कुनै चलचित्रमा विराज भट्टको मुख्य भूमिका हुनु र त्यसमा कुनै द्वन्द्व दृश्य नहुनु अनौठो नै हुन्छ । झन् विराज भट्टको डबल रोल छ भने द्वन्द्व का रोमाचक दृश्यहरु नहुने कुरै भएन ।
मुनाल फिल्म प्रा.लि. र विन्दवासिनी चलचित्र मन्दिर पोखराको प्रस्तुति रहेको नेपाली कथानक चलचित्र ‘साहसी' को २७ जुन आइतवार साँझ हङकङमा भव्यरूपमा प्रिमियर शो सम्पन्न भयो।
उचाई बढीमा ५ फुटमात्र देखिए पनि हरेक दिन उनको दिनचर्या काठमाडौंका रेकर्डिङ स्टुडियोहरुमा कट्ने गर्दछ । ४ वर्षघिमात्र विराटनगरमा संगीत क्षेत्रमै स्थापित हुने रहरले काठमाडौं छिरेकी मनिषा पोख्रेलको दैनिकी धेरै हदसम्म व्यवसायिक भइसकेको छ ।विराटनगरको स्वर संगम संगीत विद्यालयका गुरु कुशेश्वर र्राईसँग २०५८ सालदेखि केही समय औपचारिक संगीतको ज्ञान हाँसिल गरेकी मनिषा सानैदेखि गायनमा अध्याधिक रुचि राख्ने गर्थिन् ।
धरानमा हुर्के-बढेका नेपाली चलचित्र क्षेत्रका व्यावसायिक पटकथाकार सुरज सुब्बा 'नाल्बो' ले फरक तर व्यावसायिक चलचित्र निर्देशन गरेका छन्- 'बाटोमुनिको फूल' निर्देशक सुब्बा यति मात्र भन्छन्, 'सामाजिक तथा प्रेम कथा छ तर व्यावसायिकको नाममा अहिलेको फर्मूलाभन्दा फरक किसिमले नयाँ टे्रन्ड ल्याउन खोजिएको छ ।'
हङकङमा निर्माण भएको चलचित्र द प्लान गत २७ डिसेम्बरका दिन युकेको रिडीङमा सफल्ता पूर्वक प्रदर्शन गरियो । चलचित्र प्रदर्शनीमा नायक ध्रुव दत्त, नायिका सब्रिना श्रेष्ठ र युद्ध पुन चलचित्र प्रदर्शनीमा उपस्थित थिए ।
एलबी सुब्बाले आयोजना गर्नु भएको चलचित्र प्रदर्शनी बेलुकी ७ बजे गरिएको नायक ध्रुवले आलोपालोलाई जानकारी दिएका छन् । युकेका दर्शकहरुले समेत रुचाइ दिएको चलचित्र द प्लान यस अघि हङकङमा समेत प्रिमियर शो सम्पन्न भइसकेको छ । हङकङ वरपर छाँयांकन गरिएको चलचित्र द प्लान कृष्णवहादुर लामगादेले निर्माण गरेका हुन् । प्रबीन बराइलीको निर्देशन रहेका चलचित्रमा ध्रुव दत्त, जुनु पुन, सब्रिना श्रेष्ठ, युद्ध पुन, शिवकुमार लिम्बू, हेमन्तकृष्ण लिम्बू र हेमराज राईको विशेष भूमिका रहेको छ ।