पछिल्लो समय माओवादीले छुट्टै लिम्बुवानको अवधारणा ल्याए पनि 'खम्बुवान' लाई किरात प्रदेशकै नाममा निरन्तरता दिएको देखिन्छ । मुख्यतः किरात शब्द आफैंमा मौलिक नभएको हुँदा यसले किरात राष्ट्र र राष्ट्रियता निर्माण गर्न नसक्ने भएकोले किरात प्रदेशको अवधारणा अन्यौलपूर्ण हुने एकथरी विद्वान्हरुको मत छ । विगतमा आर्यहरुले आफूभन्दा भिन्न नश्ल र सभ्यता भएका जातिलाई सम्बोधन गर्न किरातु शब्द प्रयोग गरेकाले किरात भित्र कुनै निश्चित एक जातिमात्र पर्छ भन्ने तर्क भ्रमपूर्ण देखिन्छ । एसके चटर्जीले आपुनो शोधग्रन्थ 'किरात जनकृति' मा उल्लेख गर्नुभएअनुसार गौतम बुद्ध पनि शुद्ध वा आंशिक किरात थिए । अझ जर्ज म्यान्ड्रिमको मतअनुसार किरात महाजाति हुन् ।
कुन-कुन जातिहरु किरात हुन्
अब प्रश्न उठ्न सक्छ उसो भए को हुन् त किरातहरु यो प्रश्नको जवाफ त्यति सजिलोचाहिँ छैन । किरात इतिहासबारे अध्ययन अनुसन्धान एवम् खोज गर्नेहरुको निष्कर्षले किरात 'जाति' नभएर 'सभ्यता' भएको सत्य देखाउँछ । किरातले कुनै एक निश्चित जातिको प्रतिनिधित्व गर्दैन बरु आर्य सभ्यताभन्दा छुट्टै सभ्यता भएका अनेक जातिहरुको संयुक्त सभ्यतालाई किरात भनिएको देखिन्छ । यसरी हेर्ने हो भने पूर्वी नेपालका राई लिम्बू याक्खा सुनुवारमात्र किरात होइनन् । किरात इतिहास एवम् संस्कृतिका खोज तथा अनुसन्धाता स्व। इमानिसंह चेम्जोङका अनुसार 'वर्तमान समयमा लिम्बू र राईमात्र किरातका रुपमा प्रख्यात भए तापनि गुरुङ मगर थकाली सुनुवार थारु तामाङ शेर्पा कागते लाप्चे मेचे कोचे धिमाल थारु दनुवार किरात हुन् । त्यसरी नै अर्का खोज तथा अनुसन्धानकर्ता डोरबहादुर विष्टका अनुसार ुकिरात सन्तानहरुमा आपुनो मातृभाषाको रुपमा तिब्बत-बर्मेली भाषिकाहरु बोल्ने राई लिम्बू सुनुवार हायू गुरुङ मगर थकाली श्रेचे र काठमाडौंका पहिलेका सम्मिश्रण रहेको कुरामा धेरैको मत मिल्न जान्छ । थारु जातिको चर्चा गर्ने क्रममा राहुल सांकृत्यानले लेख्नुभएअनुसार हिमाली जातिहरुको भाषा तथा कुराको अध्ययनबाट थाहा हुन्छ कि हिमालय र त्यसको तराई क्षेत्रमा पाजाबदेखि कश्मिरसम्म बसोबास गर्ने आदिवासी किरात थिए । त्यस्तै अर्का खोजकर्ता सुनीतिकुमार चटर्जीको भनाइमा कश्मिरदेखि थाइल्याण्डसम्मका हिमाली तथा पहाडी भेगमा बस्ने भोट-बर्मेली तथा चिनी-बर्मेली भाषा परिवारका भाषा बोल्ने सबै मंगोलियनहरु किरात हुन् । यसबाट किरातभित्र बहुल जातिको अस्तित्व भएको कुराको पुष्टि हुन्छ । त्यस्तै श्री गोयलको मतमा नेपालका नेवार लेप्चा मगर गुरुङ यी सबै किरातका विभिन्न शाखा हुन् ।
