सुनसरी क्षेत्र नं. १ का सभासद एवं समितिका संयोजक किरणकुमार र्राईको नेतृत्वमा गएको उक्त टोलीले हेटौडाको खानेपानी व्यवस्थापन बोर्डको बारेमा जानकारी लिएको थियो । हेटौडामा हाल खानेपानीको व्यवस्थापन स्थानीय बोर्डले गर्नेगरेको छ । त्यसैगरी भ्रमण टोलीले कुलेखानीकोर् इन्द्र सरोवरमा पुगी त्यहाँका स्थानीय मार्खु गाविसका बासिन्दाहरुसंग अन्तर्त्रिmया सम्पन्न गरेको छ । सो अन्तर्त्रिmयामा स्थानीय बासिन्दाहरु र आयोजना बीचको समझदारी, लाभको बाँडफाँड सम्बन्धी विषय र व्यवस्थापनको बारेमा चासो राखिएको थियो । आयोजना शुरुभए पछिका लाभ र हानीको विषयमा पनि छलफल गरिएको थियो ।
वातावरण र संस्कृति संरक्षण संघको आयोजनामा गएको उक्त टोलीले काठमाण्डौको शिवपुरी राष्ट्रिय निकुन्जको सुन्दरीजल क्षेत्रको पनि भ्रमण गरेको थियो । राणाकालिन समय देखि नै पानी आपूर्ति गरिरहेको शिवपुरी जलाधार क्षेत्रले हाल काठमाण्डौको कुल खपतमा २० प्रतिशत हिस्सा ओगटेको छ । त्यसैगरी टोलीले धुलिखेल नगरपालिकाको खानेपानी व्यवस्थापनको बारेमा पनि अध्ययन गरेको छ । धुलिखेलले पनि हाल खानेपानीको व्यवस्थापन आफैले संचालन गरिरहेको छ र धुलिखेलको खानेपानी व्यवस्थापन उदाहरणीय पनि रहेको छ । धुलिखेलको खानेपानी सबैभन्दा सुरक्षित र स्वस्थ रहेको पनि जानकारी भयो ।
अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसिएन) को सहयोगमा गएको सो भ्रमणका लागि धरान नगरपालिका, जिविस सुनसरी र उद्योग वाणिज्य संघ सुनसरीले पनि सहयोग गरेको थियो । टोलीमा सातै राजनैतिक दलका प्रमुखहरु, धरान नगरपालिकाका सचिव लगायत उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, सेट नेपाल, एपेक नेपाल, आईयुसिएनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्यसैगरी जलाधार क्षेत्रका वन उपभोक्ता समुहहरु, धरानका पानी उपभोक्ता समितिहरु, संचारकर्मीहरु, पा"चकन्या र विष्णुपादुकाका सचिवहरुको पनि सहभागिता रहेको थियो । भ्रमण अवधिभर जलाधारविद दीपक पौडेलले सहभागीहरुलाई विषयका बारेमा अवगत गराउनु भएको थियो ।
भ्रमण टोलीले आईयुसिएनको नेपालस्थित कार्यालयको पनि भ्रमण गरेको थियो भने धरान सरोकार समाजसंग पनि अन्तक्रिर्या गरेको थियो जहा" दीपक पौडेल र सुरेश घिमिरेले आ-आफ्नो अध्ययनको बारेमा जानकारी गराएका थिए । हाल दीपक पौडेलले र्सर्दु जलाधार क्षेत्रको समग्र अध्ययन र सुरेश घिमिरेले खानेपानी व्यवस्थापनको लागि आवश्यक आर्थिक व्यवस्थापनका बारेमा अध्ययन गरिरहेका छन् जसको प्रतिवेदन अन्तिम अवस्थामा पुगेको जानकारी गर्राईएको छ । धरान सरोकार समाजको अन्तक्रिर्यामा काठमाण्डौमा रहेका धरानका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । भ्रमणको समन्वय वातावरण तथा पर्यटन विकास केन्द्रले गरेको थियो ।
