा यनलुङस्थित लङ्पिङमा बनेको सरकारी आवासीय भवनको दोस्रो तलामा बसेका छोरा निशाम र श्रीमती सुशिला हुँदैनन् । छोरासहित सुशिलाले एक घण्टाअघि नै कोठा छाडिसकेका हुन्छन् । ग्याँस चुल्हामा खाना भने पाकिरहेको हुन्छ । उनी खाना खान्छन्, पत्रपत्रिका हेर्छन्, नुहाइधुवाइ गर्छन्, कोठा सरसफाइ गर्छन् र डेस्कटप कम्प्युटरमा बसेर विभिन्न समाचारमूलक वेभसाइटहरु खङ्गाल्छन् । आफैले तयार गरेका वेभसाइटमा थप समाचार भर्छन्, कथा, कविता र भयवादी दर्शनलाई सम्पादन गर्छन् ।