हङकङस्थित साम सुइ पो स्पार्ट सेन्टरमा सन् २०१० अगष्ट ८ तारीख आइतवारको दिन चि दो ताइ क्वान दो एसोसिएसन्को संयोजनमा ६ देखि १७ वर्षउमेर सम्मको महिला तथा पुरुष खुल्ला प्रतिस्पर्धा ताइ क्वान दो खेल इस्पायरीङ र पुम्से(प्याटन)मा ६ देखि माथी सवै उमेरका खेलाडीहरु खुल्ला ताइ क्वान दो खेलमा हङकङका थुप्रै क्लवका खेलाडीहरुले सहभागीता जनाएका थिए ।
हङकङमा आयोजना भएको १० औं एकेएफ जुनियर तथा क्याडेट च्याम्पियनशीपमा इरानले च्याम्पियनशीप जितेको छ ।
हङकङ नेपाली वर्कर्स युनियनको आयोजनमा प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता अगष्ट महिनाको १ तारिख कुनचुङ स्पोर्टस सेन्टरमा सम्पन्न भयो । प्रतियोगितामा पुरुष एकलतर्फ विरेन्द्र थापा प्रथम तथा रोशन सिकर्मी वेष्ट प्लेयर र उपविजयी बन्न सफल भएका थिए ।
सानो क्षेत्रफल भए पनि क्षेत्रीय रङ्गशाला निर्माणका लागि पूर्वाधारको थलो जनसंख्याको घनत्व थोरै भएको तर राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गर्ने उर्बर भूमि धरान खेलकुदको सहर पनि हो । मोफसलको पूर्वाञ्चलमा पहिलोपटक धरानले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका विविध कार्यक्रमअन्तर्गत यही असार ९ गते तदनुसार जुन २३ तारिखका दिन ओलम्पिक डे २०१०ु को आतिथ्य गर्दै मनाउने अवसर प्राप्त गरेको छ ।
हङकङ चाइना बडीबिल्डिङ एसोसियशनको आयोजनामा सम्पन्न भएको शारीरिक सुगठन प्रतियोगितामा दुर्इ नेपाली खेलाडीहरुलाई सफल्ता मिलेको छ । एचकेनेपाल डटकमका अनुसार मिस्टर नेपाल, मिस्टर धर्मश्री सानु गुरुङले मास्टर क्याटागोरी तथा ७५ केजी तौल समुहमा फस्ट रनरअफ सहित बेष्ट पोजिङ उपाधि जितेका छन् ।
युइएफए च्याम्पियन लिग फुटबल प्रतियोगिताको गए राति सम्पन्न भएको फाइनल खेलमा जोशे मोरिन्होको इण्टर मिलान फुटबल क्लबले उपाधि जितेको छ । ४५ वर्ष पछि इण्टरले उपाधि जित्ने सुअवसर पाएको हो । इण्टर मिलानकालागि डिएको मिलीटोले प्रत्येक हाफमा एक-एक गोल बर्षाए पछि २ -० को अन्तरमा बायर्न म्युनिखको च्याम्पियन ट्रफी चुम्ने चाहना चकनाचुर भएको हो ।
हङकङमा रहेका नेपाली टेनिस खेलाडीहरु बीचमा प्रथम मैंत्रीपूर्ण टेनिस प्रतियोगिता जनवरी २४ तारिखका दिन युनलङको टेनिस कोर्टमा सम्पन्न भयो । पुरुष एकल तर्फ ए र बी डीभीजन तथा पुरुष डबल खेल सम्पन्न भएको थियो । पुरुष एकल तर्फ ए डीभीजनमा विकास गुरुङ विजेता तथा मगेन्द्र राई उपविजेता बनेका थिए । बी डीभीजनमा पुरुष एकल तर्फ गेरी लिम्बू विजेता तथा संतोष राई उपविजेता बनेका थिए ।
हङकङ नेपाली बडीबिल्डिङ एशोसिएशनले आयोजना गरेको मिस्टर नेपाल हङकङ २००९ प्रतियोगिताको शीर्ष उपाधि शम्भु तामाङले हात पारेका छन् । हेनरी जी लेउङको सभाहलमा सम्पन्न भएको प्रतियोगितामा लोकेन्द्र परियार फस्ट रनरअप र बेष्ट पोजको उपाधि हात पारेका थिए । दिलिप पोमूको भागमा भने सेकेण्ड रनरअपको उपाधि प्राप्त भएको थियो ।
किरात याक्थुङ चुम्लुङ हङकङको आयोजनामा सम्पन्न भएको सिरिजंगा मेमोरियल एक दिवसीय सीक्स ए साइड फुटबल प्रतियोगितामा सडन डेथ मार्फत गुल्मी फुटबल क्लवले प्रिभे पुटबल क्लवलाई पराजित गर्दै उपाधि प्राप्त गरेको छ । लिग कम नकआउट प्रणालीमा खेलाइएको खेलमा आयोजक टिम सहित १३ टिमहरुले सहभागिता जनाएका थिए । कउलुन पार्कको मिनी सकर पिचमा सम्पन्न भएको प्रतियोगितामा विजयी गुल्मीले ५ हजार हङकङ डलर सहित ट्रफी समेत हात पारेको हो ।