Monday, 23 November 2009 09:28
Written by Debendra Karki
डा.खालिद हुसैन हक / तपाईलाई के संविधान समय मै बन्ने र समय मै घोषणा हुने मा शंका छ शंका नगर्नुहोस् संविधान समय मै बन्ने छ र घोषणा हुनेछ भन्ने कुरामा मलाई पूर्ण विश्वास छ किन किन भने हाम्रा देशका प्रधानमन्त्री विपक्षी दलका नेता अन्य दलका नेताहरु समेत र संविधान सभाका सभामुखले बारम्बार भन्ने गरेका छन् संविधान समय मै तयार हुने र घोषणा हुनेछ । न मान्ने कारण के छ वारम्बार संविधान सभा भनेर संविधान सभाको महत्व २००७ साल पछि विसर्िसकेका जनतालाई व्युझाउने सत्ताधारी दलहरु समेतले आरम्भमा न मानेका र संविधान सभालाई आºनो एजेण्डा मानेर रक्त रंजित आन्दोलन गरेको माओवादी पार्टी आज संविधान सभामा नै विपक्षँी दलको हैसियत निर्वाह गर्दै छ ।
नागरिक सर्वोच्चता कायम न भए सम्म आन्दोलन न रोकिने र नागरिक सर्वोच्चता भनेको माओवादी नेतृत्वको सर्वदलीय सरकार र त्यो बनाउन वर्तमान सरकारले राजीनामा नगर्ने संविधान तयार पार्न र पास गराउन २ तिहाई बहुमत हुनुपर्ने र त्यो बहुमत माओवादीलाई अलग राखेर न पाउने त्यसो भए संविधान कसरी तयार हुनेछ केही दिन अगाडी धरानको शिव सिनेमाहलमा एउटा सिनेमा चलेको थियो ूअजब प्रेम कि गजब कहानीू मलाई यस भारतीय सिनेमा जस्तै अर्को नाम नेपालको राजनीतिक अवस्था र देशको रंगढंग संग मिल्ने गरि एउटा शिर्षक दिन मन गरेको छ ूअजब देश कि गजब कहानीू मुलुकका यी सबै विपरित परिस्थितीको वावजुद हाम्रो देशमा संविधान समय मै बन्ने मलाई विश्वास लागी रहेको छ । केही दिन अघि सुनसरीको एउटा गाँउ भम्रणको सिलसिलामा गाँउको जमातमा एक सर्व साधारण लाई सोधेको थिए के संविधान समय मै बन्छ उसले पूर्ण विश्वासको साथ भनेका थिए संविधान समय मै बन्छ र ूजनताको संविधान न बने पनि नेताको संविधानू चाही पक्कै बन्छ । हो संविधान त राती १२ बजे सम्ममा तयार गरिने छ । हरेक पटक यस्तै अन्तिम समयमा हतार-हतार हरेक कमिटीको वैठक रात दिन गरी बस्ने छ र त्यसलाई मद्दत पुर् याउन अंग्रेजी वा हिन्दीमा लेखिएका संविधानको धाराहरु लाई नेपालीमा अनुवाद गरि आवश्यकता अनुसार परिमार्जन गरि संविधान लागू गरिने छ । त्यस्को लागि अहिले देखि नै खासै कसरत गर्नु पर्ने आवश्यकता नै छैन यो त हाम्रो नेताहरुले गर्दै आएकै अभ्यास हो एक पटक फेरी गर्नेछन् । विगत ३ महिना देखि नै संसद अवरुद्ध हुदै आएको छ । हरेक पटक सबै सभासद सुकिला लुगा लगाएर सभामा उपस्थित हुन्छन् अनि सभामुख गद्दी आसीन हुन्छन् अनि एक कुना बाट उठेर नागरिक सर्वोच्चता र राष्ट्रपति विरुद्धको नारा लगाईन्छ र वेुही मिनेट पछि बहुमतको सरकार लाई अल्पमतका सभासदले सदन अवरुद्ध गरेकै कारण एक दुई वा तिन दिन आºनो सुविधा अनुसार स्थगित गरिन्छ । यो नाटक निरन्तर चलि रहेको छ र मजाको कुरा महीनाको अन्तमा तलब र दशैको भत्ता आदी इत्यादी बुझन् कुनै सभासद लाई न डर छ न लाज । काम नगरेकोमा जनताको पैसा खान नैतिकताले दिन्छ दिदैन् यो वँहाहरुले नै जानुन् । संविधान सभाको कार्यतालिका सातौ पटक संशोधित भई सकेको छ र अझ कतिपटक हुने वाला छ कसैलाई थाहा छैन । सदन र संविधान निर्माण प्रकिया लाई अगाडि बढाउने ताकत सभामुख संग छैन तर किटान साथ भन्ने गर्छन संविधान समय मै बन्छ ७३ढटण्स जुन संविधानको लागि माओवादीहरु सर्घष गर्दै आज यस अवस्थामा सम्म आई पुगे आज वँहाहरुले गर्दा नै त्यो प्रवि्रुया अवरुद्ध हुदै गईरहेको छ तर वँहाहरु पनि भन्ने गछन् संविधान समय मै बन्नेछ । राष्ट्रपतिको विषयमा कुनै प्रस्ताव नै दर्ता गराउन पाईने छैन र सदनमा वहस नै गर्न सकिदैन किन भने राष्ट्रपतिले सदनमा जबाफ दिदैनन् । राष्ट्रपति शाहीकालका राजाको स्थान ग्रहण गरि सकेका छन् र हाम्रो खोव्रुाे प्रजातान्त्रिक शक्ति कहलाउने र प्रजातन्त्रको माला जप्नेहरुले एउटा राजालाई हटाएर आºनो दाम राखेर ढोग्ने बानीलाई निरन्तरता दिन अर्को व्यक्ति पाएका छन् राष्ट्रपतिलाई । डा। रामवरणको आºनो चाहना राजा बन्ने नहोला तर व्यक्ति पूजा गर्ने बानी परिसकेका नक्कली प्रजातान्त्रिक शक्ति वालाहरुलाई त एउटा च्भउष्अिबवदलामा त चाहियो । अनि गर्न लगाएका छन् डा। रामवरण लाई हरेक त्यो कार्य जुन हिजो राजा गर्थे भोटे देखाउन मन्दिरका पूजा आजा देखि लिएर दशैको टीका लगाउने कार्य सम्म । अब मुलुक वचाउने हो भने प्रजातन्त्रको आडमा िनंरकुशताको खेल खेल्नेले आºनो राजहठ त्याग्नु पर्छ मानिस लाई ईश्वर न वनाई मानिस सरह नै व्यवहार गर्नु पर्छ र नागरिक सर्वोच्चताको आडमा नागरिकलाई नै दुःख दिने र राष्ट्रिय सर्वोच्चता नै गुम्ने स्थिती आउन दिने वाट बचाउन अविलम्ब सहमति खोजी संविधान निर्माण तिर लाग्नु पर्छ । अनि मात्र बन्नेछ समय मै संविधान । यस्तै खालको लडाई गरि रहेमा देश वेचुवाको खोल ओढेकाहरुको जीत हुनेछ । राष्ट्रिय अखण्डता र सार्वभौमिकता गुमे पछि तलत महमुदले गाएको गीत जस्तो नहोस् हाम्रो स्थिती ।
'सबकुछ लुटा के होश मे आए तो क्या किया दिन मे अगर चिराग जलाए तो क्या किया'