यसरी किरात कुनै निश्चित जाति नभएर विभिन्न जातिहरुको सामूहिक रुप हो भन्ने तर्क दिने धर्मरत्न यमीका अनुसार हिमालयका विभिन्न क्षेत्रमा बसोबास गर्ने मगर गुरुङ कुसुण्डा खस लिम्बू खम्बू तामाङ चेपाङ धामी भिस्सा न्यानो नोहाङ नेवार इत्यादिको बोलचालबाट थाहा हुन्छ यी जनसमुदाय किरात जातिका थिए । त्यस्तै प्राज्ञ केशवराज िपंडालीका अनुसार ुइतिहासविद्हरुका अनुसार वर्तमान नागाल्याण्डका नागा आसामका खासी गारो तथा चुनिया जातिहरु नेपालका थारु अहिले ज्यापू कहलिएका कतिपय थरीहरु किन्नोर उपत्यकाका किन्नरहरु कुमाउ-गढवालका राजकिरात सबै किराती हुन् । यसरी नै अर्का विद्वान् नरहरिनाथका अनुसार यक्षका सन्तान हौं भन्ने आजका गुरुङ मगर राई लिम्बू सुनुवार याक्खादेखि पहाड र हिमालयमा पाइएका अस्तित्वको सङ्घारमा पुगेका थुप्रै जातिहरु किरात हुन् । त्यस्तै हर्षबहादुर बुढा मगरको मतमा ुहिमालयका विभिन्न ठाउँमा बसोबास गर्ने मगर लिम्बू राई तामाङ च्यापुङ नेवार आदि किरात हुन् । यसरी थुप्रै विद्वान् खोज तथा अनुसन्धानकर्ता इतिहासविद्हरुका अनुसार किरात कुनै निश्चित जाति होइनन् बरु अनेक जातिहरुको संयुक्त सम्बोधन हो भन्ने बुझिन्छ ।
कसलाई भनिन्छ त किरात
आखिर किरातहरु को हुन् र कसरी उनीहरु किरात कहलिए भन्नेबारेमा चर्चा गर्नु पनि सान्दर्भिक हुनेछ । प्राचीन हिन्दू धर्मशास्त्र वेद पुराण स्मृति एवम् संस्कृत साहित्यहरुमा ुकिरातु शब्दको उल्लेख गरिएको पाइन्छ । जहाँ किरातहरुलाई म्लेक्ष गोमांस भक्षक शुद्र मूर्ख आदि शब्दहरुद्वारा अपमानित गरेको पाइन्छ । भगवत् महापुराणमा ुशठ किरातु भनेर लेखिएको पाइन्छ । वेदले आर्यलाई गोरो अग्लो र सुन्दर मोहडाको र किरातलाई काला पहेंला वर्णका आर्यभन्दा पुड्का नेप्टा वैदिक देवताप्रति उदासीन यज्ञ हवन आदि नगर्ने संस्कृतबाहेकका अस्पष्ट भाषा बोल्ने स्नान मन्त्र उच्चारण नगरी खाना खाने जातिका रुपमा वर्णन गरेको छ । यसबाट के स्पष्ट हुन्छ भने किरात स्वयम् जाति नभएर आर्यहरुले आपुूभन्दा छुट्टै सभ्यता भएका भिन्न जातिलाई गरिदिएको नामाकरणमात्र हो भन्ने कुरा बुझ्न सकिन्छ । यस्तै निष्कर्ष छ खोजकर्ता दुर्गाहाङ याक्खा राईको । उहाँका शब्दमा ुआर्य संज्ञाले एक खास नरवंशीय मातृभाषिक र सभ्यताको जातिलाई बुझाउँछ भने त्यस्तै किरात शब्दले पनि सो आर्यको भन्दा विपरीत शरीर संरचनाले पहेंलो रङको चिम्सो नेप्टो पुड्को आकृति भएको भिन्न मातृभाषिक र सभ्यताका जाति तथा उपजातीय समूहलाई जनाउँछ ।
किरात इतिहास र जातिका खोजकर्ता सर जोन हेमिल्टनको निष्कर्ष यस्तो देखिन्छ ुइ।पू। ४००० वर्षअघि पसर्िया खाडीको उत्तरी समतल भूमिमा दुइटा सभ्य जाति बस्दथे । उत्तरी मैदानमा बस्नेलाई ुअकार वंशु र दक्षिणी मैदानमा बस्नेलाई ुसौमर जातिु भन्दथे । सौमर अर्थात् मंगोल वंशको एउटा ठूलो जमात्ले इ।