You & Your Family
धनकुटामा रक्त सञ्चार केन्द्र
धनकुटा ७ कार्तिक / बिरामीलाई आवश्यकपर्ने रगत संञ्चयको लागि धनकुटा जिल्लामा पहिलो पटक रक्त सञ्चार केन्द्रको स्थापना गरिएको छ । स्वास्थ्य सेवा बिभागको ३६ लाखको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय धनकुटामा स्थापना गरिएको रक्त सञ्चार केन्द्रको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । केन्द्रिय कार्यालयले करिव २ बर्ष लामो अध्यायन गरि उपयुक्त स्थानको रुपमा स्वीकृत गरेपछि धनकुटा जिल्लामा रक्त सञ्चार केन्द्रको स्थापना गरिएको हो ।
धनकुटामा रक्त सञ्चार केन्द्र नहुदाँ रगत अभावका कारण बिरामीको शल्यक्रिया हुन सकेको थिएन भने अन्य उपचारमा समेत समस्या हुदै आएकोे थियो । बिरामीलाई रगत आवश्यक पर्दा र सामान्य शल्यक्रिया गर्नुपर्दा समेत अन्य स्थान लानुपर्ने बाध्यता रहेको अवस्थामा रक्त सञ्चार केन्द्रको स्थापनाले धनकुटाबासीलाई सहज हुने भएको छ ।
रक्त सञ्चार केन्द्रमा रगत सञ्चयका लागि आज नै रक्तदान कार्यक्रम गरि संकलित ३६ पाउण्ड रगत केन्द्रमा जम्मा गरिएको छ ।
रक्त सञ्चार केन्द्रमा ४ सय पाउण्डसम्म रगत रञ्चयगरी राख्न सकिने केन्द्रले जनाएको छ ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.








