हुनत मान्छेले ठूलो फड्को मारिरहेको छ तर प्रश्न उठ्छ कि उसले गरेको यत्रो प्रगतिले उसलाई सुख र सन्तुटि दिन सकेको छ ? छैन, छैन र छैन किनकि ऊ एक असन्तुष्ट प्राणी हो, केवल यस कारणले ? होइन । यस कारणले कि सकारात्मक सोंच भएकाहरूले जति पनि असल र उपयोगी कार्यहरू गर्दछन्, खराब नियतकाहरूले चकचक र फट्याइ गरेर भत्काइदिइहाल्छन् ।
ना क्षणिक स्वार्थफूर्तिका लागिआ होस् या पलभरको हा"सीमज्जाका लागि होस्, ती ठट्यौला वा खलपात्रहरू असललाई खराब र उपयोगीलाई हानिकारक नबनाई चुप लाग्नै सक्दैनन् किनकि उनीहरूको कर्तब्य नै समाजलाई बिगार्नु, पृथ्वीलाई नष्ट पार्नु र ब्राम्हाण्डलाई असन्तुलित तुल्याउनु हो । सुन्दा साधारण तर महाचम्मको कुरा छ ? धार्मिक क्षेत्रको । धर्मभीरुहरू जताततै प्वाक्प्वाक् बोल्छन् कि यो सृष्टिर् इश्वरले गरेको हो । तर कहाँ बसेर इश्वरले यो सृष्टिको सिर्जना गरे ? कति अध्ययन गरेर गरे ? कस्तो गुरुयोजना छ ? यस्ता चाहिने प्रश्न सोध्नुहोस् त, उनीहरू रिसले बमबम हुँदै 'यस्ता नचाहिने प्रश्न नसोध्नू' भनेर प्रश्नकर्तालाई गाली गरेर फुत्त उम्कन्छन् ।
सरस्वतीपूजा विद्यार्थीहरूका निम्ति सबैभन्दा महान् चाड हो जसरी हिन्दूहरूको दसै", बौद्धमार्गीहरूको बुद्धजयन्ती, इस्लामहरूको इद र क्रिस्चियनहरूको क्रिसमस ठूला पर्वहरू हुन् । मैले केही क्याम्पस/विश्वविद्यालयका विद्यार्थीहरूलाई सोधेको छु ? यहाँ विश्वविद्यालयका विद्यार्थीहरूलाई सोधेको भन्नाको अर्थः उनीहरूमार्फ प्रकाण्ड/प्रचण्ड धर्मगुरुहरूलाई सोधे" भनेको हो) । सरस्वतीको पूजा गर्दा उनी खुसी भएर पढाइ राम्रो बनाइदिन्छिन् भन्दछन् । मेरो प्रश्न छ ? कसरी ? विद्याकी देवी सरस्वती स्वयम्ले कति पढेकी छिन् ? माविस्तर ? महाविद्यालयस्तर वा विश्वविद्यालयस्तर ? कुनकुन विषयहरूमा दख्खल राख्छिन् ? गणित, विज्ञान, लेखा वा भाषाशास्त्र ? उनी कति भाषाहरूकी ज्ञाता हुन् ? के उनले संस्कृत, नेपाली, हिन्दी, उर्दू, चिनीया", अङ्ग्रेजी आदि भाषाहरू जान्दछिन् ? उनको मातृभाषा कुन हो ? उनको माध्यम भाषाहरू कुनकुन हुन् ? कुनकुन लिपिहरू लेख्दछिन् ? उनका अहिलेसम्म कुनकुन पाठ्यपुस्तकहरू, कृतिहरू प्रकाशित छन् ? मेरा यी आदि प्रश्नहरूको उत्तर अलपत्रै छन् । मेरो तार्त्पर्य, सरस्वतीलाई विद्याकी देवी नमान्नु, सरस्वतीपूजा नगर्नु भन्ने होइन । सरस्वतीपूजा पवित्र आत्माले धुमधामस"ग मनाऔ" तर विद्यार्थीहरूले दसै दिशा एकैचोटि हेर्ने/देख्ने प्रयास गर्नुपर्दछ भनेको मात्र हो ।
धार्मिक गुरुहरूद्वारा मेरो अर्को एक प्रश्न र आग्रह पनि लत्ताइएको छ । चौरासी लाख जूनी फेरिएपछि फेरि मान्छेको रूपमा जन्म लिइन्छ भन्दछन् । मेरो जिज्ञासा हो ? मान्छेदेखि बाहेक बाँकी त्रियासी लाख, उनान्सय हजार, नौ सय उन्नाइस अन्य जूनीहरूचाहि" केके हुन् ? म कपी र कलम दिन्छु तथा त्यो सूची निर्माणमा लाग्ने समयमा साधारण नेपाली खाजा (पारिश्रमिक होइन) पनि उपलब्ध गराउ"छु≤ त्यो जूनीहरूको विवरण तयार गरिदिनुहोस् भन्ने सादर आग्रह अहिलेसम्म हावामा उडिरहेको छ । मेरो ठम्याइँमा यहा"निर कि म बढी घमण्डी, मूर्ख (धेरै बाठो) भएको छु, कि धर्मगुरुमहाराराजहरूस"ग प्रमाणसहितको जवाफ छैन । म अनावश्यकरूपमा वकील भएको भए, सप्रमाण उत्तर दिनुपर्छ । होइन उहाँहरूसँग सही जवाफ छैन भने यस्ता भ्रामक र मिथ्या शिक्षा, सन्देश, उपदेशहरू अबिलम्ब रोकिनुपर्दछ । यस्तै गडबढीले गर्दा नै नेपाल र नेपाली अघि बढ्न सकेका छैनौ ।
