alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

निशुल्क प्रसुति सेवा केन्द्र स्थापनाको लागि आज धरान नगरपालिकासँग छलफल

धरान १ मंसिर / जिल्ला स्वास्थ्य कार्यलय सुनसरीले शहरी स्वास्थ्य केन्द्र अन्र्तगत निशुल्क प्रसुति सेवा केन्द्र स्थापनाको लागि आज धरान नगरपालिकासँग छलफल गरेकोे छ । धरान नगरपालिकाको संयोजनमा भएको कार्यक्रममा गरिब तथा विपन्न वर्गहरुका लागि निशुल्क प्रसुति सेवा केन्द्रको स्थापना गर्न छलफल भएको हो । छलफलमा धरान स्थित विपि प्रतिष्ठानबाट प्रसुती सेवादिन कठिन भएकोले धरान लगायतका पाँचकन्या र विष्णुपादुका गाविसमा सुरक्षित निशुल्क प्रसुति सेवा प्रदानगर्न आवश्यक रहेको जिल्ला स्वास्थ्य कार्यलय सुनसरीका प्रमुख डाक्टर श्रीराम प्रसाद शाहले बताउनभयो ।

भूकम्पका कारण बालबालिकाको पठनपाठनमा प्रभावित

इलाम १० असोज / एकसाता अघि गएको भूकम्पका कारण विद्यालय बन्द हुँदा इलामका एक हजारभन्दा बढी बालबालिकाको पठनपाठन प्रभावित भएको छ ।  इलामका एकदर्जन भन्दा बढी विद्यालय भत्किएका कारण विद्यार्थीको पठनपाठन हुन नसकेको हो । भूकम्पका कारण जमुनाको राष्ट्रिय निमावि, भानुदय निमावि, सुलुबुङको बालनिकेतन प्रावि, मावुको नवज्योति प्रावि, माईमझुवाको गुफा प्रावि र आमचोकको कालिकादेवी प्राविको पठनपाठन प्रभावित भएको छ ।

एक करोड रुपैया बराबर छात्रवृत्ति बितरण

तेह्रथुम १९ असार / जिल्ला शिक्षा कार्यालय तेह्रथुमले यसवर्ष करिव १ करोड बरावरको छात्रवृत्ति बितरण गरेको छ ।  आर्थिक वर्ष २०६७/६८ मा ९४ लाख ३४ हजार छात्रवत्ति वितरण गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । माध्यमिक र आधारभुत तहका ६ हजार ९ सय ६७ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको जिल्ला शिक्षा कार्यालयका योजना तथा तथ्याङ्क फाँटका भिम मिश्रले जानकारी दिनुभयो ।

बाल दिवसमा दमकमा विभिन्न कार्यक्रमहरु

दमक भदौ २९ / बाल दिवसको अवसरमा आज दमकमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । सोही अवसरमा झापाको तोपगाछी क्याम्प स्थित कमला मदन आश्रीत उच्चमावीमा प्रतियोगितात्मक सास्कृतीक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कक्षा १० की पुजा सुवेदी र कक्षा ९ की सरीता लिम्वु प्रथम भएका छन् । त्यस्तै कक्षा ७ की अप्सरा तुम्वापो द्धीतिय तथा कक्षा ४ की आरती सुव्वा तृतीय भएकी छिन् ।

धनकुटा बहुमूखी क्याम्पस व्यवस्थित गर्ने सहमति

धनकुटा १६ असार /  धनकुटा बहुमुखी क्याम्पसलाई ब्यवस्थित रुपमा सञ्चालन गर्न क्याम्पस प्रशासन र अखिल क्रान्तिकारी क्याम्पस इकाई समितिवीच आज ३७ बुँदे सहमति भएको छ ।

