मध्यान्तरअघिको ४१ औं मिनेटमा धरानका जर्सी नं १७ का राजु राईले प्रहार गरेको कर्नर किक सदुपयोग गर्दै लक्ष्मी श्रेष्ठले नै दोस्रो गोल गरेका थिए । धराने खेलाडीले मध्यान्तरअघि मोरङका खेलाडीलाई पूरै दवाबमा राखेका थिए । मध्यान्तरअघिको २५ औं मिनेटमा मोरङका जर्सी नं ७ का रजीन धिमालले डी बक्सभित्र दिएको पासलाई सदपुपयोग गर्न नसक्दा जर्सी नं १० का सुनिल मगरले गरेको प्रहार गोलपोष्टनजिकबाट बाहिरिएको थियो । २७ औं मिनेटमा जर्सी नं १२ का अनिल धिमालले मोरङका लागि गोल गर्ने अवसर पाएका भएपनि उनले प्रहार गरेको बल गोलपोष्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो ।
३० औं मिनेटमा धरानका जर्सी नं १५ का बुद्ध चेम्जोङले गोलपोष्टनजिक दिएको पासलाई जर्सी नं ७ का लक्ष्मी श्रेष्ठले सदुपयोग गर्न सकेनन् । ४४ औं मिनेटमा मोरङका रजीन धिमालले गोल गर्ने अवसर धरानका अमर लिम्बूले विफल पारिदिएका थिए । मध्यान्तरअघि दवाबमा रहेका मोरङका खेलाडी मध्यान्तरपछि भने आक्रामकरुपमा प्रस्तुत भएका थिए । मध्यान्तरपछिको लगभग पूरै समय बललाई आपुनो नियन्त्रणमा राख्न सफल भए पनि पटक-पटक अवसर मोरङका खेलाडीले सदुपयोग गर्न सकेनन् ।
मध्यान्तरपछि ५८ औं मिनेटमा मोरङका लागि जर्सी नं १२ का अनिल धिमालले गोल गरेर टिमलाई शून्यबाट जोगाए । इन्जुरी समयमा धरानका लागि जर्सी नं
१० का शेखर घिमिरेले चौथो गोल गरेका थिए । बुधबारको खेल झापाको नाइट चेस क्लब र सुनाचो सिक्किकमबीच हुनेछ ।
