Health
धरानमा अन्तर्राष्ट्रिय रेडियोलोजी सम्मेलन हुने
विभिन्न मुलुकका १२५ जना विज्ञहरुले रेडियोलोजीबारे कार्यपत्र प्रस्तुत गर्ने
धरान / धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यहि फागुन ४ गते ७ गतेसम्म(फेव्रुवरी १६–१९ सम्म) ‘पाँचौं काङ्ग्रेस अफ रेडियोलोजी‘ अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । एसोसिएसन अफ नेपाल रेडियोलोजी, रेडियोलोजिकल सोसाईटी अफ सार्क कन्ट्रीज् तथा वीपी प्रतिष्ठानको रेडियोलोजी विभागको आयोजनामा सो सम्मेलन हुन लागेको हो । प्रतिष्ठानको रेडियोलोजी विभाग तथा रेडियोलोजिकल सोसाईटी अफ सार्क कन्ट्रीज्का अध्यक्ष राजकुमार रौनियारले मंगलबार पत्रकार सम्मेलन गरि सम्मेलनको जानकारी गराएका छन् ।
सम्मेलनमा अमेरिका, बेलायत, जापान, मलेशिया, चीन, तथा सार्क सदस्य राष्ट्रहरुका झण्डै एक हजार रेडियोलाजिष्ट, मेडिकल चिकित्सक र रेडियोग्राफरहरुको सहभागिता रहेन जानकारी गराइएको छ । ‘सार्क तथा अन्य ६ वटा मुलुकका करिव १ सय २५ जना रेडियोलोजी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने छन् ।’–प्रमुख रौनियारले भने–‘सम्मेलनमा रेडियोलोजी क्षेत्रमा भईरहेको विकास, प्रविधि, सीप तथा दक्षताको विषयमा छलफल हुने छ ।’ सम्मेलनमा विश्वमा भएका आविस्कार र खोजका बारेमा पनि विज्ञहरुले जानकारी गराउने छन् ।
न्ेपालका पहिलो पटक हुन लागेको सो सम्मेलनको व्यवस्थापन कार्य भईरहेको आयोजकले जानकारी दिएको छ । सम्मेलनको उद्घाटन राष्ट्रपति रामबरण यादव तथा प्रधानमन्त्रि बाबुराम भट्राईले गर्ने बताइएको छ ।
सम्मेलनमा सार्क टिवी सेन्टरको पनि सहभागिता रहेकाले फोक्सो तथा अन्य ठाउँमा टीवीको डाईलोसिसबारे पनि व्यापक छलफल हुने भएको छ । सम्मेलनमा रेडियोलिजीकल सोृसाईटी अफ नोथ अमेरिका(आरएसएनए)ले विश्वको ख्यातीप्राप्त रेडियोलोजी विज्ञ डा. काम्वीज मोटामेडी(म्च। प्बmदष्श ःयतबmभमष्) डा. एनी सी. रोर्वडस्(म्च। ब्ललभ ऋ। च्यदभचतक) र डा. योग एच. किम(म्च।थ्यगलन ज्। प्ष्m० पनि सहभागि हुने भएका छन् । यसै गरि बेलायतका विश्व प्रख्यात रेडियोलोजीष्ट डा. डेविड कास्ग्रोभ(म्च। म्बखष्म अयलकनचयखभ), हुमन हेल्थ डिभिजनका डाईरेक्टर डा. रेथी छेम र अर्का विज्ञ डा. रवी काश्यप पनि सम्मेलनमा सहभागी हुदैछन् । उनीहरुबाट नेपालले रेडियोलोजी प्रविधीबारे सिक्ने मौका पाउने छ ।
उदेघाट्न कार्यक्रममा डा. रौनियारले सम्पादन गरेको ‘नेप्लीज जोर्नल अफ रेडियोलोजी’ अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान कृतिको पनि विमोचन गरिने सम्मेलनमा जानकारी गराइएको छ । सम्मेलनमा ८ वटै देशको रेडियोलोजी को राष्ट्रिय अध्यक्षलगायत रेडियोलोजिष्टहरुको उपस्थिति रहने बताइएको छ । सोह िसम्मेलनले रेडियोलोजिष्ट सोसाईटी अफ सार्क कन्ट्रीजले नयाँ अध्यक्ष समेत निर्वाचित गर्ने छ ।
नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनले रेडियोलोशीको विकासमा नेपाललाई ठूलो सहयोग पुग्ने आयोजकले बताएको छ । पूर्वाञ्चल क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनसमेत सहयोग पुग्ने बताइएको छ । ‘यो सम्मेलनले नयाँ प्रविधि भित्राउन समेत सहयोगी हुने छ ।’–डा. रौनियारले पत्रकार सम्मेलनमा भने ।
नेपालमा करिव ३ सय रेडियोलोजिष्टहरु रहेका छन् । सम्मेलनमा सबैको सहभागिता रहने डा. रौनियारले जनाएका छन् । सम्मेलनमा रेडियोलोजी मेसिन ल्याउने करिव ३० वटा रेडियोलोजी ट्रेड एजेन्सीहरुले रेडियो मेसिनहरु प्रर्दशनमा ल्याउने भएका छन् । प्रर्दशनमा ल्याएका मेसिनहरु विज्ञ रेडियोलोजिष्टहरुले परिक्षण रअवलोकन गर्ने बताइएको छ । नेपालका वीपी प्रतिष्ठान, राजधानीको वीर अस्पताल, शिक्षण अस्पतालमा मात्र रेडियोलोजीको अध्यायपन हुदै आएको छ ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.








