Health and Beauty
दक्ष चिकित्सक नहुँदा एचआइभी सङ्क्रमितलाई उपचारमा समस्या
विराटनगर २० मंसिर÷ कोसी अञ्चल अस्पताल विराटनगरमा दक्ष चिकित्सक नहुँदा एचआइभी सङ्क्रमितलाई उपचारमा समस्या हुनेगरेको छ ।
सङ्क्रमितहरुले शरीरमा प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न दैनिक एचआइभी सङ्क्रमण जाँच गराइसकेपछि एआरभी नामक औषधि दक्ष चिकित्सकको परामर्शमा सेवन गर्नुपर्दछ । तर अस्पतालले चिकित्सक व्यवस्था नगर्दा एआरभी सेवन गरिरहेका १७० जना सङक्रमितलाई उपचारमा समस्या भइरहेको एचआइभी जिल्ला समन्वय समिति सदस्य संजीव चापागार्इंले बताउनुभयो ।
अस्पतालमा दक्ष चिकित्सक नहुँदा एचआइभी सङ्क्रमितहरुको उपचारमा समस्या भइरहेकोले पटकपटक विभागमा जानकारी गराएपनि विभागले चिकित्सकको व्यवस्थागर्न नसकेको कोसी अञ्चल अस्पतालका प्रमुख उमाकान्त झाले बताउनुभयो । एचआइभी सङ्क्रमितहरुका लागि दक्ष चिकित्सक नहुँदा स्वास्थ्यका क्षेत्रमा भएका तालिम गोष्ठी, परामर्श कार्यक्रमहरु समेत प्रभावित हुनेगरेका छन् ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.








