संभवत ट्यालेण्ट हण्ट प्रतियोगिताको विजेताहरुमा ज्ञान विवेक, क्षमता अनि रुपले पनि सुन्दर उनलाई र्याम्पमा मात्र होइन् । अन्य क्षेत्रहरुमा, सामाजिक क्रियाकलापहरुमा उनको बाक्लो उपस्थितिले हङकङको नेपाली समुदायको हितमा संचालन हुने गतिविधिहरुमा अपरिहार्य जस्तै भएको छ । कार्यक्रम संचालन गर्नु, नेपाली संस्कृतिको बढावा दिनु, अनि दोभाषे सेवा संचालन गर्दै विदेशी नगरिकहरुलाई नेपालको सुन्दरता देखाउन लैजाने गतिविधिहरुमामा संलग्न हुनु उनको विशिष्ट क्षमता हो ।
हाल पेशाले एक सामाजिक कार्यकर्ता सुस्मिता भैरहवामा २१ वर्षअघि बाबा श्यामकुमार गुरुङ र आमा रामकुमारी गुरुङकी जेठी छोरीको रुपमा जन्मिएकी उनको एक बहिनी पनि छ । प्राथमिक तहको अध्ययान भैरहवा नेपालमा र माध्यमिक तथा उच्चतर माध्यमिक तह हङकङबाट पुरा गरेकी उनी सामाजिक शास्त्र तथा पत्रकारिता विषयलाई मन पराउछिन् । उनले माध्यमिक तहका सबै तह डेलिया स्कुल हिप ओबाट पुरा गरेकी हुन् । अध्ययानलाई अझ अगाडि बढाउने प्रक्रियामा लागेकी उनी २००१ सालमा मार्च महिनामा हङकङ आएकी हुन् ।
सानो उमेरमा धेरै अनुभवले पाको बनेकी उनी हाल युनाइटेड क्रिष्टियन नेदर्स होल्ड कम्युनिटी हेल्थ र्सर्भिस सेन्टरमा कार्यरत रहेकी छिन् । यस अघि शिक्षण, क्लर्क र दोभाषेको तथा सामाजिक कार्यकर्ताको अनुभव उनीसंग रहेको छ । प्राइभेट ट्युटर, नृत्य प्रशिक्षकको अनुभव समेत संगालेकी उनी हङकङ सरकारले संचालन गरेको नेपाली भाषाको रेडियो कार्यक्रम नेपाल दर्शनमा पुष्प र्राईसंग मिलेर कार्यक्रम संचालन गरेकी थिइन् ।
पेन्टिङ गर्नु, गीत गाउनु, किताब पढ्नु, नृत्य गर्नु अनि मीठो मीठो खाना पकाउने सौख भएकी उनले ट्यालेण्ट हण्टको उपाधि २००७ सालमा जित्नु अघि सानै छँदा रुपन्देहीमा संचालन भएको मिस लिटल लेडी २००० सालमा विजयी बनेकी थिइन् । स्कले जीवनमा असल, अनुशासित छात्रा एवं गीत गायनमा पुरस्कार पाएकी उनलाई उनको सफलतालाई कदर गर्दै तमू ट्यो हृयुल हङकङ र सिर्द्धार्थ परिवार हङकङले सम्मान गरिसकेको छ ।
नेपाल र नेपालाी भाषालाई असाध्य माया गर्ने उनी जहाँ गए पनि नेपाल र नेपालीकोलागि काम गर्नु पर्छ भन्ने सोचाइ विचार लिएर अगाडि बढेकीछिन् । हङकङको नेपाली मोडलिङलाई सम्माननीय बनाउदै यसको विकास गर्नु पर्छ भन्ने सोचाइ लिएकी उनी हङकङमा मोडलिङमा निरन्तरता दिने र यसको विकासमा लाग्ने मानिसको अभाव महशुष गरेकीछिन् । ट्यालेण्टको आयोजनाले धेरै युवाहरुलाई हौसाएको अनि सहयोग गरेको बताउने उनी ट्यालेण्ट हण्टको आयोजक ममिता गुरुङको युके पलायनले उनलाई, उनीहरुको अभाव खड्किएको अनुभूति गर्न थालेकीछिन् । उनी भन्छिन् "ममिता दिदीहरुले यहाँको समाजलाई धेरै गुण लगाउनु भयो । उहाँहरु नभएको भए नयाँ पीडिले अगाडि बढ्ने अवसर पाउने थिएनन् । व्यत्तिगत कारणले युके जानु भयो । सोसिएल्ली रुपमा सोच्दा उहाँहरु नगएको भए उत्तम हुन्थियो ।" यद्यपि आफु यहाँ रहुन्जेल ट्यालेण्ट हण्टलाई निरन्तरता दिने प्रयासमा लाग्ने बताएकी छिन् ।
घरमा जेठी छोरी, परिवारको सहयोग पाएकी उनी आफुलाई असल मातापिता पाएकोमा गर्व गर्छिन् । सकरात्मक सोचाई लिएर परिवारले मलाई हौसला दिएको । नेपाल हङकङ सबैतिरका परिवारका भाइबहिनीकालागि रोल मोडल बन्ने सपना बोकेको आफुले केही हदसम्म पुरा गर्न सकिरहेकोमा खुशी बनेकी छिन् । फूर्सदमा घरमा बिताउनु, आमालाई सरसहयोग गर्नु उनको दिनचर्या बनेको छ । सुन्दर शालनी सुस्मिालाईलाई आलोपालोको शुभकामना ।