अध्ययन-अध्यापनको अर्को रोचक/घोचक पक्ष पनि ओकल्नु चाहन्छु । प्राविदेखि विश्वविद्यालयसम्म गुरु, गुरुआमाहरूले बढो गर्वसाथ पढाउनुहुन्छ, विद्यार्थीहरू पनि अति फूर्तिसाथ पढ्छन्-लेख्छन् कि 'उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक यहाँ मलाई कुरीकुरी नै त नभनौ", गज्जबले ताज्जुब लाग्छ । यो उद्देश्य लिने महाकवि लक्ष्मीप्रसाद देवकोटाको सतवाषिर्की पनि मनाइसकेका छौ । उहाँ १०० वर्षन्दा अझै बूढो भइसक्नुभयो तर पनि अहिलेका ब्रोइलर कुखुरा हामी, 'गोपी कृष्ण कहो' पिँजडाभित्रका रटाइता सुगा हामी, उडेर चन्द्रमा छुने उद्देश्य मुखले बोल्दा पनि एकतारे छाती फुलाएर हनुमान बन्छौ । सादर भन्छु ? देवकोटाले चन्द्रमा छुने मात्र भनेका छन् तर निलआर्म स्ट्रङ र माइकल कोलिनले त सन् १९६८ जुलाइ २० मा पाइला नै टेकिसके । छुनु भनेको त परैबाट हातले छुनु पनि हो । हातले मात्र होइन, धेरै परबाटै लठ्ठी, डोरी आदिले पनि छुनु हो । महाकविले कसरी छुने भन्ने बारे प्रष्ट पार्नुभएको छैन । हुनत उहा" र उहा"का कृतिहरूमाथि विद्यावारिधी गर्ने विद्वान् डाक्टरसाहबहरू नै पनि ठ्याक्कै एक दर्जन पुगिसक्नुभएछ तर देवकोटाले चन्द्रमालाई केले, कसरी छुने कोसिस गर्नु भन्नुभएको कुरा उहाँहरूले पनि गुप्त सोधपत्रहरूमा मात्र उल्लेख गर्नुभएको छ कि, नत्र र्सार्वजनिकचाहि" गर्नुभएको छैन ।
म अझ प्रष्ट पारौ कि देवकोटा जन्मिएको बेला, हुर्किएको बखत, यो कविताङ्श रचना गर्दा चन्द्रमालाई जसरी छोए पनि त्यो ठूलो उपलब्धी हुन्थ्यो किनकि लाइका (कुकुर), युरी गागारिन तथा भेलेन्तिना तेरेस्कोभाजस्ता इतिहासहरू अन्तरिक्षमा मात्र पुगेका थिए । अर्थात् चन्द्रमालाई छुने रहर विश्वकै थियो । तर अहिले त न देवकोटा छन्, न त उनको चन्द्रमालाई छुने कर्म नै कुनै चमत्कारिक उपलब्धी हुनसक्छ । गुरु, गुरुआमाहरू पनि सा"च्चै सिर्जनात्मक, प्रेरणादायी हुने हो भने परम्परागत शैलीलाई मात्र होइन, भए/गरेका उपलब्धीहरूभन्दा पर सोंचेर विद्यार्थीहरूलाई मार्गदर्शन गर्नुपर्छ । विद्यार्थीहरू पनि वास्तवमै केही नयाँ गरेर देखाउँछु भन्ने भित्र कतै भए, बढी नै जिज्ञासु, सिर्जनशील र लगनशील बन्नै पर्छ । देवकोटाको जमानामा मात्र होइन नेपालजस्तो विकासशील राष्ट्रमा र हाम्रोजस्तो रूढ समाजमा अहिले पनि चन्द्रमालाई छुनु नै अद्भूत र अलौकिक सफलता हुन्छ । तर युग अगाडि छ, धेरै अगाडि त्यर्सथ युवा-विद्यार्थीहरूले ब्लाकहोल भित्र छिरेर ब्राम्हाण्डको गृह रहस्य पत्तो लगाई र्सार्वजनिक गर्नुपर्छ ।
हामी कमजोर ठाउँका कमजोर विद्यार्थीहरूले पनि 'उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक ' बाट 'उद्देश्य के लिनु ? गुडी पुग्नु ग्रह अनेक' मा फड्को मार्नुपर्दछ ।
सूर्यबाट किरण यहाँसम्म कुनै माध्यमबाटै आउ"छ भने हामी गाडी गुडाएर ग्रहहरूमा, अन्य आकाशीय पिण्डहरूमा कसरी पुग्न सक्दैनौ" ? अवश्य पुग्न सक्छौ" ? केवल, त्यही किसिमको सुहाउँदो प्रविधि र निर्माणको व्यवस्था गर्नुसक्नुपर्छ । भौतिक रूपमा हामी कमजोर हौ"ला, आर्थिक हैसियतमा हामी गरिब हौला तर चिन्तनमा हामी अब्बल दरिन सक्छौ । अब हामी सबैको ध्यान यतातिर खिचिनुपर्छ होला, लगन र सीप यतातिर मोडिनुपर्छ कि विचारमा, चेतनामा क्रान्ति नआई शिक्षामा प्रगति हुँदैन शिक्षामा क्रान्ति नआई मुलुक सही ढङ्गले उचित गति लिएर अगाडि बढ्न सक्दैन ।
