३१ जनवरी २०१०
मलेसिया / मलेसियामा संघर्षरत साहित्यकार गानिन्द्र विवस सुब्बाको पहिलो कृति उपन्यास 'पिरतीको घर' आइतबार नेपाल पत्रकार महासंघ मलेसियाका उपाध्यक्ष विनो लामाको हातबाट युनिकचेन्चस्थित एनआरएनको कार्यलमा विमोचन भएको छ । मलेसियामा स्थापीत गजलकारको रुपमा समेत चिनिएका सुब्बा तेह्रथुम, फाक्चामारा निवासी हुन् । जिल्लामा छँदै हवाई पत्रिका सम्पादन गर्दै साहित्य फाँटमा सक्रिय रहेर मलेसियामा पनि निरन्तरता दिदै आएका छन् ।