'हत्यामा अण्डरवल्र्ड गिरोहको संलग्नता’
सुरक्षा अधिकारीको सोमबार बिहान बसेको आकस्मिक बैठकले शाहको हत्या अन्तर्राष्ट्रिय आतंकवादी साजालले गरेको निष्कर्ष निकालेको छ । सोमबार बिहान गृहराज्यमन्त्री रिजमान अन्सारीको संयोजकत्वमा गृहमन्त्रालयमा बसेको सुरक्षा प्रमुखहरुको बैठकले घटना प्रकृतिअनुसार हत्यामा अन्तर्राष्ट्रिय भूमिगत पेशेवर गिरोहको हात रहेको निष्कर्ष निकालेको छ । बैठकले हत्यामा संलग्नलाई पक्राउ गर्न सबै संयन्त्र परिचालन गर्ने निर्णय पनि गरेको छ । प्रहरी प्रधान कार्यालयले घटनाको अनुसन्धानका लागि विशेषज्ञ र सादा पोसाकका ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको स्रोतले जनाएको छ ।
यसैबीच भारतीय गुप्तचर निकायहरुसँग निकट रहेर आतंकवादी कि्रयाकलाप गर्ने आरोप लाग्ने गरेको छोटा राजन समूहले शाहको हत्याको जिम्मा लिएको छ । एभिन्युज टेलिभिजनले जनाएअनुसार समूहका सदस्य बताउने भरत नेपाली नामका व्यक्तिले टेलिफोन गदै भारतविरोधी कार्य गरेकोले शाहको हत्या गरेको बताएका थिए ।
