अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायलको आयोजनामा सेप्टेम्बर ४ शनिबार साँझ १४५ औ मोती जयन्ती भव्यताका साथ मनाइयो सोही अवसरमा कवियित्री दीप्स शाह को कबिता संग्रह "आगो" को बिमोचन च्याप्टरका अध्यक्ष र कवियित्री स्वयले सयुँक्त रूपमा विमोचन गरिएको थियो । उक्त कार्यक्रममा इजरायलमा रहनु भएका अन्य थुप्रै साहित्य अनुरागी तथा साहित्यलाई माया गर्ने साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।
काठमाडौं । २०६७ भदौ १८ ।
वाम्बुले राई साहित्य प्रकाशनले 'लिब्जु-भुम्जु पुरस्कार-२०६६' कवि भुवन गर्भा र्राई 'आँसु'लाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कार वाम्बुले राई भाषाको 'लिब्जु-भुम्जु' त्रिभाषीय त्रैमासिक पत्रिकामा वर्षरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिदैआएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएन) हङकङले रमाइलो मेलासहित एनआरएन दिवस भव्यरूपले मनाइने भएको छ। संघद्वारा जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा आयोजित जानकारी सभामा अक्टोबर १० तारिख काउलुन पार्क पियाजामा दिनभर रमाइलो मेलासहित एनआरएन दिवस मनाउने संघले जानकारी दिएको हो।
एचकेनेपाल डट कम-
विगत पाँच वर्षदेखि सञ्चालन हुदै आएको ट्यालेन्ट हण्ट प्रतियोगिताको दुबै शीर्ष उपाधि फिलिपिनोको पोल्टामा पुगेको छ। हङकङको नेपाली समुदायबीच अत्यन्त चर्चित प्रतियोगिता यस वर्षदेखि अन्तर्राष्ट्रिय स्तरमा रूपान्तरण भएपछि नेपाली युवक युवतीहरू पछाडि परेका हुन्।
धरान / यहाँस्थित कोशी अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी मिङ्मार लामाको निर्देशनमा पत्रकार लीलानाथ घिमिरेमाथि साङ्घातिक आक्रमण भएको भन्दै सुनसरी पत्रकार महासंघले दोस्रो चरणको संघर्षका कार्यक्रम मङ्गलबार सार्वजनिक गरेको छ ।
धरान /दिवङ्गत आफन्तहरुको सम्झना तथा उनीहरुको आत्मशान्तिका लागि बुधबार गाईजात्रा पर्व मनाइँदै छ ।
धरान / पत्रकार लीलानाथ घिमिरेमाथि भएको साङ्घातिक आक्रमणमा संलग्न अभियूक्तहरुलाई कानुनी दायरामा ल्याउन सुनसरी पत्रकार महासंघले अधिकारकर्मी संघ-संस्था र कानुन व्यवसायीहरुसँग परामर्श थालेको छ ।
At least eight Hong Kong tourists have been killed and seven others injured after a gunman held a tour group captive for 11 hours aboard a bus in the centre of Manila.
प्रहरीको गोलीद्वारा मृत्युवरण गरेका दिलबहादुर लिम्बूको पत्नी सोनी राईले आफू र आफ्नो परिवारलाई कोरनोर्स कोर्टले न्याय दिलाउन नसके पछि हाइकोर्टमा पुनरावेदन गर्ने भएकी छिन् । जोर्डनमा २३ तारिख सोमबारका दिन एक पत्रकार सम्मेलन गरी लिगल एडबाट मुद्धाकालागि सहयोग हुने पक्का भएपछि मुद्धा दर्ता प्रक्रियामा गइसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
हङकङमा रहेका भारतीय भूपू गोर्खा सैनिकहरु संगठित हुने क्रममा रहेका छन् । भातृत्व विकास र आपासी सहयोग सद्भाव वृद्धिकालागि हङकङमा भारतीय गोर्खा भूतपूर्व सैनिक समाज स्थापनाकालागि अगष्ट २२ तारिख जोर्डनमा एक भेलाको आयोजना गरे ।