हिजो ३१ जनवरी आईतवार हेनरी जि ले यङ्ग कम्युनिटी सेण्टर यामात्येमा जम्मा भएको किरात राई पत्रकारहरुको बहुमतले किन्दर राईलाई अध्यक्षमा चयन गरेको छ । त्यसैगरी अन्य सम्पूर्ण पदहरुमापनि निर्विरोध निर्वाचित भएका छन ।
उपाध्यक्षमा आलोपालो डटकमका सञ्चालक देवराज राई, सचिवमा मूलबाटो डटकमका ब्याब्स्थापक भोगेन्द्र राई, सह सचिवमा मूलबाटो डट कम तथा चाम्लिङ एचके डट ओर्गका पिताम्बर राई, कोषाध्यक्षमा जेपिटी एचके तथा मूलबाटोका मणी राई (नेर्पा) निर्विरोध चयन भएका छन भने सदश्यहरुमा स्वतन्त्र पत्रकार राई चन्द्र दुमी, एभरेस्ट साप्ताहिक सम्पादक प्रकासक किसन राई, अर्का स्वतन्त्र पत्रकार रमेश नामहाङ, मूलबाटो डटकम तथा खोटांग डट ओर्गका अधिराज राई "प्रकास", सिर्जना डटकम सञ्चालक रविन राई, फोटो पत्रकार तथा मूलबाटोका मातृव्दिप राई र नेपाल डट एच केका आशिष साम्पाङ महेस सम्मिलित कार्य समिति बनेको छ।
किन्दर राईको अध्यक्षतामा तत्काल बैठक गरी समितिले तत्काल गरेको निर्णयस्वरुमा भावी दिनहरुमा कुनै पार्टि जाति र संघ संस्था वा ब्यक्ति कसैलाईपनि काखा र पाखा नगरी आफ्नो सम्बन्धित बिधुतीय पत्रिका र छापा पत्रिकाहरुमा स्थान दिईने र जतिसक्दो किरात पत्रकारहरु छोटो समयमा पत्रकारिताबारे दिक्षित भईरहन आवश्यक अर्न्तर्कृया, प्रशिक्षणहरु सञ्चालन गरिरहनु पर्ने र सो को जानकारी केन्द्रलाई दिईरहनुपर्ने भनिएको छ । त्यसैगरी हुन गईरहेको राष्ट्रिय सम्मेलनमा भर्सक हङकङबाट प्रतिनिधित्व गर्ने र त्यसो गर्न असम्भव भएमा जिल्ला कमीटीले केन्द्रलाई बुझाउँनुपर्ने विधानमा उल्लेखित शुल्क ५ हजार रुपैयाँ र अन्य सहयोग समेत अधिवेशन अगावै त्यता पठाउँने निर्णय गरेको छ ।
अन्तिममा हामी धेरै प्रतिभाशाली पत्रकारहरु लेखकहरु हङकङमा रहेको छौँ कमिटेड हुनुको अर्थ हरेक कमिटेड सदश्यहरुले त्यस्ता प्रतिभाहरुलाई सम्पर्कमा लिई कृयाशिल गर्ने प्रयास गरौँ भन्ने धारणा हुनुपर्छ भनेर किन्दर राईले बैठक समापन गरेका थिए।
