हालै नेपालमा लामो समय बिताएर थुप्रै गीतसंगीतको सृजना गर्ने फूर्सद निकाली हाल हङकङमा हुनुहुन्छ । नेपालमा बस्दा उहाँले आफ्नै विषयमा बनेको वृत्तचित्र एवं १५ वटा गीतहरु रेकर्डीङ गर्नु भयो । केही म्यूजिक भिडियो तयारीमा समेत संलग्न हुनुभएको उहाँले दुइवटा चलचित्रहरु लभर् इन सिक्किम र मिशन लिम्बूवानमा संगीतलागि काम गर्ने जिम्मेवारी लिएर फर्कनु भएको छ । हाल पीएच केन्द्रीय प्राथमिक विद्यालयमा नेपाली संगीत शिक्षकको रुपमा समेत नेपाली विधार्थीहरुलाई नेपाली संगीतका बारेमा ज्ञान बाढी रहनु भएको छ ।
दिनेश सुब्बा आखिर को हुन् त ?
नेपाली संगीत आकाशमा दिनेश सुब्बाको नाम नसुन्ने शायद कमै होलान । विशेषतय रामकृष्ण ढकाल र यम वराल चर्चामा आउनकालागि दिनेश सुब्बाकै संगीतमार्फ माथि उक्लिएका थिए । हिजोआज उनीहरु नेपाली गायन क्षेत्रमा नारायण गोपाल पछिका पुस्ताहरुमा असाध्य चर्चित गायकहरुमा पर्दछन् । त्यसोत दिनेश स्वयंले पनि आफ्नै स्वरमा गाएका गीतहरुले पनि उतिकै चर्चा प्रदान गरेको थियो ।
रामकृष्ण ढकालले गाएको "हाम्रो सुन्दर संसार थियो...." यम वराललाई स्थापित गराउँने बुद्धवीर लामाको शब्दमा सुब्बाको संगीत भरिएको "बाँदलुको घुम्टोले इलाम बजार छेकिन्दा.....।" भन्ने गीतले मात्र होइन उनी स्वयंले गाएको "त्रि्रो हाम्रो मनको दुरी बढेजस्तो छ ....।" "थाहा नपाई माया मेरो तिमीसंग बस्यो हैं ....." बोलका गीतहरुले नेपालीहरुमाझ उनलाई आदरणिय बनाएको छ । नेपालका युवा पुस्ताका सबै गायकहरुले उनको संगीतमा गीत गाइसकेको छन् ।
लगभग ३ सयवटा गीतहरुमा संगीत प्रदान गरेका उनले ४० वटभन्दा बढी गीतहरुमा आफैले स्वर भरेका छन् । आफ्नै एल्बम र मनोभावमा एल्बममा संगीत गरेका उनले नेपाल र हङकङमा निर्माण भएका आधा दर्जनभन्दा बढी साना पर्दाका चलचित्रहरुमा समेत संगीत भरिसकेका छन् ।
आजभन्दा ४४ वर्षपहिले सन् १९६२ सालमा बाबा रणवहादुर लिम्बू र आमा अम्बिरा लिम्बूको कोखबाट दार्जिलिङमा जन्मिएको दिनेश सुब्बाको पुख्र्यौली घर पाँचथरको र्सार्थकमा पर्दछ । बीएस्सी तहसम्मको अध्ययान भारतको दार्जिलिङबाटनै पुरा गरेका उनले संगीत विशारद 'डिप्लोमा इन म्युजिक' तहको अध्ययान भने प्रयाग संगीत समिति इलाहबादबाट सन् १९९२ सालमा पुरा गरेका थिए । उनले वेष्ट्रन म्युजिक भने दार्जिलिङ र काठमाण्डौमा अध्ययान गरेका थिए ।
सन् १९८२ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरी "मेरो सस्तो मायाहरुले मलाईनै घाइते बनायो " भन्ने बोलको गीतबाट नेपाली संगीत आकाशमा प्रवेश गरेका उनलाई गोर्खा दुःख निवारक सम्मेल दार्जिलिङको २५ औं रजत जयन्तीको उपलक्ष्यमा बृहत नेपाली संगीत प्रतियोगितामा आधुनिक गीतमा प्रथम र देवकोटा संगीतमा दोश्रो स्थान हासिल गरेका थिए ।
रेडियो नेपालको ३७ औँ जन्मजयन्तीको अवसरमा राष्ट्रव्यापी आधुनिक संगीत प्रतियोगितामा स्वरतर्फप्रथम बनेको उनले तत्कालिन श्री ५ वडामहारानी स्व. ऐर्श्वर्यराज्य लक्ष्मी देवी शाहको ४० औं शुभ जन्मोत्सवको अवसरमा राष्ट्रव्यापी संगीत प्रतियोगितामा स्वरतर्फप्रथम पुरस्कार प्राप्त गरेका थिए । त्यस्तैगरी सन् १९९५ सालमा रेडियो नेपालको जन्म जयन्तीको अवसरमा आयोजित राष्ट्रव्यापी संगीत प्रतियोगितामा उत्कृष्ट संगीतकारको पुरस्कार प्राप्त गरेका थिए ।
किरात याक्थुम चुम्लुङ नेपाल र हङकङबाट अभिनन्दन पाएका उनले झटारो समूह हङकङबाट पनि नेपाली संगीतलाई पुर्याएको योगदान वापत अभिनन्दन गरिएको थियो । महेन्द्र आदर्श विद्याश्रम ललितपुरमा शिक्षक भई काम गरेका उनले नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानमा काठमाण्डौमा सहायक संगीत निर्देशकको ओहदामा काम गर्ने आवसर पाएका थिए ।
हाल श्रीमती र दर्ुइ छोराहरु सहित हङकङमा जीवन गुजारा गर्दै नेपाली संगीतलाई माथि उकास्न चाहान्छन् र यसैमा लागि परेका छन् ।
