युवा पुस्तका गायक, गायिका भएका कारण नेपाली समुदायले पनि उनीहरुलाई सम्मान र सत्कार गर्नेको धोइरो लागेको हो । यसै बीचमा ८ फेब्रुअरीका दिन किरात याक्थुङ चुम्लुङले याक एण्ड यती जोर्डनमा कलाकारहरुको सम्मानमा एक सांगीतिक भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुका साथमा नेपालीदेखि आएका सबै कलाकारहरुले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए । उनीहरुलाई स्थानीय कलाकारहरु रोशा लिम्बू, हर्षित आले, विजय गुरुङ लगायतका कलाकारहरुले साथ दिएका थिए ।
कार्यक्रममा चुम्लुङका अध्यक्ष निरप्रसाद लिम्बूले कार्यक्रमको उद्देश्य बारेमा प्रकाश पारेका थिए । सो कार्यक्रमलाई चुम्लुङका सचिव नन्द चङ्सूले संचालन गरेका थिए ।