पू। ३००० मा पूर्व दिशामा आई चीन राज्य स्थापना गरेको थियो । यसै मंगोल दलको एक शाखा छुट्टिएर काबुल पाजाब हुँदै गंगा नदीको मैदानमा आई बसोबास गर्न थाल्यो । कैयौं पुस्तापछि आर्यहरुले यिनै सौमर वंशलाई किरात वंश भन्न थालेका हुन् भन्ने प्रमाण महाभारतमा पाइन्छ ।ु प्रसिद्ध इतिहासविद् ब्रायन हड्सनले पनि किरात शासनकालमा किरातहरुको अधिकार क्षेत्र गङ्गा नदीको मैदानसम्म पुगेको स्वीकारेका छन् । त्यस्तै हिन्दू धर्मशास्त्र योगिनी तन्त्रमा पनि किरातको उत्पत्ति काबुलको उत्तर दिशामा रहेको कुशद्वीपबाट बसाइँ सरी आएको कङ्कती नाउँ गरेकी सुन्दरी कन्यासँग महादेवको सहवास हुँदा त्यसको परिणाम ती दुईलाई यथासमयमा एक स्वस्थ्य पुत्रलाभ भयो जसको नाउँ किरात रहेको उल्लेख छ ।
मुन्धुमी भाषाअनुसार काईलाशोको अर्थ नाता सम्बन्धपवित्र आसन हुने भएकोले त्यस बेला हिमाललाई सर्वोच्च आत्मा बस्ने पवित्र स्थान भनी ुकाइलाशोु वा कैलाश भनिन्थ्यो । र यही ुकाइलाशोु शब्द अपभ्रंस हुँदै काइलाशी काइलाती कैरती वा किरात भएको र यहीँ जन्मे हुर्के फैलिएका मानिस नै किराती भएको भनिएको छ । त्यस्तै अर्को तर्कअनुसार पारसी भाषामा पर्वत÷पहाडलाई ुकोहु र माला÷लहरालाई ुलता÷लतिकाु अर्थात् एकपछि अर्को उभिएका असङ्ख्य पर्वतमालालाई एकै शब्दमा ुकोहलातु ुकलातु भनियो । त्यसैले आजको नेपालको सुदूर पश्चिमपट्टि बग्ने सिन्ध नदी हिँडी देखि लिएर पूर्वपट्टि बग्ने ब्रम्हपुत्र नदी हाङपोडी सम्मको पर्वतमालालाई ुकलातु भनिन्थ्यो । सम्भवतः कलातवासीलाई ुकैलातीु केलाती भनियो र अन्ततः अपभ्रंस हुँदै किरात वा किराती भएको भनिएको छ ।
कसलाई किरात भनियो भन्नेबारे डा। स्वामी प्रपन्नाचार्यको मतानुसार संस्कृत शब्द ुकिरु को अर्थ समुन्द्रपर्यन्त भू-भाग हो भने ुअतु शब्दको अर्थ निरन्तर गमन गर्नु हो । त्यसो हुँदा नेपालदेखि समुन्द्रसम्मको भू-भागमा निरन्तर गएर पराक्रमले जितेर शासन गर्ने नै किराती हुन् । अर्को भनाइअनुसार नेपालमा किरात समुदायको उत्पत्ति तीन जातिको सम्मिश्रणबाट भएको भनिन्छ । मुन्धुमअनुसार ती तीन जाति खाम्बोङवा ताङसाङथा र मुनाफेन थिए । खाम्बोङवाहरु हिमाली प्रदेशका प्रथम आप्रवासी थिए । ताङ्साङ्या र मुनाफेन जातिहरु पछि आएर खाम्बोङ्वाहरुसँग मिसिएर एउटा ठूलो जातिको निर्माण भयो । तिनीहरुले हिमाल प्रदेशबाट भारत बर्मा श्याम भियतनाम मलाया फिलिपिन्स द्वीपमा छरिएर राज्यको स्थापना गरी आ-आपुनो इतिहास बनाए । किरात समुदायले उत्तर भारतबाट हिमााचल प्रदेशदेखि आसामसम्म र दक्षिणपूर्वी भारतमा मणिपुरदेखि चटगाउँसम्म ओगटेको इतिहासविद् इमानिसंह चेम्जोङको ठहर छ ।
