गीतकार, गायक तथा युवा संगीतकार चोक गुरुङ्गको एकल संगीत रहेको नवीनतम गीति एल्बम प्रकटमाथि एक बृहत अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ । ब्रुनाईको सेरिया स्थित एक सभाकक्षमा सेप्टेम्बर महिनाको पाँच तारिख आईतवारका दिन उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली संगीत क्षेत्रको र्सवाधिक ठूलो एवार्ड समारोह टुवोर्ग इमेज एवार्डको १२ आ संस्करणको मनोनयन सूची आयोजक इमेज ग्रुप अफ कम्पनीले पत्रकार सम्मेलन गरी र्सार्वजनिक गरेको छ । साधारण समूहतर्फ६ वटा, विशेष समूहतर्फ१० वटा र म्यूजिक भिडियोतर्फ ५ वटा गरी २१ वटा विधातर्फो मनोनयन सूचिमा प्रत्येक विधामा ५ वटा मनोनयनमा राखिएको छ । यसपालिको मनोनयनमा र्सवाधिक तीन विधामा गायक राजेशपायल राई र गायिका सिने गुरुङ परेका छन् ।
राजधानी काठमाडौंको दुर्इ बेग्लाबेग्लै कार्यक्रमहरुमा नेपाली संगीत क्षेत्रमा दिएको योगदान स्वरुप संगीतकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
दर्शन नमस्ते गीतको लोकप्रियतासँगै सुगम संगीतमा आफूलाई अब्बल गायकको रूपमा चिनाउन सफल गायक राजेश पायल राई चाहे आफ्नो सिर्जनामा होस् या कुनै रेर्कर्ड राख्ने कुरामा होस् हरेक पल्ट नयाँ नयाँ काम गर्न रुचाउँछन् ।
साँगितिक कार्यक्रम लिएर नेपालबाट ब्रुनाई आएका कलाकारहरुको प्रस्तुतिले ब्रुनाईमा रहेका दोश्रो गोर्खा पल्टन २ आर जी आरका सदस्यहरुलाई भरपुर मनोरंजन दिलायो । गायिका मौसमी गुरुङ , शीला आले गायक पुरुषोत्तम न्यौपाने, नायिका तथा मोडल सम्झना बुढाथोकी र नृत्यकार मदन थापाको टोलि आर जी आरको सोह्रौं बर्षगांठको अवसर पारेर एक साँगितिक कार्यक्रमको निम्ति ब्रुनाई आएको थियो ।
झयाउरे लोकभाकालाई मुनामदनमार्फत लोकप्रिय बनाउन सफल महाकवि देवकोटाका दर्जनौं गीतहरूले शुक्रबार साँझ नेपालयको 'आर'शाला गुञ्जायमान भयो । देवकोटाका गहन शब्दहरूमा पुराना र नयाँ पुस्ताका दश जना संगीतकारका धुनहरू कार्यक्रमममा प्रस्तुत भएका थिए ।
राजधानीको प्रज्ञा भवनमा आइतवार साँझ वरिष्ठ गायक दीप श्रेष्ठले अढाई घण्टासम्म सङ्गीत पारखीलाई मन्त्रमुग्ध बनाए । नेपाली सुगम सङ्गीतका हस्ती दिपको यो एकल साँझ उनकै जन्मथलो धरानप्रति समर्पित थियो ।धरानको खानेपानी समस्या समाधानार्थ प्रचार तथा सहयोग जुटाउने उद्देश्यले धरान सरोकार समाज काठमाडौंले आयोजना गरेको कार्यक्रममा दीपले आपुनै जन्मथलो सम्झिए । र 'मेरो आँखामा भर दिन…',सुनि देउ सानो छँदाको कथा…, बितेका कुरा, म पत्थरको देवता…,हर रात सपनीमा…, पहाडको उकालीमा…, पर्खिबसेँ तिमीलाई…, मेरी मायालु…,दिनको उज्यालोमा…, कोही यसलाई…,झिरमा उनिनु, तिम्रो मनमा बस्न सकु…, ,साइली बरी चियाबारीमा…, जस्ता दुई दर्जन लोकपि्य गीतहरु गाए ।
गएको शनिबार मोरङको डाँगीहाटस्थित डाँगीहाट रंगशालामा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुलाई हेर्न दर्शकहरु बाक्लै उपस्थिति रहेको थियो । हाइट इभेन्ट र डाँगीहाट फुटवल क्लवको आयोजनामा सम्पन्न 'बुद्ध एयर सेभ द जर्नी' नामको कार्यक्रमको सुरुवात धरानको युनाइटेड मल्टी आर्टसको कलाकारहरुको 'सुन्दर शान्त नेपाल' बोलको राष्ट्रिय गीतको नृत्यबाट सुरुवात भएको थियो भने कार्यक्रमको अन्त्य र्राई इज किङ्गको उपाधि पाएका अहिलेका सुपर गायक राजेश पायल र्राईले घुम्न जाऊ धरान बोलको गीत गाएर गरेका थिए ।
काठमाडौं/धरान सरोकार समाज, काठमाडौंको आयोजनामा यही असार ६ गते प्रज्ञा भवन, कमलादीमा साङ्गीतिक कार्यक्रम 'दीप श्रेष्ठ साँझ २०६७' गर्ने भएको छ ।
गहुँगोरो वर्णका अग्ला पियुष श्रेष्ठ अहिले हङकङमा आइतबारबाहेकका सबै दिन काममा व्यस्त हुन्छन् । कुनै समय थियो, जुन बेला उनले गाएको 'ए कान्छी काली' गीतको लोकप्रियता निकै थियो ।