यो कृत्सित तिक्डम विशेषतः
खम्बुवानका काङ्ग्रेसी, एमाले र माओवादीले यायोक्खा नामको सामाजिक संस्थामा घुसेर गरिरहेका छन् । कालान्तरमा ०४६ सालको खुकुलो राजनैतिक परिवेशको उपयोग गर्दै केही बुज्रुकहरुले गठन गरेको किरात रार्इ यायोक्खालाई कुञ्जीको रूपमा प्रयोग गरी हात्तीरूपी खम्बुवान र लिम्बुवानलाई प्रहार गर्न थालिएको छ । वास्तवमा किरात रार्इ यायोक्खा भनेको विशुद्ध तत्कालीन 'श्री ५ को सरकार' र वर्तमान नेपाल सरकारमा दर्ता रहेको सामाजिक संस्थामात्र हो र यसको उद्देश्य भाषा, लिपि, संस्कार, संस्कृतिको संरक्षण-सर्म्बर्द्धन गर्नु रहेको छ ।
किरात र्राई यायोक्खा राजनैतिक संगठन नभएकोले यसमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, खरामोलगायतका राजनैतिक संगठनहरुबाट प्रतिनिधित्व गरिरहेका छन् । यक्ष प्रश्न यहीँनेर उठ्दछ, किरात रार्इ यायोक्खा सामाजिक संगठन हो भने किन राजनैतिक स्वार्थ जोडिँदैछ ? हिजो खम्बुवान राष्ट्रिय मोर्चाले जातीय सवाल उठाइरहँदा राजनीतिको जुत्ता बाहिरै फुकालेरमात्र किरात र्राई यायोक्खामा प्रवेश गर्न पाइन्छ भन्नेहरु आज ठूला-ठूला स्वरले किन राजनैतिक भाषण चिच्याइरहेका छन् । यस बहुरूपी चरित्रबाट हाम्रो समुदायमा किन फेरि भ्रम छरिँदैछ ? काङ्ग्रेस,एमाले, माओवादीका नेताहरुले हामीलाई साँच्चै मुक्ति दिन्छन् त ? यो हामीले बेलैमा बुझनुपर्दछ । एकात्मक राज्य संरचना र केन्द्रीकृत शासन प्रणालीका पुजारीहरु (जनजाति उत्थान संघ) बाटमात्र प्रेरित हो भने भन्नु केही छैन । तर, यायोक्खाको खोलले 'जातीय स्वशासनले देश विखण्डन हुन्छ' भन्ने काङ्ग्रेसी-एमालेरूपी डण्डा हामीमाथि चल्यो भने हाम्रो हविगत के होला ? यसबेला एकजना दार्शनिकको कुरा मनन्योग्य छ, 'हे इश्वर, बाहिरको शत्रुसँग म आफै लड्छु, मलाई आफ्नै मित्रबाट बचाइदेऊ ।' रूपमा आफ्नै नाक, अनुहार, रगत भए पनि रूप होइन, चरित्र र प्रवृत्ति बुझनु पर्दछ । त्यसैले मञ्चमा किरात राज्यको पक्षमा चिच्याउने नेताहरुले कुन पार्टीको झोला बोकेका छन् ? उसको पार्टी खाकामा कहाँनेर किरात राज्यको ग्यारेन्टी छ ? उसको पार्टी जातीय राज्यको खाका छैन भने पहिले आफ्नै पार्टीलाई ठीक ठाउँमा ल्याउन आदेश गर्नु पर्दछ ।यसो गर्दैन भने अब यायोक्खाको सदस्यता लिनेहरुले अनिवार्यरुपमा राजनीतिक पार्टीको साधारण सदस्यतासम्म त्यागेर आउनुपर्दछ । यसरी पार्टीत्यागी यायोक्खालाई राजनैतिक नदीमा हेलेर दुर्इवटा डुङ्गाका माझीले पारि तार्ने होइन, निश्चय बीचैमा डुबाउने छ । यो डुबाइसँगै हामी पनि डुब्ने छौं ।
किरात राज्यको कोकोहोलोः
आज ऐतिहासिक, राजनैतिक, भौगोलिक, जनसाङ्ख्यिक र आधारसम्मत लिम्बुवान-खम्बुवान जुरुक्क उठिरहेका बेला किन किरात राज्यको लागि जुरेली रुवाइ ? यो अवश्य मनन् गर्नुपर्ने विषय हो । यो किरायामा भएका सम्पूर्ण लिम्बुवान-खम्बुवानवासीहरुले बुझनु नितान्त जरुरी छ । भोलि राजनैतिक आधार नपुगेर किरात बनेन भने किरात भन्नेहरुको कारणले लिम्बुवान-खम्बुवान पनि नबन्न सक्छ । यसो भयो भने इतिहासमा त्यसलाई के घोषणा गर्ने, गद्दार कि महान् ? त्यसैले राष्ट्र-राज्य (जातीय राज्य) बन्ने आधारहरुबारे स्पष्ट बुझनैपर्दछ । र्सवप्रथम राज्य (जाति) राष्ट्रको आधारमा बन्ने हो । त्यसकारण किरात जाति नभएकोले किरात राज्य होइन, किरात प्रदेश बन्न सक्दछ । फेरि पनि प्रदेशमात्र बन्ने हो भने जातीय मुक्ति सम्भव हुँदैन । किनकि जातीय राजनीतिक सत्ताबाट मात्र जातीय उतपीडनको अन्त्य हुन्छ भन्ने हाम्रो ठहर छ । त्यो
