
मधुरो जूनको प्रकाश शितल मन्द मन्द बतास छङ्ग खुलेको आकाश स्वच्छन्द डुलेको आभाष तप्प तप्त शित झरेर पात माथी त्यही शितको भारले लच्केको दुवो चौर भरी बिच्छ्याइएको गलैंचा त्यही माथी कोमल पैतालाको डोब । म अघि अघि एउटा छायाँ मेरो पछि पछि हामी गइरहन्छौ निरन्तर अगाडि कहाँ किन थाहा छैन शितमा चिप्लेर लड्न लाग्दा कसैले मेरो हात च्याप्प समाउँछ मसँग मेरो छायाँ छ बस् मलाई्र यति थाहा छ ।

कथा -अपरिभाषित जीवन यात्रा
****************************************************************
एउटा सुन्दर यात्रा
"ल म हिँडे बूढो! ढोका लगाउन आउनु त छोरी ले'र। हिँड्ने बेलाँ छोरीलाई चुप्प गर्नु परो।"
"पर्दैन, छोरीलाई थाहा नदी'कन जाउ। बेकाराँ रुन्छे एकछिन।" तर आमा हिँड्न आँटेको थाहा पाएर छोरी ढोकैमा पुगिसकेछे।
"ल छोरी, बाइ-बाइ गर मामुलाई!" म छोरी बोकेर उभिएँ। छोरी हात हल्लाउँदै रुन थाली सधैंजस्तै।
**************************
ए दिदी, तिमी यति निष्ठुरी नहोऊ।
निर्णय तिमीले के लियौ? भन, भनन। तिमी किन यति स्वार्थी भएकी? आफ्नो इज्जत राख्न आफ्नै रगत बगाउने? आफ्नो मासुको भागलाई आफूदेखि अलग गर्ने? सुन, सुन त त्यसको चित्कार। मैले त सुनिरहेकी छु। उसले भन्दैछ, "आमा, मलाई पनि संसार हेर्ने मौका दिनुहोस् न ।" सुन त त्यसले तिमीलाई 'आमा' भनेर पुकार्दैछ, र त त्यो रुँदैगरेको म सुन्छु " ऐय्या दुख्यो ! मेरो भलुक्क-भलुक्क गर्ने सानो मुटु दुख्यो ", भन्दैछ।
-इन्द्रबहादुर राई
त्यति बेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ । घटना, घटना नै भनूँ, यस्तो भएको थियोः
हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो धेरै ठाउँ र उपन्यासमा पनि धेरै नै पल्ट पढिसकेको लेखिसकेको भए पनि साँच्चै टिस्टाले बहँदै कराएको मैले धीत मारेर सुन्न पाएको थिइनँ ।
कथा - अदृष्य घाउ
-----------------विद्या-सापकोटा
पुराना चप्पलहरु
********************
उनले छोडेर गएका पुराना चप्पलहरु नै मेरो रोग हुन् l न फाल्ने हिम्मत छ, न सजाउने ताकत नै l
जसको फिता चुँडिएको दिन उनि रोएको सम्झिंदा म पो भिज्दोरहेछु आँसुले lनहेरुँ भन्दा भन्दै सबै
भन्दा पहिले नजर त्यहिँ ठोक्किन्छ lअनि ज्वालामुखी जान्छ छातीमा lत्यो सबै-सबै कथाको फिता
चुँडिएर जाँदा म के भएँ हुँला ?
आरु र पैयूँ गजबले फूलेको, भित्तामा माछापुछ्रे सलाम ठोकिरहेको । चिसो मौसममा हातेमालो गर्दै सबेरै हामी प्रकाश सरको कोठामा पुग्थ्यौं । एक घण्टे ट्यूसन सकेर सिधै जनप्रिय क्याम्पसतिर लाग्थ्यौं । मीठा-मीठा कुराकानीको मजाकमा पैदल हिंड्नुको मज्जा थियो । कहिले काहीं ठेश लागेर लडे झैं गर्थें, बिचरा ऊ,आत्तिंदै उठाउँथ्यो,म अझै उसको मन चोरी रहन्थें,'मन चोरीमा कानून छैन' म ढुक्क थिए ।