किरात इतिहासको जरो पहिल्याउँदै जाँदा १० हजार इशापूर्वसम्म पुग्नुपर्ने हुन्छ । इ।पू। १० हजारतिरको सेरोफेरोमा किरात पुर्खाहरु क्यास्पियन सागरको उत्तर-पश्चिमी भागमा बस्दथे । त्यहाँबाट ुरोमाकुपाु भन्ने ठाउँमा सरेर ुमलेख्खाु नाउँले चिनिए । रोमकुपा भन्ने ठाउँमा बस्ने मेलेख्खा किरात पुर्खाहरु ग्रीसको आयोनिया टापुबाट उत्तरी इरान हुँदै बेबिलोनमा आइपुगे । उत्तरी इरानमा यी किरात असुर जातिलाई खम्बोज वा यमन भन्दथे । इशापूर्व ९५ सयको सेरोफेरोमा बेबिलोनबाट दक्षिण इथियोपिया आएका किरातहरुलाई असुर फारो राजवंश भनिए । इथियोपियाबाट मिश्रमा आएका किरात पुर्खाहरु ओसिरे वा ओसिरिस भन्ने नामले चिनिए । मिश्रबाट ओसिरे वा ओसिरिस नामले चिनिने किरात पुर्खा राजाहरु पसर्ियाको पूर्व-उत्तर भएर काबुल हुँदै इशापूर्व ९०० तिर सिन्धु घाँटी उपत्यकामा आएका थिए । यही सिन्धु घाँटीमा किरात असुर राजा सम्बरहरुले १८ पुस्ता एक हजार वर्ष सम्म राज्य गरेको इतिहास छ । यसरी नै पसरया र फारसको एक हाँगो पूर्व दिशा आई चीनबाट विभिन्न समयमा विभिन्न घटनाक्रमसँगै घुमिफिरी किरात पुर्खाहरु नेपाल प्रवेश गरेको तथ्यहरु पाइन्छ ।
हिन्दू धर्मग्रन्थ कुमारसम्भवमा किरातहरु पहाड पर्वत तथा जंगलमा बसोबास गर्ने जंगली आदिवासी भएको वर्णन गरिएको छ । तिनीहरुलाई म्लेच्छको दर्जा दिइएको छ । अर्का भारवीले आपुनो कृति किरातार्जुनीयम् १४औं शताब्दी मा किरातहरु हिमालय क्षेत्रको जंगलमा बसोबास गर्ने निम्नस्तरीय पर्वतेहरु हुन् भनेका थिए । कश्मिरका इतिहासकार तथा १४४० एवम् ११५० इश्वीबीच प्राचीन भारतका प्रथम सुप्रसिद्ध इतिहासकार कल्हणको पुस्तक राजतरंगिनीमा किरातहरु विन्ध्या पर्वत र राजपुतनामा बसोबास गर्ने केही आदिम् जनजातिहरुसँग सम्बन्धित भएको उल्लेख गरेका छन् । मनुस्मृतिमा किरातहरुको उत्पत्ति क्षेत्रीय कुलबाट भएको भनिएको छ । केहीले किरात शब्द केही सिनो तिब्बती आदिवासी नामको संस्कृतकरण हो भनिन्छ । पीसी चौधरीले पनि किरातहरु क्षेत्रीय वंशका थिए भन्ने मनुकै मतलाई समर्थन गरेका छन् । अर्का कश्मिरका बल्लभदेवद्वारा रचित शुभ सीतावली मा किरातहरु शिकारद्वारा जीवन निर्वाह गर्ने निम्नस्तरका पर्वते आदिवासी हुन् भनिएको छ । यसैगरी एचएच विल्सनले किरातहरुलगायत उत्तरका आदिवासीहरु क्षेत्रीय कूलका हुन् भनेका छन् । यसरी नै छेसियस दि निडियनले आपुनो पुस्तक इन्डिका मा ख्रीष्ट ३९८ मा संकलित किरातहरुको विशिष्ट शारीरिक गठन जीवनशैली बसोबास गर्ने प्रवृत्ति सामाजिक-राजनैतिक जीवन शीलस्वभाव बसोबास गर्ने वास्तविक ठाउँबारे उल्लेख गरिएको छ ।
प्रस्तुत तथ्यहरु तथा विभिन्न विद्वान्हरुको मतबाट अन्ततः के निष्कर्षमा पुग्न सकिन्छ भने वर्तमान समयमा लिम्बू राई सुनुवार र याक्खा जातिले मात्र आफूलाई किरात भनाउनुमा कुनै सत्यता छैन । बरु यी जातिहरुका अतिरिक्त अन्य थुप्रै जातिहरु र उनीहरुका सभ्यतालाई किरातु शब्दले प्रतिनिधित्व गर्छ ।