जातीय राज्यसत्ताहरु खम्बुवान स्वायत्तता, लिम्बुवान स्वायत्तता नै हुन् । यसको कुनै विकल्प छैन । यसको ठोस कारण खम्बू र लिम्बूहरु ऐतिहासिक कालखण्डमा मानव विकास चरणको कबिला, गण, जनजाति हुँदै जाति ( राष्ट्र) मा विकसित समुदायहरु हुन् ।
वि.सं. १८३०/१८३२ मा खम्बुवान-लिम्बुवान हडपसँगै सम्पूर्ण अधिकार गुमेको हुनाले 'राज्यसत्ताभन्दा अन्य सम्पूर्ण कुरो भ्रम हो' भन्ने ठहर गर्दै राष्ट्र जातिमा विकसित मानव समुदायले मात्र स्वायत्तता पाउने अधिकार रहन्छ भन्ने मार्क्सवादी र पूँजीवादी राजनैतिक मान्यताको आधारमा पनि खम्बुवान र लिम्बुवान नै बन्नुपर्दछ भन्ने ठहर गरिएको हो । कुनै पनि जाति मानव विकास चरणमा राष्ट्रमा विकसित हुन निश्चित मापदण्ड तय गरेको हुनुपर्ने मान्यताअनुसार (१) साझा ऐतिहासिक भूगोल (२) साझा भाषा, लिपि, संस्कार, संस्कृति (३) साझा राजनैतिक मनोविज्ञान (४) साझा आर्थिक जीवन नै जाति बन्ने आधार हो र यो जाति भएपछि नै स्वायत्तताको माग गर्ने अधिकार रहन्छ ।
आज हामीले बुझनैपर्ने गुदी कुरो यही हो । जाति राष्ट्रको आधारमा खम्बुवान-लिम्बुवान बनिसकेपछि त्यहाँभित्रका थातथलो नखुलेका जाति, भाषिक विविधता, सांस्कृतिक विविधतालाई समेटेर स्वायत्तताभित्रको स्वायत्तता, विशेष स्वायत्तता, स्थानीय स्वशासनको व्यवस्थाद्वारा अन्य जाति राष्ट्रका मापदण्ड नपुगेका जातहरुलाई समायोजन गरिने हो । तर वृहतताको नाममा ऐतिहासिकता र मौलिकता मेट्न खोज्नु हुँदैन । वृहत् किरात फेडरेसनको बहश धेरैजसो व्याख्याकारहरु किरात को-को हुन् भन्नेबारे भ्रामक प्रचारमा लागेका छन् । अझ किरात यायोक्खा त सुनुवार, रार्इ , लिम्बू,याक्खालाई किरातको टेको लगाउन चाहन्छ । यी सम्पूर्ण आधारहीन कुरामात्र हुन् । वास्तवमा पौराणिक ग्रन्थ, किंवदन्ती तथा थुतुरी उक्तिको आधारमा किराती भनेर मद, मदिरा, गोस, किराकिरी खाने, मंगोलियन भनिएको मगर, गुरुङ, ज्यापू, खम्बू, लिम्बूलाई नै भनिएको हो । कालखण्डमा मगर-गुरुङलाई सांस्कृतिक र जातीय आधारमा समाप्त पारियो, ज्यापू मल्लकालमा नै नेवारमा हिन्दूकृत भइसकेको थियो । अन्ततः खम्बू-लिम्बूमात्र अस्तित्वमा किरात बोक्न बाध्य भएको अवस्था हो । यस यथार्थतामा किरातले वृहत् नेपाल नै समेट्ने हुनाले सङ्कुचनमा किरातलाई खुम्च्याउनु हुँदैन । आज लिम्बुवान, खम्बुवान, मगरात, तमुवान, ताम्सालिङ निर्माणपछि वृहत् किरात फेडरेसनमा जाने पाटो खुल्ला राख्दै पर्दछ । आज माओवादीको लघुज्ञानको आधारमा चार जिल्ला किरात, यायोक्खाको लिम्बू-खम्बूमात्र किरात भनियो भने भोलिको वृहतताको कडी टुक्रिन्छ । संगठित शक्ति निर्माणको ढोका बन्द हुन्छ । आज विश्वमा युरोपियन युनियन, र्सार्क, आसियनजस्ता एकीकृत संगठन बनिरहँदा यहाँ पनि भोलि वृहत् किरात एकता हुने निश्चित छ । तर, फेद काटेर टुपो मुनाएको कसरी पाउन सकिन्छ र ? र्सवप्रथम ऐतिहासिकता, मौलिकताको आधारमा लिम्बुवान, खम्बुवान राष्ट्र-राज्य बनाऔं अनि प्रस्थान गरौं, पुनः वृहत् किरात एकताति ।
खम्बू को-को हुन् ?
आज खम्बू भनेका बान्तवा चाम्लिङमात्र हुन् भन्ने भ्रम छरिएको छ । वास्तवमा खम्बूलभन्नाले मुन्धुममा आधारित संस्कार-संस्कृति अथवा जन्मेदेखि मरेसम्म मुन्धुम विधिअनुसार कर्मकाण्ड गर्ने सम्पूर्ण पाछाहरु नै खम्बू हुन् । यसमा सुदूर पूर्वका आठपहरे, याक्खा, लोहोरुङ, यम्फू, मेवाहाङ आदिदेखि सुदूर पश्चिमका थामी, जिरेल, हायू, दनुवार, सुनुवार आदिसम्म सम्पूर्ण खम्बू हुन् । आज एनजीओ, आईएनजीओले हाम्रो पाछा-पाछालाई छुट्याउन चाहेको छ । यो गलत छ । यस संस्थामार्फत् हामीले आफ्नो भाषा, लिपि, संस्कार-संस्कृति जगर्ेनासम्म गर्ने हो । तर, राजनैतिक फुट ल्याउने काम गर्नु हुन्न । यसले हामीलाई कालिदास बन्नुसिवाय केही सिकाउने छैन ।
