हरि श्रेष्ठ एक तबलावादक हुन् जसले चिनियाँ मुलका कलाकारहरु जो पश्चिमाशैलीका गीतहरुमा चर्चित छन् उनीहरुका गीतहरुमा तबलाको ताललाई फ्युजन गरिदिन्छन् बडो हाउभाउ सहित यसैले पनि उनी अन्य नेपाली तबलावादकहरु भन्दा अगाडि छन् । प्राय ज्याज अनप्लगहरुमा तबलाको तालमा आफै मनोरञ्जन गरिरहेको देख्न पाइने उनलाई चिनियाँ दर्शकहरुले पनि ध्यान दिएर मुल्याङ्कन गरिरहेका हुन्छन् । ठूलाठूला कन्सर्टहरुमा मिस्टर हृयारीको छुट्टै पहिचान भएको देख्न पाइन्छ । फेसबुकहरुमा मात्र उनलाई हेर्ने हो भने पनि उनले राखेका तस्बीरहरु जो एशियाका चर्चित कलाकारहरुसँग बसेर कार्यक्रम गरेका छन् । यति स्तरीय कार्यक्रमहरुमा सहभागी हुने उनी एकमात्र नेपाली कलाकार हुन् ।
श्रेष्ठको पृष्ठभूमि
हरि श्रेष्ठको पारिवारिक पृष्ठभूमि काठमाण्डौंको भोटाहिटीमा शुरुभयो ४६ वर्ष अघि, बाबु गुरुदास श्रेष्ठ र आमा इन्द्रमाया श्रेष्ठको छोरा भएर । काठमाण्डौको माहोल र कालमा छिमेकमा बजेको तबलाको आवाज र त्यसबेला उपलब्ध बाजा तबलाले उनलाई आकर्षित गर्यो । भजनमण्डलीमा सिकेको तबलाको ज्ञानले उनलाई देशविदेशमा बाँच्ने आधार बनायो ।
होमनाथ उपाध्यबाट विधिवत प्रशिक्षण लिएका उनले २ वर्षअधिक प्रशिक्षण प्राप्त गरे, प्रयाग संगीत समिति इलाहबादबाटका प्रशिक्षकहरुबाट डिप्लोमा तहको प्रशिक्षण प्राप्त गरे जसले उनलाई तबलासँग खेल्दै २६ वर्ष विताउन ठूलो भूमिका खेल्यो । हाल एक छोरा एक छोरी सहित जीवन संगिनी सहित हङकङमा बसोवासो गर्दै आएकाछन् ।
व्यवसायिक वाद्यवादन
हरि श्रेष्ठ तबला,मादलसँग धेरै नजीक छन् । यसले उनलाई पहिचान मात्र होइन आर्थिक उपार्जनमा महत्वपूर्ण रहृयो । शेराटन -एभरेष्ट) होटलमा आनन्द कार्कीसँग १९८५ सालताका शुरुभएको वाद्यवादन यात्राले उनलाई धेरै अगाडि धकेल्यो ।
सन् १९९१ सालतिर बुलु मुकारुङसँग कार्यक्रम देखाउन हङकङ आइपुगेका श्रेष्ठलाई हङकङले आकार्शिषत गर्यो र नेपाल आउने जाने क्रमले निरन्तरता पाएको थियो ।
उबेला हङकङमा गोर्खाली सैनिकहरुका कार्यक्रममा सहभागी हुन आएका उनी हङकङ शेराटन होटलले उनलाई यही बस्न प्रेरित गर्यो । त्यसपछिका दिनहरुमा विभिन्न इण्डियन तथा नेपाली ठूला रेष्टुरेण्टमा तबलाबादकको रुपमा अगाडि बढी रहे । हाल जेम्स म्युजिक ग्रुपको स्थापना गरेका छन् । उनको संगीतको धरातल बढ्रदै गाएको महशुष गर्न थालेका छन् ।
अन्तराष्ट्रिय कलाकारहरुसँगको सामिप्यता
तबला वादनकै आधारमा हङकङ आधार क्षेत्र भएका अन्तराष्ट्रिय स्तरका कलाकारहरु केली चान, जेनिस भिदाल, जिल भिदाल, मकाउका चर्चित गायक जोन कोङ, यु जिन पाउसँग प्राय अधिक कार्यक्रमहरुमा नेपाली भादगाउले टोपी नेपाली झण्डा अंकित दुक्कीतबलामा उनलाई देख्न पाइन्छ ।
पश्चिमाशैलीको गीतहरुमा शास्त्रीय संगीतको फ्युजन गराउन मन पराउने कलाकारहरुको रेकर्डिङमा पनि उनी पुगेका हुन्छन् । ठूलठूला डिजेक्लवहरुमा तबलाको मोह बढाउदै गएका छन् । यसर्थ पनि हङकङका कलाकारहरु हरिलाई खोज्दै हिड्ना थालेका छन् ।
नेपालीपन र नेपालका कुरा
हरि श्रेष्ठ सहभागी भएका कार्यक्रमहरुमा आफुलाई नेपाली भएकोमा गर्व गर्ने कुरो गर्छन् । नेपाली झण्ड देखाउछन्, ढाका टोपी त उनको पहिचान नै भएको छ । प्राय धेरै भाषामा बोल्न सक्ने क्षमता भएका उनी म्यान्डरिन, क्यान्टोनिज भाषी कलाकारहरुसँग धेरै उठबस हुन्छ तर आफूलाई नेपाली भन्न सधैं रुचाउने गर्छन् ।
हङकङमा आयोजना भएका सबै नेपाली कार्यक्रमहरुमा उनको उपस्थिति हुने गर्छ । अझ नेपाली संस्कृति झल्कने केही बहुसाँस्कृति कार्यक्रम आयोजना भएमा उनी नेपाली समूहको नेतृत्व समेत गरी ती कार्यक्रमहरुमा पुग्ने गरेकाछन् । हरि भन्छन् -"नेपालीपनले मलाई संतुष्ट दिन्छ र मेरो इज्वत पनि बढाएको छ ।"
अन्तमा,
नेपालीपनकालागि नेपाली मन लिएर नेपाली कला जीवन यात्रामा निस्किएका कलाकार हरिलाई आलोपालो डटकमको शुभकामना ।
-
Click to open image!
Click to open image!
-
Click to open image!
Click to open image!
-
Click to open image!
Click to open image!
-
Click to open image!
Click to open image!
-
Click to open image!
Click to open image!
-
Click to open image!
Click to open image!
-
Click to open image!
Click to open image!
-
Click to open image!
Click to open image!
-
Click to open image!
Click to open image!
-
Click to open image!
Click to open image!
-
Click to open image!
Click to open image!
