alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

निशुल्क स्वास्थ्य सेवा

धनकुटा १ असार /  नेपाल सरकारले दिदै आएको निशुल्क स्वास्थ्य सेवा अन्र्तगतको औषधी वितरण कार्यक्रम प्रभावकारी हुन नसकेको धनकुटामा आज आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

वर्षायममा सरुवा रोगको प्रकोप

दमक जेठ ३० // वर्षायामको शुरुवात सँगै बिभिन्न सरुवा रोगको प्रकोप बढन सक्ने भन्दै झापामा स्वास्थ्य सतर्कता बढाईएको छ ।
वर्षौ देखिका चुुनौती बनिरहेका औलो तथा कालाजारको समस्या झापाबाट अझै हटि नसकेको अवस्थामा जिल्लाका बिभिन्न गाविस तथा नगरपालिकामा यस्ता रोगहरुको जाखिम अझै विकराल रुपमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

पूर्वी नेपालका उपयोगी समाचारहरू

रक्तदान कार्यक्रम

न्यूजडेस्क १० बैशाख÷ धरान स्थित विपी प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुको ब्लड डोनेसन कमिटीको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कति सुरक्षित छन् हाम्रा अस्पताल

काठमाडौं । नेपालका अधिकांश अस्पताल भवनहरू भूकम्प, आगलागीजस्ता प्रकोपका दृष्टिले अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेका छन् । नेपालमा सबै जिल्लामा गरी करिब २०० वटा सरकारी व्यवस्थापनका स्वास्थ्य उपचार केन्द्रहरू छन् । तीमध्ये ८० प्रतिशत उपचार केन्द्रहरू ठूलो भूकम्प आयो भने उपचार सेवा सुचारु गर्न नसक्ने अवस्थामा पुग्नेछन् ।

इलामको हरियो चिया / सहकारी संस्था

इलाम २३ चैत /  इलामका चिया कृषकहरुले अहिले सम्मकै उच्च मूल्यमा हरियो चिया पत्ति विक्रि गर्न सफल भएका छन् । चिया प्रशोधन कारखानाको वढदो सङख्या र सिटिसिका लागि इलामको चियाको माग वृद्धि भएपछि यसवर्ष हरियो पत्ति प्रतिकिलो ४० रुपैयामा विक्रि भइरहेको छ । गत वर्षको यो अवधिमा हरियो चिया पत्तिको मूल्य वढिमा २२ रुपैया मात्र रहेको थियो ।

इलामको चिज गुणस्तरीय

इलाम २८ बैशाख / इलामको पशुपतिनगरमा उत्पादित चिज गुणस्तरिय भएपछि यस्को माग दिनप्रतिदिन वढदै गएको छ ।  प्रत्येक दिन १८ सय लिटर दुध खपतहुने चिज काठमाडौंको लैनचोर केन्द्रमा परीक्षण गराउदा गुणस्तरीय पाइएपछि यस्को माग वढेको उत्पादन केन्द«हरुले जनाएका छन् । इलामका विभिन्न गाविसका १३ वटा दुग्ध उत्पादक सहकारी संस्थाहरुबाट यस केन्द्रमा दैनिक १८ सय लिटर दुध आउने गरेको चिज उत्पादन केन्द पशुपतिनगरका अधिकृत गोपाल भट्टराइले वताउनु भयो ।

मधुमेह डाइबिटिज (Diabetes) के हो ?

Sample image

मधुमेह / डाइबिटिज (Diabetes) यस्तो अवस्था हो जब प्यान्क्रियाजले शरीरलाई आवश्यक पर्ने इन्सुलिन हार्मोन उत्पादन गर्न सक्दैन, अथवा शरीरमा इन्सुलिन हार्मोनको केही प्रभाव पर्दैन। इन्सुलिन मांसपेशी (muscles) को क्रियाकलापको लागि चाहिने एकदमै महत्त्वपूर्ण हार्मोन हो। ग्लुकोज, जसले शरीरलाई उर्जा दिन्छ त्यही ग्लुकोज मांसपेशीको कोशिकाहरुमा सोसेर भित्र पुर्‍याउनको लागि इन्सुलिन हाम्रो शरीरलाई आवश्यक पर्दछ।

मांसपेशीहरुले प्रशस्त मात्रामा ग्लुकोज नपाएपश्चात त्यसको सट्टामा शरीरले उर्जाको लागि शरीरको अन्य भागको प्रोटिन र चिल्लो प्रयोग गर्दछ, जसले गर्दा मधुमेह रोगमा शरीरको तौल घट्दछ। प्रयोगमा नआएको ग्लुकोज भने रक्तसंचारमा प्रवेश गर्दछ।

अर्गानिक प्रमाणित गर्न आएका एक विदेशी संस्था नेपालमा

इलाम २४ वैशाख / गोर्खा टि स्टेट अन्तर्गतका चिया बगान अर्गानिक प्रमाणित गर्न आएका एक विदेशी संस्थाले काम सुरू गरेको छ ।
स्वीट्जरल्यान्डको इन्स्टिच्युट फर मार्केटोलोजी (आइएमओ) ले फिक्कलको सुन्दरपानी चिया सहकारी समूह, श्रीअन्तु अर्गानिक चिया समूह, बौधधाम चिया सहकारी समूह र कोल्बुङको इको चिया उत्पादक सहकारी संस्थामा आवद्ध किसानहरुको चिया बगान निरीक्षण गरेको हो ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।