alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

What Ails You

निशुल्क प्रसुति सेवा केन्द्र स्थापनाको लागि आज धरान नगरपालिकासँग छलफल

User Rating:  / 0
PoorBest 

धरान १ मंसिर / जिल्ला स्वास्थ्य कार्यलय सुनसरीले शहरी स्वास्थ्य केन्द्र अन्र्तगत निशुल्क प्रसुति सेवा केन्द्र स्थापनाको लागि आज धरान नगरपालिकासँग छलफल गरेकोे छ । धरान नगरपालिकाको संयोजनमा भएको कार्यक्रममा गरिब तथा विपन्न वर्गहरुका लागि निशुल्क प्रसुति सेवा केन्द्रको स्थापना गर्न छलफल भएको हो । छलफलमा धरान स्थित विपि प्रतिष्ठानबाट प्रसुती सेवादिन कठिन भएकोले धरान लगायतका पाँचकन्या र विष्णुपादुका गाविसमा सुरक्षित निशुल्क प्रसुति सेवा प्रदानगर्न आवश्यक रहेको जिल्ला स्वास्थ्य कार्यलय सुनसरीका प्रमुख डाक्टर श्रीराम प्रसाद शाहले बताउनभयो ।

 डा. शाहले प्रसुती सेवा सञ्चालन पश्चात ९० प्रतिशत गरिब र विपन्न वर्गहरुले केही हदसम्म राहत पाउने समेत बताउनुभएको छ । साथै शाहले जिल्ला स्वास्थ्य कार्यलय सुनसरीले १ वर्षसम्म सहयोग गर्ने र सो पछिका दिनमा समुदायमा नै समुह बनाएर यो सेवालाई निरन्तरता दिने योजना रहेको छलफलमा उपस्थित सहभागीहरु माझ प्रस्ताव राख्नु भएको थियो ।

    धरान नगर पालिकाको रोहबरमा धरान ४ स्थित पुरानो अस्पतालको भवनमा सहकारी स्वास्थ्य केन्द्रको स्थापना, प्रसुति केन्द्र सञ्चालनको स्विकृतीको लागि जिल्ला स्वास्थ्य कार्यलय सुनसरी सँग अनुरोध गर्ने र एउटा स्वास्थ्य सेवा केन्द्रको लागि समिति बनाउने सो छलफलले निर्णय गरेको छ । धरान नगरपालिकाको संयोजनमा भएको छलफलमा विभिन्न राजनितिक दल, जिल्ला स्वास्थ्य कार्यलय सुनसरीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।