
म सागर
म वायू
म आँधी
म ढुंगा-माटो
म नदि-नाला
म प्रकृति हुँ !
म धर्ती हुँ !
म सिङ्गो पृथ्वी हुँ !
यो समय हो,
मेरो प्रतिकुलताको
त्यसैले म चुपचाप बस्दैछु l
आफ्नो विशेषता बोकेर
अक्षांश परिक्रमा गर्दैछु
बैचारिक गुरुत्वाकर्षण,
उल्का-पिण्डहरुले
ध्रुवीय पोलहरुमा
कही कतै ठक्कर दिदैछ,
तै पनि म चुपचाप छु l
उग्र ओजन तहको मुनि
थिचिएर पनि घुम्दैछु,
अत्यास लाग्दो मान्छेका
बुटका चापहरु छातीमा
अमिट गडेका छन् l
मृत्यु-गीतका ध्वनिप्रदुषणले
मेरो मस्तिष्क चिथोरींदैछ l
बेमेल सपनाका प्रतिच्छायाँहरु
स्वीकारेर आफ्नो प्रेमी आकाश
हेरिरहन बाध्य छु, चुपचाप छु l
किनकी,
यो मेरो प्रतिकुल समय हो l
मेरो भू-गर्भमा चेतनाको ताप बढेर
अनुकुल समयको म्याग्मा बन्दैछ l
ज्वालामुखी भएर बिष्फोट हुँदा
कुन दिन प्रलय हुन्छ?...तर हुन्छ l
जब प्रयल हुन्छ l
आकाश फाट्छ l
सागरमा छाल उर्लिन्छ l
परै देखि आँधी बहन्छ l
त्यहाँ बाढी-पैह्रो जान्छ l
नदी-नालाहरु उर्लिन्छन् l
त्यसबेला,,,,
प्राकृतिक प्रकोप सहनु पर्छ l
भूमण्डलको प्रदुषणले थिचिएको धर्ती
एक दिन प्रलय त हुन्छ-हुन्छ l
किनकि
म सागर
म वायू
म आँधी
म ढुंगा-माटो
म नदि-नाला
म प्रकृति हुँ !
म धर्ती हुँ !
म सिङ्गो पृथ्वी हुँ !
२५ साउन २०६७

नूनको भारी बोकेर, मनको धोको पुराउने
ढाकर अनी टोकमा संगै, गाउँ-बेशीमा रमाउने
ए माइला दाइ !!
परदेशबाटै सलाम छ है, मेरो तिमीलाई !!!