मिस नेपालको यो वर्षको छनौटका लागि देशभरका १८ जना सुन्दरी काठमाडौं आएका छन् । उनीहरु भदौ १६ गते काठमाडौंमा हुने भव्य कार्यक्रममा आफ्नो क्षमता देखाएर मिस नेपालको ताज आफ्नो शिरमा लगाउने सुरसारमा छन् ।
पूर्वाञ्चलका अनुभवी 'क्यामेरा पर्सन' का रुपमा लोकप्रिय रोजेश शाक्यले अहिलेसम्म दुइ दर्जनभन्दा बढी म्युजिक भिडियो छायाङ्कन गरिसकेका छन् ।पुख्र्यौली व्यवसायको रुपमा घरमै रहेको सुन पसलमा समेत उत्तिकै खट्ने गरे पनि क्यामरा चलाउने काम पर्यो भने उनी व्यापारलाई थाँती राखेर कुदिहाल्छन् । प्राविधिक कामहरुमा सानैदेखिको रुचि रहेकोले क्यामेरा चलाउने बानी बसेको उनी बताउँछन् । धरान- ३ कैलाशपथका स्थायी बासिन्दा रोजेशले त्यसबेला नेपाल टेलिभिजनका स्थानीय संवाददाता मोक्षगोविन्द लाखेबाट क्यामेरासम्बन्धी सामान्य ज्ञान हासिल गरेपछि क्यामेरामा हात बसाएका हुन् ।
देवेन्द्र कार्की ' मायादेवी सुब्बा नेपाली साहित्यमा लामो र छोटो कथा बुन्न सिपालु शिल्पीको नाउँ हो । उनी नारीका लागि अप्ठ्यारो मानिने त्यस समयमा पनि नेपाली भाषासाहित्यको आन्दोलनमा लागिन् । वास्तवमा त्यस घडी नारीलाई कविलेखक भएर हिँड्न त्यति सहज परिस्थिति थिएन । तर उनी आफ्नो रुचिमा दौडँदै हिँडिन् । अथवा भनूँ; त्यस बेला आफ्नो सृजनात्मक प्रतिभा पोख्न उनी सक्रिय भइरहिन् । बाल्यकालमा नै उनी कवितालेखनमा आकृष्ट थिइन् । उनी कृतिगत रूपमा ढिलो जन्मे तापनि फुटकर रचनाकारका रूपमा सातसालको हाराहारीमा उदाएकी थिइन् । त्यति बेला उनको उत्साह विशेष गरी साहित्यमा झयाङ्गिएको थियो ।
अहिले म ८९ वर्षमा हिँड्दै छु । म सन् १९३२ को १० महिना २० तारिखका दिन भर्ती भएर देहरादून पुगेँ । ६ महिना तालिम गर्दागर्दै अफगानिस्तानमा लडाइँ सुरु भयो । हामीले कसम खाएको थिएन । कसम नखाने रेक्रुटलाई फायरिङ रेन्जमा१ नहाल्नु भन्ने माथि आर्मीबाट आदेश आयो । त्यसपछि हामीले लन्डि्रकोटल (लन्डिकोताल, पाकिस्तान) भन्ने जग्गामा कसम खायो । सन् १९३४ सम्म त्यहाँ लडाइँ भयो ।
हङकङको स्थानीय पत्रपत्रिका, टेलिभिजन लगायतका सञ्चार माध्यमहरुमा सर्वाधिक छाइरहने हङकङेली नेपाली कलाकारहरुमा हरि श्रेष्ठ सबैभन्दा अगाडि छन् । हङकङलाई आधार क्षेत्र मानेर मकाउ, जापान, चीनका विभिन्न सहरहरुमा कार्यक्रम गर्नु त उनको पानी पधेरोजस्तै बन्न थालेको छ । स्थानीय चर्चित कलाकारहरुकालागि मिस्टर हृयारी बनेका छन् । आखिर को हुन त हरि श्रेष्ठ ?
हङकङ नेपाल बडिबिल्डिङ एशोसिएशनले आयोजना गरेको मिस्टर हङकङ नेपाल २००९ को प्रतियोगिताको उपाधि पाएका मिस्टर हङकङ नेपाल शम्भुकुमार तामाङलाई शुभ-कामना र बधाइ थाप्न भ्याई नभ्याई भइरहेको छ । टेलिफोन, इमेलहरु दैनिक जसो प्राप्त भइरहेका छन् । दैनिक जीवन यापनमा खासै परिवर्तन नभएता पनि शारीरिक सुसगठन खेलमा लागेकाहरुकालागि उनले पाएको सफल्ता एक ठूलो उदाहरण नै बनेको छ ।
जीवन र प्रकृतिबाट पाएका अनुभूतिहरुलाई रंग र ब्रसको माध्यमद्वारा क्यानभासमा आफ्ना भावनाहरुलाई संग्रह गरी रहेका हङकङेली नेपाली कलाकार हरि गुरुङ हाल पेन्टिङ कलालाई गहिरिएर बुझ्ने प्रयास गरिरहेका छन् । उमेरले ३८ वर्षपुगेका उनी रेखा र रंगसंगै खेली रहेकाछन् ।
नाम जस्तै सुन्दर शालीन व्यवहार भएकी हङकङेली नेपाली युवती सुस्मिता गुरुङ यहाँको नेपाली समुदायमा सक्रियछिन् । नेपाली समुदायको हितमा भइरहने गतिविधिहरुमा सधैं देख्न सकिने उनलाई ट्यालेण्ट हण्ट प्रतियोगिताको २००७ सालको उपाधि प्राप्त भएपछि जीवनमा थप जिम्मेवारी थपिएको महशूष गरिन र कलिलो उमेरमा केही गरौं भन्ने रहर बोकेर हिजोआज पनि उतिकै मात्रामा सक्रिय भएकी छिन् ।