बिद्यालय बन्द नर्गन बालबालीकाको आग्रह

इटहरी ३ साउन /  सुनसरीका बालबालीकाले विद्यालयलाई राजनीतिक वाहानामा वन्द नगर्न र विद्यालयको पर्खालहरुमा राजनीतिक नारा नलेख्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।आज सुनसरीको बबिया गाविसमा रहेको सरस्वती माध्यमिक बिद्यालयका बालबालिकाहरुले सुनसरीको सरकारी तथा सामुदायीक विद्यालयहरुमा केही राजनीतिक दलहरुले विद्यालयको पर्खालमा राजनीतिक नारा लेख्ने गरेकोले त्यसो नगर्न बालवालीकाहरुले आग्रह गरेका हुन् ।

धनकुटामा छात्रवृत्ति वितरण

धनकुटा १४ असार / धनकुटाको ताङ्गखुवा गाविस वडा नं. २ मा रहेको दामोदर माध्यमिक विद्यालयमा आज छात्रवृत्ति वितरण गरिएको छ ।
जिल्ला शिक्षा कार्यालय धनकुटाबाट प्राप्त तथा विद्यालयको स्रोतबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । जिल्ला शिक्षा कार्यालयबाट कक्षा १ देखि ८ सम्मका ७८ जना छात्राहरुलाई ४ सयका दरले छात्रवृत्ति वितरण गरिएको छ ।

हङकङमा भानुजयन्ती सम्पन्न

आफ्नो भाषा, साहित्य र संस्कृतिको सम्वृद्धिसँगै नेपाली समाज बसाऔँ भन्ने अभियोजना बोकेर हरेक वर्ष आयोजना हुँदै आएको भानुजयन्ती यसपालि पनि हङकङमा सम्पन्न भएको छ । नेपाली विधार्थी, तिनका अभिभावकहरु, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानध्यापकहरुको उपस्थितिमा भानुजयन्ती मनाइएको थियो ।

एसएलसीको परीक्षाफल प्रकाशित: पूर्वाञ्चलबाट एसएलसी दिनेहरु

धनकुटा ८ असार  यस बर्षको एसएलसी परीक्षामा पुर्वाञ्चलबाट ४२ हजार ३ सय ६७ जना परीक्षार्थी उतीर्ण भएका छन् ।  यो सख्या गत बर्ष भन्दा करीब ११ प्रतिशतले कमी रहेको पुर्वाञ्चल क्षेत्रिय शिक्षा निर्देशनालय धनकुटाले जनाएको छ । यस बर्ष पुर्वाञ्चलबाट १ हजार ६ सय ३६ वटा विद्यालयका परीक्षार्थीले ३ सय ९९ वटा परीक्षा केन्द्रबाट १ लाख ९ हजार २ सय ५६ जनाले परीक्षा दिएका थिए ।

अनुमति बिना सञ्चालन गरिएका नीजि विद्यालय खारेज

मोरङ २० असार /  जिल्ला शिक्षा कार्यालय मोरङले अनुमति विना सञ्चालन गरिएका ६ वटा निजी विद्यालयलाई खारेज गरेको छ ।
शिक्षा कार्यालयले कारबाही गरेका विद्यालयलाई एक साताभित्रमा कक्षा बन्द गर्न पत्र पठाएको छ । कार्यालयले बाहुनीको ज्ञानोदय अङ्ग्रेजी स्कुल र एभरग्रीन स्कुल, जाँतेको सुनगाभा उच्च माविको प्राथमिक तह, भौडाहाको चन्द्र मेमोरियल, मधुमल्लाको ग्रीनल्याण्ड इङ्लिस स्कुल र क्लासिक बोर्डिङ स्कुललाई खारेज गरेको हो ।

पूर्वाञ्चलका १६ जिल्लामा स्वास्थ र शिक्षा परियोजना

संखुवासभा ६ असार /   नेपाल आदिवासी जनजाति महासंघले संखुवासभा जिल्लाका १६ गाविसमा शिक्षा र स्वास्थ्य परियोजना लागू गरेको छ ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।