वरिष्ठ प्याथोलिजिष्ट प्रोफेसर बेले आफ्नो वयानमा दिलवहादुरको मृत शरीर अटोप्सी गरिसकेपछि आफूले पता लगाएको तथ्यहरुको आधारमा दिलवहादुर लिम्वूको कुनै पनि अंगमा वा लगाएको कपडामा खुर्सानीको झोल नलागेको र दिलवहादुरलाई हानिएको गोलीको दिशा लगभग जमीनसंग समानान्तर भएको टिप्पनी उनको लिखित वयानमा दिएपछि विपक्षी अधिवक्ताहरुले प्रोफेसर बेको यस विषयमा टिप्पणी गर्ने योग्यता नभएको भन्दै आपत्ति जनाएपछि प्रोफेसर यस विषयमा उनको ज्ञानको विषयमा वयान लिने कोरोनरले निर्णय सुनाएको थियो । अघिल्लो दिन प्रोफेसर बे भन्दा १८ वर्षजुनियर सरकारी प्याथोलोजिष्ट डाक्टर चियाओलाई माथि भनिएकै विषयहरुमा प्रश्नहरु गर्न कोरोनरले अनुमति दिएको थियो ।
कोरोनरले प्रोफेसर बेलाई प्रहरीले गोली हान्नु भन्दा अगाडि दिलवहादुरलाई छेपेको भनेको खुर्सानीको झोल र गोलीको दिशाको विषयमा वयान दिन अस्वीकार गरेमा दिलवहादुरकी श्रीमति सोनी र्राईले अदालत वहिष्कार गर्ने र पत्रकार माझ आफ्नो गुनासो राख्ने भएको छ। आजकै दिन कोरोनरले निर्ण्र्ाासुनाउने सम्भावना भएकोले आज अदालतमा धेरै नेपालीहरुको उपस्थिति रहेको थियो । कोरोनरको निर्णय सुन्न भोलि दिउँसो सम्म पर्खनु पर्ने भएको छ।
