पोखरामा हर्ुर्के बढेका उनी पीएन क्याम्पसमा प्रमाणपत्र तहको अध्ययान गरेका हुन् । सन् १९९७ सालमा हङकङ प्रवेश गरेपछि रेखा र रंगसँग खेल्ने सानैदेखिको सौखलाई पूरा गर्ने अवसर पाएका छन् । सन् २००० सालमा हङकङमा सम्पन्न भएको आर्ट एक्जिविशनमा उनले एक सान्त्वना पुरस्कार पाएपछि उनको कलाप्रतिको झुकाव अझ बढेर गयो । साथीसंगत पनि चीनीया कलाकारहरुसँग भएकोले पनि अवसर र ज्ञान पनि हरिमा बढेर गएको अनुभूति गर्न सकिन्छ । यसर्थ पनि २००० साल यता वार्षिक रुपमा सम्पन्न हुने बृहत चित्रकला पर््रदर्शनीहरुमा समेत भाग लिइरहेका छन् ।
सानैमा नेपाली कलाकार यादवचन्द्र भुर्तेलबाट पेन्टिङको आधारभूत ज्ञान पाएका उनले चिनीयाँ गुरु किन सान चुङबाट दर्ुइ वर्षसम्म प्राइभेट टुयुशन मार्फत अध्ययान गरेका थिए । हरिको पेन्टिङहरुमा प्राय जसो वाटर कलरको प्रयोग भएको पाइन्छ् । बढी जसो पोट्रेट र ल्याण्डस्केपहरुमा उनले समय बिताइ रहेकाछन् । हरि कला क्षमतालाई स्थानीय चीना समुदायका कलाकारहरुले पहिचान गरेकाछन् यसैकारण उनले हङकङमा ठूलाठूला प्रदर्शनीहरुमा सहभागी भई पुरस्कारहरु समेत प्राप्त गरी सकेका छन् ।
हरि क्रिएटीभ प|mेण्डस् आर्टिष्ट एशोशिसनका सदस्य हुन् । यही एशोशिएसनबाट उनले २००६ सालमा आफ्ना पेन्टिङहरुको संगालोलाई कन्ट्री आर्ट म्युजियम हङकङमा एकल प्रदर्शनीको गरेका थिए । पुन हङकङमा एकल प्रदर्शन गर्ने योजना बनाइरहेका छन् । आफ्ना नयाँ सिर्जनाहरुलाई संग्रह गरी रहेका छन् । फूर्सदको समयमा कन्ट्री साइड जान्छन् । क्यान्भासमा रमाउँछन् र नयाँ सिर्जनाहरु लिएर घर फर्कने गरेकाछन् ।
बाबा कर्णवहादुर गुरुङ र आमा भाइश्री गुरुङको ४ छोरा र १ छोरी मध्येमा कान्छा छोराको रुपमा जन्मिएका उनले पेन्टिङ सम्बन्धी स्वअध्ययन गरी नेपाली हङकङमा व्यावसायिक पेन्टिङ कला क्षेत्रमा प्रवेश गरेका छन् । कलाकार गुरुङ हाल परिवारसँगै हङकङमा बसोबास गर्दै आएकाछन् । स्कुले विधार्थीकालदेखि नै रंगहरुमा रमेका हरिले आफ्ना स्ट्रोकहरुमा चहक एवं भावनात्मक रंगहरु खेलाउँदै आएका छन् ।
प्राय नेपाली साथीभाइहरुसँग मिलेर क्रिएटीभ फ्रेण्ड्स एडभेन्चर ग्रुपको स्थापना गरी साथीभाइलाई सहयोग पनि गर्छन् । समाजमा असल काम गर्छु भन्ने मन लिएर उत्कृष्ष्ट कला सृजना गर्न चाहने हरि गुरुङलाई हाम्रो शुभकामना ।
