अमेरिकामा बसोबास गर्ने नेपाली काँग्रेस समर्थकहरु पहिलो चोटि संयुक्त कार्यक्रम गर्न सफल भएका छन्। उक्त स्वागत कार्यक्रममा नेपाली जन संपर्क समिति अमेरिका एकताको महाधिबेसन तयारी समितीका संयोजक ,अधिबक्ता खगेन्द्र जिसीले महामहिम राजदूत आचार्य र नायब स्थाई प्रतिनिधि शंकर बैरागीलाई परम्परागत खादा र फुलको गुच्छाद्वारा स्वागत अभिनन्दन गर्नुभएको थियो। उक्त समारोहमा जनसंपर्क समितीका पूर्व अध्यक्ष आनन्द बिष्टले पनि उहाँहरुलाई खादाद्वारा अभिनन्दन गर्नु भएको थियो। समारोहमा महामहिम आचार्यलाई न्यू योर्कका बिभिन्न नेपाली संघ संस्थाका अगुवा प्रतिनिधिहरुले हार्दिक स्वागत गरेका थिए । कार्यक्रम नेपाली जनसंपर्क समिति अमेरिका एकताको महाधिबेसन तयारी समितीका संयोजक खगेन्द्र जिसीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन समितीका सह-संयोजक बेदप्रसाद खरेलले गर्नु भएको थियो। कार्यक्रममा जनसंपर्क समिती न्यू योर्क च्याप्टरका पूर्व अध्यक्ष सोमनाथ घिमिरेले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो।
कार्यक्रममा नेपालका ख्यातिप्राप्त गायक ओमबिक्रम बिष्टलाई पनि स्वागत अभिनन्दन गरिएको थियो भने गायक बिष्टले नेपालीहरुको एकता र सम्रिद्धिको कामना ब्यक्त गर्नु भएको थियो। स्वागत समारोहमा महामहिम आचार्यले बोल्दै न्यू योर्कमा आफु नेपाली समुदायले राखेको कार्यक्रममा सहभागि हुन पाउँदा अत्यन्त खुशी लागेको बताउनु हुँदै आफ्नो कार्यकालमा नेपालको दिगो शान्ती र बिकासको लागि अन्तरराष्ट्रिय समुदायसंग सहयोग र समझदारी बढाउन प्रयास गर्ने बताउँदै सबै अमेरिकि नेपालीहरु नेपालको सदभावनादूतको रुपमा अमेरिकि जनताबिच जाने माध्यम र दुई देश बिचको सम्बन्ध सुद्रिढ गर्न पहल खेल्न सक्ने भएको बताउनु भयो। उहाँले अत्यन्त अल्पबिकसित मुलुकहरुको समुह (LDCs) को नेपालले आगामी ३ बर्ष नेत्रित्व गर्ने र यसबिचमा नेपालको पक्षमा उपयोग गर्ने प्रयास गर्ने बताउनु भयो।उहाँले मिसन संयुक्त राष्ट्र संघको दायित्व रहे पनि न्यू योर्क, न्यू जर्सी र कनेक्टिक्ट राज्यका नेपालीहरुलाई सेवा पुर्याउने कर्तब्य पनि भएको जानकारी गराउनु भयो ।
कार्यक्रममा जनसंपर्क समितीका पूर्व अध्यक्ष आनन्द बिष्टले आजका दिन देखी सबै नेपाली काग्रेसका कार्यकर्ताहरुलाई हिजोका दिनका तितामिठा कुराहरु भूलेर एक जुट भइ अगाडी बढ्न आव्हान समेत गर्नुभयो । अमेरिकि नेपाली काँग्रेसी बन्धुबिच सर्ब प्रथम एकता र मेलमिलापको भावना र बातावरण श्रीजना हुनु खुसिको कुरा भएको बताउदै सम्पूर्ण काँग्रेसी बन्धुहरुलाई एकताबद्ध हुन आह्वान गर्नु भयो। कार्यक्रममा अधिबेसन आयोजक समितिका सदस्य कृष्ण पोख्रेलले एकता महाधिबेसनको महत्वमाथि जोड दिदै आ-आफ्नो मन्तब्य राख्नु भएको थियो।
त्यसैगरी, कार्यक्रममा निलम कार्की 'निहारिका' र मुना बेलाबासेले महामहिम आचार्यलाई स्वागत गर्ने क्रममा मिठो कबिता बाचन गरेर बातावरणलाई भाबुक बनाएकी थिइन् । स्वागत कार्यक्रममा मन्तब्य ब्यक्त गर्नु हुने न्यू योर्कका बिभिन्न नेपाली संघ संस्थाका अगुवा अतिथिहरुमा टेक गुरुङ अध्यक्ष, UNDF , डा. बिनोद शाह अध्यक्ष, ANTA/NRN USA, मुना बेलाबासे, अध्यक्ष नेपाल अमेरिका फे्रन्डसिप सोर्साईटिका, मिलन शाही कोषाध्यक्ष, रिजउड नेपलिज सोर्साईटि, गीता खत्री साहित्यकार हुनुहुन्थ्यो।
स्वागत समारोहमा नायब स्थाई प्रतिनिधि शंकर बैरागीले पनि सम्बोधन गर्नु भएको।समारोहमा अर्का काँग्रेसी युबा नेता बंशलाल तामाङले अतिथीहरुलाई आयोजकहरुको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
स्वागत समारोहमा नेपाली जन संपर्क समिति अमेरिका एकताको महाधिबेसन तयारी समितीका संयोजक ,अधिबक्ता खगेन्द्र जिसीले बोल्दै बिगतका बिभाजन र तीतो बैमनस्यतालाई थाँती राखेर नेपाली काँग्रेस केन्द्रिय समितिको निर्देसनअनुसार आगामी मार्च महिनामा नेपालमा हुन गई रहेको पार्टिको १२ औं महाधिबेशन अघी नै नेपाली जनसंपर्क समिती अमेरिकाको अधिबेशन गर्ने चाँजोमा एक भएर अगाडी बढ्न आव्हान समेत गर्नुभयो ।
संयोजक जिसीले आफु गत जनवरी ५ तारिख न्यू योर्कमा स्वर्गबासी आमा भगवती जिसीको अन्तिम संस्कार र काजकृया बस्न नेपाल गएका बेला गत हप्ता न्यू योर्क फर्किनु अघी आफुले काँग्रेस सभापति गिरिजाप्रशाद कोइराला, उपसभापती शुसिल कोइराला, नेताहरु रामचन्द्र पौडेल र शेरबहादुर देउबा लगायतलाई भेटी अमेरिकामा हुन लागि रहेको एकता अधिबेसनको तयारीबारे जानकारी गराएको बताउनु भयो।उहाँले मार्च अगावै अमेरिका भरीका ५० वटै राज्यमा इकाइ अधिबेसनहरु डाकी एकताको राष्ट्रिय महाधिबेसन सम्पन्न गरी छाड्ने प्रतिबद्धता जनाउनु भयो।
